कीवर्डहरू -

समाचार

प्रधानमन्त्रीद्वारा सुचना महामार्गको शिलान्यास

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले हिजो धादिङको गल्छीमा नेपाल दूरसञ्चार प्राधिकरण र नेपाल टेलिकमद्धारा आयोजित एक भव्य समारोहकाबीच मध्यपहाडी लोकमार्गमा सूचना महामार्ग ( अप्टिकल फाइबर नेटवर्क) निर्माण कार्यको शिलान्यास गरेका छन ।

मोवाइल, ल्याण्डलाइन टेलिफोन तथा इन्टरनेट लगायतका अत्याधुनिक सञ्चार सेवाहरुलाई उच्च क्षमता र गुणस्तरयुक्त बनाउन र मुलुकभर भरपर्दो र दीगो सञ्चार सेवा उपलब्ध गराउनका लागि थालिएको अभियानको प्रधानमन्त्रीले साबेलले भुँइ खनेर औपचारिक शुभारम्भ गरेका हुन।

मध्य पहाडी लोकमार्ग अन्तर्गत प्रदेश १, २ र ३ मा पर्ने विभिन्न स्थानमा अप्टिकल फाइबर बिछ्याउने कार्यको जिम्मेवारी नेपाल दूरसञ्चार प्राधिकरणले नेपाल टेलिकमलाई दिएको र यसका लागि टेलिकमले ५ वटा कम्पनीसँग निर्माण सम्झौता गरिसकेको छ ।

गत मार्च १२ देखि २२ सम्म विभिन्न चरणमा सम्पन्न सम्झौताअनुसार प्रदेश १ को ५ सय ९६ किलोमिटरका लागि कोरियाको एलएस केबुल्सस प्रदेश २ को १ हजार २८ किलोमिटरको लागि आरोग्य कन्स्ट्रक्सन नेपाल र चाइना रेलवेको ज्वाइन्ट भेन्चर तथा प्रदेश ३ को ५ सय ५५ किलोमिटरको लागि फाइबर बिछ्याउने काम हङकङको सीसीएसआई (चाइना कम्युनिकेसन सर्भिस इन्टरनेसनल)सँग सम्झौता भएको छ ।

त्यस्तै गरी डिडब्लु डिएम इक्विपमेन्टका लागि हङकङको सीसीएसआईसँग सम्झौता भएको छ भने राउटर इक्विपमेन्टका लागि सिंगापुरको सिटियस कम्युनिकेसन्ससँग सम्झौता गरिएको छ ।

यसको निर्माण सम्पन्न गर्ने अवधि दुई वर्षको रहेको छ ।

मध्य पहाडी लोकमार्ग अन्तर्गत चियोभञ्ज्याङदेखि आरुघाटसम्म कुल २ हजार १ सय ७९ किलोमिटर अप्टिकल नेटवर्क जोडिने योजना छ ।
उक्त लोकमार्गमा ९६ कोर क्षमताको अप्टिकल फाइबर बिछ्याइने छ ।

त्यसैगरी लोकमार्गबाट जिल्ला सदरमुकाम जोड्ने अप्टिकल फाइबर ४८ कोर र विभिन्न नगरपालिका जोड्ने अप्टिकल  उक्त सडक खण्डको उत्तर–दक्षिण क्षेत्रमा पर्ने प्रदेश नम्बर १, २ र ३ अन्तर्गतका ३५ जिल्लाका सदरमुकाम तथा नगर र गाउँपालिकाहरुमा अप्टिकल नेटवर्क विस्तार गरिनेछ ।

मुलुकभरका जिल्ला सदरमुकाम र यसमार्फत सम्पूर्ण गाउँपालिका, विद्यालय र स्वास्थ्य चौकी आदिमा ब्रोडब्यान्ड नेटवर्क पुयाउने सरकारी नीति अनुरुप अप्टिकल फाइबर बिछ्याउने कार्य द्रूत गतिमा अघि बढाइएको छ ।

आजै प्रदेश १ अन्तर्गत धनकुटाको हिलेमा र प्रदेश ३ अन्तर्गत सिन्धुलीको खुर्कोटमा मध्य पहाडी लोकमार्ग सूचना महामार्ग निर्माण कार्यको शुभारम्भ गरिएको छ ।

गल्छीमा आयोजित कार्यक्रममा बोल्नु हुँदै प्रधानमन्त्री ओलीले मध्यपहाडी लोकमार्ग सूचना महामार्गको निर्माण डिजिटल नेपाल बनाउने कार्यको एक अभिन्न अंग भएको बताउनु भयो ।

उहाँले सो अवसरमा फोनको मात्र नभएर मोबाइल र इन्टरनेटको समेत गुणस्तरीय सेवा सहज रुपले मुलुकभर पुर्याउने उद्देश्यले अप्टिकल फाइबर बिछ्याउने कार्यलाई प्राथमिकताका साथ कार्यान्वयनमा ल्याइएको उल्लेख गर्दै सञ्चार क्षेत्रमा यो ठूलो फड्को भएको उल्लेख गर्नुभयो ।

उक्त कार्यक्रममा बोल्दै माननीय सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुल प्रसाद बाँस्कोटाले सूचना महामार्गको निर्माणले उच्च गुणस्तरका अत्याधुनिक सञ्चार सेवाको उपलब्धतासँगै टेलिमेडिसिन, डिस्ट्यान्स लर्निङ, इ–कमर्स, इ–एग्रिकल्चर, इ–टुरिज्म र इ–बैंकिङ सेवामा समेत सूचना प्रविधिको वृहत्तर प्रयोग गर्न सकिने बताउनु भयो ।

हाल जम्मा ५६ प्रतिशत जनतामा पुगेको इन्टरनेट पहुँच सूचना महामार्गको निर्माणसँगै सबै नेपालीसम्म पुग्ने विश्वास पनि उहाँले व्यक्त गर्नुभयो ।

कार्यक्रममा आफ्नो मन्तव्य राख्दै प्रदेश नम्बर ३ का मुख्यमन्त्री डोरमणि पौडेलले आजको युग सूचना र सञ्चारको युग भएकाले सूचना महामार्गको निर्माणले संमृद्धि हासिल गर्नका लागि समेत ठूलो भूमिका निर्वाह गर्ने उल्लेख गर्नुभयो ।

सो शिलान्यास कार्यक्रममा स्वागत मन्तव्य राख्दै नेपाल टेलिकमका प्रबन्ध निर्देशक डिल्लीराम अधिकारीले सूचना र सञ्चार महामार्गको निर्माणले मुलुकलाई डिजिटल युगमा रुपान्तरण गर्ने बताउनु भयो ।

उहाँले सूचना महामार्ग र फोरजी नेटवर्कले नेपाललाई डिजिटल अर्थतन्त्रको युगमा प्रवेश गराउने पनि उल्लेख गर्नुभयो ।


कार्यक्रममा नेपाल दूरसञ्चार प्राधिकरणका अध्यक्ष पुरुषोत्तम खनालले सूचना महामार्गको निर्माणबाट मुलुकको सर्वोपरी विकास र आधुनिकीकरणमा सहयोग पुर्याउने बताउनु भयो ।

कार्यक्रममा नेपालका लागि चिनियाँ राजदूत होउ याङ छीले आफ्ना भनाइहरु राख्दै सूचना र सञ्चारका क्षेत्रमा नेपाल र चीनबीच फोरजी विस्तारदेखि सूचना महामार्ग निर्माण कार्यमा भएका सहकार्यबाट दुई मुलुकबीचको सम्बन्ध थप मजबुत भएको बताउनु भयो ।

यसै गरी कार्यक्रममा संघीय सांसदहरु राजेन्द्र प्रसाद पाण्डे, भूमी त्रिपाठी, खेम लोहनी तथा प्रदेश नम्बर ३ का आन्तरिक मामिला तथा कानून मन्त्री शालिकराम जमकट्टेल, प्रदेश सभासद् राजेन्द्र प्रसाद पाण्डेले पनि मन्तव्य राख्नुभएको थियो ।

सो कार्यक्रममा नेपाल टेलिकमका नायब प्रबन्ध निर्देशकहरु प्रदीप राज उपाध्याय, शैलजा राई, गोकर्ण प्रसाद सिटौला र मटुक आनन्द वैद्य लगायत कम्पनीका अन्य कर्मचारीहरुको उपस्थिति रहेको थियो ।

समाचार

भायानेटको क्रिकेट वल्र्ड कप मेनिया अफर

काठमाडौं। भायनेट कम्युनिकेसन्स्ले जेठ १६ गतेदेखि संचालन हुने काठमाडौं। अटोमेटेड टेलर मेसिन ( एटिएम ) मा सबै बैंकहरुले नेपाली भाषाको प्रयोग गर्नुप…

भदौ ७ मा राष्ट्रियस्तरको \'एआई एक्स्पाे\' हुने

आर्टिफिसियल इन्टेलिजेन्स सोलुसन्स, सफ्टवेयर र सर्भिसको क्षेत्रमा परिचित कम्पनी फ्युजमेशिन्सले आर्टिफिसियल इन्टेजिेन्स फर डेभलपम…

एनआईसी एशिया बैंक र अल्का अस्पताल बीच सम्झौता

काठमाडौं। एनआईसी एशिया बैंक र अल्का अस्पताल बीच सम्झौता भएको छ।

सुबिसु कन्क्लेभ २०१९ सम्पन्न

काठमाडौं । साेलुसन ३६० को प्रस्तुतिमा बुधबार आयोजित सुबिसु कन्क्लेभ २०१९ सम्पन्न भएको छ ।

काठमाडौं। फेसबुकको स्वामित्व रहेको लोकप्रिय एप ह्वाटसएपमा जासुसी सफ्टवेर इन्स्टल भएको एक …

एन आई सी एशिया बैंक र स्पार्क हेल्थ होम प्रा.लि बीच सम्झौता

काठमाडौं। एन आई सी एशिया बैंक लिमिटेड र स्पार्क हेल्थ होम प्रा.लि,काठमाडौं बीच बैंकका …

विराटनगरमा विकि जागरूकता अभियान सुरु हुदै

काठमाडौं। विकिपिडिया एक स्वतन्त्र विश्वकोश हो जसलाई सबैले पढ्न र सजिलै सम्पादन गर्न सक्दछन…

बैंकिङ सफ्टवेयरमा बदमासी : करोडौं खर्चेर किनेको कोर बैंकिङ सिस्टममा पाइरेटेड ओराकल

केही हप्ताअघि ओराकल कर्पोरेसन नामक अन्तर्राष्ट्रिय कम्पनीका केही प्रतिनिधिहरु नेपाल आए । उनीहरु भित्री रुपमा गुपचुप नै रहे…

फोनमा स्टोरेज कम छ भने वेबसाइट बाटै खेल्नुहोस गेम

काठमाडौं। तपाईहरुलाई गेम कतिको मन पर्छ। के तपाई आफ्नो फोनमा स्टोरेज कम भएर गेम खेल्न स…

एचटीसीले ब्लकचेनमा आधारित नयाँ स्मार्टफोन ल्याउदै


काठमाडौ। एचटीसीले अब ल्याउने नयाँ फोन एक्जोडस वानमा ब्लकचेन प्रविधि भित्रयाउने भ…

हेटौंडामा रहेको सरकारको डिजास्टर रिकभरी सेन्टर मंगलबारदेखि सञ्चालमा आउँदै

कोरिया अन्तर्राष्ट्रिय सहयोग नियोग (कोईका)द्धारा निर्मित सरकारी एकीकृत डाटा सेन्टर (जिआइडिसी) को हेटाैंडास्थित डिजास्टर रिकभरी सेन्टर मंगलबार (वैशाख ३१…