कीवर्डहरू -

समाचार

नेपाल टेलिकमको विकट र दुर्गम स्थानमा अत्याधुनिक सञ्चार सेवा

काठमाडौं। नाफालाई मात्र ध्यानमा नराखी मुलुकभर सेवा विस्तार गर्दै आएको मुलुककै अग्रणी दूरसञ्चार सेवा प्रदायक कम्पनी नेपाल टेलिकमले मुलुकका विभिन्न विकट र दुर्गम स्थानमा अत्याधुनिक सञ्चार सेवाहरु उपलब्ध गराउँदै आएको छ ।

\"\"

यसै क्रममा कम्पनीले  हालै रसुवा, ताप्लेजुङ, डोल्पा र मुस्ताङका विभिन्न दूर्गम र विकट भेगहरुमा मोवाइल सेवा शुभारम्भ गरेको छ ।

हालसम्म मोबाइल तथा टेलिफोन जस्ता सञ्चार सेवाबाट वञ्चित भौगोलिक रुपले अति विकट यी स्थानहरुमा हालै कम्पनीले सञ्चार सेवा पुर्याउन सफल भएको हो ।

\"\"

कम्पनीले ४ हजार २९० मिटर उचाईमा अवस्थित रसुवाको पाङसाङ डाँडामा बीटीएस राखेर सेवा प्रदान गरेको छ । यसबाट लाङटाङ ट्रेकिङ रुट, गोसाइकुन्ड ट्रेकिङ रुटको केही भाग, ठूलो स्याफ्रु, भिम्सा, सिंगवा, नागथली, ग्यात्लाङ, शेर्पा गाउँ, लामा होटल, घोडा तबेला, मुन्टु, सिङडुङ, खाङजिम आदि स्थानमा मोवाइल सेवा उपलब्ध हुनेछ ।

यसबाट सो क्षेत्रका ५ सय घरधुरीका करिब २ हजार जनसंख्यालाई सेवा उपलब्ध हुनेछ । रसुवाकै ३ हजार २४२ मिटर उचाईमा अवस्थित लाङटाङ पदमार्गमा पनि अर्को बीटीएस टावर स्थापना गरिएको छ ।

यसबाट लाङटाङ उपत्यकाका २ सय घरधुरीका करिब ७ सय जनसंख्याले सञ्चार सेवा उपभोग गर्न पाउने छन् ।
ताप्लेजुङको विकट स्थान घुन्सामा पनि सेवा उपलब्ध गराइएको छ ।

३ हजार ८२५ मिटर उचाईमा अवस्थित टावरमार्फत घुन्सा, थामे, ज्याल्पा र कन्चनजंघा बेसक्याम्प आदि स्थानमा सेवा उपलब्ध हुनेछ । यसबाट ८० घरधुरीका करिब ३ सय जनसंख्या लाभान्वित हुनेछन् ।

डोल्पाको मुकोट र शे फोक्सुन्डोमा पनि हालै बीटीएस सञ्चालनमा आएका छन् । ३ हजार ३१६ मिटर उचाईको मुकोटमा अवस्थित टावरमार्फत छार्का तान्सुङ गाउँपालिकाका दुई वडा र काइके गाउँपालिकाका दुई वडा तान्छिन र खानीगाउँमा सेवा उपलब्ध हुनेछ ।

त्यसैगरी ३ हजार ७०४ मिटरको से फोक्सोन्डुमा अवस्थित टावरमार्फत से फोक्सुन्डोका दुई वडा र्याती र पुग्मा तथा रिग्मो, रिखे, ताप्रिजा र फोक्सुन्डो तालसम्म सेवा प्रयोग गर्न सकिने छ । दुवै टावरमार्फत करिब २ हजार सेवाग्राहीले सेवा पाउन सक्नेछन् ।

कम्पनीले हालै  मुस्ताङको घमी र छोसेरमा समेत सेवा उपलब्ध गराएको छ । घमी ३ हजार ८ सय मिटर र छोसेर ४ हजार २ सय ७० मिटर उचाईमा अवस्थित छन् ।

यसबाट याराघारा, घमी, ढाकमर, गर्थु, न्याम्दो, चुङजुङ र कोरला जाने रुटसम्म सेवा उपलब्ध हुनेछ । त्यसैगरी उपल्लो मुस्ताङको छुसाङमा पनि थ्रीजी मोबाइल सेवाको शुरुवात भएको छ ।

यहाँस्थित बीटीएसले त्यहाँका छुसाङ, जेताङ र चैले गाउँका वासिन्दालाई मोबाइल र इन्टरनेट सुविधा उपलब्ध गराउने छ ।

दुर्गम तथा विकट ती गाउँमा जीएसएम मोबाइल टावर स्थापनाको कार्य निकै कठिनाईका बाबजुद सफलतापूर्वक सम्पन्न गरी मोबाइलको पहुँच पु¥याइएको हो ।

अब उक्त भेगमा समेत टुजी तथा थ्रीजी मोबाइल सेवा सञ्चालनमा आएका छन् । प्रतिफल कम आउने र तुलनात्मक रुपमा लगानी बढी हुने स्थानहरुमा समेत समान रुपमा दूरसञ्चार सेवा विस्तार गर्ने कम्पनीको नीति रहेको छ ।

समाचार

नेप्सलाई भुक्तानी प्रणाली सञ्चालकको कार्य गर्ने अनुमति

काठमाडौं। नेपाल राष्ट्र बैंकबाट जारी “भुक्तानी सम्वन्धि कार्य गर्ने संस्था संयन्त्रलाई प्रदान…

द ब्रिटिश कलेजको ‘रोजगार मेला’ सम्पन्न

काठमाडौँ । थापाथली, काठमाडौँस्थित द ब्रिटिश कलेजले आयोजना गरेको एकदिने…

फेसबुकको सिईओ र अध्यक्ष बनेः जुकरबर्ग

काठमाडौं। गत बिहीवार भएको फेसबुकको वार्षिक साधारणसभाबाट मार्क जुकरबर्गलाई प्रमुख कार्यक…

नारायणगढमा आइसिटी स्टार्टअप एण्ड इन्नोभेसन मेला तथा कन्फ्रेन्स सम्पन्न

चितवन । लिभिङ विथ आइसिटीको आयोजनामा आज नारायणगढमा आयोजित ‘फ्युज मेशिन्स आइसिटी स्टार्टअप एण्ड इनोभेसन मेला २०१९ इन एसोसिएसन के सेभेन सेक्युरिटी’ सम्पन्न…

सुबिसुको टिभि र इन्टरनेटमा नयाँ मुल्य

काठमाडौं। क्रिकेटको महाकुम्भ क्रिकेट वर्ल्ड कप २०१९ लाई लक्षित गरेर सुबिसु ले क्लियर टिभि…

शनिबार नारायणगढमा आइसिटी स्टार्टअप मेला तथा कन्फ्रेन्स आयोजना हुँदै 

चितवन । लिभिङ विथ आइसिटीको आयोजनामा शनिबार नारायाणगढ चितवनमा फ्युज मेसिन आइसिटी स्टार्टअप एण्ड इन्नोभेसन मेला २०१९ इन …

क्रिकेटको महाकुम्भको पलपलको अपडेट अब हाम्रो पात्रोमा

काठमाडौं। नयाँ नयाँ सुविधा तथा युवा देखि हजुरबुवा, हजुरआमाहरुका लागि दैनिक जीवनमा …

नेपाल टेलिकमले २०७४ असार मसान्तसम्मको बक्यौतामा लाग्ने जरिवाना छुट गर्ने


काठमाडौं। नेपाल टेलिकमले ल्यान्डलाइन टेलिफोन, मोबाइल तथा अन्य विभिन्न सेवाका ग्र…

प्रभु बैंकको नयाँ शाखा पुनर्वासमा

काठमाडौं। प्रभु बैंक लिमिटेडले आफ्नो शाखा सञ्जाल विस्तार गरी सेवाग्राहीहरुलाई सरल र सहज…

एउटै परिचयपत्र भित्र सम्पूर्ण सूचना र जानकारी

नेपालीले एक भन्दा बढि परिचयपत्र बोक्‍न नपर्ने भएको छ।

अर्थ…

खानेपानी तथा विद्युतको शुल्क भुक्तानी विद्युतीय माध्यमबाट

काठमाडाैं । अर्थमन्त्री युवराज खतिवडाले आ.व. २०७६/७७ को बजेट वक्तव्य प्रस्तुत गर्दै सरकारले नेश्नल पेमेन्ट गेटवेको स्थापनालाई अगाडि बढाउने, नगद कारोबारलाई क्र…

५ वर्षभित्र सबै नागरिक सेवा अनलाइन प्रणाली मातहत, ललितपुरमा ज्ञान पार्क स्थापना गरिने 

अर्थमन्त्री युवराज खतिवडाले दूरसञ्चार र प्रविधि क्षेत्रका लागि केही कार्यक्रमसहितको बजेट विनियोजन गरेका छन् ।

सार्वजनिक यातायातमा जिपिएस प्रविधि, विद्युतीय कार्डबाटै भाडा तिर्ने व्यवस्था मिलाइने

काठमाडौं । अर्थमन्त्री युवराज खतिवडाले आ.व. २०७६/७७ को बजेटमा यातायात व्यवस्थापन शीर्षकमा एक अर्ब ५३ करोड रुपियाँ विनियो…

कृषि जमिनको अभिलेख र जग्गा धनी पुर्जा विद्युतीय बनाइने

सम्पूर्ण कृषि जमिनको अभिलेख र जग्गा धनी पुर्जा विद्युतीय बनाइने छ ।

अर्थमन्त्री युवराज खतिवडाले बजेट भाषणकाे क्रममा आगामी २ वर्षभित्र याे कार्य…

मदन भण्डारी विज्ञान तथा प्रविधि विश्वविद्यालय स्थापना गरिने 

काठमाडौं । सरकारले मदन भण्डारी विज्ञान तथा प्रविधि विश्वविद्यालय स्थापना गर्ने भएको छ ।

अर्थमन्त्री युवराज खतिवडाले आ.व. २०७६\\७७ को बजेट भाषणका क्…