कीवर्डहरू -

समाचार

काठमाडौंमा अन्तराष्ट्रियस्तरको एआई पाठशाला जारी

काठमाडौंमा अन्तर्राष्ट्रियस्तरको एआई पाठशाला जारी

नेपाल अप्लाइड म्याथम्याटिक्स एण्ड इनफरमेटिक्स ईन्स्टिच्यूट अफ रिसर्च (नामी)को आयोजनामा काठमाडौंको प्राइम कलेजमा ११ दिने प्रथम नेपाल एआई पाठशाला सञ्चालन भइरहेको छ ।

नेपाल, भारत, चीन, फिलिपिन्स, जर्मनी, नर्वेलगायतका देशहरुबाट आएका १ सय २० जना प्रशिक्षार्थीहरुले उक्त पाठशालामा सहभागिता जनाइरहेका छन् । पाठशालामा आर्टिफिसियल ईन्टेलिजेन्सको प्रयोग, उपादयता र आवश्यकताको सन्दर्भमा आवश्यक, तालिम, परामर्श र अनुसन्धान गरिने वताईएको छ ।

उक्त ११ दिने पाठशालामा २२ जना विदेशी, ७० जना काठमाडौं उपत्यका, १७ जना काठमाडौं उपत्यका बाहिरका र २० जना व्यावसायिक क्षेत्रका प्रतिनिधि सहभागी रहेका छन् । पाठशालामा आर्टिफिसियल इन्टेलिजेन्स (एआई)लाई नेपालको सन्दर्भमा कसरी प्रयोग गर्ने तथा नेपालले झेलिरहेका आर्थिक, शैक्षिक, व्यवस्थापकीय, स्वास्थ्यलगायतका समस्याहरुको समाधानमा एआईलाई कसरी प्रयोग गर्न सकिन्छ भन्ने विषयमा छलफल भइरहेको छ ।

नेपालमा सन् २०१८ मा कानूनी प्रकृया पुरा गरी गैरनाफामूलक संस्थाको रुपमा स्थापित नामीले नेपालको शैक्षिक, औद्योगिक, व्यवस्थापकीय र स्वास्थ्य क्षेत्रसँग मिलेर उक्त विषयगत क्षेत्रहरुको विकासका लागि एआईसम्बद्ध अध्ययन अनुसन्धान गर्ने तय गरेको छ ।

कार्यक्रममा सहभागीहरुलाई तालिम र परामर्र्श दिन आएका नामीका सदस्य तथा बेलायतमा रहेको योर्क विश्वविद्यालयअन्तर्गत कम्युटर विज्ञान विभागका प्राध्यापक सुरेश मानन्धर नेपालमा एआईसम्बन्धी प्रभावकारी शिक्षणको सुरुवात नै हुन नसकेको बताउँछन् र
मानन्धरका अनुसार यो पाठशालाले एआईको सम्बन्धमा विद्यमान भ्रम निवारण तथा यसको उपादयताको बढोत्तरी र एआई पढाउने शैक्षिक संस्थाहरुको स्तर उन्नतिमा सहयोग पु¥याउनेछ ।

नामीका अर्का सदस्य तथा ईम्पेरियल कलेज लण्डनमा पोष्ट डक्टरल अनुसन्धानकर्ताको रुपमा कार्यरत डा.विनोद भट्टराईका अनुसार पाठशालाको आयोजना गर्नुको कारण नेपालमा ‘अनुसन्धान संस्कारलाई सहयोग पु¥याउनु हो । भट्टराई नेपालका लागि कस्तो प्रविधि आवश्यकता हुन्छ भन्ने कुरा नेपालले नै तय गर्न सक्नुपर्ने तर्क राख्छन् । नेपालको कृषि, स्वास्थ्य लगायतका क्षेत्रमा आवश्यक प्रविधिका लागि आज पनि बाहिरी देशसँग निर्भर हुनु परिरहेको भट्टराईको भनाई छ ।

विज्ञान प्रविधिको क्षेत्रमा अत्यन्तै पछौटेपन बेहोरिरहेको नेपालमा आर्टिफिसियल ईन्टेलिजेन्स जस्तो अत्याधुनिक विज्ञान र प्रविधिसँग सम्वन्धित विषयमा शोध, तालिम र बहस हुनु आफैंमा सुखद विषय हो । प्राईम कलेजका प्रिन्सिपल प्रा. डा. कृष्णकुमार श्रेष्ठ नामीले सञ्चालन गरेको पाठशालाले एआई सँगसँगै समग्र सूचना प्रविधि क्षेत्रलाई उत्प्रेरित गर्ने धारणा राख्छन् ।

नेपालबाट विश्वका विभिन्न विश्वाविद्यालय र अनुसन्धान केन्द्रहरु पुगेर उक्त विश्वविद्यालयहरुमा कम्युटर विज्ञान र एआईको क्षेत्रमा कार्य गरेका तथा नेपालमा पनि सूचना प्रविधि क्षेत्रमै कार्य गरेका प्राध्यापक, अनुसन्धानकर्ता र वैज्ञानिकहरु मिलेर स्थापना गरिएको नामीको अवधारणा सन् २०१५ बाट नै अगाडि बढेको हो ।

नेपालमा सन् २०१८ मा कानूनी प्रकृया पुरा गरी गैरनाफामूलक संस्थाको रुपमा स्थापित नामीले नेपालको शैक्षिक, औद्योगिक, व्यवस्थापकीय र स्वास्थ्य क्षेत्रसँग मिलेर उक्त विषयगत क्षेत्रहरुको विकासका लागि एआईसम्बद्ध अध्ययन अनुसन्धान गर्ने तय गरेको छ ।
नेपाली विद्यार्थीहरुको विद्यावारिधीलगायत शोध र अनुसन्धानको कार्यलाई सहयोग गर्ने र नेपालको आवश्यकतामा आधारित वृहत्तर अनुसन्धानलाई कार्यान्वयनमा लैजाने उद्देश्यसहित स्थापित नामीले विज्ञान प्रविधिको विकासका लागि आवश्यक नीति निर्माणमा सहेत सहयोग गर्ने बताएको छ ।

प्रथम नेपाल एआई पाठशालाका लागि सहभागीहरु छनौट गर्न अनलाईनमार्फत विश्वव्यापी आवेदन माग गरिएको थियो भने नेपालका कलेजहरुमा विभिन्न माध्यममार्फत सूचना सम्प्रेषण गरिएको थियो । विभिन्न मापन विधिमार्फत १ सय २० जना सहभागीहरुको छनौट गरिएको पाठशालामा काठमाडौं उपत्यकाभन्दा बाहिरका सहभागिहरुका लागि आवासिय ब्यवस्था गरिएको छ । एनसेलको प्रायोजनमा काठमाडौंकाे प्राईम कलेजमा सञ्चालन भइरहेको पाठशाला यही डिसेम्वर २० तारिखदेखि ११ दिनसम्म सञ्चालन हुनेछ ।

समाचार

क्यान इन्फोटेक बिराटनगरमा सुविसुको शिर्ष प्रायोजन

विराटनगर, २३ पुस,
विराटनगरमा ७ वर्ष पछि क्यान इन्फोटेक २०१९ को आयोजना हुदैछ । पुस १९ देखि २३ गते अर्थात तदनुसार ३ देखि ७ जनवरी…

म्याकक्याफेका नयाँ भर्सनका सेक्युरिटी प्रडक्टहरु नेपाली बजारमा  

काठमाडौं । ‘प्रोटेक्ट योर डिजिटल लाइफ’ नारासहित विगत ३० वर्षदेखि विश्वभर प्रख्यात रहेको म्याकक्याफे एन्टिभाइरस तथा इन्टरनेट…

पुस १३ र १४ गते केयुमा आइटी मिट हुँदै

के तपाई पत्याउनु हुन्छ, अहिलेकाे याे सुचना प्रविधिको युगमा काेहि मान्छे माेबाइल नचलाएर बस्न सक्छ हाेला। प्रायःजसो म…

थप ३ लाख पोर्न साइट प्रतिबन्ध गर्दैछौं : मन्त्री बास्कोटा

काभ्रे । सरकारले थप ३ लाख पोर्न साइट नेपालमा प्रतिबन्ध लगाउने तयारी गरेको सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बास्कोटाले…

सानोठिमी क्याम्पसमा वर्डप्रेस बुटक्याम्प कार्यक्रम सम्पन्न 

सूचना र सञ्चार प्रविधि समाज, नेपाल (एसआइसिटी नेपाल) र आइसिटी विभाग सानोठिमि क्याम्पसको संयुक्त आयोजनामा एक दिने वर्डप्रे…

किन गुगलमा “इडियट” शब्दको खोजी बढि भई रहेको छ ?

गुगलमा “इडियट” शव्द सर्च गर्दा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको तस्बीर देखिएको खबर सार्वजनिक भएसँगै उक्त प्रश्नको जवाफमा पिचाईले गुगलको सर्च रिजल्ट अर्बौं कि…

एनआईस बैंक र आईएमई लाईफबिच इन्सुरेन्स सम्झौता

काठमाडौँ । मंगलबार एनआईसी एशिया बैंक लिमिटेडले आईएमई लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडसँग बैंकास्योरेन्स सम्झौता गरेको छ । यस सम्झौता अनुसार अब यस बैंकका ग्…

विराटनगरमा पुस १९ देखि क्यान इन्फोटेक २०१९ हुँदै

विराटनगरमा दोस्रो पटक क्यान इन्फोटेकको आयोजना हुने भएको छ । सन् २०११ मा भएपछि ८ वर्षपछि दोस्रो इन्फोटेक हुन लागेको हो ।

पुस १९ देखि २३ गतेसम्म स…

पुस ७ मा वर्डक्याम्प विराटनगर २०१८ हुने

संसारको सबैभन्दा प्रख्यात वेबसाइट बनाउन र ओपेन सोर्स सफ्टवेयर वर्डपे्रससम्बन्धी एक दिने सेमिनार पुस ७ मा विराटनगरमा हुने भएको छ । वर्डक्याम्प विश्वव्यापी र…

टाटा टिगोर नेपाली बजारमा

काठमाडौं : टाटा मोटर्सको आधिकारिक वितरक सिप्रदी ट्रेडिङले नेपाली बजारमा नयाँ टाटा टिगोर भित्र्य…

आइसिटी र डिजिटल कन्भर्जेन्स बिजनेश विषयमा कोरियामा अन्तराष्ट्रिय सम्मेलन हुँदै

दक्षीण कोरियोको राजधानी सउलमा ‘२०१९ इन्टरनेश्नल कन्फेरेन्स अन इन्फर्मेशन एन्ड कम्युनिकेशन टेक्नोलोजी एन्ड डिजिटल कन्भर्जेन्स बिजनेश’ हुने भएको छ ।

ह…

झापामा एनआइसी एसियाको नयाँ शाखा 

झापा । एनआइसी एशिया बैंकले आफ्नो नयाँ शाखा झापास्थित झापा गाउँपालिका वडा नं.२, झापाबजारमा विस्तार गरेको छ । सोमबार झापा गाउँपालिकाका अध्यक्ष जय नारायण …

ओपो आर१७ प्रो, डिसेम्बर १५ देखि नेपालमा उपलब्ध हुने

मंसिर २३, काठमाडौं । सेल्फी एक्स्पर्ट एण्ड लिडर, ओपोले आधिकारिक रुपमै आर सिरिज नेपालमा सार्वजनिक गर्ने तयारी पूरा भएको घोषणा गरेको छ ।

नेपालमा …