कीवर्डहरू -

समाचार

नेपाल टेलिकमद्वारा सुनसरीमा सिमकार्ड सहित एण्ड्रोइड स्मार्टफोन वितरण

काठमाडौं। विकट हिमाली क्षेत्रका साना वस्तीमा उपकरण ढुवानीका लागि मात्र पचासौं लाख खर्च गरी मोबाइल सेवा पुर्याएर होस् वा प्रविधिबाट वञ्चित दुर्गम क्षेत्रका विद्यालयलाई अत्याधुनिक प्रविधियुक्त उपकरणदेखि सञ्चार सेवा उपलब्ध गराएर होस नेपाल टेलिकमले संस्थागत सामाजिक दायित्व निर्वाह गर्दै आएको छ ।

यसै क्रममा गत असार १३ गते कम्पनीले सुनसरीमा दृष्टिसम्बन्धी अपांगता भएका विद्यार्थीहरुलाई अध्ययन कार्यमा सहयोग पुर्याउने उद्देश्यले एण्ड्रोइड स्मार्टफोन सिमकार्डसहित वितरण गरेको छ ।

सुनसरीको इटहरीमा आयोजित एक कार्यक्रममा दृष्टि सम्बन्धी अपांगता भएका बाह्र र स्नातक अध्ययनरत विद्यार्थीहरुलाई सामसुङ ग्यालेक्सी एम २० स्मार्टफोन उपलब्ध गराइएको हो ।

कम्पनीका तर्फबाट दूरसञ्चार कार्यालय इटहरीका प्रमुख उप–प्रबन्धक ज्ञानेश दंगालले मोबाइल सेट हस्तान्तरण गर्नुभयो । सो अवसरमा दंगालले मोबाइल सेट र उपलब्ध सञ्चार सुविधाहरुले विद्यार्थीहरुको पढाईमा सहयोग पुर्याउनुका साथै सहज जीवन यापनमा भूमिका निर्वाह गर्ने अपेक्षा व्यक्त गर्नुभयो ।

उहाँले विद्यार्थीहरुले ब्रान्ड एम्बेसडरको रुपमा रहेर कम्पनीको सेवाको बारेमा जानकारी प्रवाह गर्ने विश्वास पनि व्यक्त गर्नुभयो । कार्यक्रममा प्रमुख व्यावसायिक अधिकृतको कार्यालयका वरिष्ठ प्रशासकीय अधिकृत घनश्याम पाण्डेले सरकारको लगानी र राष्ट्रियताले ओतप्रोत कम्पनीको तर्फबाट गरिएको सानो सहयोगले दृष्टि सम्बन्धी अपांगता भएका विद्यार्थीहरुलाई सूचना प्रविधिमैत्री वातावरण प्रदान गर्न र थप योग्यता निर्माण गर्न सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो ।

सो कार्यक्रमका लागि सहजकर्ताका रुपमा भूमिका निर्वाह गर्ने मैत्री समाज नेपालका अध्यक्ष प्रमेन्द्र ढकालले दृष्टि सम्बन्धी अपांगता भएका व्यक्तिहरुलाई नेपाल टेलिकमले सूचना प्रविधिमार्फत एउटा अवसरको सिर्जना गरिदिएको बताउँदै परीक्षणको रुपमा सहयोग प्रारम्भ गरेकोमा कम्पनीप्रति आभार प्रकट गर्नुभयो ।

मोबाइल प्राप्त गर्नुहुने पदम ठटालले विभिन्न सेवासहितको मोबाइल प्राप्त गरेपछि भन्नु भयोएमपी थ्री बोक्नुपर्ने वाध्यता हटेको र अध्ययनका लागि प्रयोग गर्नुपर्ने विभिन्न एप्सहरु अब एउटै उच्च क्षमताको मोबाइलबाट प्रयोग गर्न सकिने भएकाले हामीलाई निकै हौसला मिलेको छ ।

पदम महेन्द्र बहूमुखी क्याम्पस धरानमा शिक्षा संकाय तर्फ स्नातक चौथो वर्षका विद्यार्थी हुन । ‘आइसिटी फर द स्टुडेण्ट विथ भिजुअल डिसएबिलिटी’ कार्यक्रम मार्फत प्रदेश नम्बर १ मा सुनसरीको इटहरी र कर्णाली प्रदेशमा सुर्खेतको वीरेन्द्रनगरका विद्यार्थीहरुलाई सहयोग गर्ने कम्पनीको कार्यक्रम रहेको छ ।

यस अन्तर्गत आर्थिक एवं प्राविधिक रुपमा पछि परेका जम्मा २० जना दृष्टिविहीन विद्यार्थीहरुलाई कम्पनीको सिमकार्ड सहित एण्ड्रोइड स्मार्टफोन उपलब्ध गराएर अत्याधुनिक सूचना प्रविधिमा आधारित अध्ययनको अवसर प्रदान गर्न लागिएको हो ।

समाचार

प्रभु बैंकलाई सम्पर्क या प्रतिनिधि कार्यालय खोल्न सैद्धान्तिक सहमति

काठमाडौं। प्रभु बैंकले ५ देशमा सम्पर्क वा प्रतिनिधि कार्यालय खोल्न नेपाल राष्ट्र बैंकबाट स…

दूरसञ्चार प्राधिकरणको अध्यक्षका लागि १२ उम्मेदवारबीच प्रतिष्पर्धा हुने, अन्तर्वार्ता असार १६, १७ र १८ मा

काठमाडौं । दूरसञ्चार क्षेत्रको नियामक नेपाल दूरसञ्चार प्राधिकरण (एनटीए) मा रिक्त रहेको अध्यक्ष पदका लागि १२ जना आवेदकबीच प्रतिष्पर्धा हुने भएको छ ।

आइम्याक र आइफोनका डिजाइनरले एप्पल छाड्दै

काठमाडौं। दुई दशक भन्दा धेरै समयदेखि एप्पलमा कार्यरत सर जोनथन इभले एप्पल छाड्ने भएका छन…

धनकुटामा नेपाल टेलिकमकाे एफटीटीएच सेवा

नेपाल टेलिकमले विश्वमै नवीन र अत्याधुनिक सूचना प्रविधिको रुपमा रहेको एउटै केबलबाट उच्च गुणस्तरको टेलिफोन र द्रुत गतिको …

ओपोद्वारा एमडब्ल्यूसी शाङघाइ २०१९मा अन्डर स्क्रिन क्यामेरा र मेशटक प्रदर्शन

चीन । ओपोले एमडब्ल्यूसी शाङघाइ २०१९ मार्फत वास्तविक पूर्ण स्क्रिन अनुभव प्रदान गर्ने क्षमता …

धरानमा आजबाट बृहत प्राविधिक प्रदर्शनी सुरु

काठमाडौं। पुर्वाञ्चल क्याम्पस धरानमा आजबाट तीन दिन सम्मको लागी बृहत प्राविधिक प्रदर्शनी सु…

नेपालमै पहिलो पटक ʻडाटा सेन्टर समिटʼ सम्पन्न

काठमाडौं । नेपालमै पहिलो पटक आयोजना गरिएको डाटा सेन्टर समिट सफलतापूर्वक सम्पन्न भएको छ । डाटा सेन्टर सोलुसन्सको क्षेत्रमा…

मकवानपुरमा स्थापना हुने भयो मदन भण्डारी विज्ञान तथा प्रविधि विश्वविद्यालय

काठमाडौं। सरकारले मदन भण्डारी विज्ञान तथा प्रविधि विश्वविद्यालय मकवानपुरमा स्थापना गर्ने …

एसईईको नतिजा सार्वजनिक १७ हजार भन्दा बढिले ल्याए ए प्लस

काठमाडौं। एसईईको नतिजामा १७ हजार ५ सय ८० विद्यार्थीले  ए प्लस ल्याएका छन। ५१ हजार १ सय…

एसईईको नतिजा सार्वजनिक

काठमाडौं। एसईईको नतिजा सार्वजनिक भएको छ। राष्ट्रिय परीक्षा बोर्डको बैठक बसी नतिजा सार्वज…

टेक्सास कलेजका आइटी ग्रयाजुएटलाई जापानमा अवसर

काठमाडौं । टेक्सास कलेज अफ म्यानेजमेन्ट एन्ड आइटीमा आइटी विषय पढेका विद्यार्थीले जापानमा अवसर प्राप्त गर्ने भएका छन् ।

Fourth Valley Corp.  Japa…

एसईईको नतिजा आज आउँदै यसरी हेर्नुहोस नतिजा

काठमाडौं। एसईईको नतिजा आज आउने भएको छ। परीक्षा नियन्त्रण कार्यालयले माध्यमिक शिक्षा परिक्…

आज काठमाडौंमा डाटा सेन्टर समिट हुँदै

काठमाडौं । नेपाल डाटा सेन्टर सोसाइटी र एनपी सर्टको संयुक्त आयोजनामा आज नेपालमै पहिलो पटक काठमाडौं। नेपालका उत्कृष्ट अनलाइन समाचार पोर्टलका समाचार एकै ठाउँमा उपलब्ध हुने…

फ्युजमेसिन्सले ट्रेनिङ र रिसर्चका लागि काठमाडाैंमा \'फ्युज एआई सेन्टर\' सञ्चालनमा ल्याउने

काठमाडौं । एआई प्रडक्ट र सर्भिसमा काम गरिरहेको विश्वप्रसिद्ध कम्पनी फ्युजमेसिन्सले नेपालमा पहिलो पटक 'फ्युज एआई सेन्टर' सञ्चा…