समाचार
डिजिटल नेपालको पहिलो शर्त : प्रविधि र पूर्वाधार
पटकपटक नारामै सिमित हुँदै आएको छ, ‘डिजिटल नेपाल’ । यसअघिका फुस्रा भाषण र कागजी योजनाले नेपाली जनताको समृद्धिको प्यास मेट्न सकेनन् । अहिले समय फेरिएको छ । फेरि जनताले सपना देख्न थालेका छन् । स्वाधिन, समावेशी, सुशासन, रोजगारी र आर्थिक समुन्नतिसहितको नेपालको अपेक्षा जनताले गरिरहेका छन् । वर्तमान सरकारले चालु बजेटमा समृद्ध नेपाल, सुखी नेपालीको नारा ल्याएको छ । महिनौं दिनसम्म पुग्दा यस्तो छनक देखिएको त छैन । तैपनि यो सरकारसँग अपेक्षा गर्नुबाहेकको विकल्प छैन ।
सरकारले ढिलै गरेर भएपनि डिजिटल नेपालको एउटा ढाँचा भने तयार पारेको छ । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको एक टोलीले बनाएको सो ढाँचा तयार पारेको छ । यसअनूरुप ५ वर्षका लागि कार्यक्रम तय गरिने बताइए पनि डिजिटल नेपाल अभियानलाई सार्थक दिन कुनै मन्त्रालय, महाशाखा वा विभागले काम गरेर पुग्दैन । राष्ट्रिय कार्यक्रम भएको र समग्र देशकै काँचुली फर्ने आधार भएकाले यसको कार्यान्वयन प्रधानमन्त्री तथा मन्त्रिपरिषद मातहतबाटै हुनुपर्ने मत आइरहेको छ ।
कहाँ छ नेपाल ?
नेपालमा आइटी वा आइसिटी उद्योग भनेर यो क्षेत्रले उद्योगको पहिचान भने पाइसकेको छैन । न त सरकारले नै ‘प्राथकिताको क्षेत्र’मा समावेश गरेको छ । प्राथमिकताको क्षेत्र र उद्योगको रुपमा पहिचान नदिँदा यो क्षेत्रमा के कति विकास भइरहेको छ भन्ने विषयमा तथ्यांकसमेत पाउन मुस्किल छ । दूरसञ्चार क्षेत्रको तथ्याकं नेपाल दूरसञ्चार प्राधिकरणले राख्ने भए पनि ‘आइटी उद्योग’सम्बन्धी तथ्यांकबारे समष्टिगत अनुसन्धान कसैले गरेका छैनन् । अन्तर्राष्ट्रिय दूरसञ्चार युनियनले निकालेको आइसिटी सूचांकमा १७६ देशमध्ये नेपाल १४०औं स्थानमा छ । यस्तो सूचांक दूरसञ्चार पूर्वाधारको पहुँच, दूरसञ्चार सेवा, आइसिटी प्रयोग, आइसिटी स्किलका साथमा एप्लिकेशन, कन्टेन्टको अवस्थाको आधारमा तय गरिन्छ ।
प्राधिकरणका अनुसार नेपालमा हाल ५६ प्रतिशत फिक्स्ड ब्रोडब्यान्ड इन्टरनेट प्रयोगकर्ता छन् । कुल दूरसञ्चार प्रयोगकर्ता १३० प्रतिशत पुगिसकेको छ । अर्कोतर्फ सूचना प्रविधिको वार्षिक कारोबार, यसको क्षेत्र, रोजगारीको अवस्था र विभिन्न डिभाइसको प्रयोगका बारेमा कुनै सरकारी तथा गैरसरकारी निकायले पछिल्लो समय अनुसन्धान नै गरेको देखिदैन । तैपनि यो क्षेत्रमा विस्तारै परिवर्तन हुँदै छ ।
वल्र्ड इकोनोमिक फोरम नेटवर्क रेडिनेस इन्डेक्समा नेपाल ११८औं स्थानमा छ । पछिल्ला अन्तराष्ट्रिय र्याकिंक हेर्दा सुधारोन्मुख छ । तर, अन्य देशले फड्को मारिरहेका छन् । नेपाल १४४ देशमध्ये युएनसिटिएडी बिटुसी ईकमर्स इन्डेक्समा १०८औं स्थानमा छ । पूर्वाधारको कुरा गर्दा भारतको तुलनामा इन्टरनेट ब्यान्डविथ ३० प्रतिशतले उच्च छ । कम्प्युटर विज्ञान र आइटीसम्बन्धी ग्रयाजुएटहरुको संख्या वार्षिक ७ हजार ५ सयको हारहारीमा मात्रै छ ।
काठमाडौंकेन्द्रित विकासहरु धेरै छन् । अहिले १ सय ५० को हारहारीमा निजी इन्टरनेट सेवाप्रदायकहरुले इजाजतपत्र अनुमति प्राप्त गरेर सेवासुविधा सञ्चालन गरिरहेको अवस्था छ । अहिले एक वर्षमा २५ अर्ब रुपियाँ बराबरको मोबाइल ह्यान्डसेट नेपालमा आयात भइरहेको छ । समग्रमा विश्व मानचित्रमा नेपालको अवस्थालाई हेर्ने हो भने नेपालको स्थान त्यति सन्तोषजनक होइन । अन्तराष्ट्रिय दूरसञ्चार संघको सन् २०१७ को प्रतिवेदनअनुसार ग्लोबल आइसिटी इन्डेक्समा नेपाल १ सय ७६ मुलुकमध्ये १ सय ४०औं स्थानमा छ । यो वरियता मुख्य ३ आइसिटी इन्डिकेटरहरु एक्सेस, युजेज र डिजिटल स्किलको आधारमा तय गरिन्छ ।
डिजिटल नेपालको पहिलो शर्त : प्रविधि र पूर्वाधार
डिजिटल नेपालका लागि सबैभन्दा पहिला नेपालले अहिले जारी पूर्वाधार विस्तारलाई तीव्रता दिनुपर्नेमा सरोकारवालाको जोड छ । इन्टरनेटको व्यापकता र व्यवस्थित प्रयोगले मात्रै स्वास्थ्य, शिक्षा, कृषिमा हुने आधुनिक प्रविधिलाई सस्तो बनाउँछ । यसअन्तर्गत अप्टिकल फाइबर र मोबाइल ब्रोडब्यान्डको विस्तारलाई तिव्रताका साथ सञ्चालन गर्ने वातावरण आवश्यक रहेको दूरसञ्चार प्राधिकरणका निमित्त अध्यक्ष पुरुषोत्तम पोखरेल बताउँछन् ।
‘नेपाल सरकारले एक वर्षमा सबै स्थानीय तहमा ब्रोडब्यान्ड इन्टरनेट पुर्याउने योजनाको कार्यान्वयनमा मेरो पहिलो फोकस हुन्छ । तर दूरसञ्चारसम्बन्धी महत्वपूर्ण निर्णय गर्न र कार्यान्वयन गर्ने हो भने दूरसञ्चार क्षेत्रले स्वतन्त्र भएर काम गर्न पाउनुपर्छ,’ उनले भने ।
डिजिटल नेपालका लागि स्वभावैले डिजिटल कनेक्टिभिटी आवश्यक पर्छ । यसका लागि हरेक नागरिकलाई मौलिक अधिकारको रुपमा इन्टरनेट पहुँच पुर्याउने, अपरेटरहरुको सेवा क्षेत्र विस्तार र गुणस्तरका लागि सहज स्पेक्ट्रम उपलब्ध गराउने, दक्षीण एसियामै ५ जी सुरुवात गर्ने र देशव्यापी रुपमा फाइबर नेटवर्क विस्तार गर्नुपर्नेमा सरकारले बनाएको डिजिटल फ्रेमवर्कमा उपलब्ध छ ।
ब्रोडब्यान्ड पोलिसीले तय गरेका कतिपय लक्ष्य समयमै हासिल गर्न सक्ने अवस्था आए पूर्वाधार र इन्टरनेट सेवाको पहुँच बढ्ने थियो । तर अहिले देशमा अप्टिकल फाइबर बिछ्याउने, नेटवर्क विस्तार गर्ने लगायतका दूरसञ्चारका प्रोजेक्ट निकै सुस्त गतिमा सञ्चालन भइरहेका छन् । लामो समयसम्म दूरसञ्चार प्राधिकरण परामर्शदाता नियुक्त गर्न नसक्नाले पनि समस्या आयो भने अप्टिकल फाइबर विस्तारको जिम्मा पाएका सेवाप्रदायकको काम पनि ढिकै सुस्त छ ।
कार्यान्वयन फितलो
सरकारले सन २०२० सम्म देशभर इन्टरनेट सेवा र्पुयाउने लक्ष्य लिएपनि सो लक्ष्य हासिल गर्ने कार्य निकै सुस्त गतिमा अघि बढिरहेको छ । सरकारले ल्याएको पछिल्लो सूचना सञ्चार प्रविधि नीति र ब्रोडब्यान्ड नीतिको कार्यान्वयनमा समेत प्रश्न उब्जिएको छ । प्राथमिकतामा यो नीति नपरेकै कारण स्पस्ट गुरुयोजना समेत आउन सकेनन् ।
दूरसञ्चार प्राधिकरणअन्तर्गत विभिन्न टेलिकम र आइएसपीहरुले पाएको ब्रोडब्यान्ड विस्तारको काम २ महिनादेखि रोकिएको छ । यता ब्रोडब्यान्ड विस्तारका लागि पूर्वाधारको विकासमा आफूहरुले प्राथमिकता दिए पनि विकासको कार्य एकै संस्थासँग मात्रै सम्बन्धित नभएकाले विभिन्न मन्त्रालय, विभाग र सरकारी कार्यालयको सहयोग, समन्वय र सहकार्य आवश्यक रहेको मत खनालको छ ।
त्यस्तै आउन लागेको भनिएको नयाँ सूचना प्रविधि ऐनले यो क्षेत्रका धेरै पक्ष समेटेको बताइएको छ तर, साढे २ वर्ष हुँदा पनि यसले अन्तिम रुप लिन सकेको छैन । यता विभिन्न तहका सरकारले स्मार्ट सिटी, स्मार्ट पालिका बनाउने भने पनि यसअनूरुप गुरुयोजना कार्यक्रम ल्याउन सकिरहेको छैन ।
सूचना प्रविधि उद्योगलाई प्राथमिकता दिने र अन्य क्षेत्रले पनि यसको अवलम्बनमा विशेष ध्यान आवश्यक छ । डिजिटल नेपालको अभियान साकार पार्न प्रधानमन्त्री, हरेक मन्त्री र निकायको चासो र प्राथमिकताको क्षेत्रमा रहन पर्दछ । डिजिटल कार्यान्वयनका लागि छुट्टै बोर्ड वा आयोगको समेत आवश्यकता रहने छ ।
समाचार
स्मार्ट सहरी प्रविधिका लागि १४२ सुझाव छनोट, उत्कृष्ट सोचलाई ५ लाख
काठमाडौं । ‘स्मार्ट सहरी प्रविधि प्रतिस्पर्धाका लागि पहिलो चरणमा १४२ सुझाव छनोटमा परेका छन् । सुझाव राख्नका लागि एक महिन…
आइटी पार्कमा सेक्युरिटी प्रेस राखिन्छ : मन्त्री बाँस्कोटा
काभ्रे । सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले बनेपास्थित सूचना प्रविधि पार्क (आइटी पार्क) मा आउँदो वर्ष राष्ट्रिय सुरक्ष…
काठमाडौं मोडेल कलेजको एघारौँ दीक्षान्त समारोह सम्पन्न
काठमाडौं मोडेल कलेज बालकुमारीले शैक्षिक सत्र २०७१ मंसिरमा भर्ना भई विविए अध्ययन गरी २०७५ पौषमा सफलतापूर्वक अध्ययन सम्पन्न गरेका ६३ जना विद्यार्थीहरुलाई दी…
नेपाल लाईफ इन्स्योरेन्स र कामना सेवा विकास बैंकबीच सम्झौता
काठमाडौं– कामना सेवा विकास बैंक लिमिटेड र नेपाल लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडबीच आज बैंकास्योरेन्स सम्बन्धी सम्झौता भएको छ ।
सम्झौता अनुस…
दार्चुलामा सञ्चार सेवा अवरुद्ध
दार्चुला । दार्चुलामा मौसममा देखिएको परिवर्तनसँगै जिल्लाको सञ्चार अवरुद्ध भएको छ । बिहीबार बिहानदेखि उच्च भूभागमा हिमपात…
पुल्चोक क्याम्पसमा १६औँ राष्ट्रिय प्राविधिक मेला, विद्यार्थीका आकर्षक प्रोजेक्टको प्रदर्शनी
काठमाडौं । पुल्चोक क्याम्पसमा हिजाेदेखि ‘ग्रामीण विकासका लागि प्रविधि भन्ने’ मूल नारासहित १६औँ राष्ट्रिय प्राविधिक मेला सञ्चालन भएकाे छ । <…
प्रदेश नम्बर ५, ६ र ७ मा अप्टिल फाइबर बिछ्याउने काम सुरु
प्रदेश नम्बर ५, ६ र ७ मा अप्टिल फाइबर बिछ्याउने काम सुरु भएको छ । नेपाल दूरसञ्चार प्राधिकरणको ग्रामिण दूरसञ्चार विकास कोष…
नेपाल टेलिकमको प्रिपेडमा पनि रोमिङ सेवा
काठमाडौं । नेपाल टेलिकमले हालसम्म पोष्टपेडमा मात्र दिंदै आएको रोमिङ सेवा प्रिपेडमा पनि शुरु गरेको छ।
कम्पनीले बिगतमा पोस्टपेड मोबाइल ग्राहकहरुल…
गल्याङको तुलसीभन्ज्याङमा टेलिकमको सेवा सूचारु, टेलिकम कर्मचारी सम्मानित
नेपाल टेलिकम दूरसञ्चार कार्यालय गल्याङले सोही नगरको ११ नम्बर वडा तुलसीभन्ज्याङमा आफ्नो सेवा सूचारु गरेको गरेको छ । सोही …
ओपोले गर्यो थप ४ देशमा आफ्नो बजार विस्तार
ओपोले आफ्नो स्मार्टफोनको बजार विस्तार थप चार देशमा गरेको छ । यसअन्तर्गत युके, साउदी अरेबिया, टर्की र पोल्याण्ड रहेका छन् । …
टोयटाको ड्रिम कार कन्टेस्ट
टोयटाको नेपालस्थित अधिकृत बिक्रेता युनाइटेड ट्रेडर्स सिन्डिकेट प्रालिले “टोयोटा ड्रिम कार कन्टेस्ट - राष्ट्रिय कन्टेस्ट“ को वि…
मोबाइल चार्जमा राखेर इयरफोनमा गीत सुन्दा युवकको ज्यान गयो
इलेक्ट्रोनिक्स सामानको सही प्रयोग गर्न नजान्दा दुर्घटना निम्तिन सक्ने कुरामा हामी धेरैजसो जानकार छौं । तर पनि सामान्य बेवास्…
एनसेल र एक्जिएटालाई ४० अर्ब कर तिराउन सर्वोच्चको परमादेश
सर्वोच्च अदालतले एनसेलको पुँजीगत लाभकर एनसेल र विदेशी कम्पनी एक्जिएटाबाट असुल गर्न बुधबार सरकारलाई परमादेश दिएको छ। प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणा नेत…
महिन्द्राको भ्यालेन्टाइन अफर, स्कुटर तथा बाइक किन्दा ८ हजार छुट
महिन्द्रा टु ह्वीलर्सअन्तर्गत अग्नि मोटो इन्कले भ्यालेन्टाइन डेको अवसर पारेर विशेष छुट दिएको छ।
महिन्द्राका स्कुटर तथा बाइक खरिद गर्दा ८ हजार रुपियाँ …
नेपालमा आर्टिफिसियल इन्टेलिजेन्स : अवसर र सम्भावना
संसारमा सबैभन्दा बढी विवेकी प्राणी को होला ? धेरैको स्वाभाविक उत्तर ‘मानिस’ नै हुने गर्छ । हुन पनि मानिसको दिमाग यति त…