समाचार
यसरी प्रयोग गर्नुहोस् मोबाइलबाटै टेलिभिजन हेर्न सकिने डिसहोमको एप
डिसहोमले मोबाइलबाटै टेलिभिजन हेर्न सकिने मोबाइल एप ल्याएको छ । जसको नाम डिसहोम गो रहेको छ ।
आफ्नो डिटीएच सेवा प्रयोग गरिरहेका ग्राहकले इन्टरनेटबाट ओटीटी (ओभर दी टप) प्रविधि मार्फत मोबाइलमै टीभी हर्न सकिने डिसहोमले जनाएको छ ।
जसको लागि डिसहोम गो लाइभ ओटीटी मोबाइल एप डाउनलोड गर्नुपर्ने हुन्छ । इन्टरनेटको कनेक्सन भएको समयमा यो एपबाट २० वटा च्यानल हेर्न सकिन्छ ।
सेटअप बक्समा उपलब्ध च्यानलहरु ओटीटी मार्फत मोबाइलमै उपलब्ध हुने कम्पनीले जनाएको छ ।
यसरी मोबाइमै हेर्नुहोस टिभि
सुरुमा प्ले स्टोर वा एप स्टोरबाट डिसहोमको मोबाइल एप डाउनलोड गर्नुहोस । त्यसपछि डिटीएच कनेक्सनमा डिसहोमले दिएको कस्टमर आइडी राखेर रजिष्टर गर्नुहोस ।
यदि तपाईंले पहिलेनै डिसहोमको एप डाउनलोड गर्नुभएको छ ओटीटी फिचर भएको डिसहोमको एपलाई अपडेट गर्नुहोस ।
कस्टमर आइडी राखेर एप लगइन गरिसकेपछि तपाई ओटीटी भन्ने अप्सनमा जानुहोस । ओटीटी अप्सनमा गएपछि त्यहाँ नयाँ रजिष्ट्रेसन, रिन्यू सब्सकृप्सन, पासवर्ड रिसेटको अप्सन देखिनेछ ।
त्यसपछि तपाईले युजर नेम र पासवर्ड पाउनु हुनेछ । जुन युजर नेम र पासवर्ड डिसहोम गो एपमा टेलिभिजन हेर्नको लागि प्रयोग गर्न सक्नुहुन्छ ।
समाचार
नयाँ तरिकाले विज्ञान र प्रविधि सिकाउँदै ‘कारखाना’
बालबालिकालाई विज्ञान र प्रविधि प्रयोग गर्ने रचनात्मक तरिका देखाउँदै र बनाउँदै आधुनिक शैलीमा पढ्न सिकाउन शैक्षिक संस्था ‘क…
नेपाल प्रहरीका डिआइजी डा. राजीव सुब्बाले दिए राजीनामा
नेपाल प्रहरीका डिआइजी डा. राजीव सुब्बाले राजीनामा दिएका छन्। २५ वर्षदेखि उनी प्रहरी सेवामा कार्यरत सुब्बाले शुक्रबार प्रहरी प्रधान कार्यालयलाई राजिना…
इपिएल २०२० को टाइटल प्रायोजकमा टिभिएस
नेपालको लागि टिभिएस मोटर कम्पनीको एक मात्र आधिकारिक वितरक जगदम्बा मोटर्सद्वारा यस …