कीवर्डहरू -

समाचार

नेपाल प्रहरीको मोबाइल एपबाटै कोरोना सम्बन्धी जानकारी दिन सकिने

नेपाल प्रहरीको मोबाइल एपबाट कोरोना भाइरसको जानकारी दिन सकिने भएको छ ।

लकडाउनको उल्लंघन भएमा, लकडाउन भएको अबस्थामा कालोबजारी भएमा, आफु वा छर छिमेक कसैलाई कोरोना भाइरसको लक्षण देखिएमा तथा सेल्फ क्वारेन्टाइनमा रहेको सूचना र लकडाउनले गर्दा आफु कुनै समस्यामा परेमा त्यसको जानकारी नेपाल प्रहरीको मोबाइल एपबाट दिन सकिने भएको हो ।

यसरी दिनुहोस जानकारी

\"\"

जानकारी दिनको लागि सबैभन्दा पहिले प्ले स्टोर तथा एप स्टोरबाट नेपाल प्रहरीको मोबाइल एप डाउनलोड गर्नुपर्ने छ । डाउनलोड गरेपछि एप इन्स्टल गरी रजिष्टर गर्नुहोस । रजिष्टर गरीसेकेपछि रिपोर्ट इन्सिडेन्समा क्लिक गर्नुहोस ।

रिपोर्ट इन्सिडेन्समा क्लिक गरेपछि कोरोना सम्बन्धि (कोभिड १९) मा क्लिक गर्नुहोस । त्यसपछि आवश्यकता अनुसार इमेज, भिडिओ, अडियो अपलोड गरी केही लेख्नु पर्ने भए लेखेर पठाउन सकिने छ ।

\"\"

एपबाट कुनै जानकारी पठाउदा घटनाको लोकेसन समेत सेट गरेर पठाउन सकिने छ । सबमिट गरिसकेपछि प्रोसीडमा क्लिक गरी ओकेमा क्लिक गर्नु पर्नेछ ।

नेपाल प्रहरीको एन्ड्रोइड मोबाइल एप डाउनलोड गर्न यहाँ क्लिक गर्नुहोस भने आइफोनको लागि यहाँ क्लिक गर्नुहोस ।

साथै प्रहरीको मोबाइल एपबाट घरेलु हिंसा, अपहरण, लागु ओषध, यौनजन्य अपराध, सवारी दुर्घटना, मानिस हराएको, ज्यान सम्बन्धी, हातहतियार तथा बिस्फोटक पदार्थ लगायत अन्य विविध विषयको फोटो, भिडियो, अडियो अपलोड गरी घटनाको लोकेसन समेत सेट गरेर जानकारी दिन सकिने छ ।

\"\"

एपबाटै मेट्रो ट्राफिक एफएम सुन्न, आफु नजिकको प्रहरी स्टेसन थाहा पाउन, अस्पताल, एमबुलेन्स, ब्लड बैंक, दमकल लगायतलाई फोन गर्न तथा प्रहरी सम्बन्धी अन्य जानकारी लिन सकिने छ ।

\"\"

समाचार

एनसेलले बुझायो ४ अर्ब ६० करोड पूँजीगत लाभकर 

दूरसञ्चार सेवा प्रदायक कम्पनी एनसेलले पूँजीगत लाभकर बापत सरकारलाई ४ अर्ब ६० करोड रुपैयाँ बुझाएको छ ।

रेमिट्यान्सको रकम लिन बजार धाउनुनपर्ने, प्रभु पे मार्फत सोझै वालेट वा बैंक खातामा जम्मा

कोरोनाले आक्रान्त बनिरहेको बिश्वमा डिजिटल पेमेन्ट सेवाहरु भने प्रभावकारी बनिरहेका छन । अब विदेशबाट पठाएको रकम लिनलाइ शहर, चोक वा बैंकहरुमा  पुगिरहनु …

रिचार्जको लागि पसल धाउनु पर्दैन, टेलिकमका रिचार्जका डिजिटल उपायहरु यस्ता छन्

नेपाल टेलिकमका सेवाहरुको महशुल भुक्तानी तथा टपअप गर्न कम्पनीको रिचाज कार्ड, मोबाइल भुक्तानी सेवा MPOS

एनआईसीका ग्राहकलाई दराज अनलाईन मार्फत सामान खरिद गर्दा १०% छुट 

एन आई सी एशिया बैंक लिमिटेडका ग्राहक महानुभावहरूलाई दराज अनलाईनमा रहेको बिगमार्टबाट उपलब्ध हुने दैनिक खाद्यान खरिद गर्दा खरिद रकमको १० प्रतिशत वा अधिक…

फागुन महिनाको मोबाइल बैंकिङ लिडर बन्यो मुक्तिनाथ विकास बैंक

मुक्तिनाथ विकास बैंक फागुन महिनाको मोबाइल बैकिङ लिडर बनेको छ । फागुन महिनाको म…

दैनिक ज्याला मजदुरी गर्नेलाई एन आईसी एशिया बैंकद्वारा प्रहरीसँगको सहकार्यमा खाद्यान्न वितरण

कोरोना भाइरसको संक्रमणबाट बच्नका लागि सरकारले लकडाउन घोषणा गरिरहेका बेला देशभित्…

डिजिटल बैंकिङ प्रयोग गरी मेरो किरानाबाट अनलाइन सामान खरिद गर्दा १० प्रतिशत छुट

एन आईसी एशिया बैंकका ग्राहकहरुले मेरो किरानाबाट सामान खरिद गर्दा १० प्रतिशतसम्म र…

लकडाउन अवधिभर इन्टरनेटमा २५ प्रतिशत छुट दिने सरकारको निर्णय

सरकारले लकडाउनको अवधिभर इन्टरनेटको मूल्यमा २५ प्रतिशत छूट दिने निर्णय गरेको छ ।

अलिबाबा ग्रुपका संस्थापक तथा एसियाका सर्वाधिक धनी व्यक्ती ज्याक माले गरेको सहयोग ने…

कोरोना भाइरसको लक्षणहरु आफै मूल्याङकन गर्न सकिने, सरकारले सञ्चालनमा ल्यायो एप र वेबसाइट

स्वास्थ्य मन्त्रालयले कारोना भाइरस अर्थात कोभिड-१९ को जानकारी दिन  आधिकारिक वेबसाइट…

कोभिड–१९ परीक्षणको नतिजा ५ मिनेटमा दिनसक्ने प्रविधि तयार

कोरोना भाइरस (कोभिड–१९) परीक्षणको नतिजा सबैभन्दा छिटो दिनसक्ने प्रविधि तयार भएको छ । अमेरिकी कम्पनी एबोटले सबैभन्दा छिटो भाइरस परीक्षण गर्न सकि…

कोरोनाको लक्षण देखिएमा सेनाले विकास गरेको  ‘कोभिड-१९ रेसपोन्स एप नेपाल’ बाटै खबर गर्न सकिने 

नेपाली सेनाले कोरोना भाइरस नियन्त्रण तथा रोकथामको लागि ‘कोभिड-१९ रेसपोन्स एप नेप…

सरकारले सार्बजनिक गर्यो कोरोना सम्वन्धी लक्षण मुल्यांकन गर्न मिल्नेगरीको वेबसाइट

सरकारले कारोना अर्थात COVID 19 को जानकारी दिने तथा लक्षण मुल्यांकन समेत गर्न मिल्नेगरी आधिकारिक वेबसाइट तथा एप सार्वजनिक गरेको छ ।