समाचार
नेपाल टेलिकमले २५ अर्ब लगानीमा फोरजी नेटवर्क विस्तार गर्दै
नेपालको दुरसंचार सेवा प्रदायक कम्पनि नेपाल टेलिकमले दुरसंचार पूर्वाधार बिस्तारका लागि लगभग २५ अर्ब रुपैँया खर्च गर्ने भएको छ । सरकारी स्वामित्वमा रहेको नेपाल टेलीकमले हाल सम्मकै ठुलो लगानीमा फोरजी ( चौथो पुस्ताको मोबाइल प्रबिधि ) तथा एलटिई नेटवर्क विस्तार कार्यका गर्न लागेको हो । टेलीकमले गत कार्तिकमा एलटिई तथा फोरजी कोर नेटवर्क तथा ' ईभोल्ट टेरेस्टेरियल रेडियो एक्सेस नेटवर्क ' आरएए न नेटवर्कको आपूर्ति,प्राप्ति र जडानका लागि छुट्टाछुट्टै रुपमा बिश्वब्यापी बोलपत्र आव्हान गरेको थियो ।
उक्त बोलकबोलमा भाग लिएका कम्पनिहरुको आर्थिक प्रस्ताव सोमबार र बिहिबार खोलिएको छ । सबै टेन्डरमा प्राय : चिनिया कम्पनिहरुको वर्चस्व देखिएको छ । चिनि
याँ कम्पनि जेडटिई र हुवावेले बेग्ला-बेग्लै तथा सिंगापुरका कम्पनि मभिनियर र सिटियसले संयुक्त रुपमा फोरजी कोर नेटवर्क विस्तारमा इच्छा देखाएका छन् । नेटवर्क विस्तारमा २५ अर्ब रुपैयाँ लाग्ने अनुमान गरिएता पनि बोलकबोल रकम भने न्यून हुँदा टेलिकमको २० अर्ब रुपैयाँ भन्दा कम खर्च हुने देखिएको छ ।
उक्त नेटवर्कको विस्तार दुई चरणमा सम्पन्न हुनेछ । त्यस्तै ६५ लाख ग्राहकहरुलाई विस्तार गरिएको फोरजी नेटवर्क उपलब्ध गराउने नेपाल टेलिकमको लक्ष्य रहेको टेलिकमकी प्रबन्ध निर्देशक कामिनी राज भण्डारीले बताइएकि छन् । साथै चाँडै काम सुरु गरेर तोकिएको समय भन्दा छिटो फोरजी सेवा विस्तार गरिने समेत उनले बताएकी छन् ।
उनले भनिन् 'अबको १ बर्ष भित्र काठमाण्डौ र पोखरा बाहि
रका ग्राहकहरुले फोरजी सेवा प्राप्त गर्ने छन् र डाटा मार्फतनै भिडियो र भ्वाइस सेवा सोझै उपलब्ध गराईने छ ।'
टेलिकमले आरएनएन नेटवर्कका रुपमा डेढ बर्ष भित्र दुई चरणमा ३ हजार ९ सय ७५ तथा दोस्रो चरणमा २ हजार ७ सात सय ६२ गरि देसभर ६ हजार ७ सय ३७ बेस ट्रान्सरिसीभर स्टेसन् (बिटिएस) जडान गर्ने छ । त्यस्तै फोरजी नेटवर्कको आधारका रुपमा ९ महिना भित्र मुलुकभर कोर नेटवर्क विस्तारको कार्य सम्पन्न गर्ने कम्पनिको लक्ष्य रहेको छ ।
पुर्बधार विस्तारका क्रममा कम्पनिले ६ सय ४० वटा नयाँ टावरहरु थप गर्ने छ । टुजी प्रबिधि मात्र भएको स्थानहरुमा भने थ्रीजी प्रबिधिमा नगई सोझै फोरजी प्रबिधि सुरु गरिने कम्पनिको प्रबन्ध निर्देशक राजभण्डारीले जानकारी दिईन् ।
सहरी क्षेत्रमा निर्माण भईरहेका ठुला-ठुला भौतिक संरचनाका कारण दुरसंचार नेटवर्क प्रभावकारी छैन । ठुला अपार्टमेन्ट तथा सपिंगमल लगायतका ठाउँहरु भित्र समेत नेटवर्क समस्या झेल्नु पर्ने भएका कारण उक्त समस्या समाधानका लागि टेलिकमले इन्डोर र आउट डोर कभरेज गर्ने 'स्मल सेल ' को जडान गर्ने कार्य अघि बढाएको राजभण्डारीले बताएकि छन् ।
नेटवर्क बिस्तारमा छनोट हुने कम्पनिले नै यस्ता ' स्मल सेल ' उपकरणहरु समेत आपूर्ति गर्नेछन् । टेलिकमका अनुसार आरएनएन नेटवर्कसंगै दुई चरणमा गरि जम्मा ५ हजार ८ सय २५ 'स्मल सेल' उपकरण जडान कार्य सम्पन्न हुनेछ ।
श्रोत: नयाँ पत्रिका
समाचार
ओपो ‘मेरी क्रिसमस सेल्फी कन्टेष्ट’का विजेताहरु पुरस्कृत
ओपोले सन् २०१७को क्रिसमसका अवसरमा आयोजित ‘मेरी क्रिसमस सेल्फी कन्टेष्ट’का विजेताहरु लाई पुरस्कार हस्तान्तरण गरेको छ । काठमाडौंको कमलपोखरी स्थित …
काठमाडौँमा नेपाल स्कुल अन इन्टरनेट गभर्ननेन्स \'एनपीएसआइजी\' आयोजना हुँदै
नेपाल इन्टरनेट गभर्ननेन्स फोरमको पहिलो संस्करणको सफलता पुर्वक संचालन पछि इन्टरनेट सोसाइटि नेपालले बिभिन्न संस्थाहरुसँगको सहकार्यमा ' न…
बुटवलमा फागुन २ गतेदेखि सातौ संस्करणको इन्फोटेक आयोजना हुने
क्यान महासंघ रुपन्देही शाखाले यस वर्ष आगामी मिती २०७४ फाल्गुण २ गते देखि ६ गते (तदनुसार सन् २०१८ फेब्रुअरी १४ देखि १८) सम्म बुटवल स्थित प्रदर्शनी स्थल…
सामसङ्गका ग्राहकहरुका लागि कुकिङ क्लास र सामसङ्गका उत्पादन बारे तालिम
सामसङ्गको आधिकारीक वितरक हिम इलेक्ट्रोनिक्स प्रा.लि.द्वारा नेपाली ग्राहकहरुका लागि–माइक्रोवेभ ओभन कुकिङ क्लास आयोजना गरियो । साथै उक्त दिन नै सा…
जावलाखेलमा वल्र्डलिंकसंगै अंग्रेजी नया वर्ष २०१८ को भव्य स्वागत
काठमाडौं– ‘छिटो भनेकै वल्र्डलिंक’ लाखौं इन्टरनेट पारखीहरुले द्रुत गतिको इन्टरनेटको र्पयाय बनेको वल्र्डलिंकको आयोजनामा शनिबार अंगे्रजी नया…
आइफोन बन्यो २०१७ को सर्बाधिक विक्री भएको टेक प्रोडक्ट
यूएसए टुडेले सार्वजनिक गरेको रिपोर्ट अनुसार आइफोनले यस बर्ष पनि आफूलाई २०१७ को सर्वाधिक विक्रि भएको टेक प्रोडक्टका रुपम…
नेपाल टेलिकमले ल्यायो डाटामा बोनस सहितको आकर्षक “विन्टर अफर”
नेपाल टेलिकमले विशेष जाडो महिनामा सम्पूर्ण जीएसएम र सिडीएमए प्रयोगकर्ताहरुको लागि बिभिन्न डाटा प्याकको अफर ल्याएको छ । टेलिकमको विन्टर अफ…
सुविसुले नोकियासँगको सहकार्यमा देशभर नेटवर्क विस्तार गर्ने
सुविसु केवलनेट प्रा.लिले अन्तराष्ट्रिय कम्पनी नोकिया सोलुसन्स एण्ड नेटवर्कसँगको सहकार्यमा फाइबर नेटवर्क विस्तार गर्ने भएको छ । बुधवार होटल अन्नपुर्णमा आयोजित …
स्मार्ट टेलिकमले कुमारी पार्टीमा खोल्यो स्मार्ट सेन्टर
दुर संचार सेवा प्रदायक कम्पनि स्मार्ट टेलिकमले ललितपुरको कुमारीपार्टी स्थित लब बिल्डिंङमा स्मार्ट सेन्टर संचालनमा ल्याएको छ ।कम्पनिले उपभोक्तालाइ उत्कृष्ट …