कीवर्डहरू -

समाचार

एन आइसी एशियाका ग्राहकले विभिन्न अनलाइनबाट खाद्यान्न खरिद गर्दा १० प्रतिशत छुट पाउने

एन आईसी एशिया बैंक लिमिटेडका ग्राहकहरूलाई नेपालका विभिन्न अनलाईन डेलिभरीका माध्यमहरूबाट सामान खरिद गर्दा लकडाउन अवधिभर खरिद रकमको १० प्रतिशत वा अधिकतम ५०० रुपैयाँसम्म छुट हुने भएको छ ।

दराज अनलाईनमा रहेको बिगमार्टका साथै सेल्स बेरी, मेरो किराना तथा सेन्ट्रल बजार मार्फत उपलब्ध हुने दैनिक खाद्य सामग्रीहरू खरिद गर्दा खरिद रकमको १० प्रतिशत वा अधिकतम ५०० रुपैयाँ  सम्म छुट हुने गरी बैंक र उक्त चार वटा अनलाईन डेलिभरीका माध्यमहरूबीच समझदारी भएको छ ।

जसअनुसार बैंकको मोबाइल बैंकिङ तथा डेबिट-क्रेडिट कार्ड प्रयोग गरी रकम भुक्तानी गर्दा ग्राहकहरूले छुट प्राप्त गर्न सक्ने छन् । लकडाउनको समयमा ग्राहकहरूलाई घरमै बसी उपभोग्य सामग्रीहरू प्राप्त होस् भन्ने अभिप्रायले बैंकले मोबाइल बैंकिङ तथा कार्डबाट खरिद रकम भुक्तानी गर्दा सेवा शुल्क नलाग्ने समेत बनाएको छ ।

यसका साथै बैंकका ग्राहकहरूले मोबाइल बैंकिङ तथा कार्ड प्रयोग गरी नेपालभरका २५०० भन्दा बढी अस्पताल, होटल तथा रेष्टुरेन्ट, डिपार्टमेन्ट स्टोर, लगायतमा अधिकतम ३० प्रतिशतसम्म छुट प्राप्त गर्न सकिने छ ।

विश्वव्यापी रूपमा फैलिएको कोरोना भाइरसको जोखिम न्यूनिकरणका लागि सरकारले भिडभाड कम गर्न आह्वान गरिरहेको अवस्थामा विद्युतीय बैंकिङ माध्यमहरू प्रयोग गरी ग्राहकहरूलाई घरबाटै खाद्यान लगायतका अति आवश्यक सामान खरिद गर्न प्रोत्साहन स्वरूप बैंकले यस्तो योजना ल्याएको हो ।

यस विपतको घडिमा बैंकले आफ्ना ग्राहकमा पर्न सक्ने असुविधालाई मध्यनजर गर्दै सातवटै प्रदेशमा ‘ग्राहक सहायता केन्द्र’ हरू स्थापना गरी २४ सैं घण्टा आवश्यक बैंकिङ सेवा तथा सुविधा प्रदान गरिरहेको छ ।

समाचार

घरै बसेर बालबालिकाहरुलाई कसरी सिकाउने?

लकडाउन लम्बिएर आज हामी तेस्त्रो हफ्ता सम्म आइपुगेका छौँ। यस्तै रही राख्ने हो भनि अझ एक दुइ हफ्ता घरमै बस्नु पर्ने इस्तिथि आइपर्न सक्ने कुरा त ह…

अति आवश्यक सवारी साधनको पास अब अनलाइनबाटै, कसरी लिने ई-पास ?

सरकारले अतिआवश्यक सवारी साधन सञ्चालनका लागि ई-पासको व्यवस्था गरेको छ । <…

एनसेलको नयाँ वर्षमा अफरः अन्तर्राष्ट्रिय कलमा छुट सहित डिजिटल सेवाहरु निःशूल्क 

नयाँ वर्षको अवसरमा दूरसञ्चार सेवा प्रदायक कम्पनी एनसेलले नयाँ अफर ल्याएको छ । जस अ…

आविस्कार केन्द्रले विकास गर्‍यो एरोसोल बक्स,  बिरामीले फेरेको सास सिधै डाक्टरसम्म पुग्न नसक्ने

राष्ट्रिय आविस्कार केन्द्रले एरोसोल बक्सको विकास गरेको छ । एरोसोल बक्सबाट डाक्टरले बि…

आविस्कार केन्द्रले तयार गर्‍यो इमरजेन्सी भेन्टीलेटर

राष्ट्रिय आविस्कार केन्द्रले इमरजेन्सी भेन्टीलेटरको नमुना तयार गरेको छ । आविस्कार केन्…

कोरोना कोषमा दूरसञ्चार प्राधिकरणका कर्मचारीहरुको तर्फबाट ४ लाख ५६ हजार जम्मा

नेपाल दूरसञ्चार प्राधिकरणका कर्मचारहरुको तर्फबाट कोरोना भाइरस रोकथाम, नियन्त्रण तथा…

स्मार्ट पालिकाले भरतपुर महानगरपालिकालाई हस्तान्तरण गर्‍यो कोभिड १९ व्यवस्थापन, क्वारेन्टाइन नियमन तथा ट्रयाकिङ प्रणाली

स्मार्ट पालिका, सेल एप तथा रक्षाद्वारा निर्मित कोभिड - १९ व्यवस्थापन, क्वारेन्टाइन निय…

सरकारलाई एनसेलले बुझायो बाँकी सबै पुँजीगत लाभकर

दूरसञ्चार सेवा प्रदायक कम्पनी एनसेलले सरकारलाई आइतबार १४ अर्ब ३३ करोड रुपैयाँ पूँ…

ह्याक गरिएको भायोनेटको डाटा सार्वजनिक नगर्न तथा नगराउन प्राधिकरणको आग्रह 

नेपाल दूरसञ्चार प्राधिकरणले ह्याकरले अनधिकृत रुपमा लिक गरेको भायानेटको डाटा सार्व…

एसईई विद्यार्थिको लागि रोल्पामा सोमबारबाट दूरशिक्षा कार्यक्रम , सातै रेडियोबाट प्रसारण हुने

सत्प्रयास समूह रोल्पाले आगामी बैशाख १ अर्थात भोलि देखि रोल्पामा एसईई तयारी कक्षा सञ्…

स्मार्टमा ३ सय ९९ रुपैयाँमा २० जीबी डाटा  

दूरसञ्चार सेवा प्रदायक कम्पनी स्मार्ट टेलिकमले नयाँ अफर सार्वजनिक गरेको छ ।

सातै प्रदेशका मुख्यमन्त्रीसँग प्रधानमन्त्रीको भिडियो कन्फेरेन्स 

प्रधानमन्त्री केपी शर्मा ओलीले सातै प्रदेशका मुख्यमन्त्रीसँग भिडिओ कन्फेरेन्स गरेका छन् …

सहकारी तथा लघुवित्तलाई अनलाइन बैंकिङ सेवा प्रदान गर्न ई-बैंकिङ पोर्टल सार्वजनिक

इन्फो डेभल्पर्स प्रालिले अनलाइन बैंकिङ सेवाको लागि ई-बैंकिङ पोर्टल सार्वजनिक गरेको …

गूगल र एप्पल मिलेर कन्ट्याक्ट ट्रेसिङ प्रविधिको विकास गर्दै 

विश्वका लोकप्रिय प्रविधि कम्पनी गूगल र एप्पलले कोभिड १९ अर्थात कोरोना भाइरस फैलन नद…