समाचार
ओपोले डुअल- मोड ५जी स्मार्टफोन सार्वजनिक गर्ने
वैश्विकस्तरमै एक अग्रणी स्मार्ट उपकरण ब्राण्ड, ओपोले डुअल मोड फाइभजी स्मार्टफोन सार्वजनिक गर्ने योजनाको घोषणा गरेको छ । ओपोका चिफ ५जी साइन्टिस्ट, हेनरी ट्याङले बार्सिलोनामा आयोजित क्वालकम ५जी समित २०१९मा गरेको घोषणा अनुसार नयाँ उपकरण, क्वालकमको डुअल मोड फाइभजीबाट सञ्चारित हुनुका साथै यसले स्ट्याण्डअलोन (एसए) र नन्(स्ट्याण्डअलोन (एनएसए) नेटवर्क दुबै सपोर्ट गर्नेछ ।
फाइभजी समितमा ओपोको प्रतिनिधित्व गर्दै विश्वकै अग्रणी प्राविधिक कम्पनीहरुका एक्जेक्यूटिभ्स र आरएण्डडी प्रिन्सिपल्सका सामु ट्याङले फाइभजीको हालको अवस्था र भविस्यका उत्पादन, उपयोगिता र अर्को पुस्ताको कनेक्टिभिटीद्वारा भविस्यमा प्राप्त हुने अदृतिय अनुभव र सम्भावनाका बारेमा आफ्नो धारणा प्रस्तुत गरेका थिए ।
निकट भविस्यमा नै फाइभजी स्मार्टफोनको ब्यापक प्रयोगहुने आफ्नो विश्वास ब्यक्तगर्दै ट्याङले वैश्विकरुपमा आफ्ना उत्पादनको उपस्थिती र प्रतिस्पर्धात्मक फाइदाप्रति संकेट गरे ।
“ओपो लगायत अन्य औद्योगिक सहपाथीका अथक प्रयासले फाइभजी अपनत्वमा तिब्रता ल्याउन सघाएको छ । केही छानिएका देश तथा क्षेत्र अहिले नै ओपोका फाइभजी स्मार्टफोन्सका प्रारम्भिक गहनकर्ता समेत बनिसकेका छन् ।”, ट्याङले भने,“हाम्रो नेक्स्ट जेनरेसन डुअल(मोड फाइभजी अफरिङले, विश्वभरका उपभोक्तालाई फाइभजीको सहज उपलब्धता प्रदान गर्दै अझ बढी बजारका अझ बढी उपभोक्तालाई अदृतिय अनुभव प्रदान गर्ने हामीले आशा लिएका छौँ ।”
मेँ २०१९मा ओपोले स्विट्जरल्याण्डको अग्रणी टेलिकम कम्पनी, स्विसकमसंग सहकार्य गर्दै स्विस बजारमा ओपो रेनो फाइभजी आधिकारिकरुपमा सार्वजनिक गर्यो । यस संगै यो ह्याण्डसेट ब्यापारिक परियोजनका साथमा यूरोपमा उपलब्ध भएको पहिलो फाइभजी ह्याण्डसेट बन्यो । विश्वभर फाइभजीको कमर्सियलाइजेसनमा तिब्रता ल्याउनका लागि ओपो अहिले एक डर्जन भन्दाबढी अपरेटर्ससंग सक्रियरुपमा सहकार्य गरिरहेको छ । आउने दिनमा ओपोले थप फाइभजी उत्पादनहरु वैश्विक बजारमा पस्कँदै जाने योजना बनाएको छ ।
फाइभजी उपकरण विकासका लागि अग्रणी तथा संवाहकका रुपमा ओपोले मानक स्थापना, सफ्टवेयर लगायत फाइभजी प्रविधि सम्बन्धित विभिन्न प्राविधिक क्षेत्रमा विशेषज्ञता हातपारी सकेको छ । सन् २०१५मा स्थापित ओपोको फाइभजी आरएण्डडी समुहले सक्रियरुपमा नेक्स्ट जेनरेसन मोबाइल प्रविधिका लागि मानक स्थापनाका लागि उल्लेख्य योगदान दिँदै आइरहेको छ ।
सन् २०१९को सेप्टेम्बर सम्म आइपुग्दा ओपोले २ हजार ५०० भन्दा बढी वैश्विक प्याटेन्ट फेमिलिज्का लागि निवेदन दर्ता गराइसकेको छ । त्यसैगरी, यूरोपियन टेलिकम्यूनिकेसन्स स्ट्यान्डर्ड ईन्ष्टिच्यूट (ईटीएसआई)मा १ हजार भन्दा बढी फाइभजीका लागि आवश्यक प्याटेन्ट फेमिलिज्को घोषणा गरिसकेको छ । साथै, ओपोले ३ हजार भन्दा बढी फाइभजी स्ट्याण्डर्ड सम्बन्धि कागजात थ्रीजीपीपीलाई हस्तान्तरण (सबमिट) गरिसकेको छ । यसले ईन्टरनेशनल स्ट्यान्डर्ड्स अर्गनाजेसनमा ओपोलाई टप कन्ट्रिब्यूटर्सको सूचिमा अग्रणी स्थान प्राप्त छ ।
समाचार
‘खल्ती’ र ‘लर्ड बुद्ध एजुकेसन फाउन्डेसन’बीचविद्यार्थीहरुलाई इन्टर्र्निशप र रोजगारी प्रदानगर्ने सम्झौता
‘खल्ती डिजिटल वालेट’ र ‘लर्ड बुद्ध एजुकेशन फाउन्डेशन’ले ई–बिजनेस र आईटी पढेका विद्यार्थीहरुलाई इन्टर्र्निशप र रोजगारीको अवसर …
एनसीएचएर्ल “सर्टिफिकेट अफ मेरिट” बाट सम्मानित
नेपाल क्लियरिङ्ग हाउस लि. (एनसीएचएल)लाई ,
शाओमीद्वारा नेपालमा पाँचौं आधिकारिक सर्भिस सेन्टर शुरु
शाओमी ग्लोबल टेक्नोलोजीले नेपालमा अर्को आधिकारिक सर्भिस सेन्टरको घोषणा गरेको छ । शाओमीले दुई महिनाको अवधिमा सर्भिस सेन्टरहरु संचालनमा ल्याएको छ र ना…
काठमाडौंमा आर्टिफिसियल इन्टेलिजेन्स सम्वन्धी अन्तराष्ट्रिय सम्मेलनको आयोजना
ब्रिटिश कलेजले इन्स्टिच्यूट अफइन्जिनियरिङ (आइओइ), पुलचोक क्याम्पस र ईन्स्टिच्युट अफ इलेक्ट्रिकल एण्ड इलेक्ट्रोनिक्स इञ्जिनियर्सकोे साझेदारीमा काठमाडौंमानोभे…
क्यान महासंघमा बढ्याे चुनावी माहाेल, कस्तो छ, नवराज र सुनैनाको प्यानल ?
काठमाडौं । सन् १९९२ मा केही कम्प्युटर व्यवसायीहरुले स्थापना गरेको कम्प्युटर एशाेसिएसन अफ नेपाल (क्यान) अहिले महासंघको रुप…
डिजिटल नेपाल फ्रेमवर्क मन्त्रिपरिषदबाट स्वीकृत, पारित गर्नै लाग्यो १५ महिना !
सरकारले डिजिटल नेपाल फ्रेमवर्क मन्त्रीपरिषदबाट पारित गरेको छ । कार्तिक ८ गते जारी सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको प्रेस विज्ञप्तीमा डिजिटल नेपालको फ्रेम…
भरतपुरमा \'वर्डक्याम्प २०१९\' आयोजना हुदै, एक दर्जन बढी कार्यपत्र प्रस्तुत हुने
चितवनको भरतपुरमा अन्तर्राष्ट्रिय आईटी सम्मेलन ुवर्डक्याम्प २०१९ु हुने भएको छ । नोभेम्बर ९ मा आयोजना हुने कार्यक्रममा ३०० जना भन्दा बढीको सहभागितामा हुने जना…
ओपो र एरिक्सनद्वारा संयुक्तरुपमा फाइभजी ल्याब सञ्चालन
ओपोले भरखरै अग्रणी सूचना तथा सञ्चार प्रविधि सेवा प्रदायक कम्पनी, एरिक्सनसंग संयुक्त फाइभजी ल्याबोरेटोरी सञ्चालनमा ल्याएको छ । यो सहकार्यले फाइभजी क्षेत्रमा दूई…
एनआईसी एसिया युनियन पे \'भर्चुवल कार्ड\'को सुरुवात
एन आई सी एशिया बैंक लिमिटेडले UnionPay International को सहकार्यमा NIC ASIA UnionPay Virtual Card को प्रयोगबाट भुक्तानी गर्ने गरी भुक्तानी प्…
आरबीबी मोबाइल बैंकिङ मेला सम्पन्न
राष्ट्रिय वाणिज्य बैंकले गरेको आरबीबी मोबाइल बैंकिङ मेलामा विजयी भएका पाँच जनालाई पुरस्कृत गरिएको छ । बैंक र एफवान सफ्टको सहकार्यमा भएको मेलामा ७३ हजार …
रुसमा आयोजित बैज्ञानिक सम्मेलनमा नेपाली युवा वैज्ञानिकले जिते स्वर्णपदक
रुसमा सम्पन्न ‘आठौँ एशिया प्यासिफिक योङ्ग साइन्टिस्ट कन्फ्ररेन्स’मा सहभागी नेपाली युवा वैज्ञानिकले स्वर्णसहित तीन पदक जितेका छन् । कूल २३ राष्ट्रका प्…
सगुन लाइटले सार्बजनिक गर्यो \'स्मार्ट कोइन्स\'
सगुन लाइटले कनेक्ट, शेयर र अर्न लक्ष्य बोकेको स्मार्ट कोइन्स सार्वजनिक गरेको छ। आज एक प्रेस विज्ञप्ति जारी गर्दै आफ्ना प्रयोगकर्ताले सामान खरिद गर्न, उपहार दिन र …
काठमांडौमा अन्तराष्ट्रिय युवा बैज्ञानिक सम्मेलन
काठमांडौमा ३ दिने अन्तराष्ट्रिय युवा बैज्ञानिक सम्मेलन आयोजना भएको छ । कार्तिक ४, ५ र ६ गते होटल र्याडिसनमा आयोजना भैरहेको कार्यक्रममा ५०० सय बढि युवा…