समाचार
९ महिनामा नेपाल टेलिकमको खुद मुनाफा ११ अर्बभन्दा बढि
नेपाल टेलिकमले चालु आर्थिक वर्षको ९ महिनामा ११ अर्ब ८५ करोड ६४ लाख ६ हजार रुपैयाँ खुद मुनाफा गरेको छ । कम्पनीले हालै प्रकाशित गरेको अपरिष्कृत वित्तीय विवरणमा सो तथ्य प्रस्तुत गरिएको छ । गत वर्षको सोही अवधिमा कम्पनीले ११ अर्ब ३२ करोड १८ लाख १९ हजार रुपैयाँ मुनाफा गरेको थियो । यस अवधिमा कम्पनीले ४.७२ प्रतिशत बढी नाफा आर्जन गर्न सफल भएको प्रेस विज्ञप्तीमा उल्लेख गरिएको छ ।
कम्पनीले गत साउनदेखि चैत मसान्त सम्मको वित्तीय विवरण हालै सार्वजनिक गरेको छ । उक्त वित्तीय विवरण अनुसार सो अवधिमा कम्पनीले ३३ अर्ब ८५ करोड ३२ लाख ७० हजार रुपैयाँ आम्दानी गरेको छ ।
गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीले ३२ अर्ब ८६ करोड ८९ लाख १७ हजार रुपैयाँ आम्दानी गरेको थियो । यस विवरण अनुसार गत आर्थिक वर्षको सोही अवधिको तुलनामा कम्पनीले ३ प्रतिशत बढी आम्दानी गरेको छ ।
समीक्षा अवधिमा कम्पनीले सेवा बिक्रीबाट २९ अर्ब ३९ करोड २१ लाख ३७ हजार र अन्यबाट ४ अर्ब ४६ करोड ११ लाख ३३ हजार रुपैयाँ आम्दानी गरेको छ । गत आर्थिक वर्षको सो अवधिमा कम्पनीको सेवा विक्रीबाट २९ अर्ब ७४ करोड ९४ लाख ६३ हजार र अन्यबाट ३ अर्ब ११ करोड ९४ लाख ५४ हजार रुपैयाँ आम्दानी भएको थियो ।
यस कम्पनीको चुक्ता पुँजी १५ अर्ब रुपैयाँ रहेको छ । जगेडा कोषमा ७९ अर्ब ६९ करोड ५ लाख १५ हजार रुपैयाँ जम्मा भएको छ । कम्पनीको प्रतिसेयर आम्दानी १०५.३९ रुपैयाँ छ ।
समाचार
ललितपुरमा विद्युतीय बस र स्मार्ट सडकबत्ती सुरु हुँदै
काठमाडौं । ललितपुर महानगरपालिकाले विद्युतीय बस र स्मार्ट सडकबत्ती ल्याउने योजना अघि सारेको छ । सार्वजनिक-साझेदारी (पीपीपी) मोडलमा विद्युतीय बस सञ्चालन गर्न…
ब्रिटिस ग्रुप अन्तर–संसदीय संघले गर्यो द ब्रिटिस कलेजको अवलोकन
ब्रिटिस ग्रुपअन्तर–संसदीय संघ (बीजीआईपीयु) का प्रतिष्ठित ९ सदस्यहरुले थापाथली स्थित रहेको ब्रिटिस कलेजको अवलोकन गरेका छन् । ब्रिटिस ग्रुपअन्तर&nda…
काठमाडौंमा ‘ग्लोबल साइबर सेक्युरटी समिट २०१८’ हुने
इन्फर्मेशन सेक्युटी रेस्पोन्स टिम नेपाल (एनपी सर्ट)को आयोजनामा आगामी साउन ११ र १२ गते काठमाडौंमा ‘ग्लोबल साइबर सेक्युरटी समिट २०१८’ हुने भएको छ ।
<…रेनो क्याप्चर नेपाली बजारमा आउँदै , प्रि बुकिङ्ग खुल्ला
एड्भान्स अटोमोवाइल प्रालि –बिशाल ग्रुप अन्र्तगतको कम्पनी)ले रेनोको बहुप्रतिक्षित एसयुभी क्याप्चरको नेपाल अधिराज्य भरि प्रि बुकिङ्ग खुल्ला गरेको छ । नेपाली …
दराजलाई अलिबाबाले गर्यो खरिद, इकमर्शको बजार विस्तार हुने अपेक्षा
विश्वमै ठुलो इ कमर्श कम्पनीको रुपमा विस्तारित भइरहेको अलिबाबाले नेपालमा दराज डटकम डटएनपी मार्फत बजारमा प्रवेश गर्ने भएको छ । पाकिस्तान, बङ्लादेश, श्रीलङ्का…
बुढानिकलकण्ठमा विद्युतिय शुसासन सम्वन्धी कार्यक्रम सम्पन्न, २ बर्षमा उल्लेख्य प्रगति हुने मेयरको दाबि
भर्याङ नेपाल र बुढानिलकण्ठ नगरपालिकाको सहकार्यमा पहुचयुक्त विद्युतिय शुसासन सम्वन्धी वर्कशप सम्पन्न भएको छ । शुक्रवार पार्क भिलेज रिसोर्टमा आयोजना भएको कार्यक्…
सरकारको तर्फबाट मनाइयो आइसिटी दिवस, सूचना प्रबिधिले देशको सम्रिद्दीमा सहयोग गर्ने
नेपाल सरकारको तर्फबाट पहिलो पटक आइसिटी दिवस मनाइएको छ । मे २ मा विगत ८ वर्षदेखि क्यान महासंघले मनाइरहेको आइसिटी दिवसलाइ सरकारले गत वर्ष राष्ट्रिय आइसि…
बुढानिकलकण्ठमा पहुचयुक्त शुसासन कार्यक्रम आयोजना हुदै
भर्याङ नेपाल नामक संस्थाले देशभर सरकारी कामकाज प्रविधिमैत्री बनाउनको लागि विभिन्न कार्यक्रमहरु आयोजना गरिरहेको जनाएको छ । पहिलो कार्यक्रमको रुपमा बैशाख २१ …