समाचार
नेपाल टेलिकमले ल्यायो ई–शिक्षा प्याकेज, ५०० रुपैयामा १५ जीबी डेटा
कोरोना भाइरसको संक्रमण न्यूनीकरण गर्न राज्यले घोषणा गरेको लकडाउनको अवधिमा विद्यालय र विश्वविद्यालयको पठनपाठन अनलाइनबाट सञ्चालन गर्न सहयोग पु¥याउने उद्देश्यले नेपाल टेलिकमले ई–शिक्षा प्याकेज ( e-Shiksha Package ) कार्यान्वयनमा ल्याएको छ ।
नेपाल टेलिकमले देशका विभिन्न विश्वविद्यालय तथा विद्यालयहरुबाट प्राप्त अनुरोध तथा सरकारका शैक्षिक निकायहरुसँग परामर्शको आधारमा सम्बन्धित शैक्षिक संस्थाबाट सिफारिश गरिएका मोबाइल नम्बरहरुलाई विद्यमान बजार मूल्यभन्दा निकै सस्तो दररेटमा डाटा सेवा उपलब्ध गराउन विशेष ई–शिक्षा प्याकेज ल्याएको हो ।
नेपाल टेलिकमले देशका विभिन्न विश्वविद्यालय तथा विद्यालयहरुबाट प्राप्त अनुरोध तथा सरकारका शैक्षिक निकायहरुसँग परामर्शको आधारमा सम्बन्धित शैक्षिक संस्थाबाट सिफारिश गरिएका मोबाइल नम्बरहरुलाई विद्यमान बजार मूल्यभन्दा निकै सस्तो दररेटमा डाटा सेवा उपलब्ध गराउन विशेष ई–शिक्षा प्याकेज ल्याएको हो ।
विशेष ई–शिक्षा प्याकेज अन्तर्गत रु. २६० मा ६ जिबी र रु. ५०० मा १५ जिबी डाटा २८ दिनभित्र उपयोग गर्न सकिने गरी उपलब्ध हुनेछ । रु. २६० मा प्राप्त हुने कूल ६ जिबीमध्ये ३ जिबी डाटा बिहान ५ बजेदेखि बिहान १० बजेसम्म प्रत्येक दिन जम्मा ५ घण्टा प्रयोगमा ल्याउन सकिने छ भने बाँकी ३ जिबी डाटा जुनसुकै समयमा प्रयोग गर्न सकिने छ ।
यसैगरी रु. ५०० मा २८ दिनसम्म उपलब्ध हुने १५ जिबी डाटामध्ये ६ जिबी डाटा बिहान ५ बजेदेखि बिहान १० बजेसम्म प्रत्येक दिन जम्मा ५ घण्टा मात्र प्रयोग गर्न सकिने छ र बाँकी ९ जिबी डाटा जुनसुकै समयमा प्रयोग गर्न सकिने छ ।
ई–शिक्षा प्याकेज नेपाल टेलिकमले प्रदान गर्ने सबै प्रकारका जीएसएम मोबाइल डाटा सेवा (टुजी, थ्रिजी र फोरजी) मार्फत प्रयोग गर्न सकिने छ । बिहान ५ बजेदेखि १० बजेसम्म प्रत्येक दिन ५ घण्टासम्म प्रयोग गर्न सकिने डाटा सुविधालाई कम्पनीको सिस्टमबाटै व्यवस्थित गरिने छ ।
हालको विषम परिस्थिति र कम्पनीको संस्थागत सामाजिक उत्तरदायित्व समेतलाई दृष्टिगत गरी बजार मूल्यभन्दा निकै सस्तो मूल्यमा उपलब्ध गराइएका उपरोक्त सेवाहरु विश्वविद्यालय र विद्यालयहरुको सिफारिशका आधारमा विद्यार्थी र शिक्षकहरुलाई कम्पनीले उपलब्ध गराउने छ । कम्पनीले उपलब्ध गराएको इमेल ठेगानामा विश्वविद्यालय तथा विद्यालयहरुले प्याकेज प्रदान गर्नुपर्ने नम्बरहरुको सूचीसहित सिफारिश पठाउनु पर्ने छ ।
सिफारिश प्राप्त भएका नम्बरहरुलाई
*1441#
डायल गरी प्याकेज खरिद गर्नको लागि कम्पनीले एसएमएसमार्फत सूचित गर्नेछ । एसएमएस प्राप्त भएपछि तिनै नम्बरहरुबाट
*1441#
डायल गरी उपलब्ध दुईमध्ये कुनै एक प्याकेज खरिद गर्न सकिने छ । कम्पनीले उपलब्ध गराएको डाटा प्याकेजबाट अनलाइन शिक्षा हासिल गर्न प्रयोग हुने विभिन्न एप्स तथा अन्य सफ्टवेयर प्रयोग गरी अनलाइन कक्षामा भाग लिन तथा शैक्षिक सामग्री डाउनलोड वा आदानप्रदान गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ ।
समाचार
एप्पल न्युजका मासिक प्रयोगकर्ता १२५ मिलियन
एप्पल न्यूजका मासिक सक्रिय प्रयोगकर्ता १२५ मिलियन पुगेका छन् । एप्पलका सिईओ टिम कुकल…
रिलायन्स जिओले पनि सार्वजनिक गर्यो भिडियो कन्फेरेन्सिङ एप
कोरोना भाइरसले गर्दा विश्वमा भिडियो कन्फेरेन्सिङको प्रयोग बढिरहेको बेला रिलायन्स जि…
अनलाइन कक्षा सञ्चालन नगर्न विद्यालयहरुलाई पोखरा महानगरपालिकाको निर्देशन
पोखरा महानगरपालिकाले आफ्नो क्षेत्रका विद्यालयहरुलाई अनलाइन कक्षा सञ्चालन नगर्न निर्दे…
आइसिटी दिवसको अवसरमा क्यान महासंघको \'गो डिजिटल-गो क्यासलेस\' वेबिनार
सूचना प्रविधि क्षेत्रको एक उत्सवको रुपमा मनाउदै आइएको नेशनल आइसिटी डे(दिवस)को अवसरमा क्यान महासंघले गो डिजिटल शिर्षकमा विभिन्न वेबिनारको आयोजना गर्दैछ ।…
एन आईसी एशिया बैंकले सञ्चालनमा ल्यायो अनलाइनबाटै बिमा खरिद गर्न मिल्ने वेबसाइट
एन आईसी एशिया बैंकले अनलाइनबाटै कोरोना भाइरस सम्बन्धि बिमा लेख खरिद गर्न मिल्ने …
नेपालमै बनेको भेन्टिलेटरको सफल परीक्षण
पाइला टेक्नोलोजीले आफुले बनाएको भेन्टिलेटरको धुलिखेल अस्पतालमा सफल परीक्षण गरेको …
चाँगुनारायण नगरपालिकालमा ड्रोन मार्फत सर्वेक्षण एवं थ्रिडी नक्शाकंन सुरु
भक्तपुरको चाँगुनारायण नगरपालिकामा लकडाउनको समयमा ड्रोन मार्फत् सर्वेक्षण एवं टुडी त…
अब सबैले गूगल मिट निःशूल्क प्रयोग गर्न सकिने
गूगलले आफ्नो भिडियो कन्फेरेन्सिङ टुल गूगल मिट सबैको लागि निःशूल्क उपलब्ध गराएको घो…
विदेशबाट नेपाल फर्किने जनशक्तिलाई रोजगारदातासँग जोड्न विवेकशीलले तयार पार्यो वेबसाइट
विदेशबाट नेपाल फर्किने नेपाली जनशक्तिलाई रोजगारदातासँग जोड्न केही दिन अघि बिमा समितिले औपचारिक सुरुवात गरेको कोरोना भाइरस बिमा लेख आइएमई प…
स्मार्टको कम्बो प्याकः ९८ रुपैयाँमै अनलिमिटेड कल सहित ३ जीबी डेटा
निजि क्षेत्रको दूरसञ्चार सेवा प्रदायक कम्पनी स्मार्ट टेलिकमले कम्बो प्याक सार्वजनिक गरे…
अब अनलाइनमै नेपाली पुस्तक पढ्न सकिने
डेढ वर्षदेखि अनलाइन अर्डर लिएर घर घरमा पुस्तक पुर्याउँदै आएको थुप्रै डट कमले नेपा…