कीवर्डहरू -

समाचार

धनकुटामा एफटीटीएचमार्फत उच्च गतिको डाटा र भ्वाइस सेवा शुभारम्भ

काठमाडौं। नेपाल टेलिकमले विश्वमै नवीन र अत्याधुनिक सूचना प्रविधिको रुपमा रहेको एउटै केबलबाट उच्च गुणस्तरको टेलिफोन र द्रुत गतिको इन्टरनेट प्रयोगमा ल्याउन सकिने एफटीटीएच सेवाको शुरुवात धनकुटामा पनि गरेको छ ।

\"\"

कम्पनीले गत शुक्रबार एफटीटीएच अर्थात फाइबर टु द होम सेवाको औपचारिक शुभारम्भ गरेको हो ।  धनकुटामा आयोजित एक कार्यक्रममा एफटीटीएच प्रविधिमार्फत सञ्चालित टेलिफोनबाट  प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईले कम्पनीका प्रबन्ध निर्देशक डिल्लीराम अधिकारीलाई काठमाडौंमा फोन गरेर सेवाको उद्घाटन गरेका थिय।

सो अवसरमा मुख्यमन्त्री राईले प्रदेश नम्बर १ लाई डिजिटल प्रदेश बनाउने प्रतिबद्धता व्यक्त गर्दै समृद्ध र डिजिटल नेपाल बनाउने अभियानको नेपाल टेलिकम महत्वपूर्ण सहयात्री रहेको उल्लेख गरेका थिय ।

उनले ०७६ सालभित्रमा प्रदेश १ का सबै स्थानीय निकाय र शहरहरुमा यो सेवा विस्तार गर्ने तयारी भइरहेको र सो कार्यमा नेपाल टेलिकमको सहयोग रहने बताउदै प्रविधिको भरपुर उपयोग गरी जीवन सहज र समृद्ध बनाउन आव्हान पनि गरेका थिय ।

मुख्यमन्त्री राईसँगको कुराकानीमा प्रबन्ध निर्देशक डिल्लीराम अधिकारीले मुलुकलाई डिजिटलाइज्ड गर्न कम्पनी सक्रिय रहेको र एफटीटीएच सेवालाई अझै लोकप्रिय र प्रभावकारी बनाउन यसमार्फत श्रव्यदृश्य समेत उपलब्ध गराउने तयारी भइरहेको जानकारी दिए ।

कार्यक्रममा वायरलाइन तथा ग्राहक सेवा निर्देशनालयका निर्देशक प्रमोद कुमार परमारले नेपाल टेलिकमले पुरानो र खर्चालु तामाको तारबाट टेलिफोन र इन्टरनेट उपलब्ध गराउने प्रविधिलाई विस्थापित गर्दै फाइबरमार्फत गुणस्तरीय र द्रुत गतिको सेवा देशभर उपलब्ध गराउने क्रममा धनकुटामा प्रारम्भिक चरणमै शुभारम्भ गरिएको बताए ।

धनकुटा नगरपालिकाका मेयर चिन्तन तामाङले सुखी नेपाली समृद्ध नेपालको अभियानलाई साकार पार्न धनकुटा नगरपालिका समेत डिजिटलइज्ड प्रविधियुक्त भएकोमा खुसी व्यक्त गरे।

सो अवसरमा धनकुटाका प्रमुख जिल्ला अधिकारी सीताराम कार्की र धनकुटा नगरपालिका वडा नम्बर ७ का वडाध्यक्ष जङ्ग बहादुर राईले एफटीटीएचको शुभारम्भ गरेकोमा कम्पनीलाई धन्यवाद दिएका थिय ।

नेपाल टेलिकम पूर्वाञ्चल क्षेत्रीय निर्देशनालयका निमित्त प्रबन्धक रामनरेश कुँवरले एफटीटीएच प्रविधिका विशेषता र वितरणका बारेमा जानकारी प्रदान गरेका थिए। कार्यक्रम नेपाल टेलिकम पूर्वाञ्चल क्षेत्रीय निर्देशनालयका निर्देशक रामप्रसाद उपाध्यायको सभापतित्वमा सम्पन्न भएको थियो ।


हाल धनकुटामा जडान गरिएका दुईवटा एफडीसी (फाइबर डिष्ट्रिब्युसन क्याबिनेट) मार्फत ७ सय ५२ लाइन एफटीटीएच सेवा वितरण गर्न सकिने छ । आगामी दिनमा ग्राहकको माग अनुसार क्षमता वृद्धि गरी धनकुटा जिल्लाका सबै क्षेत्रमा सेवा विस्तार गर्ने तयारी कम्पनीको रहेको छ ।

नेपाल टेलिकमले एफटीटीएच अन्तर्गत व्यक्तिगत र कर्पोरेट युजर प्याकेज उपलब्ध गराइरहेको छ । यस अन्तर्गत न्यूनतम मूल्य निर्धारण गरी एक वर्षका लागि ८ एमबीपीएसको प्याक जम्मा ८ हजार रुपैयाँमा उपलब्ध छ ।

नयाँ लाइन जडान गर्ने ग्राहकले एक थान वाइफाई राउटर र एक सय मिटर फाइबर निःशुल्क प्राप्त गर्नुहुनेछ । साथै नयाँ लाइन जडानकर्ताहरुले तीन महिनासम्म जति कुरा गरेपनि पैसा नलाग्ने गरी छु्टको व्यवस्था गरिएको छ ।

एफटीटीएच प्रविधिमार्फत परम्परागत तामाको तारको सट्टामा घरसम्म अप्टिकल फाइबर पुर्याई ट्रिपल प्ले अर्थात भ्वाइस, उच्च गतिको इन्टरनेट र भिडियो सेवाहरु प्रदान गर्न सकिने भएकोले ग्राहकहरुको लागि यो सेवा प्रभावकारी छ । पहिले एडीएसएल प्रयोग गरिरहेका ग्राहकले समेत एफटीटीएच सेवा अपग्रेड गरी लिन सक्छन् । यो आईपीमा आधारित सेवा हो ।

समाचार

प्रिमियर इन्स्योरेन्स र खल्ती डिजिटल वालेटबीच प्रिमियम भुक्तानी सम्झौता

काठमाडौं । प्रिमियर इन्स्योरेन्स कम्पनी (नेपाल) लिमिटेड र खल्ती डिजिटल वालेटबीच डिजिटल माध्यममार्फत प्रिमियम भुक्तानी सुविध…

पोखरामा फलटरको वर्कसप हुदै

काठमाडौं । असार ११ गते देखि १६ गते सम्म पाेखराकाे इन्फाेम्याटिक्स कलेजमा फलटरकाे वर्कसप…

नेपालमा अहिले सम्मकै सबैभन्दा ठुलो ह्याकथन हुदै

काठमाडौं। युरोपेली नेपाली विद्यार्थीको आह्वानमा श्रावण ३,४ र ५ गते नामि कलेजमा नेपालमा…

नेपालमै पहिलो पटक डाटा सेन्टर समिट हुदै

काठमाडौं। असार १२ गते सोल्टी क्राउन प्लाजामा डाटा सेन्टर समिट २०१९ हुने भएको छ।

केहि दिन अघिमात्र नेशनल सर्भर ह्याक भएको खुलासा

काठमाडौं। सञ्चार तथा सुचना प्रविधि मन्त्री गोकुल बाँस्कोटाले केहि दिन अघि मात्र नेशनल सर्…

एनआईसी एशिया बैंकको ‘इ सेवा काउन्टर डिपोजिट’सेवा सुरु

काठमाडौं। एन आई सी एशिया बैंक लिमिटेडले बैंकको जुनसुकै शाखाको काउण्टरबाट आफ्नो खाताम…

दराज मोबाइल वीकमा कार्ड बाट पेमेन्ट गर्दा २५ प्रतिशत सम्म छुट

काठमाडौं। दराज डटकमले २४ जुन देखी ३० जुन सम्म मोबाईल वीक सुरु गर्ने भएको छ। यसमा ग्रा…

विश्वको सबैभन्दा महत्वपूर्ण ब्रान्डको सूचीको ब्रान्डजेड र्याङकिङमा ह्वावे माथि उक्लियो

काठमाण्डौ। ह्वावले अग्रणी विश्वव्यापी ब्रान्ड इन्डेक्समा उसको स्थान सुधार गर्दै ब्रान्ड भ्यालु ब…

फेसबुकको क्रिप्टोकरेन्सी योजना सार्वजनिक

काठमाडौं। चर्चित सामाजिक सञ्जाल फेसबुकले हिजो क्रिप्टोकरेन्सीको योजना सार्वजनिक गरेको छ।…

सगरमाथा इन्जिनियरिङ कलेजमा सगरमाथा टेक्नो फेष्ट हुदै

काठमाडौं। असार ५, ६ र ७ गते सगरमाथा इन्जिनियरिङ कलेज सानेपामा सगरमाथा टेक्नो फेष्ट हु…

आइसिटी अवार्ड २०१९ मा २०० बढिको आवेदन 

सूचना प्रविधि क्षेत्रको प्रतिष्ठित र ठूलो अवार्डका रुपमा चिनिएको ‘आइसिटी अवार्ड २०१९’ को लागि उत्साहप्रद नोमिनेशन दर्ता भएको छ । जेष्ठ १ देखि ३२ गतेसम्म खुल्…

असार २६ देखि १३ औं संस्करणको बृहत शैक्षिक मेला

नेपाल शैक्षिक परामर्श संघ ECAN ले बृहत शैक्षिक मेला आयोजना गर्ने परम्परालाई निरन्तरता दिंदै यस वर्ष १३…

सामसङ्ग डिजिटल प्लाजा बुटवलमा सुरु

काठमाडौं। सामसङ्ग इलेक्ट्रोनिक्सको आधिकारीक बितरक हिम इलेक्ट्रोनिक्स प्रा.लि. को सहकार्यमा …

प्रभु बैंकको नयाँ शाखा अत्तरियामा

काठमाडौं। प्रभु बैंक लिमिटेडले आफ्नो शाखा सञ्जाल विस्तार गरी सेवाग्राहीहरुलाई सरल र सहज…

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको आइटी विज्ञमा डा. अभिजित गुप्ता

काठमाडाैं । पछिल्लो समय सरकारले आइटी क्षेत्रलाई केही हदसम्म प्राथमिकता दिएको देखिन्छ । सरकारी निकायहरुमा निजी क्षेत्रबाट आइटी विज्ञ नियुक्त गर्ने प्रवृत्ति पनि…