कीवर्डहरू -

समाचार

टेलिकमको ई-शिक्षा प्याकेज मार्फत अनलाइन कक्षा सञ्चालन गर्दै बुढानिलकण्ठ स्कुल

कोरोना भाइरसको संक्रमणबाट बच्न सरकारले मुलुक लकडाउन गरिरहेको समयमा नेपाल टेलिकमले अनलाइन कक्षा सञ्चालन गर्न ल्याएको ई–शिक्षा प्याकेजबाट ७७ वटै जिल्लाका विद्यार्थीहरु लाभान्वित भइरहेको जनाएको छ ।

मुलुकको प्रतिष्ठित बुढानिलकण्ठ स्कुलले त्यहाँ अध्ययनरत ७७ वटै जिल्लामा छरिएर रहेका विद्यार्थीहरुलाई नेपाल टेलिकमको ई–शिक्षा प्याकेजमार्फत शिक्षा प्रदान गरिरहेको छ ।

७७ वटै जिल्लाका जेहेन्दार तर आर्थिक अवस्था कमजोर भएका विद्यार्थीहरुलाई छात्रवृत्ति प्रदान गरी निःशुल्क शिक्षा पनि दिइरहेको सो विद्यालयमा अध्ययनरत सबै विद्यार्थी अहिले अ–आफ्नो घरमा छन् ।

ती विद्यार्थीहरुमध्ये मुलुकभर छरिएर रहेका दुर्गम जिल्ला र क्षेत्रका विद्यार्थीहरुलाई समेत टेलिकमको ई–शिक्षा प्याकेज दिएर विद्यालयले अनलाइन कक्षा सञ्चालन गरिरहेको हो ।

‘नेपाल टेलिकमको ई–शिक्षा प्याकेजबाट ७७ वटै जिल्लामा रहनुहुने विद्यार्थीहरुलाई समेटी अनलाइन कक्षा सञ्चालन गरिरहेका छौं’ । बुढानिलकण्ठ स्कुलका  प्रधानाध्यापक होम आचार्य भन्छन्, ‘कम्पनीसँग विद्यालयले प्याकेज खरिद गरी दुर्गम जिल्ला र क्षेत्रमा रहेका आर्थिक अवस्था कमजोर भएका विद्यार्थीहरुलाई निःशुल्क डाटा सेवा उपलब्ध गराएको छ । सबै क्षेत्रमा पुगेको नेपाल टेलिकमको डाटा सेवाको स्पिड पनि राम्रो रहेकाले काठमाडौबाटै मुलुकभर कक्षा सञ्चालन गर्न सहयोग पुगेको हो ।’

स्कुलमा रहेको अभिभावक संघसँगको सहकार्यमा विद्यार्थीहरुलाई निःशुल्क डाटा सेवा उपलब्ध गराइएको छ । उक्त विद्यालयले अहिले दैनिक ८ सय विद्यार्थीलाई अनलाइन कक्षाबाट दीक्षित गरिरहेको छ ।

नेपाल टेलिकमले विशेष ई–शिक्षा प्याकेज अन्तर्गत २६० रुपैयाँमा ६ जिबी र ५०० रुपैयाँमा १५ जिबी डाटा २८ दिनभित्र उपयोग गर्न सकिने गरी उपलब्ध हुनेछ ।

हालको विषम परिस्थिति र कम्पनीको संस्थागत सामाजिक उत्तरदायित्व समेतलाई दृष्टिगत गरी बजार मूल्यभन्दा निकै सस्तो मूल्यमा उपलब्ध गराइएका उपरोक्त सेवाहरु विश्वविद्यालय र विद्यालयहरुको सिफारिशका आधारमा विद्यार्थी र शिक्षकहरुलाई कम्पनीले उपलब्ध गराउने छ ।

कम्पनीले उपलब्ध गराएको इमेल ठेगाना [email protected] मा विश्वविद्यालय तथा विद्यालयहरुले प्याकेज प्रदान गर्नुपर्ने नम्बरहरुको सूचीसहित सिफारिश पठाउनु पर्ने छ ।

सिफारिश प्राप्त भएका नम्बरहरुलाई *1441# डायल गरी प्याकेज खरिद गर्नको लागि कम्पनीले एसएमएसमार्फत सूचित गर्नेछ । एसएमएस प्राप्त भएपछि तिनै नम्बरहरुबाट *1441# डायल गरी उपलब्ध दुईमध्ये कुनै एक प्याकेज खरिद गर्न सकिने छ ।

ई–शिक्षा प्याकेज नेपाल टेलिकमले प्रदान गर्ने सबै प्रकारका जीएसएम मोबाइल डाटा सेवा (टुजी, थ्रिजी र फोरजी) मार्फत प्रयोग गर्न सकिने छ ।

समाचार

अनलाइनबाटै निःशूल्क नबिल बैंकको खाता खोल्न सकिने, इन्टरनेट तथा मोबाइल बैंकिङको लाभ लिन सकिने

नबिल बैंकले कोभिड १९ अर्थात कोरोना भाइरस महामारीको समयमा सुरक्षित कारोबार गर्न अ…

मोबाइल बैंकिङ सेवाको लागि सेञ्चुरी बैंक र एफवान सफ्टबीच सम्झौता

सेञ्चुरी कमर्सियल बैंक र एफवान सफ्ट इन्टरनेशनल बीच मोबाइल बैंकिङ सेवाको लागि सम्झौ…

विद्यार्थीलाई निःशूल्क इन्टरनेट उपलब्ध गराउन टेलिकमसँग नेविसंघको माग

विद्यार्थीलाई निःशूल्क इन्टरनेट उपलब्ध गराउन नेपाल विद्यार्थी संघले माग गरेको छ । ने…

लकडाउन खुलेपछि राइड शेयरिङको सेवा दिदै ‘लुजुम’, यस्ता छन् बिशेष सुविधा 

लकडाउन खुलेपछि टुटल पठाओ जस्तै ‘लुजुम’ नामक नयाँ कम्पनीले नेपाली बजारमा राइड शे…

डिजिटल लर्निंग नै अबको विकल्प भएको र यो अवसरलाइ सदुपयोग गर्न बिज्ञहरुको जोड

मेगा बैंक नेपालका ग्राहकहरुले लकडाउनको समयमा अर्डर गरेको २४ घण्टामा अत्यावश्यक घरा…

बैशाख ३१ सम्म ई-सेवाबाट बैंकमा निःशूल्क रकम ट्रान्सफर गर्न सकिने

ई-सेवा खाताबाट  कुनै पनि बैंक खातामा आगामी बैशाख ३१ गतेसम्म निशूल्क रकम ट्रान्सफर…

मध्य-पश्चिमान्चल विश्वविद्यालय र एनरेन बिच सम्झौता

मध्यपश्चिमाञ्चल विश्वविद्यालय (एमयू) र नेपाल रिसर्च एण्ड एजुकेशन नेटवर्क (एनरेन) विच अनलाईन शिक्षण प्रविधि (कर्परेट जुम लाइसेन्स) उ…

अनलाइन कक्षाको लागि टेलिकमको ई-शिक्षा प्याकेज, यसरी गर्नुहोस प्रयोग

कोरोना भाइरसको संक्रमण न्यूनीकरण गर्न राज्यले घोषणा गरेको लकडाउनको अवधिमा विद्यालय…

डिजिटल शिक्षा र इ लर्निङको विषयमा \'डिजिटल संवाद\'को आयोजना हुदै

पछिल्लो समय लकडाउनले करोडौ विद्यार्थीहरु विद्यालय र स्कुलको नियमित कक्षा र अध्ययनबाट टाढा भइरहेका छन । तर प्रविधिले हाम्रोे जिवनशैली नै सहज बनाइरहेको अवस्…