समाचार
प्रभु पे मार्फत घरमा बसेर नै अस्पतालको टिकट काट्न सकिने
सरकारी अस्पतालमा बिरामी जाँच गर्ने भन्ने वित्तिकै धेरैले लामो लाइन बसेर टिकट काट्न गर्नुपर्ने दुःख सम्झन्छन् । तर, अब अस्पतालको ओपिडी टिकट लिन बिरामी तथा बिरामीको आफन्तले घन्टौं लाममा बस्नुपर्ने अवस्थाको अन्त्य हुने भएको छ। टिकट काट्नका लागि बिरामीले अस्पतालमा समेत पुग्न नपर्ने सुबिधा भएको छ ।
अब बिरामी वा आफन्तले घरमा बसेर नै अस्पतालको ओपिडी टिकट काट्न सक्नेछन् । प्रभु पे मोबाइल वालेट मार्फत अस्पतालको ओपिडी टिकट काट्ने व्यवस्थाको सुरुवात सिभिल अस्पतालबाट भएको छ ।
मेडीफ्लो सोलुसनले प्रभु पे मोबाइल एप मार्फत घरमा नै बसेर टिकट काट्न सक्ने प्रविधिको विकास गरेको हो। उक्त प्रविधिबाट टिकट काट्ने व्यवस्था सुरु गर्ने सिभिल अस्पताल पहिलो भएको हो। मेडिफ्लोले अन्य अस्पतालमा पनि यो सेवा विस्तार गर्दै लैजाने मेडीफ्लोका सिओओ सुरेन्द्र न्यौपानेले जानकारी दिए । न्यौपानेका अनुसार मेडीफ्लोले अहिले यो सेवा प्रभु पे मोबाइल बालेट सँगको सहकार्यमा सुरु गरेको छ ।
अस्पतालले बिरामीको सहजताका लागि प्रविधिको प्रयोग गर्दै प्रभु पे मोवाइल वालेट मार्फत टिकट काट्ने व्यवस्था सुरु गरेको अस्पतालका कार्यकारी निर्देशक प्रा डा दीर्घराज आरसीले जानकारी दिए ।
‘अस्पतालमा ओपिडीको टिकट लिनका लागि निकै लामो लाइन बस्नुपर्ने बाध्यता छ,’ उनले भने, ‘हामीले विभिन्न प्रविधिको प्रयोग मार्फत यसलाई व्यवस्थित बनाउने काम गरिरहेका छौ ं। अब मोबाइल एपबाट नै काट्न सकिने भएपछि बिरामीले घरबाट नै टिकट काट्न सक्ने भएका छन् ।’
कार्यकारी निर्देशक डा आरसीका अनुसार अस्पतालमा हाल दैनिक ८०० सय बिरामी ओपिडीमा आउने गरेका छन् ।
अहिले यो सेवा मार्फत टिकट काट्नका लागि मोबाइल प्रयोगकर्ताले प्रभु पे मोबाइल बालेट नामक एपलाई डाउनलोड गर्नुपर्छ। प्रभु पे मोबाइल बालेट बाट यो सेवा लिने ग्राहकको लागि बिशेष सहुलियतको ब्यबस्था गरिने प्रभु टेक्नोलोजीका जीेएम खुशल रेग्मीले जानकारी दिए ।
प्रभु पे वालेटमा रजिष्टर भएपछि आफ्नो विभिन्न बैंकबाट रकम जम्मा गर्न सकिनेछ। त्यसपछि उक्त एपमा रहेको हस्पिटल भन्ने बटनमा क्लिक गर्नुपर्ने हुन्छ। हस्पिटल बटन भित्र प्रवेश गरेपछि निजामती अस्पतालमा क्लिक गर्नुपर्ने हुन्छ । सिभिल अस्पताल क्लिक गरेपछि त्यहाँ नयाँ वा पुरानो ओपिडी भन्ने विकल्प आउने छ । त्यसमा पुरानो हो भने पुरानो र नयाँ हो भने नयाँ ओपिडी छान्ने।
त्यसपछि आफूले जाँच गर्न चाहेको विभाग र डाक्टर तथा मिति छान्नुपर्ने हुन्छ। उक्त प्रक्रिया पछि बिरामीले आफ्नो विवरण भर्नुपर्ने हुन्छ। सबै विवरण भरिसकेपछि टिकटको मुल्य आफ्नो प्रभु पे मोवाइल वालेटमा रहेको ब्यालेन्सबाट काटिनेछ ।
अस्पतालले हाललाई जनरल ओपिडी टिकट काट्नका लागि अघिल्लो दिन बिहान ७ बजेदेखि परीक्षण गर्ने दिन बिहान ७ बजेसम्म राखेको छ। तर, यो समय पनि क्रमशः आवश्यकता अनुसार बढाउँदै लैजाने कार्यकारी निर्देशक डा. आरसीले जानकारी दिए ।
उनका अनुसार पेइङ क्लिनिक तर्फ मोबाइल मार्फत टिकट काट्नका लागि भने हाललाई अघिल्लो दिन बिहान १० बजेदेखि परीक्षण गर्ने दिन बिहान १० बजेसम्मका लागि तोकिएको छ। यो समयपनि विस्तारै बढाउँदै लैजाने कार्यकारी निर्देशक आरसीले बताए ।
यसका साथै अस्पतालले अस्पताल हातामा एटिम मेसिन जस्तै ‘किओस्क मेसिन’ बाट पनि टिकट लिन सक्ने व्यवस्था समेत गरेको छ । यसगरी, अस्पतालले ल्याब रिपोर्टहरु अनलाइनमा हेर्न सकिने व्यवस्था समेत सुरु गरेको छ ।
समाचार
आयो \'सेलपे\', वालेट नबनाईकन बैंकिङ सेवा लिन सकिने
व्यावसायिक समूह आईएमएस ग्रुपले भुक्तानीलाई प्रविधिमार्फत सञ्चालन गर्ने उद्देश्यसहित भुक्तानी सेवा प्रदायक कम्पनी ‘सेलपे’ सार्वजनिक गरेको छ ।
मंगलबा…
अन्तर्राष्ट्रिय लिङ्ग्विस्टिक ओलम्पियाडमा पहिलोपटक भाग लिँदै नेपाल
अन्तर्राष्ट्रिय लिङ्ग्विस्टिक ओलम्पियाडमा नेपालले इतिहासमै पहिलो पटक भाग लिँदै छ।
चन्दन गुप्ताको नेतृत्त्वमा ४ जनाको विद्यार्थी टोली सन् २०१९ को १७ औ…
आकर्षक बजेट स्मार्टफोन - हुवावे वाई सेभन २०१९
चिनियाँ प्रविधि कम्पनी हुवावेले केही समय अगाडि नेपालमा “ हुवावे वाई सेभन २०१९“ सार्वजनिक गरेको थियो । जसमा ६.२६ इन्चको एचिडि प्लस एलसिडि डिस्प्ल…
कम र्याम भएको मोबाइलमा पनि अब पब्जी खेल्न सकिने
काठमाडौं। विश्वमा लोकप्रिय भएको गेम पब्जीले ‘पब्जी मोबाइल लाइट’भारतमा लन्च गरेको छ। …
सोनीले बनायो मोबाइल भन्दा सानो एसी
काठमाडौं। जापानको प्रविधि कम्पनी सोनीले मोबाइलभन्दा पनि सानो आकारको एयर कन्डिशनर ( एसी…
२७ जना युवालाई नि:शुल्क कम्प्युटर तालिम, सशक्तीकरण अभियानमा मिड टाउनको साथः गभर्नर लम्साल
पोखरा । लायन्स क्लब अफ पोखरा मिड टाउनको आयोजना तथा कम्प्युटर एसोसिएन महासंघ नेपाल (क्यान) कास्कीसँगको सहकार्यमा युवाहरुका लागि कम्प्युटर तालिम सुरु भएको …
विद्यार्थीलाई लक्षित गरी ‘स्मार्टर’ नामको मोबाइल एप सार्वजनकि
म्यायक्स कनेक्टले स्कुल पढ्ने विद्यार्थीलाई लक्षित गरी ‘स्मार्टर’ नामको मोबाइल एप सार्वजनकि गरेको छ। शुक्रबार राजधानीमा पत्रकार सम्मेईलन गरी गरे म्या्क्स कनेक्टले…
केसीसी एक्जिबिट २०१९ सुरु, शनिबारसम्म चल्ने
काठमाडाैं । सूचन…
नेपाल टेलिकमले पायो नेसनल वेस्ट प्रिजेन्टेड अनुअल रिपोर्ट अवार्ड
नेपाल टेलिकमले आर्थिक वर्ष २०७४/७५ को वित्तीय विवरणहरु प्रस्तुतिकरण सम्बन्धी नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्था (आइक्यान) ले वार्षिक रुपमा प्रदान गर्ने नेसनल बे…
आइतबारदेखि राजधानीमा पाचौं व्यवस्थापन तथा आई.टि. शिक्षा, शैक्षिक मेला हुने
काठमाडौं । नेपालको शिक्षा उत्कृष्ट शिक्षा भन्ने मुल नाराका साथ आगामी आइतबारदेखि राजधानीमा पाचौं व्यवस्थापन तथा आई टी सम्बन्धी शैक्षिक मेला आयोजना हुने…
दूरसञ्चार प्राधिकरणले पायो कार्यकारी नेतृत्व, पुरुषोत्तम खनाल अध्यक्षमा नियुक्त
काठमाडौं । नेपाल दूरसञ्चार प्राधिकरणको अध्यक्षमा पुरुषोत्तम प्रसाद खनाल नियुक्त भएका छन् । दिगम्बर झाले पुसमा अध्यक्षबाट राजिनामा दिएपछि प्राधिकरण नेतृत्वविहीन…
दूरसञ्चार प्राधिकरणले पायो कार्यकारी नेतृत्व, पुरुषोत्तम खनाल अध्यक्षमा नियुक्त
काठमाडौं । नेपाल दूरसञ्चार प्राधिकरणको अध्यक्षमा पुरुषोत्तम प्रसाद खनाल नियुक्त भएका छन् । दिगम्बर झाले पुसमा अध्यक्षबाट राजिनामा दिएपछि प्राधिकरण नेतृत्वविहीन…
कार्डबाट भुक्तानी गर्दा आउने भ्याटको १० प्रतिशत रकम तत्कालै कार्डधनीको बैंक खातामा जम्मा हुने
नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षका लागि सार्वजनिक गरेको मौद्रिक नीतिमा डिजिटल भुक्तानीलाई अभिवृद्धि गर्दै नगद कारोबारलाई घटाउँदै लैजाने नीति लिएको छ ।…
इन्टरनेटको मूल्य नबढ्ने
नेपालमा इन्टरनेटको मूल्य नबढ्ने भएको छ । सरकारले दूरसञ्चार नियमावली संसोधन गर्दै मर्मतलगायत खर्च गर्ने भनेपछि इन्टरनेटको मूल्य यथावत रहेको हो ।
…