कीवर्डहरू -

फोन बारम्बार तात्तिदै छ ? ओभरहीट समस्या रोक्न अपनाउनुहोस् यी स्मार्ट टिप्स

फोन बारम्बार तात्तिदै छ ? ओभरहीट समस्या रोक्न अपनाउनुहोस् यी स्मार्ट टिप्स

काठमाडौं । आजको समयमा स्मार्टफोन हाम्रो जीवनको एक महत्त्वपूर्ण हिस्सा बनिसकेको छ, तर निरन्तर प्रयोगका कारण फोन ओभरहीट हुनु एक सामान्य समस्या बन्दै गएको छ । विशेष गरी गेमिङ, भिडियो एडिटिङ वा तातो घाममा फोन प्रयोग गर्दा फोन निकै छिट्टै तात्न थाल्छ । यस्तो अवस्थामा यदि तपाईं पनि फोन बारम्बार तातेर हैरान हुनुहुन्छ भने यी केही स्मार्ट टिप्स अपनाउन सक्नुहुन्छ ।

एआई आधारित वा हेभी एप्स अफ गर्नुहोस्

सबैभन्दा पहिले आफ्नो फोनको एप व्यवहार जाँच्नुहोस् । धेरैजसो अवस्थामा ब्याकग्राउन्डमा चलिरहेका एआई बेस्ड वा हेभी एप्सले प्रोसेसरलाई स्लो बनाइदिन्छन् । सेटिङ्समा गएर ब्याट्री युसेज सेक्सन खोल्नुहोस् र धेरै ब्याट्री खाने एपहरूलाई तुरुन्त अफ गर्नुहोस् ।

परफर्मेन्स मोड पनि अफ राख्नुहोस्

आजकल धेरै नयाँ डिभाइसमा थर्मल म्यानेजमेन्ट फिचर पाइन्छ । साथै सेटिङ्समा विशेष परफर्मेन्स मोड वा गेम मोड पनि हुन्छ । यदि तपाईंको डिभाइसमा यी मोड अन छन् भने यसकै कारण फोन तातिरहेको हुन सक्छ । यी फिचरहरूले फोनलाई फुल पावरमा चलाउँछन्, जसले गर्दा फोन छिट्टै हीट हुन सक्छ ।

फास्ट चार्जिङ

फास्ट चार्जिङका कारण पनि फोन ओभरहीट हुन सक्छ । त्यसबाहेक चार्जिङका बेला फोन प्रयोग गर्नु सबैभन्दा ठूलो गल्ती हो । त्यसैले चार्जिङको समयमा फोन प्रयोग नगर्ने प्रयास गर्नुहोस्, र समय छ भने फास्ट चार्जिङ अफ गरेर फोन चार्ज गर्नुहोस् ।