कीवर्डहरू -

समाचार

सिभिल इञ्जिनीयरिङमा बढ्यो विद्यार्थीकोे आकर्षण

काठमाडौँ,१५ माघ । पश्चिम नवलपरासीको सुनवल–६ विसाशयस्थित जनसेवा माध्यमिक विद्यालयले सिभिल इञ्जिनीयरिङ विषयको अध्यापन गर्न थालेपछि यस क्षेत्रका विद्यार्थीको आकर्षण बढेको छ ।

घर नजिकको सामुदायिक विद्यालयमै प्राविधिक शिक्षा पढ्न पाएपछि स्थानीय मात्र होइन, छिमेकी जिल्लाबाट पनि यहाँ पढ्न आउने विद्यार्थीको सङ्ख्या बढ्दो छ ।

सुनवल–१० का रविन बस्याललाई प्राविधिक शिक्षा पढ्ने ठूलो रहर थियो, नजिकमा यो सुविधा नभएकाले उहाँ गाउँको एक सामुदायिक विद्यालयमा पढ्दै हुनुहुन्थ्यो । कक्षा ९ मा भर्ना हुँदै गर्दा जनसेवा माविले प्राविधिक शिक्षाअन्तर्गत सिभिल इञ्जिनीयरिङ विषयको पढाई शुरु गरेको जानकारी पाएपछि उहाँ पुरानो विद्यालय छाडेर यहाँ आउनुभयो ।

उहाँ भन्नुहुन्छ, “मैले खोजेकै विषय पढ्न पाउने भएपछि पहिला पढिरहेको विद्यालय छाडेर यहाँ कक्षा ९ मा भर्ना भएँ । अहिले कक्षा ११ मा पढ्दै छु, कक्षा १० उत्तीर्ण भएलगत्तै जागिरको अवसर पनि आयो । तर पढाइलाई नै निरन्तरता दिने सोच बनाएर मैले जागिरलाई अस्वीकार गरेँ ।”

सोही कक्षामा अध्ययनरत सुनवलकै डोल्मा लामा साथीसँग विद्यालयको प्राङ्गणमा प्रयोगात्मक अभ्यास गर्दैगर्दा भेटिनुभयो । “यो विषय पढेपछि व्यावहारिक जीवनमा प्रयोग पनि हुने, भविष्य उज्ज्वल हुने अनि प्रविधिसँग पनि खेल्न पाइन्छ, यो मेरो रुचिको विषय पनि हो”, उहाँले भन्नुभयो ।

भैरहवाबाट आउनुभएका इसहाक खान पनि सोही कक्षामा पढ्नुहुन्छ । डेरा गरेर यो विषय पढिरहनुभएका इसहाक पनि विद्यालयको प्रयोगात्मक कक्षमा अभ्यास गरिरहेका अवस्थामा भेटिनुभयो । उहाँ भन्नुहुन्छ, “सामान्य विषयको पढाइले बेरोजगार बस्नुपर्ने अवस्था छ, यो विषय पढ्दा अरु विद्यार्थीभन्दा अब्बल पनि भइने, देशविदेशमा जागिरको अवसर पनि हुने दक्ष प्राविधिक जनशक्ति बन्नका लागि यो विषय रोजेको हूँ ।”

सुनवलकै एक निजी विद्यालय छाडेर यसै वर्ष कक्षा ९ मा भर्ना भएकी अनिता गौतम भन्नुहुन्छ, “इञ्जिनीयर भएर देशलाई योगदान गर्ने इच्छा छ, विसं २०७२ मा गएको भूकम्पले धेरै घर क्षति हुन पुगे, फेरि त्यस्तो क्षतिबाट बच्न हामीले भूकम्प प्रतिरोधी घर बनाउन योगदान दिन सक्छौँ । विद्यालयको पढाइ पनि राम्रो छ, रमाएर पढिरहेका छौँ ।”

गाउँकै सामुदायिक विद्यालयमा सिभिल इञ्जिनीयरिङ विषयको पढाइ हुन थालेपछि यसतर्फ विद्यार्थीको आकर्षण बढ्दो छ । प्राविधिक शिक्षा आर्जन गर्ने रहर भएर पनि आर्थिक अभावका कारण बाहिर गएर पढ्न नसकेका विशेषगरी विपन्न समुदायका जेहेन्दार विद्यार्थी यसतर्फ बढीमात्रामा आकर्षित भएको पाइएको छ ।

नेपाल सरकारले विसं २०६९ देखि विद्यालय तहदेखि नै प्राविधिक शिक्षा पढाउने नीति ल्याएपछि पश्चिम नवलपरासीमा जनसेवा माध्यमिक विद्यालयले तीन वर्षदेखि सिभिल इञ्जिनीयरिङ विषयको कक्षा सञ्चालन गरिरहेको छ । जिल्लामै एक मात्र र कक्षा ९ देखि नै यो विषय पढ्न पाइने भएपछि विद्यालयमा सिभिल इञ्जिनीयरिङ विषयमा विद्यार्थीको चाप बढेको छ ।

सरकारले तोकेको सीमित सङ्ख्यामा मात्रै भर्ना लिन पाउने भएकाले अभिभावकबाट आफ्ना छोराछोरीलाई भर्नाका लागि विद्यालयलाई दबाब पनि आउने गरेको छ । विद्यालयले ४८ विद्यार्थी मात्र एकपटकमा भर्ना लिन पाउँछ । चार विषयमा प्रवेश परीक्षा लिएर धेरै अङ्क ल्याई ‘मेरिट लिस्ट’मा पर्न सफल विद्यार्थीलाई मात्र भर्ना लिने भएकाले भनसुनका आधारमा भर्ना गर्न नसकिने विद्यालयका प्रधानाध्यापक रमेश पौडेल बताउनुहुन्छ ।

उहाँ भन्नुहुन्छ , “कक्षा ९ मा भर्ना भएका विद्यार्थी कक्षा १२ उत्तीर्ण हुँदासम्म ओभरसियर भइसकेका हुन्छन्, यो विषय पढेका विद्यार्थी बेरोजगार पनि बस्नु पर्दैन, देश विदेशमा इञ्जिनीयरको माग बढ्दो रहेकाले भविष्य उज्ज्वल हुन्छ ।”

उहाँका अनुसार विद्यालयमा न्यूनतम शुल्कमा प्राविधिक शिक्षा पढ्न पाइन्छ । सरकारले विद्यालयलाई वार्षिक रु ५० लाखको दरले अनुदान दिने गरेको छ । सोही अनुदानबाट अध्यापन गर्ने शिक्षक, कम्प्युटर, ल्याबका सामग्री खरीदमा विद्यालयले खर्च गर्दछ ।

यस विद्यालयमा पश्चिम नवलपरासीबाहेक छिमेकी जिल्ला रुपन्देही, नवलपुर, पाल्पा, अर्घाखाँची, गुल्मीलगायत कोठा भाडा लिएर विद्यार्थीले सिभिल इञ्जिनीयर विषय पढिरहेका छन् । अहिले यस विद्यालयमा यो विषय पढ्नेमात्रै १०० बढी विद्यार्थी छन् ।

विद्यालयका सिभिल इञ्जिनीयर सङ्कायका संयोजक सागर भुसालले ‘करियर’को हिसाबले आकर्षक, आर्थिकरूपमा राम्रो आम्दानी हुने र सामाजिक प्रतिष्ठा कमाउने क्षेत्र भएकाले विद्यार्थीको यसतर्फ चाप बढेको बताउनुहुन्छ ।

उहाँ भन्नुहुन्छ, “विद्यालयले यो विषयको पढाई शुरु गर्दा शुरुमा अभिभावकले नै बुुझेका थिएनन्, अहिले अभिभावकले नै आफ्ना सन्तानलाई यही विषय पढाउने प्रतिस्पर्धा गरिरहेका छन् । स्वदेश तथा विदेश सबै ठाउँमा सिभिल इञ्जिनीयरिङ गरेका जनशक्तिको निकै माग पनि छ ।”

यो विषयको अध्ययनले सडक, भवन, पुललगायतको सुरक्षित निर्माणबारे विज्ञता हासिल गर्न सकिन्छ । नेपालमा अहिले सबैभन्दा बढी माग भएको र उत्पादित जनशक्ति पनि यही भएकाले यस क्षेत्रमा रोजगारीका अवसर अत्यधिक रहेको भुसालको भनाइ छ ।

विद्यालयले प्राविधिक शिक्षा शुरु गरेसँगै यसबाट उत्कृष्ट नतिजा ल्याउन र दक्ष प्राविधिक जनशक्ति उत्पादन गर्न विद्यालय व्यवस्थापन समिति, अभिभावक, शिक्षक, समुदाय सबैको उत्तिकै चासो र सहयोग रहेको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष टीकाराम तिमिल्सिना बताउनुहुन्छ ।रासस

समाचार

डिश होमको नयाँ योजनाहरु, अब सबैभन्दा कम मूल्यमा

डिजिटल प्रविधिबाट ग्राहकहरुमा गुणस्तरिय सेवा दिँदै आएको डिश मिडिया नेटवर्कले नयाँ कनेक्सन जडान गर्ने ग्राहकहरुको लागि नेपालमा नै सवैभन्दा सस्तो मासिक मुल्यम…

ओपन सोर्स सफ्टवेयरको प्रयोग बढ्दै 

तपाई कस्ता सफ्टवेयरहरु प्रयोग गरिरहनुभएको छ ? नेपालमा सक्कली सफ्टवेयर प्रयोग गर्नेहरु कति होलान ? यसको यकिन तथ्यांक त छैन…

फोरजी विस्तारमा अनियमितताको आशंका

काठमाडौँ । नेपाल टेलिकमको फोरजी विस्तारका लागि ठूलो रकम खर्चिएर अनियमितता गर्न खोजिएको सतारुढ…

बिराटनगरमा बिजसंसार डटकमको औपचारिक सुभारम्भ

पछिल्लो समय प्रबिधिको बिकासक्रम सँगै विश्वबजारमा अनलाईन सपिङ गर्ने चलन बढेको छ । बिशेषगरी ब्यस्त जीवन शैली बजारसम्म पुग्न नसक्ने मानिसहरुका लागी यो वरदान नै…

गार्टनर ग्रुपको म्याजिक क्वाड्रान्टमा लगप्वइन्ट सूचीकृत

आइटी कन्सल्टिङ फर्म गार्टनरले हालै प्रकाशनमा ल्याएको निकै चर्चित र प्रभावकारी ‘म्याजिक…

\'सुबिसु क्यान इन्फोटेक २०१९ इन एसोसिएसन विथ ई सेवा\' को सम्पूर्ण तयारी पूरा


कम्प्युटर एसोसिएसन नेपाल (क्यान) महासंघले माघ तेस्रो साता आयोजना गर्न लागेको क्यान इन्फोटेक २०१९ को सम्पूर्ण तयारी पूरा भएको छ । 

नास्टको उपकुलपतिमा सुनिलबाबु श्रेष्ठ

सरकारले नेपाल विज्ञान तथा प्रविधि प्रतिष्ठान (नाष्ट)को उपकुलपतिमा सुनिलबाबु श्रेष्ठलाई नियुक्त गरेको छ ।

सोमबार बसेको मन्त्र…

नास्टको उपकुलपतिमा सुनिलबाबु श्रेष्ठ

सरकारले नेपाल विज्ञान तथा प्रविधि प्रतिष्ठान (नाष्ट)को उपकुलपतिमा सुनिलबाबु श्रेष्ठलाई नियुक्त गरेको छ ।


 सोम…

नास्टको उपकुलपतिमा सुनिलबाबु श्रेष्ठ


सरकारले नेपाल विज्ञान तथा प्रविधि प्रतिष्ठान (नाष्ट)को उपकुलपतिमा सुनिलबाबु श्रेष्ठलाई नियुक्त गरेको छ ।


 

नवीन प्रविधिका व्यवसायमा सरकारले हस्तक्षेप गरेकोमा वानको विरोध

काठमाडाैं । नेपालका वेबसाइट, एप, सफ्टवेयर, ई–कमर्स तथा इन्टरनेट सेवासँग सम्बन्धित भई व्यवसायिक कारोबार गर्ने कम्पनी, व्यवस…

फागुन ३ गतेदेखि ‘स्टार्टअप वाईटेक क्यान इन्फोटेक २०१९’

कम्युटर एशोसियसन अफ नेपाल क्यान महासंघ रुपन्देही को आयोजनामा बुटवलमा यहि फागुन ३ गतेबाट क्यान मेला आयोजना हुने भएका छ ।


क्यान महासंघ …

माघ १५ देखि हुने \'सुबिसु क्यान इन्फोटेक\'को तयारी तीव्र, ९० प्रतिशत स्टल बुकिङ

काठमाडौं । माघ १५ देखि काठमाडौंको भृकुटीमण्डपस्थित प्रदर्शनीहलमा आयोजना हुने २५औं संस्करणको ‘सुबिसु क्यान इन्फोटेक २०१९ इन एसोसिएसन विथ ई सेवा&rsqu…

माघ १५ देखि हुने \'सुबिसु क्यान इन्फोटेक\'को तयारी तीव्र, ९० प्रतिशत स्टल बुकिङ

काठमाडौं । माघ १५ देखि काठमाडौंको भृकुटीमण्डपस्थित प्रदर्शनीहलमा आयोजना हुने २५औं संस्करणको ‘सुबिसु क्यान इन्फोटेक २०१९ इन एसोसिएसन विथ ई सेवा’ तयारी त…

जापानी होटलले हटायो आफ्नो रोबट स्टाफहरु

जापान । हेन ना होटल ले आफ्नो १०० भन्दा बढि रोबट स्टाफहरुलाई होटलबाट हटाएको छ । रोबटहरु आफ्नो …

७५ हजार कर्मचारीले समायोजनमा जान भरे फारम, सफ्टवेयरबाटै समायोजन र नियुक्ति पत्र

काठमाण्डौ । झण्डै ७५ हजार कर्मचारीले संघ, प्रदेश र स्थानीय तहमा समायोजन अनलाइनमार्फत फाराम भरेका छन् । अबको केही समयमा न…