समाचार
विश्वास ढकाललाइ वर्षको \'सर्वोत्कृष्ट आइटी उद्यमी\'को अवार्ड
आइसिटी अवार्ड २०१८ मा विभिन्न ७ विधामा वर्षका सर्वोत्कृष्टहरुलाई सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल प्रसाद बास्कोटाले अवार्ड प्रदान गरेका थिए । भदौ १ गते र्याडिसन होटलमा आयोजना भएको भब्य कार्यक्रममा आइसिटी आन्टरप्रेनर्स अवार्ड २०१८ बाट एफ वान सफ्टका अध्यक्ष विश्वास ढकाल सम्मानित भएका थिए ।
अवार्डको तेस्रो संकरणमा 'आइसिटी आन्टरप्रेनर्स अवार्ड' पहिलो पटक प्रदान गरिएको अवार्ड हो । यस विधामा १५ जनाको नोiमिनेसन दर्ता भएको थियो ।
विद्यार्थी जिवनमा एउटा कोठाबाट सुरु भएको एफ वान सफ्टले आज ४५० भन्दा बढी नेपालीलाई प्रत्यक्ष रोजगारी दिइरहेको छ । यसै कम्पनीका सस्थापक विश्वास ढकाल आज नेपालमा सफल आइटी उद्यमीको रुपमा परिचित छन ।
अवार्ड प्राप्त गरेपछि बोल्दै बिश्वास ढकालले नेपालको मुहार फेर्ने विश्वास लिएर नै यो क्षेत्रमा निरन्तर काम गरिरहेको बताए । उनले टिमवर्कले नै सफल भएको बताउदै सुरुदेखिका सह सस्थापक अस्गर अलि र सुबाश शर्मालाइ स्टेजमा बोलाएका थिए ।
वान सफ्ट इन्टरनेशनल नेपालको सूचना प्रविधि क्षेत्रको चर्चित र उदाहरणीय कम्पनी हो । नेपालको नम्बर एक फिनटेक कम्पनीका रुपमा एफवान सफ्टले देशका ९० प्रतिशत बैंक र वित्तीय संस्थाहरुलाई सेवा प्रदान गर्दै आएको छ । सन् २००४ मा स्थापित कम्पनीसग अहिले थप ८ ओटा सिस्टर कम्पनीहरु आवद्ध छन । बैंकको अनलाइन तथा मोवाइल पेमेन्ट सेवासँगै पहिलो अनलाइन पेमेन्ट गेटवे इसेवाले ५० लाख बढि नेपालीहरुलाइ प्रविधिमय जिवनशैलीमा जोडेको छ ।
आइसिटी पायोनियर अवार्ड यस वर्ष मर्कन्टाइलका सस्थापक तथा अध्यक्ष सञ्जिव राजभण्डारीलाई प्रदान गरिएको छ । डिजिटल गभर्नेन्स अवार्ड नेपाल प्रहरी ले प्राप्त गरेको थियो भने आइसिटी डायस्पोरा अवार्ड यस वर्ष लिपफ्रगका हिमाल कर्माचार्यले प्राप्त गरेका छन । यसैगरी आइसिटी प्रडक्ट अवार्डमा यस वर्ष आईसोलुसन लाइफ र स्टार्टअप कम्पनी अवार्डबाट पिपुल डेभलपमेन्ट ल्याबले प्राप्त गरेको छ । मिडिया सम्मान नया पत्रिकाका गोपाल साउद र नागरिक दैनिकका सन्तोष न्यौपानेले प्राप्त गरेका छन ।
आइसिटी अवार्डको तेस्रो सस्करणको रुपमा भएको नेटगियर आइसिटी अवार्ड २०१८ मा एक सयभन्दा बढिको अनलाइन नोमिनेशन दर्ता भएको थियो । शुक्रवार साझ सञ्चालन भएको अवार्ड कार्यक्रमा सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिव महेन्द«मान गुरुङ, प्रधानमन्त्री कार्यालयका सचिव केदार बहादुर अधिकारी, शिक्षा मन्त्रालयका सचिव कृष्णराज बिसी, नेपाल प्रहरी प्रमुख सर्वेन्द« खनालको सहभागिता रहेको थियो । यसैगरी राष्ट्रिय युवा परिषदका उपाध्यक्ष माधव ढुंगेल, विभिन्न सरकारी सस्था, बैंक, आइटी कम्पनी, कलेज प्रमुखहरु सहित ४५० जनाको सहभागिता रहेको थियो
समाचार
टेक्नोरीयोले सुरु गर्यो क्यासलेस सेवा
टेक्नोरीयोले आफ्नो पेमेन्टमा क्यास लेस सेवा सुरु गरेको छ । यहि श्रावण २० गते प्रेस विज्ञप्ति जारी गरी जानकारी गराइएको थियो । नेपाललाई क्यास लेस समाज बनाउ…
कस्ता छन उत्कृष्ट ५ आइटी प्रडक्ट ?
आइ सलुसन लाइफ
दर्शन टेकको उत्पादन रहेको आइ सोलुसन लाइफ एउटा कम्प्लिट इन्…
ग्लोबल साइबर सेक्युरिटी समिट सम्पन्न, साइबर सुरक्षाका लागि सामुहिक प्रयासमा जोड
काठमाडौं । साइबर सुरक्षाका लागि विश्वव्यापी ऐक्यवद्धता जनाउँदै नेपालमा पहिलो पटक आयोजित २ दिने ‘सिस्को ग्लोबल साइबर सेक्युरिटी समिट–२०१८’ सम्पन्न भएको छ ।…
काठमाडौंमा ‘सिस्को ग्लोबल साइबर सेक्युरिटी समिट’ सञ्चालन हुँदै
काठमाडौं । साइबर सुरक्षाबारे अन्तर्राष्ट्रियस्तरमा सहकार्य गर्ने तथा नेपालीहरुलाई यस विषयमा सचेत गराउने उद्धेश्यका साथ शनिबार काठमाडौंको होल र्याडिसनमा सिस्…
माइक्रोसफ्टको विश्वस्तरिय \'इमाजिन कप\'मा नेपाली समुह \'सोचवेयरले जिते प्रथम पुरस्कार
माइक्रोसफ्टले विश्वस्तरमा आयोजना गरेको इमाजिन कप २०१८ मा नेपाली समुहले प्रथम पुरस्कार हात पारेको छ । नेपालको टिम सोचवेयर आर्टिफिसल इन्टेलिजेन्सी विधाको व…
इन्टरनेटमा बढेको मूल्य फिर्ता, अब ग्राहकलाइ कर थप नगरिने
दूरसञ्चार कर लागू भएपछि बृद्धि भएको इन्टरनेटको मूल्य फिर्ता भएको छ ।इन्टरनेटको मूल्य समायोजनबारे अध्ययन गर्न बनाएको कार्यदलमा साउन १ गतेखि बढाइएको मूल्य हट…
पहिलो पटक नेपालमा एङ्गुलर प्रोगामीङ् सम्मेलन सम्पन्न
नेपालमा पहिलो पटकएङ्गुलर प्रोगामीङ् सम्मेलन यहि २०७५ साउन ५ गते यल्लो प्यागोडा होटल, काठमाडौँमा सम्पन्न भईको छ । यो सम्मेलन काठमाडौँसगैँ पोखरा, बुटवल, विरग…
ओपो बुगीवुगीद्वारा टप थ्री फाइनलिस्टको घोषणा अगष्ट ४मा उपाधी विजेता घोषित हुने
सेल्फी एक्स्पर्ट तथा लिडर,ओपोद्वारा प्रमुखप्रायोजन गरिएको नेपालकै पहिलो अन्तरराष्ट्रिय फ्रान्चाइज्ड टेलिभिजन डान्स रियालिटी शो, ओपो बुगीवुगीसिजन–१ कार्यक्रम…
नेपालमा पहिलोपटक अन्तर्राष्ट्रियस्तरको ‘सिस्को ग्लोबल साइबर सेक्युरिटी समिट’ हुँदै
काठमाडौं । साइबर सुरक्षाबारे अन्तर्राष्ट्रियस्तरमा सहकार्य गर्ने तथा नेपालीहरुलाई यस विषयमा सचेत गराउने उद्धेश्यका साथ यही साउन ११ र १२ गते राजधानीमा सिस्क…
६०औं प्रहरी संचार दिवस २०७५ सम्पन्न, संचार उपयोगी एप्लिकेशनहरु सार्बजनिक
प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालको प्रमुख आतिथ्यमा प्रहरी प्रधान कार्यालयमा मंगलबार आयोजित एक समारोहबीच ६०औं प्रहरी संचार दिवस सम्पन्न भएको छ । सोहि अवसरमा…
फिल्म क्षेत्रमा आजदेखि ई–टिकेटिङ \'बक्स अफिस प्रणाली\' लागू
सरकारले फिल्म क्षेत्रमा आजदेखि ई–टिकेटिङ÷बक्स अफिस प्रणाली लागू गरेको छ । चलचित्र विकास बोर्डमा आज आयोजित एक कार्यक्रममा सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकु…
एनआईसी एशिया बैंक लिमिटेडकोे Missed Call Banking सुचारु
एन आई सीएशिया बैंक लिमिटेडले नेपालमा विभिन्न शहरी, ग्रामीण तथा दुर्गम जिल्लाहरुमा आफ्नो भौतिक उपस्थितिलाई सशक्तपार्दै अत्याधुनिक डिजिटल प्रविधिको प्रयोग गर…
बोटलर्स नेपाल लिमिटेड आईक्यानको ‘वेस्ट प्रिजेन्टेड एनुयल रिपोर्ट अवार्ड २०१७’ उत्कृष्ट बिजेता अवार्डद्वारा सम्मानित
इन्स्टिच्यूट अफ चार्टर्ड एकाउन्टस् अफ नेपाल (आइक्यान)ले बोटलर्स नेपाल लिमिटेडलाई “वेस्ट प्रिजेन्टेड एनुयल रिपोर्ट अवार्ड २०१७” द्वारा सम्मान गरेको छ ।…