समाचार
बैंकिङ सफ्टवेयरमा बदमासी : करोडौं खर्चेर किनेको कोर बैंकिङ सिस्टममा पाइरेटेड ओराकल
केही हप्ताअघि ओराकल कर्पोरेसन नामक अन्तर्राष्ट्रिय कम्पनीका केही प्रतिनिधिहरु नेपाल आए । उनीहरु भित्री रुपमा गुपचुप नै रहेर केही तथ्यको अनुसन्धान गरिरहेका थिए । नेपालमा विभिन्न बैंकहरुमा भित्री रुपमा चेकजाँच गरिरहेका उनीहरुसँग सूचना छ, ‘नेपालमा उनीहरुको कम्पनीले उत्पादन गरिरहेको सफ्टवेयर अओराकलको पाइरेटेड भर्जन प्रयोग भएको छ । नेपालमा रहेको फिनाकल सफ्टवेयरको वितरकको समेतको बदमासीमा र विभिन्न बैंकका आइटी हेडको मिलेमतोमा यस्तो गलत धन्दा भइरहेको छ ।’ नभन्दै उनीहरुले यस्तो काम भएको तथ्यसमेत पत्ता लगाएका छन् र त्यसमा थप अनुसन्धानसमेत गरिरहेका छन् ।
विभिन्न बैंकहरुमा प्रयोग भएको फिनाकल सफ्टवेयरमा ओरिजिनल लाइसेन्स नभएको ओराकल प्रयोग गरेर बदमासी भएको तथ्यसहितको प्रारम्भिक रिपोर्ट उक्त टोलीले आफ्नो प्रधान कार्यालयमा पठाएको छ भने अहिले पनि ५ वटा नेपाली बैंकहरुमा प्रयोग भएको सफ्टवेयरको भित्री छानविन चलिरहेको छ । अर्थात् ५ वटा बैंकहरुलाई स्याम्पल बैंक मानेर कम्पनीका प्रतिनिधिहरुले थप छानविन गरिरहेका छन् ।
के हो फिनाकल र ओराकल ?
फिनाकल बैंकिङ सफ्टवेयर हो । यो सफ्टवेयर ‘स्पेसियलाइज्ड बिजनेश सोलुसन’ अन्तर्गत भारतीय कम्पनीले बनाएको कोर बैंकिङ सफ्टवेयर हो । भारतमा इन्फोसिस, टिसीएसलगायतका कम्पनीहरुले यस्ता स्पेसियलाइज्ड बिजनेश सोलुसन बेस्ड सफ्टवेयरहरु उत्पादन गर्छन् । तर बुझ्नुपर्ने कुरा के हो भने इन्फोसिसलगायतका विभिन्न कम्पनीहरुले यस्ता बैंकिङ कोर सफ्टवेयरहरु बनाए पनि प्लेटफर्म भने माइक्रोसफ्ट, गुगल, ओराकललगायत प्रयोग गर्ने गर्छन् । माइक्रोसफ्ट, गुगल र ओराकल भनेको प्लेटफर्म बेस्ड बिजनेस हुन् । युरोपियन देशहरुमा उत्पादन हुने यस्ता प्लेटफर्महरुलाई प्रयोग गरेर इन्फोसिसजस्ता कम्पनीहरुले आफ्नो सफ्टवेयर बनाउने गरेका छन् । छोटोमा बुझ्दा ओराकललाई डाटाबेसका लागि प्रयोग गरेर फिनाकल सफ्टवेयर बनाइएको हुन्छ ।
नेपाली बैंकहरुमा प्रयोग भएको फिनाकल पाइरेटेड कि ओराकल ?
बैंकिङमा धेरैले बुझ्न नसकेको विषय हो, ‘करोडौं हालेर किनिएको फिनाकल कसरी पाइरेटेड हुन सक्छ र ?’ हो हामीले यही प्रश्नको उत्तर लिएर आएका छौं । फिनालकलाई बैंकले किन्ने नै हो । तर यस्ता कोर बैंकिङ सफ्टवेयर किन्दा बैंकसँग दुई ओटा विकल्प हुन्छ । एउटा ओराकल डाटाबेससहितको फिनाकलको प्याकेज किन्ने । अर्को फिनाकल छुट्टै किन्ने, डाटाबेसका लागि प्रयोग किने ओराकल प्लेटफर्म छुट्टै किन्ने । यसरी छुट्टै किन्दा बजेट बढी लाग्छ । त्यसैले आइटी हेडले बजेट कम बनाउन प्याकेजमै सफ्टवेयर किन्ने सल्लाह दिन्छन् । केही समय त यो मज्जाले फुल ओरिजिनल भर्जन हुने नै भयो । तर केही समयपछि ओराकलको मिति सकिन्छ ।
हो, यो बेला हो पाइरेसी गरिएका ओराकल सफ्टवेयर फिनाकलमा प्रयोग हुने । फेरि ओराकल प्लेटफर्म छुट्टै किनौं, झन् महँगो पर्छ । त्यो भन्दा फिनाकलको वितरकसँगको मिलेमतोमा केही रकम खर्च गरेर माग्यो र त्यसलाई प्रयोग गर्यो । यो सरासर चोरीको काम हो । तर नेपालमा त्यहि चलिरहेको छ ।
तपाईंले माथि उल्लेखित फण्डा अझै बुझ्नुभएन भने यसरी बुझ्नुहोस्, ‘तपाईंले नयाँ ल्यापटप किन्दा कुनैमा जेन्युन विन्डो आउँछ । तर केही समयपछि तपाईंले त्यसलाई फम्र्याट गर्नुभयो वा अन्य कुनै कारणले बजारमा ५० रुपैयाँमा पाइने डिभिडी प्रयोग गरेर पाइरेटेड विन्डो हाल्नुभयो भने पनि ल्यापटप त राम्रै चल्छ । किन्दा जेन्युन विन्डो पनि किनेकै हो । त्यसमा प्रयोग हुने कि पनि पाइरेटेड पाइहालियो । हो त्यस्तै हुन्छ, फिनाकलको केसमा पनि । प्याकेजमै किनिएको सफ्टवेयरमा आउने ओराकल प्लेटफर्मको मिति सकिन्छ । तर नयाँ किन्नुभन्दा वितरकमार्फत कि मागेर त्यसलाई एक्टिभेट त गरिन्छ । तर त्यो ओरिजिनल भने हुँदैन ।
यस्ता कोर बैंकिङ सफ्टवेयर किन्दा बैंकसँग दुइ ओटा विकल्प हुन्छ । एउटा ओराकल डाटाबेससहितको फिनाकलको प्याकेज किन्ने । अर्को फिनाकल छुट्टै किन्ने, डाटाबेसका लागि प्रयोग किने ओराकल प्लेटफर्म छुट्टै किन्ने । यसरी छुट्टै किन्दा बजेट बढी लाग्छ । त्यसैले आइटी हेडले बजेट कम बनाउन प्याकेजमै सफ्टवेयर किन्ने सल्लाह दिन्छन् । केही समय त यो मज्जाले फुल ओरिजिनल भर्जन हुने नै भयो । तर केही समयपछि ओराकलको मिति सकिन्छ ।
ओराकललाई यो कुरा थाहा नै नभएको भने होइन । तर आफ्नो राम्रो क्लाइन्ट फिनाकलमा प्रयोग भएको ओराकलको हकमा यस्तो भएको भनेर ऊ चुप बस्यो । त्यसमा पनि कम्पनीले पहिला बानी परोस् भन्ने रणनीति लियो । नेपाल विकासोन्मुख देश भएको थाहा पाएको उसले यहि रणनीति अनुसार केही पनि बोलेन । तर नेपाली बैंकहरुले अव ओरिजिनल सफ्टवेयर प्रयोग गर्न सक्छन् भनेर यतिबेला नेपालमा कुनकुन बैंकमा कुन मात्रामा कसरी यसरी आफ्नो प्रोडक्टको गलत प्रयोग भएको छ भन्ने अनुसन्धान गर्न कम्पनीका प्रतिनिधिहरु यतिबेला नेपालमा छन् । र नेपालका विभिन्न बैंकहरुले यस्तो गलत धन्दा चलाईरहेको प्रतिवेदन तयार भइरहेको छ ।
यसले एकातर्फ नेपाली बैंकिङमा आइटी कति असुरक्षित छ भन्ने देखाउँछ भने अर्कोतर्फ नेपाली बैंकहरुलाई अन्तर्राष्ट्रिय स्तरमै ’चोर’ सावित गरिदिएको छ ।
किन हुन्छ यस्तो पाइरेसी ?
’फिनाकल र ओराकल प्लेटफर्म प्याकेजमा किन्दा छुट्टाछुट्टै किनेभन्दा सस्तो पर्छ । केही समयपछि वितरकले नै केही पैसा थप गरेर वा नगरेर सफ्टवेयरमा प्रयोग गर्ने ’कि’ दिन्छ भने छुट्टाछुट्टै किन किन्ने ?’ यही गलत नजिर बसेको छ नेपाली बैंकहरुमा । त्यसैले यस्तो पाइरेसी हुन्छ । यसो त यो दुईचार लाखको कुरा पनि होइन । प्याकेजमा किन्दा र छुट्टाछुट्टै किन्दा करोडौं रुपैयाँको फरक आउँछ । त्यसैले पनि यस्तो गलत कामले प्रश्रय पाएको छ । अर्कोतर्फ आफू के गर्ने भन्दा पनि अरुले कसरी गरिरहेका छन् भन्ने कुरा हेरेर त्यसै गर्ने प्रवृत्तिले नेपालको बैंकिङ क्षेत्र ग्रस्त छ । फलानो बैंकले गरेको छ, हामीले किन नहुने ? फलानो बैंकले त त्यसै गरिरहेको छ हामी किन नगर्ने ? भन्ने कुराले यस्तो गलत काम भइरहेको छ ।
अर्कोतर्फ बैंकमा सीइओहरुले यस्तो टेक्निकल कुरा बुझ्दैनन् । कतिपय त आइटी हेडले पनि बुझ्दैनन् । बुझ्नेले पनि ‘अरु बैंकहरुमा पनि यस्तै चलिरहेको छ’ भनेर यस विषयमा बुझाउने कोसिस नै गर्दैनन् । एक पटक एउटा बैंकका आइटी हेडले यस्तो तथ्य आफ्ना सीइओलाई बुझाउने प्रयास पनि गरेका थिए । एक त सबैले त्यसै गर्छन् भन्ने कुरा आयो, अर्कोतर्फ करोडौं रुपैयाँ बढी खर्च हुने भयो । यही कुरा बोर्डले फेरि बुझ्दैन । त्यो झन्झट बेहोर्नुभन्दा जसरी चलिरहेको छ त्यसैगरी चलाउँ भन्ने कुरा भयो र अनलाइसेन्स्ड सफ्टवेयरको प्रयोगले निरन्तरता पायो ।
को को छन् यस्ता चोरीको सफ्टवेयर चलाउने बैंकहरु ?
छोटोमा भन्दा भर्खर फिनाकल प्रयोग गर्न थालेका बैंकहरुबाहेक नेपालमा फिनाकल चलाउने सबै बैंकहरुले यस्तो चोरीको काम गरिरहेका छन् । भर्खर फिनाकल प्रयोग थालेकाहरुले भने चोरी गर्ने बेला नै भएको छैन । उनीहरुको प्याकेजमा आएको लाइसेन्सको मिति सकिएको छैन । तर केही समय अगाडीदेखि फिनाकल प्रयोग गरिरहेका सबै बैंकहरुले पाइरेटेड ओराकल प्लेटफर्म प्रयोग गरिरहेका छन् । नेपालमा नबिल बैंक, नेपाल इन्भेष्टमेन्ट बैंक, गरिमा बिकास बैंक, बैंक अफ काठमान्डू, एनआइसी एशिया बैंक, सिटिजन्स बैंक, सनराइज बैंक, लक्ष्मी बैंक, कुमारी बैंक, हिमालयन बैंक लगायतले फिनाकल प्रयोग गरिरहेका छन् । जसमध्ये कुनै बैंकहरु भर्खर फिनाकल प्रयोग गर्न थालेका छन् । प्याकेजमा आएको तीनको लाइसेन्स बाँकी छ । तर पहिलादेखि नै फिनाकल प्रयोग गरिरहेका बैंकहरुले पनि पाइरेटेड फिनाकल प्लेटफर्म प्रयोग गरिरहेका छन् ।
ओराकललाई यो कुरा थाहा नै नभएको भने होइन । तर आफ्नो राम्रो क्लाइण्ट फिनाकलमा प्रयोग भएको ओराकलको हकमा यस्तो भएको भनेर ऊ चुप बस्यो । त्यसमा पनि कम्पनीले पहिला बानी परोस् भन्ने रणनीति लियो । नेपाल विकासोन्मुख देश भएको थाहा पाएको उसले यही रणनीतिअनुसार केही पनि बोलेन ।
यता माछापुच्छ्रे बैंकले भने टि २४ नामक सफ्टवेयर प्रयोग गरिरहेको छ भने नेपाल बंगलादेश बैंकले भने माइसिस नामक सफ्टवेयर प्रयोग गरिरहेको छ । फिनाकल प्रयोग गरिरहेकामध्ये ५ बैंकहरुमा अहिले ओराकल कम्पनीले ’आइटी अडिट’ गरिरहेको छ । आइटी अडिट भनेको उनीहरुको सफ्टवेयर सहि ढंगले प्रयोग भएको छ कि छैन भन्ने कुराको परीक्षण हो । ५ बैंकमा सुरु भएको यस्तो अडिटको प्रतिवेदन बाहिरिने हो भने नेपालमा बैंकहरुको अन्तर्राष्ट्रिय स्तरमै बेइज्जत हुने पक्कापक्की छ ।
बैंकमा सीइओहरुले यस्तो टेक्निकल कुरा बुझ्दैनन् । कतिपय त आइटी हेडले पनि बुझ्दैनन् । बुझ्नेले पनि ‘अरु बैंकहरुमा पनि यस्तै चलिरहेको छ’ भनेर यस विषयमा बुझाउने कोसिस नै गर्दैनन् ।
अनलाइसेन्स्ड सफ्टवेयर प्रयोग गर्दाका बेफाइदा के ? फाइदा के ?
यसरी अनलाइसेन्स्ड सफ्टवेयर गर्दाको फाइदा भनेको खर्च निकै कटौती हुन्छ । फिनाकल राम्रै पैसा तिरेर किनेकै हो, अब ओराकल अनलाइसेन्स्ड सफ्टवेयर प्रयोग गर्दा खास फरक पर्दैन र सबैले त्यसै गरिरहेका छन् भन्ने कुराले सबै बैंकका आइटी विभाग ग्रसित छन् । तर यसका बेफाइदा धेरै छन् । एक त यो सिधा ‘नन कम्प्लाइन्स’ भइ नै हाल्यो । अरुको प्लेटफर्म पैसा तिर्नुपर्नेमा नतिरी चलाउनु गलत भइनै हाल्यो । दोश्रो, यस्ता अनलाइसेन्स्ड सफ्टवेयर प्रयोगमा धेरै बगहरु आउन सक्छन् । अनलाइसेन्स्ड सफ्टवेयरमा त्यस्ता बगहरु फिक्स्ड हुँदैनन् । अर्को बेफाइदा भनेको सफ्टवेयर अपग्रेडेसन गर्नुपर्यो भने निकै समस्या आउँछ ।
केही नयाँ फिचरहरु आउँदा सफ्टवेयर अपग्रेड गर्नुप¥यो भने त्यसमा समस्या हुन्छ । प्याच अपग्रेड हुँदैन । वा प्याच अपग्रेड गर्दा समस्या हुन्छ । अर्कोतर्फ अहिले ओराकल कम्पनीले आफ्नो प्रतिवेदन सार्वजनिक ग¥यो भने समग्र नेपालको बेइज्जत पनि हुने पक्का छ । त्यो पनि अन्तर्राष्ट्रिय स्तरमा । अर्बौं नाफा कमाउने बैंकहरुले आफ्नो कोर सफ्टवेयरमा प्रयोग गरिएको पलेटफर्म नै अनलाइसेन्स्ड प्रयोग गर्छन् भन्ने तथ्यले नेपाली बैंकहरुलाई हेर्ने सामान्य दृष्टिकोण पनि गलत बन्न सक्छ ।
समस्याको जड : सीइओ बुझ्दैनन्, बोर्ड सदस्य जान्दैनन्, आइटी हेड भन्दैनन् !
बैंकका सीइओहरुलाई अनलाइसेन्स्ड सफ्टवेयरको कुरा बुझाउने हो भने उनीहरुले यस्तो काम नगर्न पनि आदेश गर्न सक्छन् । तर सीइओहरुले यस्तो टेक्निकल कुरा नै जान्दैनन् । करोडौं पैसा तिरेर किनेको सफ्टवेयर अनलाइसेन्स्ड भयो भन्ने उनीहरुलाई थाहा नै हुँदैन । बोर्डका सदस्यहरुले त यस्तो टेक्निकल कुरा बुझ्ने कुरै भएन । आइटी हेडले अरु बैंकमा पनि यस्तै छ भन्ने कुराले यस्तो तथ्य भन्दै भन्दैनन् । कतिपय त आइटी हेडले पनि बुझ्दैनन् । उनीहरुले बुझेका अन्य बैंकका आइटी हेडसँग यसबारेमा बुझ्ने हो । अव आफुले चोरीको माल प्रयोग गरेपछि उसले अरुलाई यी सबै कुरा बुझाउने कुरै आएन । यही कारण अहिले नेपाली बजारमा यस्तो पाइरेसी बढेको हो ।
झट्ट हेर्दा करोडौं रुपैयाँ तिरेर किनेको सफ्टवेयर पाइरेटेड छ भन्ने कुरा कसैले पत्याइहाल्ने कुरा भएन । यसले झन् बल पुगेको छ गलत गर्नेहरुलाई । अर्कोतर्फ आइटी हेडलाई प्रमोसन र कष्ट मिनिमाइजेसनको उत्तिकै चिन्ता छ । फलानो बैंकमा किनेको सफ्टवेयर र हाम्रोमा उही हो तर हाम्रोमा किन महँगो प¥यो भनेर प्रश्न गरिन्छ । त्यसले आइटी हेडको कार्यक्षमतामा सीइओ वा बोर्डले प्रश्न उठाईदिन्छ । कतै घुस पो खायो कि भन्ने कुरा पनि उठ्न सक्छ । यसरी अपजस पनि व्यहोर्नु पर्ने अनि महँगो पनि हुने भएपछी उनीहरुले सबैले यस्तै गर्ने हुन् भन्ने रेडिमेड उत्तर राखेर पाइरेटेड सफ्टवेयरहरु प्रयोग गरिरहेका छन् ।
अपत्यारिलो खर्चभित्रको अपत्यारिलो बदमासी ! तर सत्य उही, ‘अनलाइसेन्स्ड सफ्टवेयरको प्रयोग’
झट्ट सुन्दा पत्याउन गाह्रो छ । तर कोर आइटी कामबापत मात्र नेपाली बैंकहरुबाट झन्डै ३०० करोड वार्षिक रकम विदेशिन्छ । कोर सिष्टम, तिनको एनुअल मेन्टेनेन्समा मात्र यति ठूलो खर्च हुन्छ । योसँग सम्बन्धित मानव स्रोतसाधनको खर्च थप भयो । यसमा पनि ठूलो खर्च हुन्छ । कोर बैंकिङ सफ्टवेयर (सीबिएस)मा मात्र झन्डै १० करोडमाथि खर्च हुन्छ । त्यसमा डाटावेस सर्भरमा थप खर्च हुन्छ । साइबर सेक्युरिटीमा थप २ देखि ३ करोड खर्च हुन्छ । एन्टीभाइरसमा पनि मोटो नै रकम खर्च हुन्छ । फायरवालसँग समबन्धित कामको थप खर्च हुन्छ । यसरी नेपालमा रहेका बैंकहरुको सबैको हिसाब गर्दा करोडौं रुपैयाँको तथ्यांक आउँछ । तर यहि सत्यबीचको अपत्यारिलो बदमासीचाहिँ के छ भने यहि बीचमा फुल लाइसेन्स्ड ओराकल प्रयोगमा भने पैसाको लोभ भएको छ । जसका कारण पूरै कोर सिष्टम नै जोखिममा हुन सक्छ ।
झट्ट हेर्दा करोडौं रुपैयाँ तिरेर किनेको सफ्टवेयर पाइरेटेड छ भन्ने कुरा कसैले पत्याइहाल्ने कुरा भएन । यसले झन् बल पुगेको छ गलत गर्नेहरुलाई । अर्कोतर्फ आइटी हेडलाई प्रमोसन र कष्ट मिनिमाइजेसनको उत्तिकै चिन्ता छ । फलानो बैंकमा किनेको सफ्टवेयर र हाम्रोमा उही हो तर हाम्रोमा किन महँगो प¥यो भनेर प्रश्न गरिन्छ । त्यसले आइटी हेडको कार्यक्षमतामा सीइओ वा बोर्डले प्रश्न उठाईदिन्छ । कतै घुस पो खायो कि भन्ने कुरा पनि उठ्न सक्छ । यसरी अपजस पनि व्यहोर्नु पर्ने अनि महँगो पनि हुने भएपछि उनीहरुले सबैले यस्तै गर्ने हुन् भन्ने रेडिमेड उत्तर राखेर पाइरेटेड सफ्टवेयरहरु प्रयोग गरिरहेका छन् ।
नेपालमा नबिल बैंक, नेपाल इन्भेष्टमेन्ट बैंक, गरिमा बिकास बैंक, बैंक अफ काठमाडौं, एनआइसी एशिया बैंक, सिटिजन्स बैंक, सनराइज बैंक, लक्ष्मी बैंक, कुमारी बैंक, हिमालयन बैंक लगायतले फिनाकल प्रयोग गरिरहेका छन् । जसमध्ये कुनै बैंकहरु भर्खर फिनाकल प्रयोग गर्न थालेका छन् । प्याकेजमा आएको तिनको लाइसेन्स बाँकी छ । तर पहिलादेखि नै फिनाकल प्रयोग गरिरहेका बैंकहरुले पनि पाइरेटेड फिनाकल प्लेटफर्म प्रयोग गरिरहेका छन् ।
नेपालमा फिनाकलको सुरुवात र बदमासीको सिरिज
नेपालमा विभिन्न खालका कोर बैंकिङ सिष्टम प्रयोग भएका छन् । बढीले प्रयोग गर्ने भनेको एउटा फिनाकल हो भने अर्को पुमोरी हो । पुमोरी नेपाली सफ्टवेयर हो । सुरुमा मर्कन्टाइल कम्युनिकेसनले नबिल बैंक लिमिटेडका लागि बनाएको सफ्टवेयरमा केही परिमार्जन गरेर कम्पनीले अरुलाई पनि यो सफ्टवेयर बेचेको हो । तर अहिले यो सफ्टवेयरमा खास नयाँ अपग्रेडेसन छैन । सुरुमा यो सफ्टवेयर बनाउन प्रयोग भएका जनशक्ति अहिले रिटायर्ड भएकाले पनि यसमा अपग्रेडेसनमा समस्या आएको हो ।
अर्को कोर बैंकिङ सफ्टवेयर भनेको फिनाकल हो ।
यो सफ्टवेयर भारतीय आइटी कम्पनी इन्फोसिसले सुरुमा बैंक अफ काठमान्डूको लागि बनाएको हो । त्यति बेला भारतमा मल्टीकरेन्सी अप्सनको आवश्यकता थिएन । तर यो सफ्टवेयरमा उक्त अप्सन भएकाले इन्फोसिसले पुनस् बैंक अफ काठमान्डूलाई केही सेयर दिएर यो सफ्टवेयरमा प्रयोग भएको उक्त अप्सन अन्य सफ्टवेयरमा पनि प्रयोग गरेको हो । नेपालको बैंकले लगाएको यहि गुणका कारण पनि इन्फोसिसले अहिलेसम्म नेपालको वितरक परिवर्तन गरेको छैन । वितरकको यही कन्फिडेन्सका कारण पनि अनलाइसेन्स्ड ओराकलको प्रयोगमा कसैले पनि प्रश्न नउठाएको विज्ञहरुको तर्क छ ।
सुरुमा फिनाकलमै आएको ओराकल प्रयोग गरिन्छ । र पछी अनलाइसेन्स्ड सफ्टवेयरको प्रयोग हुन्छ । बल्कमा नै ओराकलसँग सफ्टवेयरको लाइसेन्स लिएर फिनाकलमा राखिने हुनाले कम्पनीलाई पनि सस्तो पर्न गएको छ । सस्तोमा किनेपछि उसले प्याकेजमै एसेम्बल गरेर बेच्दा पनि बाहिर छुट्टै किनेभन्दा सस्तो भएकोक छ । यहि कारण बदमासीको सिरिज बढेको छ । एकपछि अर्को बैंकले यस्तो गलत प्रयोग गर्दै आएका छन् । कुनैदिन ठूलो दुर्घटना नहोला भन्न सकिन्न ।
झट्ट सुन्दा पत्याउन गाह्रो छ ।
तर कोर आइटी कामबापत मात्र नेपाली बैंकहरुबाट झन्डै ३०० करोड वार्षिक रकम विदेसिन्छ । कोर सिष्टम, तिनको एनुअल मेन्टेनेन्समा मात्र यति ठूलो खर्च हुन्छ । योसँग सम्बन्धित मानव स्रोत साधनको खर्च थप भयो । यसमा पनि ठूलो खर्च हुन्छ । कोर बैंकिङ सफ्टवेयर (सीबिएस)मा मात्र झन्डै १० करोडमाथि खर्च हुन्छ । त्यसमा डाटाबेस सर्भरमा थप खर्च हुन्छ । साइबर सेक्युरिटीमा थप २ देखि ३ करोड खर्च हुन्छ । एन्टिभाइरसमा पनि मोटो नै रकम खर्च हुन्छ । फायरवालसँग समबन्धित कामको थप खर्च हुन्छ । यसरी नेपालमा रहेका बैंकहरुको सबैको हिसाव गर्दा करोडौं रुपैयाँको तथ्यांक आउँछ ।
नेपाली बैंकको नाफा देखेपछि फरक रणनीतिमा ओराकल कर्पोरेसन
ओराकल सफ्टवेयर ओराकल कर्पोरेसनको प्रोडक्ट हो । यो कम्पनीले सुरुमा आफ्नो उत्पादन नेपालमा सही रुपमा प्रयोग भएको छ कि छैन भन्ने खास हेर्दैनथ्यो । कतिपय ठाउँमा अनलाइसेन्स्ड सफ्टवेयरको प्रयोग गरिएको पाइए पनि उक्त कम्पनीले बानी परोस् भनेर केही पनि बोल्दैनथियो । यसरी बानी पार्ने रणनीतिका साथ आफ्नो उत्पादन पाइरेसी गर्न दिने कम्पनीहरु थुप्रै छन् । तर जब उक्त कम्पनीले नेपाली बैंकहरुको नाफा केलायो, तब लाइसेन्स्ड सफ्टवेयर नै प्रयोग गर्न नेपाली बैंकहरुले सक्छन् भनेर यसको तयारीअनुरुप नेपालमा आइटी अडिट गरेर त्यसको प्रतिवेदन सम्बन्धित बैंकहरुलाई दिने तयारीमा कम्पनी छ ।
यही रणनीति अनुरुप कम्पनीले ओराकलको अनलाइसेन्स्ड प्रयोगमा रोक लगाउने रणनीति ल्याएको हो । जसको भार अव नेपाली बैंकहरुले बोक्नुपर्ने देखिन्छ । कम्पनीले यहि बीचमा पहिला अनलाइसेन्स्ड सफ्टवेयरको प्रयोग गरेवापतको पेनाल्टीसमेत लाउन सक्छ । त्यसो भएको खण्डमा बैंकहरुलाई सुरुमा ठूलो खर्च लाग्ने पक्कापक्की छ । यो कम्पनीले सुरुमा आफ्नो उत्पादन नेपालमा सही रुपमा प्रयोग भएको छ कि छैन भन्ने खास हेर्दैनथ्यो । कतिपय ठाउँमा अनलाइसेन्स्ड सफ्टवेयरको प्रयोग गरिएको पाइए पनि उक्त कम्पनीले बानी परोस् भनेर केही पनि बोल्दैनथ्यो ।
यसरी बानी पार्ने रणनीतिका साथ आफ्नो उत्पादन पाइरेसी गर्न दिने कम्पनीहरु थुप्रै छन् । तर जव उक्त कम्पनीले नेपाली बैंकहरुको नाफा केलायो, तब लाइसेन्स्ड सफ्टवेयर नै प्रयोग गर्न नेपाली बैंकहरुले सक्छन् भनेर यसको तयारीअनुरुप नेपालमा आइटी अडिट गरेर त्यसको प्रतिवेदन सम्बन्धित बैंकहरुलाई दिने तयारीमा कम्पनी छ । यही रणनीति अनुरुप कम्पनीले ओराकलको अनलाइसेन्स्ड प्रयोगमा रोक लगाउने रणनीति ल्याएको हो ।
(लेखक अर्थ सरोकार डटकम का सम्पादक हुन् ।)
समाचार
खैरेनीटार महोत्सवमा टिकट काट्नेमध्ये भाग्यमानी ३ जना दर्शकलाई पर्याे एलइडी टिभी
तनहुँ । तनहुँ उद्योग वाणिज्य संघ खैरेनीटार बजार ईकाइ र शुक्लागण्डकी नगरपालिकाको आयोजनामा गत चैत २२ गतेदेखि वैशाख ३ गत…
हेटौंडामा रहेको सरकारको डिजास्टर रिकभरी सेन्टर मंगलबारदेखि सञ्चालमा आउँदै
कोरिया अन्तर्राष्ट्रिय सहयोग नियोग (कोईका)द्धारा निर्मित सरकारी एकीकृत डाटा सेन्टर (जिआइडिसी) को हेटाैंडास्थित डिजास्टर रिकभरी सेन्टर मंगलबार (वैशाख ३१…
विराटनगरमा आइसिटी स्टार्टअप एन्ड इन्नोभेसन मेला सम्पन्न
विराटनगर । आइसिटी अवार्ड २०१९ को पूर्वसन्ध्यामा आयोजना भइरहेको आइसिटी स्टार्टअप एन्ड इन्नोभेसन मेलाको पहिलो श्रंखला विराटनगरमा सम्पन्न भएको छ ।
‘…
इन्टरनेट सोसाइटी नेपालको ९औं वार्षिक साधारणसभा सम्पन्न
काठमाडौं । इन्टरनेट सोसाइटी नेपालको ९औं वार्षिक साधारणसभा सम्पन्न भएको छ । सन् २००७ मा स्थापना भएको यस संस्था इन्टरनेट सोसाइटीको १३० अन्तराष्ट्रिय च्याप्टरमध्ये…
आइसिटी स्टार्टअप मेला सुरु, मुख्यमन्त्री राई भन्छन् - ‘प्रदेश १ लाई डिजिटल प्रदेश बनाउँदै छौं’
विराटनगर । शुक्रबारदेखि विराटनगरस्थित होटल स्टर्न स्टारमा 'फ्युज मेशिन्स नेपाल आइसिटी स्टार्टअप एण्ड इनोभेसन २०१९ इन एशाेसि…
इन्टरनेट बन्द गर्ने चेतावनी दिदै समितिले भन्यो, ‘चर्को शुल्क तिर्दैनौं’
काठमाडौं । नेपाल विद्युत प्राधिकरणले इन्टरनेट र टेलिभिजन सेवा प्रदायकसँग चर्को शुल्क उठाएपछि आन्दोलित सेवा प्रदायकले इन्टरनेट र टेलिभिजन सेवा बन्द गर्ने चेता…
ओएसआरले ल्यायो भिडियो पसल एप, रिलिज भएकै दिन फिल्म हेर्न मिल्ने
ओएसआर डिजिटलले अब नेपाली फिल्म रिलिज भएकै दिन अनलाइनमा राख्ने भएको छ । यसका लागि दर्शकले अनलाइनबाट रकम भुक्तानी गरेर फिल्म हेर्न सक्छन् ।
ओएसआ…
एप्पलले २/३ सातामा किन्छ एउटा कम्पनी
काठमाडौं। एप्पलले प्रत्येक २ देखि ३ सातामा एक कम्पनी खरिद गर्ने गरेको एप्पलका सीईओ टिम क…
विराटनगरमा आजदेखि आइसिटी स्टार्टअप एन्ड इनोभेसन मेला, उद्घाटन मुख्यमन्त्री राईबाट
विराटनगर । लिभिङ विथ आइसिटीको आयोजनामा विराटगरमा आजदेखि २ दिने ‘फ्युज मेसिन्स आइसिटी स्टार्टअप एन्ड इनोभेसन मेला २०१९ इन एशोसिएसन विथ ब्रोडवे इन्फो…
आइटी विधेयकमा अन्तर्क्रिया सम्पन्न, संशाेधनका लागि ब्यापक दबाब
नेपाल सरकारले संघीय संसदमा पेश गरेको ‘सूचना प्रविधि विधेयक २०७५’ बारे सरोकारवालाहरुबीच आज अन्तक्र्रिया गरिएको छ ।
विराटनगरकाे आइसिटी स्टार्टअप एण्ड इनोभेसन मेलामा ४० भन्दा बढी स्टल
विराटनगर / विराटनगरमा आगामी शुक्रबारदेखि दुईदिने आइसिटी स्टार्टअप एण्ड इनोभेसन मेला हुँदै छ ।
आइसिटीद्वारा बुधबार आयोजित पत्रकार सम्मेलनका…
लक्ष्मी बैंकले सल्लेरीमा गर्यो नयाँ शाखा विस्तार
काठमाडौं। लक्ष्मी बैंकले सोलुखुम्बुमा शाखा सञ्जाल विस्तार गरेको छ।
<…
सिद्धार्थ बैंकका २ नयाँ शाखा
काठमाडौं। सिद्धार्थ बैंकले २ नयाँ शाखा विस्तार गरेको छ।
डिजिटल लर्निङका १० रोचक तथ्यहरु
१. मोबाइल डिभाइस, ट्याब्लेटको प्रयोगबाट अध्ययन गर्दा ४३ प्रतिशतले प्रोडक्टिभिटी बढेको ग्रोथ इन्जिनियरिङ नामक संस्थाले गरेर अध्ययनले देखाएको छ ।
जथाभावी विज्ञापन प्रसारण नगर्न सञ्चारमन्त्रीको आग्रह
सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बास्कोटाले जथाभावी विज्ञापन प्रसारण नगर्न सञ्चार माध्यामहरुलाई सचेत गराएका छन् ।
…