समाचार
नेपाल टेलिकमको १ जीबीपीएससम्म उच्च गति भएको एफटीटीएच इन्टरनेट सेवा प्रारम्भ
नेपाल टेलिकमले १ जीबीपीएस (१००० एमबीपीएस) सम्म उच्च गति भएको एफटीटीएच इन्टरनेट सेवा प्रारम्भ गरेको छ । यस अघि कम्पनीले १०० एमबीपीएस सम्म उच्च गति भएको एफटीटीएच सेवा उपलब्ध गराइरहेकोमा अब एकै पटक यति धेरै क्षमता भएको इन्टरनेट सेवा उपलब्ध गराएको हो ।
हाल कम्पनीले जीपोन प्रविधिमार्फत उपलब्ध गराइरहेको एनटी फाइबर इन्टरनेट मध्ये सवैभन्दा उच्च गति १०० एमबीपीएस रहेकोमा अब एक्सजीपोन प्रविधिमा आधारित उच्च गतिको इन्टरनेट सेवा उपलब्ध हुने भएको हो । सो सेवा ५०० एमबीपीएस र १ जीबीपीएस गरी दुई वटा प्याकेजमा उलपब्ध हुनेछ । यसको डाउनस्ट्रिम क्षमता १० जीबीपीएस र अपस्ट्रिम क्षमता २.५ जीबीपीएस हुनेछ ।
प्रिमियम एफटीटीएच ५०० एमबीपीएस अन्तर्गत नेपाल टेलिकमको नेटवर्कभित्र अनलिमिटेड कल गर्न सकिनेछ भने अन्य नेटवर्कमा प्रतिमहिना ३५० मिनेट कल गर्न सकिनेछ । यो प्याकमा ०.५ टीबी डाटा प्रतिदिन प्रयोग गर्न सकिने छ ।
प्रिमियम एफटीटीएच १ जीबीपीएस अन्तर्गत नेपाल टेलिकमको नेटवर्कभित्र अनलिमिटेड कल गर्न सकिनेछ भने अन्य नेटवर्कमा प्रतिमहिना ५ सय मिनेट कल गर्न सकिनेछ । यो प्याकमा १ टीबी डाटा प्रतिदिन प्रयोग गर्न सकिनेछ ।
दुवै प्याकेजमा एउटा आईपीटीभी, सीपीई र सेटटप बक्स तथा ३०० मिटर ड्रप फाइबर निःशुल्क उपलब्ध हुनेछ ।
५०० एमबीपीएसको ‘प्रिमियम एफटीटीएच ५०० एमबीपीएस’ प्याकेज वार्षिक ८० हजार रुपैयाँ र १ जीबीपीएसको ‘प्रिमियम एफटीटीएच १ जीबीपीएस’ प्याकेज वार्षिक १ लाख १० हजार रुपैयाँमा उपलब्ध हुनेछ ।
यो सेवा वा अन्य एफटीटीएच सेवा प्राप्त गर्न चाहनुहुने मुलुकभरका सेवाग्राहीहरुले १९८–१ (१९८ मा डायल गरी प्राप्त सन्देशपश्चात फेरि १ डायल गरी) मा डायल गरेर आफूलाई आवश्यक पर्ने सेवा जडान तथा मर्मतका लागि दर्ता गर्न सकिने व्यवस्था छ ।
हालका लागि काठमाडौं उपत्यकामा यो सेवा उपलब्ध गराइएको छ । व्यावसायिक संस्थाहरु यो सेवा प्रयोगबाट लाभान्वित हुने नेपाल टेलिकमले अपेक्षा गरेको छ ।
समाचार
ईसेवा वालेटले पायो पब्लिक कम्पनीमा जानलाई पुर्व स्वीकृति
नेपालको पहिलो वालेट कम्पनी इसेवालाई पब्लिक कम्पनीमा जानलाई पूर्व स्वीकृति दिएको छ …
नेपाल टेलिकम मार्फत कक्षा १२ को परीक्षाफल हेर्न सकिने
राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालय सानो ठिमी भक्तपुरले २०८० सालको कक्ष…
महालक्ष्मी विकास बैंकका मोबाइल बैंकिङ्ग ग्राहकलाई विभिन्न संस्थाका सेवाहरुमा विशेष छुट
महालक्ष्मी विकास बैंकले स्वास्थ्य, होटल तथा रेष्टुरेन्ट क्षेत्रका संस्थासँग समन्वय गरी अ…
नेपालमै पहिलो पटक एभरेष्ट बैंकले सुरु गर्याे अफलाइन भुक्तानी सेवा
एभरेष्ट बैंकले फोने पे नेपालसंगको सहकार्यमा नेपालमा पहिलो पटक “अफलाइन भुक्तानी” …
‘रोड टु ग्लोबल ई स्पोर्ट्स गेम्स क्वालिफायर’को रजिष्ट्रेसन खल्ती मार्फत गर्न सकिने
खल्तीले ई स्पोर्ट्स गेमिङप्रति बढ्दो रुचिलाई मध्यनजर गर्दै नेसा र ग्लोबल इस्पोर्ट गेम्स…
डिजिटल डेटा संरक्षणका लागि भारतले ल्यायो कडा कानून
छिमेकी देश भारतले डिजिटल डेटा संरक्षणका लागि पर्सनल डेटा प्रोटेक्सन ऐन ल्याएको छ ।…
रुसमा सरकारी कर्मचारीलाई आइफोन प्रयोगमा प्रतिबन्ध
रुसले सरकारी कर्मचारीलाई आइफोन प्रयोगमा प्रतिबन्ध लगाएको छ । इन्टरफ्याक्स न्युज एजेन्स…
दियालोसँगको सहकार्यमा अटोमेशनमा जाँदै धरान खानेपानी बोर्ड
धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङ्गले खानेपानी क्षेत्रलार्ई पनि प्रविधि मैत्री …
क्याप्टेन लम्साल र नकर्मी ‘टप गन अवार्ड’ र ‘जेप्सेन अवार्ड’ बाट सम्मानित
फिलिपिन्समा पाइलट पढेका दुई नेपाली चेलीले प्रतिष्ठित अवार्ड पाएका छन् । फिलिपिन्सको…
त्रिभुवन विश्वविद्यालयको बीएससी सीएसआईटी कोर्षमा खुल्यो भर्ना
त्रिभुवन विश्वविद्यालय (टीयू) को चार वर्षे स्नातक तह (ब्याचलर्स) मा कम्प्युटर विज्ञान त…
एनसेलले भन्योः टेरामक्स बारे प्राविधिक अध्ययन गर्दै छौं, कानुनविपरित ग्राहकको डेटा कसैलाई दिदैनौं
एनसेलले एक विज्ञपित जारी गर्दै आफू विरुद्ध लेखिएको भ्रामक समाचारलाई खण्डित गरेको छ…
सेवा विस्तार र गुणस्तर सुधार गर्न एनसेलले एक वर्षमा जडान गर्यो ३३८ मोबाइल टावर
एनसेल आजियाटा लिमिटेडले देशका विभिन्न नयाँ ठाउँहरुमा आफ्नो सेवा विस्तार र गुणस्तर…
क्लासिक टेक, सुबिसु, ब्रोडलिंक, मर्कन्टाइलसहित ४८ इन्टरनेट कम्पनीले बुझाएनन् सरकारलाई राजस्व
नेपाल दुरसञ्चार प्राधिरणले रोयल्टी नबुझाएका ४८ कम्पनीलाई बुझाउन अनुरोध गरेको छ । …
पठाओ ट्याक्सीको चार वर्ष पूरा भएको अवसरमा पार्सल सुविधा सुचारु
लोकप्रिय राइड सेयरिङ सेवा प्रदायक ‘पठाओ’ ले बुधबारदेखि ‘पठाओ पार्सल’ सेवा सुरू ग…
ओहो केकको ब्रान्ड एम्बेसडरमा ललित राजवंशी
स्टार्ट अप उद्यमको रूपमा स्थापना भई केक उत्पादनको क्षेत्रमा व्यावसायिक हिसाबले अगाडि …