समाचार
पठाओ कवच अभियानः सुरक्षित यात्राको भरपर्दो सहयात्री
राइड सेयरिङ प्लाटफर्म पठाओले ‘पठाओ कवच’ अभियान सञ्चालनमा ल्याएको छ । जसअन्तर्गत पठाओ एप मार्फत सेवामा विभिन्न ५ वटा सुविधाहरू सेवाग्राही र राइडर, क्याप्टेन र फुडम्यानले पाउने व्यवस्था गरिएको पठाओ नेपालको प्रवक्ता सुरक्षा हमााले जानकारी दिइन् ।
‘पठाओ कवच’ अन्तर्गत हरेक यात्रा बीमाद्वारा सुरक्षित हुने, प्रशिक्षित र प्रमाणित राइडरहरू रहेको, २४ सै घण्टा कल–सेन्टर र कस्टमर सपोर्ट सेवा, एप भित्रै आपतकालिन प्रहरी सम्पर्कको बिकल्प रहेको र हरेक राइड सिस्टममा ट्रयाक हुनुकासाथै राइडको जानकारी आफन्त वा साथीहरूलाई सामाजिक संजालमा सेयर गर्ने सुविधा रहेका छन् ।
उक्त अभियान अनुसार, हरेक यात्रामा १ लाख सम्मको उपचार बीमा र १० लाखसम्मको दुर्घटना बीमाको सुबिधा उपलब्ध छ । जुन नेपालमा हालसम्मकै उच्च रकमको राइड सेयरिङ बिमा हो ।
पठाओमा कागजात प्रमाणिकरण र तालीम पश्चात् मात्रै राइडर्हरुले सेवा प्रदान गर्ने भएकोले सबै राइडहरू प्रशिक्षित, प्रमाणित र भरपर्दो रहेको बताइएको छ ।
पठाओको सेवा उपभोग गर्दा कुनै समस्या परे २४ सौ घण्टा कल–सेन्टरमा सम्पर्क गरि गुनासो तथा उजुरी गर्न सकिन्छ । २४ सै घण्टा कल सेन्टरबाट पठाओको सेवाका बारेमा आवस्यक जानकारी समेत लिन सकिने प्रवक्ता हमालले बताइन् ।
यस्तै, पठाओ प्रयोग गर्दा आपतकालिन अवस्था आएमा पठाओ एप भित्रै प्रहरीमा सम्पर्क गर्न सकिने विकल्प पनि रहेको छ ।
पठाओको हरेक राइड सिस्टममा ट्रयाक हुन्छ । जसका कारण कुन राइड कता गइरहेको छ सो को सम्पुर्ण बिवरण एपमा लाइभ जानकारी उपलब्ध हुन्छ । साथै राइडको जानकारी आफन्त वा साथीहरूलाई सामाजिक संजालमा सेयर गरेर आफू पुगिरहेको गन्तब्यको बारेमा प्रत्यक्ष (लाइभ) जानकारी गराउन सकिन्छ ।
‘सुरक्षित यात्राको भरपर्दो सहयात्री’ नारा सहित ल्याइएको उक्त अभियान पठाओका अग्रभागमा रहेर सेवा प्रदान गर्ने राइडर, फुडम्यान, क्याप्टेन र सम्पुर्ण सेवाग्राहीको हितका लागि सूचारु गरिएको बताइएको छ ।
अफलाइन राइड लिएको खण्डमा सेवाग्राहीहरूले कुनै पनि सुबिधा प्राप्त नगर्ने र सो यात्रा सुरक्षीत र सुनिश्चित नहुने हमालको भनाइ छ ।
समाचार
कक्षा दशमा पढ्ने विद्यार्थीका लागि निमा एकेडेमीको निबन्ध प्रतियोगिता, यसरी हुनुहोस् सहभागी
अनलाइन लर्निङ प्लेटफर्म निमा एकेडेमी निबन्ध प्रतियोगिता आयोजना गरेको छ । कक्षा १० क…
एसएमएसबाटै एसईईको नतिजा थाहा पाउन सकिने, यस्तो छ तरिका
एसईईका विद्यार्थीले अब एसएमएसबाटै आफ्नो नतिजा थाहा पाउन सक्ने भएका छन् । यसका लागि…
मेरो जब डटकमले आईपीओ जारी गर्ने
एनआईसी एशिया क्यापिटलले ‘आइडिया टू आइपीओ’ सेवा अन्तर्गत मेरो जब डटकमले आईपीओ सार्…
ई-पासपोर्टका लागि दिएको आवेदन स्वीकृत भए नभएको जानकारी अब मोबाइल एपबाटै
अब मोबाइल एपबाटै ई-पासपोर्ट अर्थात विद्युतीय राहदानीका लागि दिएको आवेदन स्वीकृत भ…
क्लासिक टेकमा थप ३०० फाइबर प्राविधिक कर्मचारी नियुक्त
इन्टरनेट सेवा प्रदायक कम्पनी क्लासिक टेकले देशभरि थप ३०० नयाँ प्राविधिक कर्मचारी …
सूचना प्रविधि बारे पाँच दिने वर्कशप तथा सम्मेलन सम्पन्न
साउथ एसियन नेटवर्क अपरेटर ग्रुप (सानोग ) तथा नेपाल नेटवर्क अपरेटर्स ग्रुप एन्पिनोगक…
सातौं आइसिटी अवार्डमा अनलाइनबाटै यसरी दिनुहोस् आवेदन
सातौं आइसिटी अवार्डको अनलाइन नोमिनेशन खुला भइसकेको छ । असार १७ गतेदेखि सुरू भए…
मेगा बैंकको ‘एक से एक बचत खाता’, मोबाइल बैंकिङदेखि एटीएम कार्डसम्म निःशुल्क
मेगा बैंक नेपालले ‘एक–से–एक बचत खाता’ नामक नयाँ आकर्षक बचत खाता योजना ल्याएको छ…
जनकपुरमा लेभ्लिङको २५ औँ शोरूम
धनुषाको जनकपुरमा लेभ्लिङको २५ औँ शोरुम सञ्चालनमा आएको छ । बज्र ग्रुप अन्तर्गतको इभ…
विदेशी डिजिटल कार्डबाट अब नेपाली डिजिटल कार्डमा रेमिट्यान्स पठाउन सकिने
काठमाडौं । नेपाल राष्ट्र बैंकले विदेशबाट स्वदेशमा ‘कार्ड टु कार्ड’ रेमिट्यान्स पठाउन…
डिजिटल वित्तीय साक्षरतासहितको वित्तिय साक्षरता रूपरेखा तयार गरिने
नेपाल राष्ट्र बैंकले डिजिटल वित्तिय साक्षरतासहितको वित्तिय साक्षरता रूपरेखा २०७९ तय…
भुक्तानी प्रदायकका लागि साइबर तथा सूचना प्रविधि सम्बन्धि मार्गदर्शन जारी गरिने
नेपाल राष्ट्र बैंकले भुक्तानी सम्बन्धि काम गर्न अनुमति पाएका संस्थाका लागि साइबर तथा…
सूचना प्रविधि पार्क निर्माण गर्नेसँग अब बढीमा २ प्रतिशत प्रिमियम थप गरी ब्याज लिन पाइने
नेपाल राष्ट्र बैंकले सूचना प्रविधि पार्क निर्माण गर्नेसँग अब अधिकतम २ प्रतिशत प्रिमिय…
चालु आर्थिक वर्षलाई विद्युतीय भुक्तानी कारोबार प्रवर्द्धन वर्षको रूपमा मनाइने
नेपाल राष्ट्र बैंकले आर्थिक वर्ष २०७९/८० लाई विद्युतीय भुक्तानी कारोबार प्रवर्द्धन वर्ष…