कीवर्डहरू -

समाचार

एनसेलको सहकार्यमा आयोजित शिक़्वल फाउन्डेसनको ‘ह्याकिंग फर ह्युम्यानिटी’ह्याकाथन सम्पन्न

एनसेल आजियाटा लिमिटेडसँगको प्रमुख सहकार्यमा शिक़्वल फाउन्डेसनले आयोजना गरेको तीनदिने नेपालको सबैभन्दा ठूलो महिला ह्याकाथन ‘ह्याकिंग फर ह्युम्यानिटी’ सफलताकासाथ सम्पन्न भएको छ ।

यस कार्यक्रममा देशका विभिन्न ठाउँबाट आएका ४८ सहभागीहरुले एकै ठाउँमा बसेर समाजका विभिन्न क्षेत्रका लागि उपयोगि हुने सोलुसन्सहरुमा काम गरेका छन् ।

यस ह्याकाथनको अन्तिम दिन आइतबार सम्बन्धित समुहहरुको पिचिङ् पश्चात विजयी समुहहरुको घोषणा गरिएको थियो । ह्याकाथनमा सहभागी १६ टिम मध्ये टिम कोड क्राफ्टर्सले नगद पुरस्कार रु १५०,००० सहित प्रथम पुरस्कार जितेको छ । टिम क्राफ्टर्सको सोलुसनले सांकेतिक भाषा बुझ्न मद्दत गर्दछ ।

त्यस्तै पर्यटक क्षेत्र लक्षित सोलुसन बनाउँदै टिम सहयात्रीले दोश्रो स्थानमा रहन सफल भई रु १००,००० जित्न सफल भएको छ । ज्येष्ठ नागरिकलाई ध्यानमा राख्दै टिम पाईले बनाएको अर्लट सिस्टमले तेश्रो स्थान हासिल गर्दै रु ७५,००० जित्न सफल बनेको छ ।

एनसेलका प्रमुख कार्यकारी अधिकृत एन्डी चोङले यस्ता ह्याकाथनले सूचना प्रविधि क्षेत्रका युवा र उत्साही महिलाहरुलाई आफ्ना नवीन सोचलाई वास्तविकतामा बदल्न र उनीहरुमा रचनात्मकता बढाउन सहयोग गरेको बताए ।

“यो कार्यक्रम महिलाहरुलाई सूचना प्रविधिको क्षेत्रमा आफ्नो वृत्तिविकास गर्नका लागि प्रेरणादायी साबित भएको छ । यसले महिला र नन–बाइनरी छात्राहरुलाई अवसरका साथै उनीहलाई आवश्यक प्लेटफर्म प्रदान गरेको छ ।”

एनसेलले विविधता, समानता र समावेशीकरण अर्थात डाइभर्सिटी, इक्विटी एन्ड इन्क्लुशन (डीईआई) प्रति आफ्नो प्रतिवद्धता अनुरुप महिलाहरुलाई सञ्चार तथा सूचना प्रविधि क्षेत्रमा प्रोत्साहन गर्ने प्रमुख उदेश्य अनुरुप शिक़्वल फाउन्डेसनसँग ह्याकाथनका लागि सहकार्य गरेको थियो ।

गर्ल्स इन टेक र वुमन इन बिग डेटा सझेदारको रुपमा रहेको यस कार्यक्रमले डेभलपर्स, डिजाइनर्स र उद्यमीहरुलाई एक साथ नविन सोलुसन्स्हरु विकासको लागि अवसर प्रदान गरेको थियो ।

माघ २७ देखि २९ सम्म आयोजना गरिएको यस ह्याकाथनमा विभिन्न विषयहरुमा टक कार्यक्रम र कार्यशालाहरु आयोजन गर्दै सहभागी छात्राहरुलाई आफ्नो प्रोजेक्टको विकासको लागि चाहिने सिपहरु प्रदान गरियो ।

पहिलो दुई दिन आफ्नो सोलुसनमा काम गरी सहभागी टिमहरुले तेस्रो दिन आइतबार निर्णायक मण्डलसामु आफ्नो आइडियाको पिचिङ गरेका थिए । यस ह्याकाथनमा सहभागी हुँदा सहभागीहरुले विभिन्न क्षेत्रका विज्ञ व्यक्तित्वहरुबाट प्रशिक्षण पाएका थिए ।

शिक़्वल फाउन्डेसनका सह–संस्थापकहरु आस्था शर्मा र मेलिशाा घिमिरेले सहभागी सबैलाई उहाँहरुको उत्साह र कडा परिश्रमकोलागी कृतज्ञता व्यक्त गरे र आगामी ह्याकाथनको लागी तत्पर रहेको बताए ।

यस कार्यक्रमले सूचना प्रविधिमा रहेका महिला र नन–बाइनरी ह्याकरहरुलाई एकअर्कासँग सहकार्य गर्न र आफ्ना नविन सोचलाई सोलुसन्समा परिवर्तन गर्न प्लेटर्फम प्रदान गरेको थियो ।

महिलालाई लक्षित गर्दै आयोजना गरिएको यो नेपालकै ठूलो र पहिलो ह्याकाथन हो । यस्ता कार्यक्रमले सूचना प्रविधिको क्षेत्रमा महिलाहरुको प्रतिनिधित्व र आबद्घता बढाउँदै डिजिटल अर्थतन्त्रमा महिलाहरूको समान सहभागितालाई बढाउन मद्दत गर्दछ र समस्त समाज र अर्थतन्त्रलाई फाइदा पुर्याउँछ ।

समाचार

दाङको लाल मटियामा, मोरङको उर्लाबारी र तनहुँको आँबु खैरेनीमा भायानेटको नयाँ शाखा विस्तार

भायानेट कम्युनिकेसनले  दाङको लाल मटियामा, मोरङको उर्लाबारी र तनहुँको आँबु खैरेन…

ओपेराको वेबपेजमा च्याटजीपीटी एकीकृृत

ओपेराले वेबपेजमा च्याटजिपीटी आवद्ध गरेको छ । यसले लेखहरुलाई पनि संक्षिप्त तरिकाले…

अब इसेवा मार्फत केडका सामग्री सजिलै खरिद गर्न सकिने

इसेवा र फेसन ब्राण्ड उत्पादक कम्पनी केड कम्पनीबीच भुक्तानी सम्बन्धी सम्झौता भएको छ । स…

भिरिन्ची कलेजले आयोजना गरेको रोबो र्‍याम्प रेस २.० सम्पन्न, एमिनिटी स्कुलको टिम पहिलो हुन सफल 

भिरिन्ची कलेजले आयोजना गरेको रोबो र्‍याम्प रेस २.० सम्पन्न भएको छ । आइसिटी मेला ३.…

आइएमई पे र चन्द्रागिरि हिल्सबीच सम्झौता

आइएमई पे र चन्द्रागिरि हिल्सवीच फील द एयर नामक अफर सार्वजनिक गरिएको छ । अफर अनुसा…

रेडिटमा कर्मचारीलाई लक्षित गरेर फिशिङ आक्रमण

रेडिटमा कर्मचारीहरुलाई लक्षित गरेर फिशिङ आक्रमण सञ्चालन गरिएको छ । यस फिशिङ आक्रमण…

इन्फोडेभलपर्स क्यान इन्फोटेक सम्पन्न, ३ लाख बढीले गरे अवलोकन

कम्प्युटर एसोसिएन नेपाल महासंघ (क्यान महासंघ) ले आयोजना गरेको २८ औं संस्करणको बृह…

आइसिटी समाचार प्रभावः केन्द्रले भन्यो, ‘हार्डवेयर र सफ्टवेयरको विवरण लिन इमेल गरेका छैनौं’

शिक्षा मानव तथा स्रोत विकास केन्द्रले स्थानिय निकाय र विद्यालयमा इमेल मार्फत हार्डवेय…

एनआईसी एशिया बैंकको भ्यालेन्टाइन डे अफर, डिजिटल कारोबारमा १४ प्रतिशत छुट

युवा पुस्ताहरूमाझ लोकप्रिय रहेको ‘फेब्रुअरी १४’ अर्थात् भ्यालेन्टाइन डेको अवसरमा एनआ…

गूगलको एआई बार्डले गलत उत्तर दिएपछि शेयर मूल्यमा भारी गिरावट

गूगलले च्याटजीपीटी जस्तै आफ्नै एआई प्लेटफर्म बार्डलाई सार्वजनिक गरेको थियो । तर पब्लि…

\'क्यानभास ग्यापु टिकटक हिरोज\'मा ३० टिकटकरलाई अवार्ड, नम्रताले जितिन् २ लाख नगद

नेपाली ईकमर्स ग्यापु मार्केटप्लेसले  'टिकटक हिरोज् सिजन टु'का टिकटक क्रिएटरहरुलाई व…

पूर्व कप्तान पारस खड्का हेल्थ एट होमको सद्भावना दुतको रूपमा आबद्ध

नेपाली क्रिकेटका सफल खेलाडी तथा पूर्व कप्तान पारस खड्का घरघरमै पुगेर उपचार सेवा द…

नेपालमा बनेको ओएमआर स्क्यानर

बारकोड नेपाल प्रालिले शैक्षिक संस्था तथा इन्स्टिच्यु हरूलाई लक्षित गरी कम लागतको ओएम…