समाचार
स्मार्ट सिटीका पाँच आधार
स्मार्ट सिटीको उद्देश्य जीवनस्तरको विकास तथा डिजिटल प्रविधिको उपयोग गरेर आर्थिक लाभहरुको सिर्जना गर्नु हो । अबको तीन दशकपछि सात बिलियन मानिसहरु शहरी क्षेत्रमा बसोबास गर्ने अनुमान गरिएको छ ।
स्मार्ट सिटी हुनका लागि विशेष मापदण्डहरु नभए तापनि सहर प्रविधियुक्त हुन् जरुरी हुन्छ । उक्त सहरको अर्थतन्त्र, प्रशाशन, यातायात, वातावरण र नागरिक पनि स्मार्ट र प्रविधिमय हुनुपर्छ ।
स्मार्ट सिटीमा सूचना तथा सञ्चार प्रविधिलाई अपनाएका स्मार्ट उद्योग र कल कारखानाहरु स्थापना गरिएको हुन्छ । साथै वातावरणमैत्री सहर हुनुपर्छ, नागरिकको जीवनशैली र चेतना उच्च स्तरको हुन जरुरी छ ।
यसकारण हामीले आफ्नो सहरलाई अझ राम्रो बनाउन प्रविधिको प्रयोग गरी हरिया तथा व्यवस्थित संसाधन लागु गर्न जरुरी छ । स्मार्ट सिटी निर्माण गर्नका लागि आवश्यकताहरुबारे तल उल्लेख गरिएको छ ।
स्मार्ट अर्थतन्त्र
स्मार्ट अर्थतन्त्रको अवधारणा वैज्ञानिक र विभिन्न रणनीतिक दस्तावेजहरुमा अधिक लोकप्रिय छ । यसको अवधारणा स्मार्ट सिटी डिजाइन र विकासमा र सहरको आर्थिक विकास तथा रणनीतिक योजना बनाउन व्यापक प्रयोग गरिन्छ । अहिले सम्म स्मार्ट अर्थतन्त्रको सबैले स्वीकार गर्ने परिभाषा नै छैन ।
तर, हामीले अर्थतन्त्र र स्मार्ट सहरको बीचको अन्तर नै स्मार्ट अर्थतन्त्र हो भनेर बुझ्न सक्छाैं । स्मार्ट अर्थतन्त्र परम्परागत अर्थव्यवस्थाभन्दा फरकफरक हुन्छ ।
किनकि स्मार्ट सिटीका लागि उद्योग र कलकारखानाहरुको स्थापनामा सूचना तथा प्रविधिको भरपुर प्रयोग गरिएको हुन्छ ।
स्मार्ट सिटी निर्माणका लागि स्मार्ट अर्थतन्त्रले एकदम ठूलो महत्व राख्छ । स्मार्ट सिटीका लागि अर्थ व्यवस्थालाई डिजिटल बनाउने क्रम भुक्तानीबाट सुरु हुन्छ ।
जस्तै बिटक्वाइन, मोबाइल पेमेन्ट र ई वालेट आदि यसका उदाहरण हुन् । स्मार्ट अर्थतन्त्रमा वस्तुहरु उत्पादन गर्ने तथा बिक्रीवितरण गर्ने तरिकामा पनि फरक हुन्छ ।
यसमा प्रविधिको प्रयोग गरेर उच्च गुणस्तरीय वस्तु उत्पादन गरिन्छ । सूचना तथा सञ्चार प्रविधिले ग्राहकको सामानसँगको अन्तक्र्रिया परिवर्तन गर्दछ । अर्थात्, क्युआर कोड प्रविधिको प्रयोग गरी सेलफोनबाट सामान स्क्यान गर्न सकिन्छ ।
साथै नियर फिल्ड कम्युनिकेसन (एनएफसी) टेक्नोलोजी जसमा स्मार्टफोनबाट पेमेन्ट गर्न सकिन्छ । स्मार्ट अर्थतन्त्रमा डिजिटल प्रविधिबाट सरल र सहज सेवाहरु नागरिकलाई प्रदान गरिन्छ ।
यसका साथै नागरिकहरुमा समेत उद्यमशीलताको भावना तथा केही नयाँ गर्ने सोचलाई समेत स्मार्ट अर्थतन्त्रले उत्साह प्रदान गर्दछ ।
स्मार्ट प्रशासन
इन्टरनेट तथा डिजिटल टेक्नोलोजीले प्रगतिशील सरकारको निर्माण गर्दछ । सरकारी संस्थाहरुलाई सुदृढ पार्दछ र साथै समाजका सबै भागहरु एकीकृत गर्दछ । सूचना तथा सञ्चार प्रविधि मानव जीवन शैलीको अभिन्न भाग बनिसकेको अवस्था छ ।
इन्टरनेट र डिजिटल टेक्नोलोजीबिना आधुनिक जीवनशैली कल्पना गर्न पनि सकिँदैन । ढुवानी, दूरसञ्चार, स्वास्थ्य सेवा, सुरक्षा तथा शिक्षालगायतका सम्पूर्ण क्षेत्रहरु आइसिटीमा निर्भर छन् ।
समाजका यी क्षेत्रहरुलाई प्रभावकारी रुपमा व्यवस्थापन गर्नका लागि स्मार्ट शासन र प्रशासनको आवश्यकता पर्छ । यी प्रणालीहरुको उचित व्यवस्थापनपश्चात् मात्रै सरकारले पूरै समाजलाई प्रभावकारी हुने गरिको नीतिनियम लागू गर्न सक्छ ।
फरक डिपार्टमेन्ट, एजेन्सी तथा सेक्टरहरुबाट सही समयमा सही डाटाहरु, सूचना तथा नयाँ विकासका कार्यक्रमहरु लागू गर्न नेताहरु तथा सरकारी अधिकारिहरुलाई स्मार्ट सिस्टम तथा टुलको आवश्यकता पर्दछ ।
पारदर्शी प्रशासन, निर्णय प्रक्रियामा जनसहभागिता, छिटो र प्रभावकारी सार्वजनिक सेवाको प्रवाह आदिले स्मार्ट सिटी निर्माणमा महङ्खवपूर्ण भूमिका खेल्दछन् । सहरमा क्रियाशील राजनीतिक दल र सामाजिक संघसंस्थाका ठीक नीति र स्पष्ट दूरदृष्टि पनि स्मार्ट सिटी निर्माणका एकाइ हुन् ।
स्मार्ट यातायात सेवा
स्मार्ट यातायात व्यवस्था यस्तो प्रणाली हो, जहाँ सहरमा यातायातको प्रवाह नियमित गर्न केन्द्रीय रुपमा ट्राफिक सिग्नल तथा सेन्सर नियन्त्रण गरिन्छ । वास्तविक समयको मागअनुसार यातायात ट्राफिक प्रवाह सरल बनाएर भीड कम गर्ने काम स्मार्ट यातायात सेवाअन्तर्गत पर्छ ।
प्रदूषण घटाउनु, जक्सननजिक बसहरुलाई प्राथमिकता दिनु तथा यातायात प्रवाहका लागि लाइटहरुको व्यवस्थासमेत स्मार्ट यातायात सेवाअन्तर्गत पर्दछ ।
यिनै कुराहरुको राम्रो व्यवस्थापन हुन सकेमा स्मार्ट सिटी निर्माण गर्न सकिन्छ । स्मार्ट यातायात सेवाले सहरवासीहरुलाई सस्तो, छिटो, सुरक्षित, र भरपर्दो सवारीसाधनको छनोट गरेर यात्रा गर्ने सुविधा प्रदान गर्दछ ।
सहरका सडक सञ्जाल र सवारी साधनहरुमा सेन्सर, जीपीएस र अन्य स्वचालित यन्त्रहरु जडान गरेर विभिन्न सूचनाहरु संकलन गरिन्छ र यात्रालाई अधिकतम सहज बनाउने प्रयास गरिन्छ । साथै सहरमा सुरक्षित साइकल लेन र पैदल यात्रुहरुलाई यथेष्ट फुटपाथको व्यवस्था गरिेएको हुन्छ ।
स्मार्ट नागरिक
टेक्नोलोजीसँग यस्तो शक्ति हुन्छ, जसले नागरिकको आवश्यकताप्रति अधिक उत्तरदायी समुदायको सिर्जना गर्दछ । र, नागरिकको जीवनको गुणस्तर बढाउन सक्छ । स्मार्ट सिटीका धेरै योजनाहरु टेक्नोलोजीको आधारमा तयार गरिन्छ ।
स्मार्ट सिटीका बारेमा कुरा गर्दा मानिसका आवश्यकताबारेमा अनदेखा गरिन्छ र टेक्नोलोजीलाई विशेष प्राथमिकतामा राख्ने गरिन्छ । तर सबैभन्दा पहिले स्मार्ट सिटीको निर्माणका लागि नागरिकको आवश्यकता तथा चुनौतीको बारेमा बुझ्नु जरुरी हुन्छ ।
स्मार्ट सिटी निर्माणमा सहरका नागरिकहरुको शैक्षिक योग्यता एक महत्वपूर्ण अङ्ग हो । शैक्षिक योग्यताका साथै नागरिकहरुको सामाजिक सेवामा सहभागिता, सिर्जनशीलता, सोच, परिवर्तनलाई स्वीकार गर्न सक्ने जस्ता गुणहरुले सहर कति स्मार्ट छ भन्ने मापनमा सहयोग पुर्याउँछ ।
स्मार्ट सिटिजन स्मार्ट सिटीका लागि प्रोजेक्ट हो । जसले सहर, नागरिक, समुदाय तथा अनुसन्धानकर्ताहरुलाई सहरको वातावरणका समस्याहरु जस्तै: ध्वनि तथा वायु प्रदूषण र लाइटलगायतका समस्याहरु समाधानका लागि संलग्न गर्न खोज्छ ।
स्मार्ट वातावरण
स्मार्ट सिटी निर्माणका लागि वातावरण पनि मुख्य विषय हो । वातावरणमा भइरहेको परिवर्तनले सहर तथा सहरवासीहरु लाई असर पुर्याइरहेको हुन्छ । यसले गर्दा सिटी प्लानरहरुलाई थप चुनौती प्रदान गरिरहेको हुन्छ ।
सहरवासीको स्वस्थ जीवनका लागि पानी तथा हावाको शुद्दिकरण र ध्वनि प्रदूषणको नियन्त्रणका लागि थप चुनौतीहरु आइपर्छन् । यसका साथै बाढीपहिरो तथा हिमपातलगायतका समस्यालाई पनि व्यवस्थापन गर्नुपर्ने हुन्छ ।
स्मार्ट सिटीमा यस्ता समस्याको समाधान गरी स्मार्ट वातावरण निर्माणका लागि धेरै प्रकारका स्मार्ट डिभाइसहरुले लगातार काम गरिरहेका हुन्छन । स्मार्ट वातावरणको मुख्य उद्देश्य सहरवासीहरुलाई वाताबरणबाट सन्तुष्ट बनाउनु हो ।
स्मार्ट वातावरण निर्माणका लागि प्रदूषणलाई कम र पर्यावरण संरक्षण गर्नको निम्ति उचित नीति र योजना आवश्यक हुन्छ । प्राकृतिक सम्पदाको संरक्षण र ऊर्जा र अन्य स्रोतहरुको दिगो व्यवस्थापन गरिनुपर्दछ ।
कार्बन कम उत्सर्जन गर्ने सौर्य ऊर्जा, हावाबाट उत्पादित ऊर्जा, बायोग्यासजस्ता हरित ऊर्जाहरुको उत्पादन र प्रभावकारी वितरण गरिनुपर्दछ ।
त्यसैले स्मार्ट वातावरण निर्माणका लागि विभिन्न प्रकारका टेक्नोलोजी वायरलेस कम्युनिकेसन, कम्युटर नेटवर्किङ अपरेटिङ सिस्टम आदिको प्रयोग गरिएको हुन्छ ।
समाचार
भेहिकल एन्ड कन्साइनमेन्ट ट्रयाकिङ सिष्टममा आबद्ध हुन निर्देशन
राजस्व अनुसन्धान विभागले अझै पनि कतिपय कारोबार मालवस्तु ढुवानी साधनको अनुगमन (भे…
विद्यार्थीका लागि सर्च एजुकेसनले सार्वजनिक गर्यो ओभरसिज एजुकेशन पोर्टल र एप
मुलुकभरी मनाइने फागु पर्वको अवसरमा नेपाल टेलिकमले अनलिमिटेड डाटासहितको फागु अफ…
एनसेलको गज्जबको दैनिक जीबी प्याक, अब १९९ रूपैयाँमा १४ जीबी डेटा
एनसेल आजियाटा लिमिटेडले फागु पुर्णिमाको अवसरमा मोबाइल डेटा सबैभन्दा सस्तो बनाउँद…
जर्मनीमा चिप निर्माण गर्न १९ बिलियन डलर लगानी गर्दै इन्टेल, ३ हजारलाई रोजगारी
इन्टेलले जर्मनीमा चिप निर्माण गर्ने उद्योग खोल्न १९ बिलियन डलर लगानी गर्ने भएको छ । …
१२ ओटा डेटा ब्रिच भएको भन्दै मेटालाई १८.६ मिलियन डलर जरिवाना
मेटालाई १२ ओटा जिडिपिआर सान्दर्भिक डेटा ब्रिचहरुका लागि १८.६ मिलियन डलर जरिवाना …
एनएमबि बैंकमा भिडिओ कलबाट खाता खोल्दा डिम्याट र मेरो शेयर अनलाइनबाटै लिन मिल्ने
एनएमबि बैंकले भिडीयो केवाईसी, भिडियो कलमा आधारित खातासंगै देश वा विदेशमै बसी …
इसेवा मनी ट्रान्सफरको रेमिट्यान्स भुक्तानी सेवा अबदेखि इसेवाका एजेण्टबाट पनि पाइने
इसेवा मनी ट्रान्सफरको रेमिट्यान्स भुक्तानी सेवा अबदेखि नेपालको अग्रणी भुक्तानी सेवा …
थापाथली क्याम्पसका विद्यार्थीलाई विद्युतीय गाडी बनाउन गोल्छा ग्रुपको आर्थिक सहयोग
गोल्छा ग्रुपले थापाथली क्याम्पसका विद्यार्थीहरुलाई विद्युतीय गाडी बनाउन आर्थिक सहयोग …
अनलाईनबाट ठगी गर्ने एकजना पक्राउ
सामाजिक सञ्जाल वाट्सएप मार्फत पार्सल र चिठ्ठा परेको रकम पाउनको लागि ट्याक्स रकम तिर्न…
स्टार्टअप वा इन्नोभेटिभ आइडियालाई क्यान इन्फोटेकमा सहभागी हुने अवसर, यसरी दिनुहोस् आवेदन
क्यान महासंघले स्टार्टअप तथा इन्नोभेटिभ आइडिया तथा प्रोजेक्टलाई क्यान इन्फोटेक २०२२ म…
क्यान इन्फोटेकको ८० प्रतिशत स्टल बुकिङ
आगामी वैशाख ७ देखि १२ गतेसम्म काठमाडौंको भृकुटीमण्डपमा आयोजना हुने आइएमइ पे क्या…
हल्टप्राइज एट एसएमसीको फिनाले समपन्न
हल्टप्राइज एट एसएमसीको फिनाले समपन्न भएको छ । हल्टप्राइज एट एसएमसी कलेजमा ओरियन्टेस…
नेपालमा अब क्रिप्टोकरेन्सी, बिटक्वाइन, हाइपर फन्ड, अनलाइन जुवा लगायतका वेबसाइट र एप नचल्ने
क्रिप्टोकरेन्सी, बिटक्वाइन, हाईपर नेटवर्किङ, अनलाइन जुवा लगायतका गैरकानूनी क्रियाकल…
भिभोले उपभोक्ता मैत्री प्राविधिक प्रवृत्ति विकास गर्दै
भिभोका लागि २०२१ आवश्यक परिवर्तन ल्याउने वर्ष सावित भएको छ । आफूलाई गुणस्तरीय उत्पा…