कीवर्डहरू -

समाचार

एमआरपी पोसपोर्टको म्याद एक वर्षभन्दा कम भए मात्रै ई-पासपोर्ट बनाउन पाइने

एमआरपी पोसपोर्टको म्याद एक वर्ष भन्दा कम भए मात्रै अब ई-पासपोर्ट बनाउन पाइने भएको छ । राहदानी विभागले मंगलबार एक सूचना जारी गर्दै एमआरपीको म्याद १ वर्षभन्दा कम भएमा मात्र राहदानी नविकरणको लागि विद्युतीय राहदानीमा आवेदन गर्न सकिने जानकारी दिएको हो ।

हाल केही सेवाग्राहीहरुले यन्त्रवाचक राहदानी (एमआरपी) को बहाल म्याद १ वर्षभन्दा बढी रहेको अवस्थामा पनि विभिन्न एजेन्सीहरुले २ वा ३ वर्ष भन्दा बढी बहाल म्याद भएको राहदानी उपलब्ध गराएमा मात्र विदेश जान भीसा सम्बन्धी प्रक्रिया अघि बढाउने जानकारी दिएकोले नयाँ विद्युतीय राहदानी बनाउनु पर्ने भनी विभागमा आवेदन दिन आउने र नयाँ राहदानी बनाइदिन अनुरोध गर्ने गरेको पाइएको छ ।

राहदानी ऐन, २०७६ को दफा (१२) मा राहदानी बाहकको नाममा जारी भएको राहदानीको बहाल अवधि १ वर्ष भन्दा बढी बाँकी रहेको अवस्थामा राहदानी जारी नगर्ने व्यवस्था रहेको छ ।

राहदानी ऐन अनुसार राहदानीको बहाल अवधि १ वर्षभन्दा बढी बाँकी रहेको अवस्थामा राहदानी नविकरण नहुने तथा नयाँ राहदानीको लागि आवेदन गर्न नसकिने भएकोले राहदानी विभाग, जिल्ला प्रशासन कार्यालयहरु र विदेशस्थित नेपाली नियोगहरुमा आवेदन नलिन विभागले अनुरोध गरेको छ ।

एमआरपीको बहाल अवधि १ वर्षभन्दा कम भएमा मात्र राहदानी नविकरणको लागि विद्युतीय राहदानीमा आवेदन गर्न सकिने विभागले प्रस्ट पारेको छ ।

राहदानीको वहाल म्याद ६ महिना भन्दा बढी भएमा अन्तर्राष्ट्रिय यात्रा गर्न सकिन्छ । राहदानी आफूलाई आवश्यक नहुदाको अवस्थामा बहाल म्याद १ वर्ष भन्दा कम वा बहाल म्याद समाप्त भएपनि तुरुन्त बनाउनु पर्दैन् भने यसरी नबनाउँदा कुनै अतिरिक्त शुल्क लाग्दैन् ।

समाचार

अन्तर्राष्ट्रिय शैक्षिक भुक्तानी अब अनलाइनबाटै गर्न सकिने

एनएमबिले विदेशमा अध्ययनरत तथा विदेशमा अध्ययन गर्न जाने नेपाली विद्यार्थीहरूलाई लक्ष…

जेम्स वेब स्पेस टेलिस्कोपले ब्रह्माण्डको पहिलो रंगीन तस्बिर खिच्न सफल

जेम्स वेब स्पेस टेलिस्कोपको ईमेजले ब्रह्माण्डको सबैभन्दा गहिरो दृश्य खिचेको छ । १४ वर्…

आइएमई जनरल इन्स्यारेन्सको बोर्ड सदस्यमा इन्फोडेभलपर्सका सिइओ उमेश रघुवंशी नियुक्त

आइएमई जनरल इन्स्यारेन्स (आइजिआई) लिमिटेडको बोर्ड सदस्यमा इन्फोडेभलपर्सका सिइओ उमेश र…

नेपालको पहिलो हेल्थ ह्याकाथन ललितपुरमा आयोजना हुँदै, यसरी जनाउनुहोस् सहभागिता

काठमाडौं । स्वास्थ क्षेत्रमा देखिएका विभिन्न अभाव तथा समस्याहरुको डिजिटल समाधान खोज्…

मस्कले अब ट्विटर नकिन्ने, मस्कविरुद्ध अदालत जाँदै ट्विटर

एलन मस्कले ट्वीटरसँगको ४४ बिलियन डलरको सम्झौता तोडेका छन् । यससँगै मस्कले अब ट्वीटर…

प्रभु क्यापिटलको मोबाइल एप सार्वजनिक, डिम्याट, मेरो शेयरदेखि भिडियो केवाईसीसम्मको सुविधा

प्रभु क्यापिटलले प्रभु क्यापिटल मोबाइल एप सार्वजनिक गरेको छ । सबै सेवाहरु एकै प्लेट…

एजुरे डेटाब्रिक्स, रेडिस एण्ड क्याप थियोरमबारे वेबिनार गर्दै टेक वेबिनार नेपाल

टेक वेबिनार नेपालले एजुरे डेटाब्रिक्स, रेडिस एण्ड क्याप थियोरमबारे वेबिनार आयोजना…

साथीमार्टको टिकटक च्यालेन्ज, १ मिनेटको भिडियो बनाएर ५० हजार रुपैयाँ जित्ने मौका

नेपालकै ठूलो रिटेल चेन साथीमार्टले टिकटक च्यालेन्ज ल्याएको छ । ‘साथीमार्ट टिकटक च्य…

आईतबारदेखि एक्सन स्पोर्ट्स च्यानलमा चाईनिज सुपर लिग

आईतबारदेखि नेपाली दर्शकहरुले एक्सन स्पोर्टस् च्यानेलमा चाईनिज सुपर लिग हेर्न पाउने छ…

दराजले आयोजना गरेको ‘दराज समिट’ सम्पन्न

दराजले आफ्नो पहिलो वार्षिक दराज समिट सम्मेलन असार १९ गते याक एण्ड यति होटल काठमाड…

मोबाइल सेवाको गुणस्तर सर्वेक्षण गर्न प्राधिकरणले ल्यायो एकीकृत प्रणाली, कसरी हुने सहभागी ?

मोबाइल सेवाको गुणस्तर मापन गर्न नेपाल दूरसञ्चार प्राधिकरणले इन्टिग्रेटेड प्लेटफर्म सु…

आईटी ओलम्पियाड नेपाल आयोजना हुँदै

आइटी ओलम्पियाड नेपाल र सजिलो पेको  प्रमुख आयोजनामा  दोस्रो आइटी ओलम्पियाड प्रतियोग…

अनलाइनमा गाली बैइज्जती गरे जापानमा अब एक वर्षसम्मको जेल सजाय हुने

जापानको साइबर उत्पीडन कानूनलाई परिमार्जित गरेसँगै अनलाइनमा गालीबैइज्जती गरेमा एक…

अब वेबसाइटबाटै कोरियन भाषा परीक्षाको अभ्यास गर्न सकिने, यस्तो छ तरिका 

कोरियन भाषा पढ्ने विद्यार्थीहरुले अब वेबसाइटबाटै परीक्षाको अभ्यास गर्न सक्ने भएका छन्…

एनसेलको ‘डबल मजा प्याक’, १२५ रूपैयाँ पर्ने डेटा प्याक पुनः खरिद गर्दा दोब्बर डेटा पाइने

एनसेल आजियाटा लिमिटेडले बिहीबार एक नौलो र आकर्षक डेटा अफर ‘डबल मजा प्याक’ ल्याएक…