समाचार
ह्वावे क्लाउडले अपरेटरहरुलाई कनेक्टीभिटीको सुविधा दिने
ह्वावे क्यारियर बिजी मार्केटिङ र सोलुसन सेल्स विभागका अध्यक्ष पेंग सोंगले आज वीन–वीन·ह्वावे इनोभेसन वीकको समयमा क्यारियर क्लाउड ट्रान्सफर्मेसन समिटमा अपरेटर क्लाउड रूपान्तरणको लागि कम्पनीको नयाँ योजनाहरूको बारेमा कुरा बताएका छन् ।
उनले नेटवर्क भ्यालु वृद्धि गर्न, सेवा इनोभेसनलाई गति दिन र कनेक्टिभिटीका फाइदाहरू प्राप्त गर्न टेलिकम सञ्चालनलाई अप्टिमाइज गर्न मद्दत गरेर यी परिवर्तनहरूलाई समर्थन गर्न ह्वावे उत्साहित भएको पनि बताए ।
क्लाउड औद्योगिक डिजिटल रूपान्तरणको एक महत्वपूर्ण भाग बनिरहेको छ र यसको व्यक्तिगत उद्योगको आर्थिक संरचना र बजार परिदृश्य पुनः आकार दिने क्षमताको कारण अब एक प्रमुख आर्थिक कारक पनि मानिन्छ ।
दूरसञ्चार उद्योगले आफ्नो क्लाउड रूपान्तरणको महत्वपूर्ण चरणमा प्रवेश गरिसकेको छ, जसले परिणाम स्वरुप धेरै नयाँ अवसर र चुनौतीहरू ल्याएका छन् । १५ प्रतिशत अपरेटरहरूले २०२३ को अन्त्यसम्ममा व्यापक क्लाउड रणनीति विकास र पूर्ण रूपमा लागू गर्ने अपेक्षा गरिएको छ जसको परिणाम स्वरूप दूरसञ्चार क्लाउड सयौं बिलियन डलरको बजार हुनेछ ।
यस विस्तारलाई समर्थन गर्न र यी प्रविधिहरूले सिर्जना गरिरहेका नयाँ बजारहरूको फाइदा लिन अपरेटरहरूले थप कुशल र चुस्त आईसिटी पूर्वाधार निर्माणलाई प्राथमिकता दिनुपर्छ ।
अपरेटरहरूको क्लाउड रूपान्तरण संचार प्रविधिमा आधारित हुनु पर्छ र अपरेटरहरूले दूरसञ्चार उद्योगको अद्वितीय शक्ति र क्लाउड रूपान्तरणको फाइदा लिँदै आफ्नो नेटवर्क र सेवाहरूको भ्यालु बढाउनु पर्छ भन्ने कुरामा पेंगको विश्वास रहेको छ ।
अवसरहरू सदुपयोग गर्न सञ्चालकहरूले ध्यान केन्द्रित गर्नुपर्ने निम्न तीन क्षेत्रहरू रहेको कुरामा उनले जोड दिए ।
पहिलो, नेटवर्क भ्यालुको सन्दर्भमा अपरेटरहरूले क्लाउडसँग नेटवर्क सीमाहरू विस्तार गर्न र बिटूबी बजारमा नेटवर्क भ्यालु सुधार गर्न उनको जोड छ । ताकि यी प्रगतिहरूले थप ग्राहकहरूलाई फाइदा पुर्याओस् । नेटवर्क भनेको अपरेटरहरूको मूल सम्पत्ति हुन् र अपरेटरहरूले यसको फाइदा लिन सक्छन् र क्लाउड रूपान्तरणलाई समन्वयात्मक रूपमा अगाडि बढाउन सक्छन् ।
चीनमा ह्वावेले नेटवर्क र एज क्लाउड क्षमताहरू प्रदान गर्दछ जसले अपरेटरहरूलाई आफ्ना इन्टरप्राइज ग्राहकहरूलाई उच्च उत्पादकताका लागि सोलुसनहरू प्रदान गर्न सक्षम बनाउँछ, उनीहरूको बजारलाई २५ प्रतिशतले विस्तार गर्दछ ।
दोस्रो, डिजिटल इनोभेसनको सन्दर्भमा, अपरेटरहरूले डिजिटल सेवा इनोभेसनको लागि क्लाउड प्लेटफर्महरू निर्माण गर्न आवश्यक छ, जुन उनीहरूले नयाँ सेवाहरू अझ छिटो सुरु गर्न प्रयोग गर्न सक्छन् । टेलिकम सेवा र डिजिटल सेवाहरूलाई जोड्ने कोल्याबोरेटिभ क्लाउड प्लेटफर्महरूले इनोभेसनलाई थप गति दिन्छ र आफ्नो ग्राहक अधिग्रहण क्षमताहरूमा सुधार गर्दछ ।
युरोपमा ह्वावेले पहिले नै अपरेटरहरूलाई विकास वातावरण, परीक्षण वातावरण र सयौं सेवाहरू ह्वावे क्लाउड प्लेटफर्ममा माइग्रेट गर्न सहयोग गरिसकेको छ ।
यसले केही अपरेटरहरूलाई अजाइल विकास प्लेटफर्म र टेलिकम क्षमताहरू प्रयोग गरेर नयाँ सेवाहरूको लागि बजार समय ७५ प्रतिशतले कम गर्न मद्दत गरेको छ ।
तेस्रो, दूरसंचार सञ्चालनको सन्दर्भमा अपरेटरहरूले आफ्नो प्राथमिक व्यवसायको दिगो विकासलाई समर्थन गर्न टेलिकम उद्योगका लागि विशेष रूपमा डिजाइन गरिएको पूर्व–एकीकृत क्लाउड सोलुसनहरू प्रयोग गर्न आवश्यक छ ।
टेलिकम क्लाउड रूपान्तरणको लागि क्लाउड प्लेटफर्महरू आवश्यक पर्दछ जसमा अड्याप्टिभ टेलिकम सेवा आर्किटेक्चरहरूको डेटा सुरक्षा र व्यवस्थापन आवश्यकताहरू पूरा गर्न सक्षम डिस्ट्रिब्यूटेड आर्किटेक्चर छ । क्लाउड रूपान्तरणको रास्नल टाईम लाईन सेवाहरू क्लाउडमा मजबुत रूपमा माइग्रेट भएको सुनिश्चित गर्न पनि आवश्यक छ ।
एशियामा ह्वावेले विभिन्न प्रकारका अपरेटर सेवा र सुविधाहरू ह्यान्डल गर्न वितरित क्लाउडहरू प्रयोग गरेको छ र फाइभ जी प्याकेजको मार्केटिङ सफलता दरलाई १८० प्रतिशतले सुधार गर्दै विभिन्न सेवाहरूको लागि कोरिलेटेड डेटा एनालाइसिस सञ्चालन गर्न ह्वावेको डिस्ट्रिब्युटेड डेटा लेक प्रयोग गरेको छ ।
पेंगले आफ्नो मन्तव्यमा क्लाउड रूपान्तरणमा सफल हुन र ग्राहकहरूलाई गुणस्तरीय सेवाहरू उपलब्ध गराउनका लागि अपरेटरहरूले दूरसञ्चार उद्योगलाई गहिरिएर बुझ्ने र दूरसञ्चारको शक्तिको प्रयोग गर्न जान्नेहरूसँग रणनीतिक साझेदारी स्थापना गर्नु महत्त्वपूर्ण भन्दै समिटको अन्त्य गरे ।
२०२१ को अन्त्य सम्म ह्वावेले क्लाउड सेवाहरूमा विश्वव्यापी रूपमा १२० भन्दा बढी अपरेटरहरूसँग व्यापक रूपमा काम गरेको थियो । ह्वावेले आईसिटीमा थप लगानी गर्न र अपरेटरहरूको क्लाउड रूपान्तरणलाई गति दिन र कनेक्टिभिटीका फाइदाहरू उपलब्ध गराउन विश्वव्यापी रूपमा आफ्नो स्थानीयकृत सेवा क्षमताहरू प्रयोग गर्न प्रतिबद्ध रहेको छ ।
वीन–वीन·ह्वावे इनोभेसन वीक जुलाई १८ देखि जुलाई २१ सम्म शेन्जेन, चीनमा आयोजना गरिएको थियो । ग्लोबल अपरेटर, उद्योग व्यवसायी र ओपिनियन लिडरहरूसँग मिलेर हामी डिजिटल अर्थतन्त्रमा साझा सफलताको कल्पना गर्न ५.५ जी, ग्रीन विकास र डिजिटल रूपान्तरण जस्ता विषयहरूमा गहिरिएर जाने छौं । थप जानकारीका लागि कृपया यहाँ क्लिक गर्नुहोस् ।
समाचार
ई-पासपोर्टका लागि दिएको आवेदन स्वीकृत भए नभएको जानकारी अब मोबाइल एपबाटै
अब मोबाइल एपबाटै ई-पासपोर्ट अर्थात विद्युतीय राहदानीका लागि दिएको आवेदन स्वीकृत भ…
क्लासिक टेकमा थप ३०० फाइबर प्राविधिक कर्मचारी नियुक्त
इन्टरनेट सेवा प्रदायक कम्पनी क्लासिक टेकले देशभरि थप ३०० नयाँ प्राविधिक कर्मचारी …
सूचना प्रविधि बारे पाँच दिने वर्कशप तथा सम्मेलन सम्पन्न
साउथ एसियन नेटवर्क अपरेटर ग्रुप (सानोग ) तथा नेपाल नेटवर्क अपरेटर्स ग्रुप एन्पिनोगक…
सातौं आइसिटी अवार्डमा अनलाइनबाटै यसरी दिनुहोस् आवेदन
सातौं आइसिटी अवार्डको अनलाइन नोमिनेशन खुला भइसकेको छ । असार १७ गतेदेखि सुरू भए…
मेगा बैंकको ‘एक से एक बचत खाता’, मोबाइल बैंकिङदेखि एटीएम कार्डसम्म निःशुल्क
मेगा बैंक नेपालले ‘एक–से–एक बचत खाता’ नामक नयाँ आकर्षक बचत खाता योजना ल्याएको छ…
जनकपुरमा लेभ्लिङको २५ औँ शोरूम
धनुषाको जनकपुरमा लेभ्लिङको २५ औँ शोरुम सञ्चालनमा आएको छ । बज्र ग्रुप अन्तर्गतको इभ…
विदेशी डिजिटल कार्डबाट अब नेपाली डिजिटल कार्डमा रेमिट्यान्स पठाउन सकिने
काठमाडौं । नेपाल राष्ट्र बैंकले विदेशबाट स्वदेशमा ‘कार्ड टु कार्ड’ रेमिट्यान्स पठाउन…
डिजिटल वित्तीय साक्षरतासहितको वित्तिय साक्षरता रूपरेखा तयार गरिने
नेपाल राष्ट्र बैंकले डिजिटल वित्तिय साक्षरतासहितको वित्तिय साक्षरता रूपरेखा २०७९ तय…
भुक्तानी प्रदायकका लागि साइबर तथा सूचना प्रविधि सम्बन्धि मार्गदर्शन जारी गरिने
नेपाल राष्ट्र बैंकले भुक्तानी सम्बन्धि काम गर्न अनुमति पाएका संस्थाका लागि साइबर तथा…
सूचना प्रविधि पार्क निर्माण गर्नेसँग अब बढीमा २ प्रतिशत प्रिमियम थप गरी ब्याज लिन पाइने
नेपाल राष्ट्र बैंकले सूचना प्रविधि पार्क निर्माण गर्नेसँग अब अधिकतम २ प्रतिशत प्रिमिय…
चालु आर्थिक वर्षलाई विद्युतीय भुक्तानी कारोबार प्रवर्द्धन वर्षको रूपमा मनाइने
नेपाल राष्ट्र बैंकले आर्थिक वर्ष २०७९/८० लाई विद्युतीय भुक्तानी कारोबार प्रवर्द्धन वर्ष…
राष्ट्र बैंकले सूचना प्रविधि सेवा निर्यात गरी विदेशी मुद्रा भित्र्याउन प्रोत्साहन गर्ने
नेपाल राष्ट्र बैंकले सूचना प्रविधि सेवा निर्यात गरी विदेशी मुद्रा भित्र्याउने कार्यला…
साउन २० गतेदेखि केयु ह्याक फेष्ट, कुल पुरस्कार राशि २ करोड
साउन २० गतेदेखि २२ गतेसम्म केयु ह्याक फेष्ट २०२२ आयोजना हुने भएको छ । काठमाडौं व…
ब्रोडब्याण्ड इन्टरनेटको शुल्क घटाउन प्राधिकरणले विभिन्न तरिका खोजिरहेको छः अध्यक्ष खनाल
नेपाल दूरसञ्चार प्राधिकरणका अध्यक्ष पुरूषोत्तम खनालले इन्टरनेटको शुल्क घटाउन काम गरि…