समाचार
आविष्कार केन्द्रमा बनेको बेबी वार्मरले अमेरिकामा जित्यो पिपुल्स च्वाइस अवार्ड
राष्ट्रिय आविष्कार केन्द्रमा बनेको बायो मेडिकल उपकरणले अमेरिकामा पिपुल्स च्वाइस अवार्ड जितेको छ । केन्द्रमा बनेको ‘न्यानो नानी’ नाम दिइएको बेबी वार्मरले पिपुल्स च्वाइस पुरस्कार जितेको हो ।
गत बर्षदेखि अमेरिकाको नर्थइस्ट ओहियो मेडिकल युनिभर्सिटीसँग राष्ट्रिय आविष्कार केन्द्रले बायो-मेडिकल बिषयमा सहकार्य गरिरहेको छ । उक्त विश्वविद्यालयले बायो-मेडिकल उपकरणहरुको ईनोभेसन सम्बन्धि एउटा प्रदर्शनी राखेको थियो र आविष्कार केन्द्रलाई पनि निमन्त्रणा गरेको थियो ।
त्यसको लागि आविष्कार केन्द्रमा बनेको न्यानो नानी कोर्गोद्वारा प्रर्दशनीका लागि पठाईएको थियो । सो प्रदर्शनीमा भाग लिन र प्रदर्शनी पछि एक महिने तालिम पनि दिन भनेर विश्वविद्यालयले केन्द्रका तीन जना ईन्जिनियरलाई निमन्त्रणा गरेको थियो ।
तर विश्वविद्यालयले निम्ता गरेको भएपनि नेपालमा रहेको अमेरिकी दुताबासले उनीहरुलाई भिसा दिएन र उनीहरू उक्त प्रदर्शनीमा भाग लिन पाएनन् । अनततः ३ जना इन्जिनियरहरुले जुमबाटै भाग लिन बाध्य भएका थिए ।
सो प्रदर्शनीमा आविष्कार केन्द्रका संस्थापक महावीर पुन पनि पुगेका थिए । बेबी वार्मर बारे सो विश्वविद्यालयका विद्यार्थीहरुले अवलोकनकर्तालाई उपकरणको बारेमा बनाइएको पर्चाहरु बाँड्न मदत गरेको पुनले जानकारी दिए ।
समाचार
पोष्टपेड ग्राहकलाई धरौटी रकम फिर्ता गर्दै नेपाल टेलिकम
नेपाल टेलिकमले पोष्टपेड ग्राहकलाई धरौटी रकम फिर्ता गर्ने भएको छ । टेलिकमले पोष्टपे…
अनलाइनबाटै मतदाता नामावली फाराम भर्न सकिने सेवा थप पाँच जिल्लामा विस्तार
साउन ४ गतेदेखि काभ्रेप्लाञ्चोक, चितवन, कास्की, मोरङ र झापा जिल्लामा समेत अनलाइनमार्…
लेभ्लिङ इलेक्ट्रिक स्कुटरको नयाँ शोरुम जनकपुरमा
लेभ्लिङ इलेक्ट्रिक स्कुटरको नयाँ शोरुम जनकपुरमा खुल्ने भएको छ । जनकपुर उपमहानगरपाल…
डिशहोमको १ वर्षको रिचार्ज गर्ने रमेश पन्तले जिते एक लाख
डिशहोमको १ वर्षको रिचार्ज गर्ने शुक्लाफाँटा नगरपालिका १ का निवासी रमेश पन्तले एक …
रिब्राण्डिङ हुँदै भोजमाण्डू
अनलाइन फुड डेलिभरी कम्पनी भोजमाण्डूले आफुलाई रिब्राण्डिङ गर्ने भएको छ । रिब्रान्डिङ …
सीसीटीभी फुटेज रिकभर गर्ने जिम्मा नेपाल प्रहरीलाई
पूर्वअर्थमन्त्री जनार्दन शर्मामाथि छानबिन गर्न बनेको संसदीय छानबिन विशेष समितिले अर्थ…
उपनिर्देशक बासुकला ‘आउटस्ट्याण्डिङ युथ प्रोफेसनल अवार्ड’ बाट सम्मानित
काठमाडौं । नेपाल दूरसञ्चार प्राधिकरणकी उपनिर्देशिक ईन्जिनियर रोजाकिरण बासुकला ‘आउ…
६८ जिबी एसएसडीमा ब्रह्माण्डको फोटो खिच्दै जेम्स वेब स्पेस टेलिस्कोप
जेम्स वेब स्पेस टेलिस्कोपले ब्रह्माण्डको फोटोहरु ६८ जिबी एसएसडीमा खिचेर राखिरहेको छ…
अब १ वर्षको रिचार्ज गर्दा २४ महिना डिसहोम हेर्न पाइने
अब १ वर्षको रिचार्ज गर्दा २४ महिना डिसहोम हेर्न पाइने भएको छ । यो योजना अन्तर्गत डिसहोम डिटिएचका ग्राहकहरुले नजिकैक…
स्याङ्जाको गल्याङमा टेलिकमको उच्च गतिको एफटीटीएच सेवा सुरु
काठमाडौं । नेपाल टेलिकमले स्याङ्जा जिल्ला पर्यटकीय सहर मिर्मिमा आजदेखि अप्टिकल फाइब…
‘खल्ती’बाट लक्ष्मी लघुवित्तको किस्ता भुक्तानी गर्दा ५ प्रतिशत सम्म क्यासब्याक
खल्ती एपमार्फत लक्ष्मी लघुवित्त वित्तीय संस्थाको मासिक किस्ता अर्थात् ईएमआई भु…
नमस्ते पेबाटै अब आन्तरिकतर्फको फ्लाइट टिकट काट्न सकिने
नमस्ते पे वालेटबाट अब आन्तरिक तर्फको फ्लाइट टिकट काट्न सकिने भएको छ । यो सेवा हालल…
सूचना प्रविधि सम्बन्धि पाँच दिने अन्तर्राष्ट्रिय वर्कशप तथा सम्मेलन सुरू
काठमाडौंको होटल म्यारियटमा सूचना प्रविधि सम्बन्धि अन्तर्राष्ट्रिय कार्यशाला तथा सम्मेलन…