कीवर्डहरू -

समाचार

वर्ल्डलिंकले भित्र्यायो ६०० एमबीपीएस गतिको इन्टरनेट, अब कम्तिमा पनि १५० एमबीपीएस स्पिड हुने

नेपालको सबैभन्दा ठूलो ईन्टरनेट सेवा प्रदायक वल्र्डलिंकले नेपालमै पहिलो पटक ६ सय एमबीपीएस गतिको ईन्टरनेट भित्र्याएको छ ।

उपभोक्तालाई सुपथ मूल्यमा उच्च गतिको ईन्टरनेट सेवा दिने उद्देश्यसहित यो प्याकेज ल्याइएको वल्र्डलिंकले जनाएको छ । यसमा नोकिया बेकन ३.० राउटर प्रयोग हुने छ ।

योसँगै यो सँगै वल्र्डलिंकको ईन्टरनेटको स्पिड अब कम्तिमा पनि १५० एमबीपीएस गतिको हुने कम्पनीले घोषणा गरेको छ । उपभोक्ताले पहिलाको भन्दा पनि सस्तो मूल्यमा कम्तिमा पनि १५० एमबीपीएस गतिको ईन्टरनेटको अनुभव गर्न पाउँने छन् ।

घरायसी उपभोक्ताले अब वार्षिक १४ हजार ४ सय रुपैयाँ अर्थात् मासिक एक हजार दुई सय रुपैयाँमै १५० एमबीपीएस गतिको ईन्टरनेट उपभोग गर्न पाउने छन् ।

१५० एमबीपीएस सहित २२५ एमबीपीएस र ३ सय एमबीपीएस गतिको ईन्टरनेट पनि पहिलाको भन्दा कम मूल्यमा उपभोग गर्न पाइने कम्पनीले जनाएको छ ।

‘वर्ल्डलिंक सधैं उपभोक्तालाई सस्तो मूल्यमा गुणस्तरीय ईन्टरनेट सेवा दिन तल्लिन छ । नेपालको ईन्टरनेट स्पिडलाई विश्वमै प्रतिस्पर्धी योजना बनाउने अनुरुप हामीले नयाँ योजना सार्वजनिक गरेका हौं,’ वर्ल्डलिंकका निर्देशक मनोज अग्रवालले भने ।

विभिन्न तथ्यांकले देखाए अनुसार विश्वमा औसत ईन्टरनेटको स्पिड ८० एमबीपीएस हारारारीमा छ भने नेपालमा ईन्टरनेटको औसत स्पिड २२ एमबीपीएस छ ।

साढे पाँच लाख परिवारलाई ईन्टरनेटसँग जोडेको वल्र्डलिंकले नयाँ योजना सार्वजनिक गरेसँगै नेपालको औसत स्पिड कम्तिमा पनि ८० एमबीपीएस पुग्ने अपेक्षा छ ।

काठमाडौंमा बुधबार आयोजित एक कार्यक्रमका बीच वल्र्डलिंकले आफ्नो नयाँ योजना सार्वजनिक गरेको छ । उच्च गतिको ईन्टरनेट स्पिडले उपभोक्तालाई घरमै बसेर कार्यालयको काम गर्न, भिडियो हेर्न, अनलाइन कक्षामा संलग्न हुनका साथै विभिन्न गेम खेल्नको लागि निकै सहज हुने वल्र्डलिंकको अपेक्षा छ ।

वल्र्डलिंकका हालका प्रयोगकर्ताहरुले नयाँ योजनामा सहजै सहभागी हुन सक्ने छन् । यसको लागि डुअल व्याण्ड भएको राउटर मात्रै आवश्यक पर्नेछ ।

यो योजनाले ईन्टरनेट सेवाग्राहीको वाई-फाई कभरेज, स्पिड कम हुने समस्या समाधान गर्ने वल्र्डलिंकको विश्वास छ । उपभोक्तालाई गुणस्तरीय सेवाको प्रत्याभूति गर्न वल्र्डलिंकले मर्मत सेवालाई प्रभावकारी बनाउँदै लगेको छ ।

समाचार

डिसेम्बर १५ देखि भिभोको सेल्स कार्निभल, स्मार्टफोन खरिदमा आर्कषक उपहार

आफ्नो चौथौं वार्षिकोत्सवको अवसरमा भीभोले डिसेम्बर १५ तारीख देखि २२ दिन अर्थात् ५ जन…

अनलाइनबाटै अब भन्सारको भुक्तानी

अबदेखि अनलाइनबाटै भन्सारको राजस्व भुक्तानी गर्न सकिने भएको छ । भन्सार विभागले बिही…

चौथौं नेपाल युवा विज्ञान सम्मेलन पुस ३ गतेबाट 

ब्रेनिक्युब रिसर्च अर्गनाइजेशनले सनवे इन्टरनेशनल बिजनेस स्कुलको सहकार्यमा चौथौं नेपा…

नेपाल टेलिकमको ब्राण्ड एम्बेसडरमा महजोडी नियुक्त

मुलुकको हास्यव्यंग्य तथा कलाकारिताको क्षेत्रमा चार दशकभन्दा लामो अवधिदेखि विशिष्ट पह…

अन्तरिक्ष यात्रीहरुको दृष्टि जोगाउन नासाले निर्माण गर्‍यो ‘स्लिपिङ ब्याग’

बैंक अफ काठमाण्डू लिमिटेडको डेबिट तथा क्रेडिट कार्ड बाहकहरुले सस्तो डिलको सुपर डे…

कोड फर नेपालले चारसयलाई  डेटा फेलोशिप दिने, यसरी दिनुहोस् अनलाइन आवेदन

‘कोड फर नेपाल’ ले डेटा सम्बन्धि सीप विकास गर्न डेटा फेलोशिप संचालन गर्ने भएको छ ।…

क्लासिक टेकको ब्राण्ड एम्बेस्डरमा बिपिन कार्की  नियुक्त

नेपालको अग्रणी र ठूलो नेटवर्क सेवा प्रदायक कम्पनी क्लासिक टेकले नयाँ ब्राण्ड एम्बेस्डर…

डिजिटल कारोबारका लागि लुम्बिनी विकास बैंक र नेपाल पेमेन्ट सोलुसन्स् बिच सहकार्य

लुम्बिनी विकास बैंक लिमिटेडले डिजिटल कारोबारलाई थप स्तरीय बनाउन नेपाल पेमेन्ट सो…

एसएमएस गरेर गंगा प्रसादले जिते बजाज पल्सर बाइक

टिडीओ नेपालले मङ्सिर २३  गते काठमाडौंमा एक समारोह आयोजना गरी ‘एसएमएस गरौं बाइक…

नेपालमै पहिलो पटक आरआई ह्याकथन आयोजना हुँदै, विजेतालाई एकलाख पुरस्कार

रेनिगेडले पहिलो आरआई ह्याकथन आयोजना गर्ने भएको छ । यो आरआई ह्याकथन १७ देखि १९ डि…

एनएमबिको भिडियो केवाईसी मार्फत खाता खोलेर पहिलो कारोबार गर्दा २५ सय सम्म छुट

एनएमबि बैंकले भिडियो कलबाटै अनलाइन नयाँ खाता खोल्न डिजिटल सेवा प्रयोग गरेर आफ्नो…

सञ्चार तथा सूचना प्रविधि मन्त्रालय र अन्तर्गतका विभागमा एकीकृत कार्यालय व्यवस्थापन प्रणाली शुरू

सञ्चार तथा सूचना प्रविधि मन्त्रालय र अन्तर्गतका विभागमा एकीकृत कार्यालय व्यवस्थापन प्रण…

नागरिक एपबाट एक हजारले खोले नेपाल बैंकमा खाता 

नागरिक एपबाट नेपाल बैंकमा १ हजार जनाले निक्षेप खाता खोलेका छन् । गत बैशाखमा नाग…

चाईनिज सुपर लिग फुटबल एक्सन स्पोर्ट्स एचडीमा प्रशारण हुँदै

चाइनिज सुपर लिग फुटबलको प्लेअफदेखिका खेलहरुको नेपालमा प्रत्यक्ष प्रशारणको अधिकार ए…