कीवर्डहरू -

समाचार

अपाङ्गता दिवसमा सफ्टवेरिका कलेजका विद्यार्थीले सार्वजनिक गरे फोर ह्विलर मोबिलिटी ह्विलचेयर

अपाङ्गता दिवसको अवसरमा सफ्टवेरिका कलेजका विद्यार्थीको टोलीले असक्त व्यक्तिहरूको यात्रालाई ध्यानमा राख्दै फोर ह्विलर मोबिलिटी ह्विलचेयर बनाएर सार्वजनिक गरेका छन् ।

विद्युतबाट चल्ने व्हीलचेयर एउटा गाडीमा हुने जस्तै सम्पुर्ण सुविधा रहेका छन् । विद्युतिय माध्यमबाट चल्ने यो गाडी फुल चार्जमा ३५ देखि ४० किलोमिटर सम्म गुड्नसक्छ ।

त्यस्तै ४८ भोल्ट ब्याट्री भएको यो गाडी १७ किलोमिटर प्रति घण्टाको हिसाबले गुड्छ । ह्विललचेयर कच्चीबाटोमा समेत चलाउन सकिने बताइएको छ ।

व्हीलचेयरको  राष्ट्रिय आविष्कार केन्द्रसँगको समन्वयमा निर्माण गरिएको र सोको भविष्यमा बजारिकरण आविष्कार केन्द्रले गर्ने  कलेजका अध्यक्ष बिज्ञान श्रेष्ठले बताए । ह्विललचेयरको पेटेन्ट राइट राष्ट्रिय आविष्कार केन्द्र र कलेजको संयुक्त रहने बताइएको छ ।

प्रयोगकर्ताले यो गाडी सहजै चलाउन सक्ने गरी यसको डिजाइन गरिएको छ । यस्तै यो गाडीलाई इन्टरनेटको सहायतामा मोबाइल एप्लिकेसनबाट पनि चलाउन सकिन्छ ।

सफ्टवेरिका कलेजका विद्यार्थी निराजन गौतम, गणेश अर्याल, आयुष काजी डङ्गोल, बिपस छन्त्याल, अल्बर्ट महर्जन, राज श्रेष्ठ र अनिस श्रेष्ठको टिमले ह्विलचेयर बनाएका हुन् ।

विद्यार्थ निराजन गौतमका अनुसार प्रयोगकर्ताले मोबाइल एपको प्रयोग गरेर गाडी चलाउने लगायत लोकेसन पत्ता लगाउने जस्ता फङसनमा काम गर्न सक्छन् ।

त्यस्तै यदि प्रयोगकर्ता कतै हराए वा उनको गाडी कतै गएर रोकियो भने सो एपले इमर्जेन्सीमा भउको नम्बरमा स्वत: प्रयोगकर्ताको लोकेसन पठाउँछ ।

इन्टरनेट नभएको अवस्थामा भने गाडीमा नै भएको इमर्जेन्सी बटनमा क्लिक गरेपछि प्रयोगकर्ताको लोकेसन म्यासेज स्वत: इमर्जेन्सी कन्ट्याक्टमा राखिएको नम्बरमा जान्छ र सो म्यासेजमा क्लिक गर्ने बित्तिकै प्रयोगकर्ताको लोकेसन सो मोबाइलमा खुल्नेछ ।

असक्त व्यक्तिहरूको यात्रालाई ध्यानमा राख्दै उनीहरू स्वतन्त्र रुपले हिँडडुल गर्न पाउन भन्ने उद्देश्य सहित यो गाडीको निर्माण गरिएको गौतमले बताए ।

यस गाडीले असक्त व्यक्तिहरूलाई हिँडडुल गर्न सहजता सँगै उनीहरूको यात्राको सुरक्षा पनि प्रत्याभुत गराएको उनको भनाई रहेको छ ।

बेलयातको कोभेन्ट्री विश्व विद्यायलको आइटी पाठ्यक्रम अध्यापन गराइरहेको काठमाडौको सफ्ट्वेरिका कलजे अफ आइटी एन्ड ईकमर्सले बिआइटी अध्ययन गर्ने विद्यार्थीका लागि गत बर्ष इनोभेसन हब तयार गरेको थियो। विद्यार्थीले सोही इनोभेसन हवमा फोर ह्विलर मोबिलिटी व्हीलचेयर बनाएका हुन् ।

'नेपाल आईओटी च्यालेन्ज' सुरु, प्रवेश नि:शुल्क

१२ कक्षाको परिक्षा दिएर बसेका विद्यार्थीहरूलाई लक्षित गर्दै सफ्टवेरिका कलेजले कोभेन्ट्री विश्वविद्यालयको सहकार्यमा आयोजना गरेको 'नेपाल आईओटी च्यालेन्ज' अन्तर्गत मङ्सिर १६, १७ र १८ गते प्रदर्शनी आयोजना गरिएको छ ।

प्रदर्शनीमा विद्यार्थीहरुले बनाएका ड्रोन, स्मार्ट होम, विद्युतिय सवारी, अटोनोमस सवारी, ट्राफिक म्यानेजमेन्ट सिस्टम, स्मार्ट एग्रिकल्चर, स्मार्ट पार्किङ, फ्लड डिटेक्सन, स्मार्ट सेक्युरिटी, फायर कन्ट्रोल रोबोट राखिएका छन् । नि:शुल्क प्रवेश रहेको प्रदर्शनी सफ्ट्वेरिका कलेजको प्राङ्गण डिल्लीबजारमा हुने कलेज प्रमुख प्रमोद पौडेलले बताए ।

विद्यार्थीहरूले आफूसँग भएको प्रतिभा देखाउन सक्ने यो प्रतियोगितामा पाँच जना सदस्यको समूह बनाएर सहभागी भएका छन् । दर्ता भएका समूहहरुलाई कलेजले गरेको १० दिने निशुल्क बुटक्याम्पमा आइओटी प्रशिक्षण दिएको थियो ।

प्रशिक्षण सकिएपछि विद्यार्थी समूहले बनाएको आईओटी प्रोजेक्टको प्रदर्शनी आयोजना गरिएको हो । यसरी प्रदर्शनीमा राखिएका प्रोजेक्टहरू मध्ये अवलोकनकर्ताको भोटको आधारमा तीन उत्कृष्टलाई नगद पुरस्कार दिइने पौडेलले बताए ।

पहिलो हुनेले ५०,००० रुपैयाँ नगद पुरस्कार प्राप्त गर्नेछन् । त्यस्तै दोस्रो र तेस्रो हुनेले क्रमश: ३०,००० र २०,००० रुपैयाँ प्राप्त गर्नेछन् ।

समाचार

ब्रिटिस कलेजमा अब ब्याचलर्समा साइबर सेक्युरिटी एण्ड डिजिटल फरेन्सीक कोर्ष पढाइ हुने

द ब्रिटिस कलेजले बीएससी (अनर्स) साइबर सेक्युरिटी एण्ड डिजिटल फरेन्सीक कोर्ष सार्वजनि…

क्वालकमले ल्यापटपका लागि बनायो पाँच न्यानोमिटरको आर्म प्रोसेसर

क्वालकमले विन्डोज ल्यापटपका लागि पाँच न्यानोमिटरको आर्म चिपसेटको निर्माण गरेको छ । …

सञ्चालनमा आएको २ महिनामै हाम्रो पात्रो रेमिटबाट १ करोड रेमिट्यान्स नेपाल आयो

हाम्रो पात्रोले रेमिट्यान्स सेवा शुरू गरेको २ महिनामै १ करोड रूपैयाँ नेपाल पठाएको…

मंसिर १६ गतेदेखि सफ्टवेरिका कलेजको आईओटी च्यालेञ्ज, प्रवेश नि:शुल्क 

१२ कक्षाको परीक्षा दिएर बसेका विद्यार्थीहरूलाई लक्षित गर्दै सफ्टवेरिका कलेजले कोभेन्ट्…

लक्ष्मी बैंकको ‘डिजिटल डिसेम्बर’ योजना, क्युआर भुक्तानीमा क्यासब्याक र नगद पुरस्कार

लक्ष्मी बैंकले वार्षिक योजना ‘डिजिटल डिसेम्बर’ को तेस्रो संस्क…

ला लिगा अब ५० रुपैयाँमा हेर्न पाइने

विश्वकै चर्चित लिग स्पेनिस ला लिगा फुटबल अब ५० रुपैयाँमा प्रतक्ष हेर्न पाइने भएको छ…

अब डिजिटल प्रविधिबाटै लेखा परीक्षण

महालेखा परीक्षकको कार्यालयले सूचना प्रविधिको माध्यमबाट लेखापरीक्षण गर्ने प्रणाली कार्…

ओपोको आगामी फ्ल्यागशिप स्मार्टफोनमा स्न्यापड्रागन ८ जेन १ प्रोसेसर प्रयोग गरिने

स्न्यापड्रागन ८ जेन १ प्रोसेसर प्रयोग गरिएको आफ्नो आगामी फ्ल्यागशिप स्मार्टफोन सन् २०२२ …

नेपालमै मोबाइल उत्पादन गर्न व्यवसायीलाई अर्थमन्त्री जनार्दन शर्माको आग्रह

अर्थमन्त्री जनार्दन शर्माले नेपालमै मोबाइल उत्पादन गर्न व्यवसायीलाई आग्रह गरेका छन् । ब…

जैविक रोबोटले आफै पुनः उत्पादन गर्दै

कोशाणुमा आधारित जैविक रोबोटले आफै पुनः उत्पादन गर्न सकिरहेको पाइएको छ । अब धेरै रोबोटहरु बनाउन चाँडैनै सजिलो ह…

विश्वमा पहिलो थ्रीडीद्वारा प्रिन्ट गरिएको प्रोस्थेटिक आँखा एक विरामीलाई

विश्वमा पहिलो चोटि एक विरामीले थ्रीडीद्वारा प्रिन्ट गरिएको प्रोस्थेटिक आँखा लगाएका छन् । स्टीभ भर्ज नामक विरामीले फ्राउ…

पुस्तक प्रेमीको लागि ‘इन्फी किताब कार्निभल’, ८० प्रतिशत सम्म छुट

विश्वमा सबैभन्दा धेरै समय पढ्ने मानिसहरूको रुपमा चिनिने छिमेकी राष्ट्र भारतका जनता…

नेपाली काँग्रेस १४औँ महाधिवेशनः प्रविधिको प्रयोगलाई उच्च प्राथमिकतामा राखिने

‘उत्साह, एकता र रूपान्तरण; सफल बनाऔँ १४औँ महाधिवेशन’ को नाराका साथ नेपाली काँग्र…

सामाजिक सञ्जालमा ट्रोल गर्नेको पहिचान खुलाउन कानून ल्याउने तयारीमा अष्ट्रेलिया

अष्ट्रेलियाले सामाजिक सञ्जालमा ट्रोल गर्नेको पहिचान खुलाउन कानून ल्याउने तयारी गरेक…

आइसिटी अवार्डका उत्कृष्ट ५ प्रतिस्पर्धीको ‘स्टोरी शेयरिङ सेसन’ बुधबार, यसरी हुनुहोस् सहभागी

बुधबार आइसिटी अवार्ड २०२१ का उत्कृष्ट ५ स्टार्टअप, प्रडक्ट र राइजिङ स्टार इन्नोभेसनहरू…