समाचार
ग्यापुको ‘ग्यापुभर्सरी अनलाइन मेला’, १६ घण्टामा करिब ३ करोड बराबरको सामान बिक्री
ई-कमर्स कम्पनी ग्यापुले १६ घण्टामा करिब ३ करोड बराबरको सामान बिक्री गरेको छ । ग्यापुले आफ्नो दोस्रो वार्षिकोत्सवको अवरमा ल्याएको ‘ग्यापुभर्सरी अनलाइन मेला’मा १६ घण्टामा करिब ३ करोड बराबरको सामान बिक्री भएको हो ।
दोस्रो वार्षिकोत्सवको अवसरमा ग्यापुले सामान खरिदमा ८० प्रतिशतसम्म छुट दिएको छ । यो छुट चैत २५ देखि वैशाख २ सम्म चल्ने छ ।
मेलामा ग्राहकले पाँच हजार वटा भन्दा बढी किसिमका दैनिक उपयोगी सामाग्री खरिद गर्न सक्ने कम्पनीले बताएको छ ।
मेलामा सामाग्री खरिद गर्ने ग्राहकले अधिकतम ८० प्रतिशतसम्म छुट पाउन सक्ने बताइएको छ । कम्पनीका अनुसार मेलामा ११ वटा भन्दा बढी प्रकार, २० वटा भन्दा बढी ब्राण्डहरुका सामाग्री राखिएको छ ।
कम्पनीले ग्यापु ग्रेटेस्ट गिभ अवे/फ्री ग्रेटेस्ट गिभ अवे अन्तर्गत १५ वटा ब्राण्ड राखेको छ । लाइभ सेल रहने मेलामा बिभिन्न बैंक र इ-वालेट मार्फत विशेष छुट पाउन सकिने कम्पनीले जनाएको छ।
ग्राहकले एनसिसि बैंक मार्फत डिजिटल भुक्तानी गर्दा, माच्छापुछ्रे बैंकबाट डिजिटल भुक्तानी गर्दा, र हिमालयन बैंकका कार्ड प्रयोग गरी भुक्तानी गर्दा ग्राहकले २० प्रतिशत छुट पाउने छन् ।
कम्पनीले इ-वालेट छुट अन्तर्गत इ-सेवा, खल्ति र फोनपे सङ्ग सहकार्य गरेको छ। मेलामा यि तिनीवटा इ-वालेट माफत कारोबार गर्दा ग्राहकले सत प्रतिशत क्यास ब्याक सम्म पाउन सक्ने छन् । साथै एनआईसी बैंकका कार्ड प्रयोगकर्ता ग्राहकले विशेष छुट पाउने बताइएको छ ।
इसेवामार्फत कारोबार गर्ने ग्राहकले सय प्रतिशत सम्मको क्यास ब्याक लिन सक्ने कम्पनीले बताएको छ। यसैगरी खल्ति एप मार्फत कारोबार गर्ने ग्राहकले २० प्रतिशत छुट पाउन सक्ने छन् । फोन पे मार्फत कारोबार गर्ने ग्राहकले ३० प्रतिशत छुट पाउन सक्नेछन ।
ग्यापुमा सपिङ गर्न मोबाइल एप वा कम्पनीको वेबसाईट (gyapu.com) मार्फत अर्डर गर्न सकिन्छ । ग्यापुमा विश्वभरका कुनै पनि डेबिट र क्रेडिट कार्ड प्रयोग गरेर भुक्तानी गर्ने सुविधा समेत उपलब्ध छ। साथै ग्राहकले डेलिभरीको समयमा नगद समेत दिन सक्ने कम्पनीले बताएको छ ।
प्ले स्टोरमा ग्यापु मार्केटप्लेसको मोबाइल एप्लिकेसन एप स्टोरमा एक लाख बढी डाउनलोड पुगिसकेको छ भने आईओएसमा पनि उपलब्ध छ । दैनिक ७ सय भन्दा बढी नेपालभर नि:शुल्क डेलिभरी गर्दै आएको छ ।
समाचार
वीरगन्जमा स्टार्टअप फेस्ट र डिजिटल मधेश संवाद आयोजना हुँदै, निःशुल्क सहभागी हुन पाइने
वीरगन्जमा आईतबार डिजिटल मधेश सम्वाद ३.० हुने भएको छ । मधेस प्रदेश अन्तर्गत प्रमुख श…
ग्यापु डटकमको दोस्रो वार्षिकोत्सव, सामान खरिदमा ८० प्रतिशतसम्म छुट
कोभिड कहरका कारण भएको पहिलो लकडाउनको विषम परिस्थितिमा उपभोक्तालाई भिडभाडमा जानु…
टेलिकमका नयाँ एमडीले सम्हाले जिम्मेवारी, सेवालाई सहज र सुलभ बनाउने भनाइ
नेपाल टेलिकमका नवनियुक्त प्रबन्ध निर्देशक सुनिल पौडेलले शुक्रबार कम्पनीको केन्द्रीय क…
सिटिजन्स बैंकका कार्डबाहकहरूलाई सफारी रिसोर्टमा १० प्रतिशत छुट
सिटिजन्स बैंक इन्टरनेसनल र चितवनको सौरहास्थित पार्क सफारी रिसोर्टबीच एक सम्झौता भएक…
महावीर पुनलाई बेलायतमा सम्मान
बेलायतको युनिभर्सिटी अफ सेन्ट्रल लकांशायरले बिज एजुकेशनको आयोजनामा राष्ट्रिय आविष्क…
वैशाख २ गतेदेखि अनलाइनबाटै संस्थागत श्रम स्वीकृति
वैदेशिक रोजगार कार्यालय काठमाडौँले संस्थागत श्रम स्वीकृति अनलाइन प्रणालीबाट मात्र ज…
स्वास्थ्य बीमा बोर्डको मोबाइल एप सार्वजनिक, बिमितले अब अनलाइनबाटै नवीकरण गर्न सक्ने
स्वास्थ्य बीमा बोर्डले मोबाइल एप सार्वजनिक गरेको छ । छैटौँ स्वास्थ्य बीमा वार्षिकोत्सवक…
फोनपेबाट २० जनालाई हेलिकप्टरमा सगरमाथा घुम्ने अवसर
फोनपे पेमेन्ट सर्भिस लिमिटेडले नयाँ वर्षको अवसरमा एक अफर घोषणा गरेको छ । २०७८ सा…
वीरगंजमा स्टार्टअप एण्ड आईडिया फेस्ट आयोजना हुँदै
लिभिङ विथ आईसीटी र आईसीटी फाउण्डेसन नेपालको संयुक्त आयोजनामा मदेश प्रदेशमा तेस्रो…
नेपाल टेलिकमको प्रबन्ध निर्देशकमा सुनिल पौडेल
सरकारले नेपाल टेलिकमको प्रबन्ध निर्देशकमा सुनिल पौडेललाई नियुक्त गरेको छ । बिहीबा…
टेलिकमको साधारणसभा सम्पन्न, २० प्रतिशत बोनस शेयर र २० प्रतिशत नगद लाभांस दिने प्रस्ताव पारित
नेपाल टेलिकमका शेयरधनीले ४० प्रतिशत लाभांस पाउने भएका छन् । टेलिकमका शेयरधनीले …
नागरिक एपबाट ७५७ जनाले लिए एनओसी
नागरिक एपबाट ७५७ जनाले नो अब्जेक्सन लेटर (एनओसी) लिएका छन् । हालसम्म नागरिक एपबाट…
गूगल डक्समा इमोजी रियाक्सन फिचर
गूगल डक्समा अब इमोजी रियाक्सन फिचर सार्वजनिक भएको छ । डक्समा अब मल्टिपल प्रयोगकर्ताल…
महेन्द्रनगरमा डिशहोम फाईबरनेटको शोरूम
डिशहोम फाईबरनेटको बिक्री तथा विक्रीपछिको सेवा प्रदान गर्न तिलाचौर, महेन्द्रनगर, कंच…
नास्टले बनाएको विद्युतीय स्कुटर एक पटक चार्ज गर्दा ५० किलोमिटर गुड्ने, कति पर्छ मूल्य ?
नेपाल आयल निगमले निर्धारण गरेको मूल्य अनुसार हाल एक लिटर पेट्रोलको मूल्य रु १६० प…