समाचार
३ महिनामा हाम्रो पात्रोको टेलीहेल्थबाट ५०० बढीलाई सेवा, औषधि अर्डर गर्न मिल्ने सुविधा आउँदै
नेपालकै लोकप्रिय एप हाम्रो पात्रोले ल्याएको टेलीहेल्थ सेवामा ३ महिनामा ५०० भन्दा बढी कलहरू सम्पन्न भएका छन् । तीन महिना अघि मात्र डाक्टरलाई कल गर्न सकिने यो सुविधा प्रयोगकर्ताहरूमाझ लिएर आएको हाम्रो पात्रोमा ५० भन्दा धेरै विशेषज्ञ डाक्टरहरू उपलब्ध छन् ।
आफ्नो स्वास्थ्य समस्या अनुसारको आवश्यक परामर्श घरमै बसेर सजिलै लिन मिल्ने अनि विशेषज्ञ डाक्टर खोज्दै अस्पताल जान नपर्ने भएपछि प्रयोगकर्ताहरूले छोटो समयमै यो सुविधालाई माया दिएको हाम्रो पात्रोले जनाएको छ ।
यसरी ५०० कल पूरा हुँदा बाल रोग विशेषज्ञ, आन्तरिक चिकित्सा र स्त्री रोग विशेषज्ञसँग धेरै परामर्श लिईएको देखिएको छ भने भक्तपुर, काठमाडौँ र पोखराबाट धेरै कल आएको छ ।
यो विशेष अवसरमा हाम्रो पात्रो, इंकका सीईओ शंकर उप्रेतीले प्रयोगकर्ता तथा साझेदारहरूलाई धन्यवाद व्यक्त गरेका छन्।
उनले अगाडि भने, ‘यति छोटो समयमा प्रयोगकर्ताहरूले हामीलाई देखाउनुभएको विश्वास सराहनीय छ । म सम्पूर्ण प्रयोगकर्ताहरूलाई उहाँहरूको समर्थन र विश्वासको लागि आभार व्यक्त गर्दछु। उहाँहरूको सकारात्मक प्रतिक्रियाले टेलीहेल्थ सुविधामा नयाँ विशेषताहरू थप्न हामीलाई थप हौसला प्राप्त भएको छ ।’
नेपाली प्रयोगकर्ताहरूलाई आवश्यक हुँदा घरबाटै कम शुल्कमा विज्ञ डाक्टरको परामर्श दिनु आफुहरूको उद्देश्य भएको उनले बताए ।
उनका अनुसार स्वास्थ्य सेवा प्रविधि प्रयोग गर्दा सहज हुने, कम खर्च लाग्ने र धेरै कुराहरूमा सिमितता नहुने हुँदा स्थानीय डाक्टर या क्लिनिकमा पहुँच नभएका ग्रामीण क्षेत्रका मानिसहरूलाई यो अत्यधिक उपयोगी हुनेछ ।
त्यसबाहेक, प्रयोगकर्ताहरूले फलोअपको लागि डाक्टरसँग च्याट गर्न सक्ने र आफूले चाहेको मितिमा क्यालेन्डरमै अपोइन्टमेन्ट लिएर डाक्टरसँग परामर्श लिन सक्ने सुविधा छिट्टै संचालनमा आउँन लागेको उप्रेतिले जानकारी दिए ।
प्रयोगकर्ताहरुले स्वास्थ्यसँग सम्बन्धित कुनैपनि विषयमा छलफल गर्न हेल्थ फोरम र घरमै बसी ल्याब टेस्ट अनि औषधि अर्डर गर्न मिल्ने सुविधा पनि हाम्रो पात्रो हेल्थमा चाँडै नै प्रयोगकर्ताहरुले पाउने शंकर उप्रेतीले बताए।
टेलीहेल्थ सेवा शुरु भएसँगै कम्पनीले प्रयोगकर्तालाई आकर्षित गर्न विशेष अफर समेत प्रदान गरिरहेको छ। जसअनुसार प्रयोगकर्ताले हाम्रो पात्रोबाट मात्र रु. २०० मा विज्ञ डाक्टरसँग परामर्श लिन सक्ने छन् ।
पात्रो हेर्ने, मिति परिवर्तन फिचरसँगै सन् २०१० मा आईओएसमा तयार भएको यो एप सन् २०१२ मा एन्ड्रोइड प्ले स्टोरमा राखिएको थियो ।
त्यसपछि हाम्रो पात्रोले नेपाली एपहरुमा नयाँ रेकर्ड कायम गर्दै आएको छ । १० लाख अनि ५० लाख हुँदै १ करोड डाउनलोड पूरा गर्ने हाम्रो पात्रो पहिलो नेपाली एप हो ।
समाचार
नेकपा एमालेले सबै जिल्ला पार्टी कार्यालयमा आईटी विज्ञ अनिवार्य नियुक्त गर्ने
नेपाल कम्युनिष्ट पार्टी (नेकपा) एमालले देशभरका सबै जिल्ला पार्टी कार्यालयमा एकजना स…
विवरण दर्ता गराएर पनि के तपाईले राष्ट्रिय परिचयपत्र नम्बर पाउनु भएन् ? अब घरबाटै यसरी पाउनुहोस्
राष्ट्रिय परिचयपत्र नम्बर अब एसएमएसबाटै पाइने भएको छ । यसअघि राष्ट्रिय परिचयपत्रका ल…
यी लोकप्रिय ५ नेपाली एप, जसले बनाउने छ तपाईको जीवन सहज
अहिलेको डिजीटल युगमा, हाम्रो दैनिक कार्यमा मोबाईल एपहरुको ठुलो महत्व रहन्छ । मोबा…
स्थानीय तहबाट पनि राष्ट्रिय परिचयपत्र वितरण गर्न शुरू
राष्ट्रिय परिचयपत्र स्थानीय तहबाट पनि वितरण गर्न थालिएको छ । जिल्ला प्रशासन कार्यालयम…
फेब्रुअरी ५ मा हल्ट प्राइज आईओईको सेमिफाइनल, ५० टिमबीच प्रतिस्पर्धा हुने
आगामी फेब्रुअरी ५ मा हल्ट प्राइज आईओईको सेमिफाइनल हुने भएको छ । फेब्रुअरी ५ मा बि…
एनसेलको ‘ननस्टप टाइम प्याक’ सार्वजनिक, अब छोटो समयका लागि पनि डेटा प्याक लिन सकिने
एनसेल आजियाटा लिमिटेडले ‘ननस्टप टाइम प्याक’ ल्याएको छ जसमा ग्राहकले छोटो समय अर्था…
टेलिकमले घटायो अन्तर्देशीय अन्तरआबद्धता शुल्क, एनसेल तथा स्मार्टको सिममा कल गर्दा कम शुल्क पर्ने
नेपाल टेलिकमले आज मिति २०७८ माघ १८ गते देखि कुनै पनि दूरसञ्चार सेवा प्रदायकका ग्…
अनलाइन बजेट पसलमा मुक्तिनाथ विकास बैंकका ग्राहकलाई छुट
मुक्तिनाथ विकास बैंकले ग्राहकहरूलाई थप सेवा दिन काठमाडौँ उपत्यकामा सञ्चालित अनलाइ…
प्रधानमन्त्रीको आईटी विज्ञमा इन्जिनियर विष्ट नियुक्त
प्रधानमन्त्री शेर बहादुर देउवाको सूचना प्रविधि (आईटी) विज्ञमा इन्जिनियर दिपेश विष्ट…
१८ औं वार्षिकोत्सवको अवसरमा टेलिकमको अफर, ६९ रूपैयाँमा अनलिमिटेड डेटा
नेपाल टेलिकमले आफ्नो १८ औं वार्षिकोत्सवको अवसरमा ‘एनटी एनिभर्सरी अफर’ सार्वजनिक गर…
कुन होला संसारकै सबैभन्दा मूल्यवान ‘इन्डस्ट्री’ ?
प्रविधि क्षेत्र पुनः संसारको मूल्यवान उद्योग (इन्डस्ट्री) हुन सफल भएको छ । ब्राण्ड डाइर…
खल्ती प्रयोगकर्ताले फोनपेको क्यूआर मार्फत अब सहजै रकम भुक्तानी गर्न सक्ने
नेपालको अग्रणी भुक्तानी प्रणाली सञ्चालक फोनपे पेमेन्ट सर्विस लिमिटेड र पछिल्ला दिनमा…
बढ्दै अनलाइन जुवाको जालो
महानगरीय प्रहरी परिसर काठमाडौँले आइतबार काठमाडौँको बौद्धबाट अनलाइन जुवा ‘बिङ्गो’…
आगमन कलमा कुरा गर्दा ट्याबलेट पाइने एनसेलको योजना
एनसेलका ग्राहकले आफ्ना परिवारजन, साथीभाई र आफन्तहरुले मलेसियाबाट गरेको कलमा कुरा…
आईएमई लाईफ इन्स्योरेन्सको फेसबुक पेजमा १० हजार लाइक पुगेको अवसरमा मास्कट सार्वजनिक
आईएमई लाइफ इन्स्योरेन्सको फेसबुक पेजमा १० हजार लाइक पुगेको उपलक्ष्यमा मास्कट सार्वजन…