समाचार
अब फोनमा कुरा गर्न रूख चढ्नु पर्दैन
म्याग्दीका दुर्गम मल्कावाङ, मलम्पार, भेडिखाल्टालगायतका गाउँमा केही समय अघिसम्म मोबाइल कुरा गर्न सम्भव हुँदैनथ्यो ।
नजिकमा टेलिकमका टावर नहुँदा नेटवर्कको खोजीमा उपभोक्ता घरका धुरी तथा रूख चढ्ने गर्दथे । यसरी धुरी र रूख चढ्नु उनीहरुको बाध्यता थियो । अब भने उपभोक्ताले मोबाइलमा कुरा गर्न धुरी र रुख चढ्नु पर्दैन ।
नेपाल टेलिकमले धौलागिरि गाउँपालिका–५ मल्कबाङको धुरीमा टावर निर्माण गरेपछि फोन गर्न सहज भएको हो । टेलिकमले टुजी र थ्री जी सेवा एकसाथ सञ्चालनमा ल्याएको छ ।
‘दुर्गम गाउँमा टेलिफोनका लागि निकै कठिन थियो, सूचना आदानप्रदान गर्न, आफन्तलाई खबर गर्न र सरकारी कामकाज गर्न र गराउन घण्टौँ पैदल यात्रा गरी सम्बन्धित ठाउँमा पुग्नु पर्थ्यो, तर अब सजिलो भएको छ,’ स्थानीयवासी थम्मन थापाले भने ।
टावर स्थापनापछि धौलागिरि गाउँपालिका–५ मल्कबाङ, मलम्पार, भेडीखाल्टा, होपा, वडा नं ६ को मराङ, बुल गाउँ, रघुगङ्गा गाउँपालिका–८ कुइने खानी तथा मालिका गाउँपालिका–७ बिमको अधिकांश भूभागमा सहजै मोबाइलमा कुरा गर्न सकिने भएको छ ।
टेलिकमले डिजिटल नेपाल निर्माण गर्ने लक्ष्यअनुरुप दुर्गम बस्तीलाई प्राथमिकतामा राखेर सेवा विस्तार गरेको नेपाल टेलिकम बागलुङका प्रमुख केशव शर्माले जानकारी दिए ।
टेलिकमले अहिले टुजीमार्फत भ्वाइस र थ्रीजीमार्फत भ्वाइस अनि डाटा एकसाथ सञ्चालनमा ल्याएको छ । उनले भने, ‘दुर्गम स्थानमा कुराकानी गर्न सहज भएको छ, इन्टरनेटमा उनीहरुको पहुँच पुगेको छ ।’ सबै बस्ती र भूभाग समेट्ने गरी टावर निर्माण गरिएको शर्माको भनाइ छ ।
नेपाल टेलिकमसँगको सहकार्यमा स्थायी संरचना निर्माण गरी मोबाइल सेवा पुनः सञ्चालन गरिएको धौलागिरि गाउँपालिकाका अध्यक्ष थमसरा पुनले बताए । टेलिकमले उक्त टावरमार्फत फोरजी मोबाइल सेवा उपलब्ध गराउन काम अघि बढाएको छ ।
रासस
समाचार
साओमी १२ र साओमी १२ एक्स नेपालमा सार्वजनिक, यस्ता छन् फिचर
साओमीले आफ्नो फ्ल्याग्शिप फोन साओमी १२ र साओमी १२ एक्स नेपालमा सार्वजनिक गरेको छ । …
सफ्टवेरिका कलेजका ३५४ विद्यार्थी दिक्षित, अधिकांश विद्यार्थी रोजगारी र व्यवसायमा आवद्ध
१२ वर्षदेखि नेपालमा उच्च शिक्षामा आइटी पाठ्यक्रम अध्यापन गराउँदै आएको सफ्टवेरिका कले…
एनआईसी एशिया बैंकको नयाँ वर्ष अफर, डिजिटल भुक्तानीमा २० प्रतिशतसम्म छुट
एनआईसी एशिया बैंकले विभिन्न ई–कमर्सहरूबाट सामग्रीहरू किनमेल गरी डेबिड तथा क्रेडिट…
टेलिकमको नयाँ वर्ष अफर, ४९ रूपैयाँमा एक दिनका लागि अनलिमिटेड डेटा र भ्वाइस
नयाँ वर्ष २०७९ को अवसरमा नेपाल टेलिकमले नयाँ वर्ष अफर ल्याएको छ । विश्वभर रहेका न…
क्यान इन्फोटेकको टिकट पेपरलेस हुने, अनलाइनबाट पनि अवलोकन गर्न सकिने
आगामी २०७९ साल वैशाख ७ देखि १२ गतेसम्म काठमाडौंको भृकुटीमण्डपमा ६ दिन आयोजना हु…
विन्डोज ११ मा नयाँ फिचर आउँदै, के के हुन् ती फिचर ?
यो वर्षको अन्त्य तिर विन्डोज ११ मा नयाँ फिचर आउने भएका छन् । माइक्रोसफ्टले विन्डोज ११…
दराज र सस्तोडिलमा बैंक अफ काठमाण्डूका ग्राहकलाई छुट
बैंक अफ काठमाण्डूले आफ्नो डेबिट तथा क्रेडिट कार्ड बाहक ग्राहकका लागि दराज र सस्तोडि…
दराजको नयाँ वर्ष अफर, सामान खरिद गर्नेलाई निःशुल्क सपिङदेखि बम्पर उपहारमा स्कुटरसम्म
अनलाइन सपिङ्ग सेन्टर दराजले नयाँ वर्ष २०७९ को विशेष उपहार योजना सार्वजनिक गरेको छ…
आईओएस १६ मा नोटिफिकेशन फिचरमा सुधार हुने
आईओएस १६ मा नोटिफिकेशन फिचर सुधार हुने भएको छ । आईओएस १६ मा नोटिफिकेशन फिचर स…
भायानेटका ग्राहकले अब मिदास ई-क्लास निःशुल्क चलाउन पाउने
भायानेटले विद्यालयका विद्यार्थीहरूको डिजिटल सिकाइ अनुभवलाई गति दिने आशाका साथ ने…
नयाँ वर्षको अवसरमा हरेक कोर्षमा ३० प्रतिशत छुट दिदै ब्रोडवे इन्फोसिस
ब्रोडवे इन्फोसिसले नयाँ वर्षको अफर ल्याए…
म्याग्दीको अत्यन्तै दुर्गम गाउँका बासिन्दालाई मोबाईल सेवाले दिएको खुसी
म्याग्दी । जिल्लाको अत्यन्तै विकट तथा दुर्गम गाउँ मल्कबाङ,…
मधेश प्रदेशमा सम्पन्न भयो स्टार्टअप एण्ड आईडिया फेस्ट, छानिए पाँच कम्पनी
प्रदेश स्तरीय तेस्रो स्टार्टअप आईडिया फेस्ट तथा डिजिटल सम्वाद ३.० मधेश प्रदेशमा सम्पन्न…
कर्मचारीले सहयोग नगरे मधेशलाई डिजिटाइजेसनमा लान असम्भव छः सञ्चारमन्त्री साह
कर्मचारीले सहयोग नगरे डिजिटाइजेसनमा जान असम्भव हुने मधेश प्रदेशका आन्तरिक मामिला …
करिब २ महिनामा नागरिक एपबाट १२७७ जनाले गरे सवारीसाधन नवीकरण
नागरिक एपबाट १२७७ जनाले सवारीसाधन नवीकरण गरेका छन् । करिब २ महिनाको अविधिमा १२…