समाचार
अनलाइनबाट कर तिर्ने व्यवस्था प्रभावकारी भएन
नगरवासीको सुविधाका लागि काठमाडौं महानगरपालिकाले अनलाइनबाट कर तिर्ने व्यवस्थाको सुरुआत गरे पनि प्रभावकारी हुन सकेको छैन ।
गत असोजदेखि महानगरपालिकाले अनलाइनबाट कर तिर्ने व्यवस्था सुरु गरेको थियो । हालसम्ममा १०० जनाले मात्र उक्त प्रणालीको प्रयोग गरी कर बुझाएका महानगरपालिकाले जानकारी गराएको छ ।
महानगरपालिकाको राजस्व विभागका प्रमुख डा शिवराज अधिकारीका अनुसार धेरै नागरिक यस प्रविधिबारे जानकार नभएकाले पनि सोचेअनुरुप अनलाइनमार्फत कर असुल हुन नसकेको हो ।
‘यस व्यवस्थाले करदातालाई कार्यालयमा आएर लामो समयसम्म लाइनमा बस्नुपर्ने अवस्थाको अन्त्य भएको छ, तर यसबारे जानकार नहँदा अझै पनि धेरै करदाता कार्यालयमा नै आएर कर तीर्ने गरेका छन्,’ डा अधिकारीले भने ।
कर खाताबाटै सिधै तिर्नका लागि सेवाग्राहीले आफ्नो वडा कार्यालयमा गएर राजस्व सफ्टवेयरमा आफ्नो सम्पत्ति तथा व्यवसायको विवरण भरेर करदाता सङ्केत नम्बर लिनुपर्ने हुन्छ । अघिल्लो वर्ष नै सोही प्रविधिको प्रयोग गरी कर तिरको भए रसिदबाट समेत करतादा सङ्केत नम्बर र आन्तरिक सङ्केत नम्बर लिन सकिने छ ।
चालू आर्थिक वर्षको असोजदेखि अहिलेसम्मा महानगरपालिकाले यस प्रविधिको प्रयोग गरी रु १५ लाख रकम असुल गरेको छ, यो रकम कम हो यस तरिकालाई धेरैभन्दा धेरै नागरिकसम्म पुर्याउनका लागि महानगरपालिकाले आगामी पुसदेखि नागरिकको घरघरमा जनचेतना कार्यक्रम सञ्चालन गर्नेछ ।
राजस्व असुली अनलाइन प्रणालीमार्फत भर्खर सुरु गरेको महानगरपालिकाले नम्सा पास र निर्माण सम्पन्न प्रमाणपत्रका लगि भने विगत तीन वर्षदेखि नै अनलाइन प्रणालीमार्फत काम गर्दै आएको छ ।
रासस
समाचार
नबिल बैंकमा अब भिडियो कल गरेरै खाता खोल्न सकिने
नबिल बैंकले ‘नबिल डिजी बैंक पोर्टल’ सार्वजनिक गरेको छ । बिहीबार राजधानीमा एक वि…
अल्ट बालाजी अब नेपालमा, टेलिनेट प्रालि प्रवर्द्धन र वितरणको साझेदार
भारतीय ओटिटी प्लेटफर्म अल्ट बालाजीले आफ्नो नेपाली बजारमा प्रवर्धन र वितरण गर्न टेलिन…
राष्ट्रिय परिचयपत्र अभियान तीव्र
राष्ट्रिय परिचयपत्र बनाउने अभियानलाई तीव्र पारिएको छ । गृह मन्त्रालयअन्तर्गत रहेको रा…
जाडो याममा सामसङका वासिङ्ग मेसिन किन्दा १७ प्रतिशतसम्म छूट, जडान निःशुल्क
सामसङ नेपालले जाडो यामलाई लक्षित गर्दै आफ्ना आधुनिक वासिङ्ग मेसिन मोडेलहरुमा आकर्ष…
अत्याधुनिक एनपीयू र नयाँ स्मार्ट ग्लास सार्वजनिक गर्ने ओप्पोको तयारी
नजिकिँदो ओपो ईन्नो डे २०२१ मार्फत ओपोले आफ्ना नयाँ रणनीति तथा विभिन्न रोचक प्रविधि…
मासिक १२५० रूपैयाँमा भायानेटले १७५ एमबिपिएसको इन्टरनेट र टिभी दिने
भायानेटले आफ्ना सेवाग्राहीलाई १२ सय ५० रूपैयाँमै १७५ एमबीपीएस इन्टरनेटसहित भायाट…
एफवान सफ्ट आइसिटी अवार्डको ग्राण्ड फिनाले पुस २ गते हुँदै, अनलाइनबाटै यसरी लिनुहोस् टिकट
अनलाइनबाटै एफवान सफ्ट आइसिटी आइसिटी अवार्डको ग्राण्ड फिनाले कार्यक्रमको टिकट खरिद ग…
वेबसाइट र्याङ्किङ हेर्ने अमेजनको एलेक्सा डटकम बन्द हुँदै
अमेजनले वेबसाइटको र्याङ्किङ हेर्न मिल्ने साइट एलेक्सा डटकम बन्द गर्ने भएको छ । २५ व…
पश्चिम नेपालमा इन्टरनेट विस्तार गर्न भायानेट र चाइना कम्युनिकेसनबीच साझेदारी
भायनेट कम्युनिकेसन्स प्रालिले पश्चिम नेपालमा आफ्नो इन्टरनेट सेवा विस्तार गर्न चाइना क…
राष्ट्रिय वाणिज्य बैंक र ईसेवामनी ट्रान्सफरबीच सम्झौता
राष्ट्रिय वाणिज्य बैंक र ईसेवामनी ट्रान्सफर बीच रेमिट्यान्स भुक्तानी गर्ने सम्बन्धमा सम्…
पठाओको जीवन रक्षा कार्यक्रम, तीन सय जना क्याप्टेनलाई स्वास्थ्य प्रशिक्षण
स्वास्थ्य सचेतनालाई ध्यानमा राख्दै राइड शेयरिङ कम्पनी पठाओ नेपालले ‘पठाओ जीवन रक्षा’…
डिशहोम फाइबरनेटको अफरः वार्षिक १३ हजार रूपैयाँमा ४० एमबीपीएसको इन्टरनेट र टिभी
डिशहोम फाईबरनेटले डायनामिक कम्बो प्याक…
भक्तपुर जिल्ला प्रशासन कार्यालयबाट ई-पासपोर्ट वितरण शुरू
अब भक्तपुर जिल्ला प्रशासन कार्यालयबाट विद्युतीय राहदानी (ई पासपोर्ट ) प्राप्त गर्न सकि…
अब जिमेलबाटै अडियो र भिडियो कल गर्न सकिने
अब जिमेल प्रयोग गरेरै अडियो र भिडियो कल गर्न सकिने भएको छ । दुवै आईओएस र एन्ड्रोइ…
नेपालमा भिभोको चार वर्ष पुरा, विविध कार्यक्रमसहित वार्षिकोत्सव मनाउँदै
भिभोले नेपालमा आफ्नो चौथो वार्षिकोत्सव भव्य कार्यक्रमहरुको आयोजना गरी मनाउने भएको छ…