कीवर्डहरू -

समाचार

अब ईकमर्स दर्ता र वेबसाइट अनिवार्य

ई–कमर्सका रूपमा प्रचलित विद्युतीय व्यापार अनिवार्य रूपमा कानुनअनुसार दर्ता गरेर मात्र सञ्चालनमा ल्याउन पाइने भएको छ । व्यक्तिगत तहमा दर्ताबिना नै विद्युतीय व्यापार सञ्चालन गरेको पाइए त्यो गैरकानुनी ठहर हुनेछ ।

सुझावका लागि उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले सार्वजनिक गरेको विद्युतीय व्यापारका सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकको मस्यौदाले दर्तासहित वेबसाइटलाई पनि अनिवार्य गरेको छ अर्थात् विद्युतीय व्यापारका लागि वेबसाइटलाई मुख्य आधार बनाएर मात्र सञ्चालकले व्यापार गर्न सक्छन् ।

यसरी वेबसाइट निर्माण गर्दा प्रत्येक व्यवसायीले आफ्नो व्यापार वा व्यवसायका सम्बन्धमा उपभोक्ता, ग्राहक वा क्रेताले चाहेको समयमा निर्णय लिनसक्ने गरी प्रणाली निर्माण गर्नुपर्ने विधेयकमा उल्लेख छ । वेबसाइटमा व्यापार सम्बन्धमा स्पष्ट विवरण उल्लेख गर्नुपर्नेछ ।

विधेयकले विद्युतीय व्यापार गर्दा त्यसबारे खुलाउनुपर्ने स्पष्ट विषयहरू पनि समेटेको छ । जसअनुसार वस्तु वा सेवाको विवरण, करसहितको अन्तिम बिक्री मूल्य, उत्पादन मिति र उत्पादकको विवरण, प्रयोग गर्दा अपनाउनुपर्ने सावधानी, ग्यारेन्टी वा वारेन्टी भए त्यसको विवरण, फिर्ता हुनसक्ने वा नसक्ने सर्तहरू उल्लेख हुनुपर्नेछ ।

विधेयक व्यापार सञ्चालन विधिका बारेमा पनि प्रस्ट पारेको छ । क्रेताले कुनै पनि समयमा वेबसाइटमा अर्डर लिनसक्ने, मागबमोजिम वस्तु उपलब्ध गराउन सक्ने वा नसक्ने जानकारी, ढुवानी खर्च र करसहितको रकम, रकम तिर्ने प्रक्रियाबारे बिक्रेताले अनिवार्य जानकारी गराउनु पर्नेछ ।

विद्युतीय व्यापारका लागि क्रेताले माग गर्दा व्यवसायीले त्यस्तो वस्तु उपलब्ध गराउन स्वीकार गरेमा त्यसलाई करार मानिने भएको छ । यद्यपि वस्तु चलान नभइसकेको अवस्थामा क्रेताले त्यस्तो माग भने रद्द गर्न सक्नेछ । यसरी रद्द गर्दा क्रेताले कुनै शुल्क तिर्नुपर्ने छैन र भुक्तानी दिइसकेको अवस्थामा बिक्रेताले शोधभर्ना गर्नुपर्नेछ ।

विद्युतीय व्यापारको भुक्तानी प्रचलित जुनसुकै विधिबाट गर्न सकिने भए पनि तोकिएभन्दा बढी रकम तिर्नु परेको अवस्थामा गुड फर पेमेन्ट चेकमार्फत गर्नुपर्नेछ ।

वस्तु हस्तान्तरण गर्ने समयमा क्रेताले ठाउँ अथवा बुझाउनुपर्ने व्यक्ति परिवर्तनको जानकारी दिनसक्ने र यसरी परिवर्तन हुँदा दूरी थपघट भएमा शुल्क पनि थपघट गर्न सकिने व्यवस्था गरिएको छ ।

बिक्रेताले बिक्री गरेको वस्तु तथा सेवा क्रेताले स्वीकार नगरेर कानुनबमोजिम फिर्ता गरेमा त्यस्तै वस्तु फिर्ता गरिदिनुपर्ने अथवा शुल्क शोधभर्ना गरिदिनुपर्ने विषयलाई पनि मस्यौदाले स्पष्ट उल्लेख गरेको छ ।

त्यस्तो वस्तु तथा सेवा आफूले उत्पादन नगरेका कारण दायित्वबाट क्रेता पन्छिन पनि नपाउने उल्लेख छ । विधेयकले व्यवस्था गरेका विषयभन्दा बाहिर रहेर व्यवसाय सञ्चालन गरेमा दुई लाख रुपियाँसम्म जरिवाना लाग्ने प्रावधान राखिएको छ । यो समाचार आजको गोरखापत्र दैनिकमा रहेको छ ।

समाचार

लक्ष्मी लघुवित्तको बचत तथा ऋणको किस्ता इसेवाबाट भुक्तानी गर्न सकिने 

लक्ष्मी लघुवित्त वित्तीय संस्था लिमिटेडका सदस्यहरूले अबदेखि आफ्नो ऋणको किस्ता तथा बचत…

अमेजनले खरिद गर्‍यो पोडकास्ट नेटवर्क वन्डरी

अमेजनले अमेरिकामा विश्वकै एउटा ठूलो र स्वतन्त्र वन्डरी नामक पोडकास्ट नेटवर्कलाई खरिद…

खल्तीबाट २० रुपैयाँको रिचार्ज गर्दा आइफोन १२ जित्ने अवसर

खल्ती डिजिटल मोबाइल वालेटले आफ्नो भाइबर समुदायमा जोडिने व्यक्तिहरुका लागि ‘खल्तीमा…

साओमीको एमआई ११ चाँडैनै विश्वव्यापी रुपमा सार्वजनिक हुने

साओमीको एमआई ११ चाँडैनै विश्वव्यापी रुपमा सार्वजनिक हुने भएको छ । हाल भने यो फोन…

पब्जी मोबाइल ग्लोबल च्याम्पियनशिपको फाइनमा प्रवेश गर्‍यो नेपाली टिम

पब्जी मोबाइल ग्लोबल च्याम्पियनशिप (पीएमजीसी) २०२० को फाइनलमा  नेपाली टिम ‘एबरप्ट स्…

साढे ३ सय प्रतिशतले बढ्यो जेनेरेटर आयात

पछिल्लो समय देशका विभिन्न ठाउँमा लोडशेडिङकै झल्को दिने गरी झ्याप्पझ्याप्प बिजुली काट…

सरकार मातहत ल्याइदैं ‘डट एनपी’ डोमेन

डट एनपी डोमेन सरकार मातहत ल्याइने भएको छ । हाल नीजी कम्पनी मर्कन्टायल कम्युनिकेसन …

डीआईजी अर्यालद्वारा भिडियो कन्फेरेन्समार्फत मातहतका कार्यालय प्रमुखलाई निर्देशन

गण्डकी प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक (डीआईजी) घनश्याम अर्यालले प्रदेश म…

जाडो र गर्मी दुबै मौसममा प्रयोग गर्न मिल्ने सीजीका एसीहरु बजारमा

इलेक्ट्रोनिक्स ब्राण्ड सीजीले जाडो र गर्मी दुबै मौसममा प्रयोग गर्न मिल्ने, कम विद्युत ख…

नास्टले प्रकाशित गर्‍यो नेपाली वैज्ञानिकहरुको प्रोफाइल (सूची सहित) 

नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नास्ट) ले विश्वभर रहेका नेपाली वैज्ञानिक…

लाइसेन्स परीक्षाका लागि अनलाइन फाराम सीमित

चालक अनुमतिपत्रको लिखित तथा प्रयोगात्मक परीक्षाको लागि अनलाइन फाराम भर्न प्राविधिक …

सामसङले चाँडै स्मार्ट ट्रयाकिङ डिभाइस सार्वजनिक गर्न सक्ने

सामसङले चाँडैनै स्मार्ट ट्रयाकिङ डिभाइस सार्वजनिक सक्ने भएको छ । यसको नाम ग्यालेक्सी…

गूगलका कर्मचारीहरुले बनाए युनियन 

गूगलका कर्मचारीहरुले युनियन बनाएका छन् । यस युनियनमा २२६ जना इन्जिनियर र अरु पनि…

कुमारी बैंकद्वारा नौं वटा नयाँ शाखाहरुको भर्चुअल उद्घाटन

कुमारी बैंक लिमिटेडले आफ्ना नौं वटा नयाँ शाखाहरुको भर्चुअल उद्घाटन गरेको छ ।

एप्पलले चीनको स्टोरबाट हटायो ३९ हजार गेमिङ एप

एप्पलले ३९ हजार गेम एपलाई आफ्नो चीनको स्टोरबाट हटाएको छ । एकैदिनमा यति धेरै एप ह…