कीवर्डहरू -

समाचार

जेनेस सोलुसनमा बिजनेस अक्सिजनको साढे ५ करोड लगानी, नेपालका लागि नयाँ सीईओमा पोखरेल नियुक्त 

जेनेस सोलुसनमा साढे ५ करोड नयाँ लगानी थपिएको छ । वर्ल्ड बैंक ग्रुप अन्तर्गतको कम्पनी बिजनेस अक्सिजन प्रालिले जेनेस सोलुसनमा साढे ५ करोड लगानी गरेको हो ।

बिजनेस अक्सिजन प्रालि वर्ल्ड बैंक ग्रुप अन्तर्गतको अन्तर्राष्ट्रिय वित्तिय निगमद्वारा सञ्चालित ग्लोबल एसएमई भेन्चर पहलको एक अंग हो ।

क्लाउड कन्सल्टेन्सी क्षेत्रमा अग्रणी स्थानमा रहेको जेनस सोलुसनले उक्त रकम आफ्नो विभिन्न रणनैतिक उद्देश्यहरूको परिपूर्तिको लागि प्रयोग गर्ने जनाएको छ ।

यस्ता उद्देश्यहरुमा आफ्नो सेवा, उत्पादनको दायरा विस्तार र व्यवसायिक सीपको स्तरोन्नति लगायत देशको समग्र डिजिटल क्षेत्रको रूपान्तरण पर्दछन् ।

‘बिजनेस अक्सिजन प्रालिबाट प्राप्त वित्तीय लगानीलाई हामी दक्ष मानव संशाधन र पछिल्ला प्रविधि अपनाई आफ्नो दैनिक कार्य सम्पादनलाई रुपान्तरण गर्न परिचालन गर्ने छौं,’ जेनेस सोलुसनका संस्थापक अञ्जनी फुँयालले भने, ‘यसले दीर्घकालीन रुपमा देशको सम्पूर्ण सूचना प्रविधि उद्योगलाई नयाँ उचाइमा पुर्याउन एक उत्प्रेरकको भूमिका खेल्ने छ ।’

त्यसैगरी जेनेस सोलुसनले प्रसन्न पोखरेललाई आफ्नो नेपाल कार्यालयको लागि नयाँ प्रमुख कार्यकारी अधिकृतको रुपमा नियुक्त गरेको छ ।

सिक्स सिग्मा ब्लाक बेल्टको प्रमाणपत्र पाएका पोखरेलको आईबीएम, ईएक्सएल, भायानेट कम्युनिकेसन लगायत सूचना प्रविधिको क्षेत्रमा सम्बन्धित विभिन्न संगठनहरुमा अग्रणी स्थानमा बसेर काम गरेको दुई दशक लामो अनुभव छ ।

समाचार

स्ट्यान्डर्ड चार्टर्ड बैंक पनि कनेक्ट आईपीएस र एनपीआईमा आबद्ध

स्ट्यान्डर्ड चार्टर्ड बैंक नेपाल लिमिटेड पनि कनेक्ट आईपीएस र एनपीआईमा आबद्ध भएको छ । …

भर्चुअल रूपमा सम्पन्न भयो नेपाल प्रहरीको वैशाख महिनाको मासिक कार्य प्रगति समीक्षा

प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीको उपस्थितिमा नेपाल प्रहरीको वैशाख महिनाको मा…

स्न्यापच्याटको क्यामेराले लुगा किनमेल गर्नका लागि लुगा स्क्यान गर्न दिने

स्न्यापच्याटको क्यामेराले लुगा किनमेल गर्नका निम्ति लुगाहरु स्कयान गर्न दिन्छ । नयाँ अ…

चीनको जुरोङ रोभर मङ्गल ग्रहको सतहमा चल्न थाल्यो

चीनको पहिलो मङ्गल ग्रह रोभर ग्रहको सतहमा चल्न थालेको छ ।

दक्षिण कोरियाको म्युजिक ब्याण्ड बिटिएसले आफ्नै रेकर्ड तोडेर २४ घण्टामा विश्वकै सबैभन्द…

चुनावमा ड्रोन र सिसी क्यामेरा प्रयोग हुन्छ –प्रधानमन्त्री ओली

प्रधानमन्त्री केपी शर्मा ओलीले आगामी चुनावलाई निस्पक्ष बनाउन प्रविधिको गर्ने बताएका छन् ।

‘इसेवा भर्चुअल फिस्टा’  सुरू, दशहजार विद्यार्थीले निशुल्क अनलाइनमार्फत भाग लिन पाउने

निषेधाज्ञाको अवधिमा विद्यार्थीहरूको समयलाई आकर्षक तथा उत्पादक बनाउने उद्देश्यका साथ …

सबै स्वास्थ्यकर्मीहरुलाई अब टेलिकमको एक महिनासम्म निःशुल्क भ्वाइस कल

कोभिड–१९ को महामारीमा संक्रमणको परवाह नगरी फ्रन्टलाइनमा बिरामीको सेवामा दिनरात ख…

गूगलले पनि रिटेल स्टोर खोल्ने

गूगलले पनि अब रिटेल स्टोर खोल्ने भएको छ । न्युयोर्क सिटीमा आफ्नो पहिलो भौतिक पसल ग…

ग्यापुको जि-क्यास अफर 

अनलाइन शपिङ साइट ग्यापुले आफ्नो एप एक लाख पटक डाउनलोड गरिएको अवसरमा आफ्ना ग्राहकह…

भारतमा अप्रिल देखि एक हजार भन्दा बढी संस्थामा र्‍यान्समवेयर आक्रमण

भारतले सन् २०२१ मा सबैभन्दा बढी र्‍यान्समवेयर आक्रमण भोग्नु परेको छ । महामारी सुरु …

‘लकडाउनका कारण चराहरुले गाउने गीतको स्वरमा परिवर्तन आयो’ 

वैज्ञानिक अध्ययनअनुसार लकडाउनको समयमा चराहरुले गाउनेको स्वरमा परिवर्तन आएको पाइएको छ।

क्वालकमले फाइभजी फोनका लागि ल्यायो स्न्यापड्रयागन ७७८ जी प्रोसेसर

क्वालकमले फाइभजी फोनका लागि ६ न्यानोमिटरको  स्न्यापड्रयागन ७७८ जी चीप ल्याएको छ । य…