कीवर्डहरू -

समाचार

नेट टिभीको साझेदारीमा भ्वाइस अफ नेपाल सिजन ३ प्रस्तुत हुदै

हिमालय टीभीले टेलिभिजन लगायत अरु सामाजिक सञ्जालका प्लेटफर्ममार्फत भ्वाइस अफ नेपालको सिजन–३ प्रस्तुत गर्न लागेको छ ।

भ्वाइस अफ नेपाल भनेको अन्र्तराष्ट्रिय गायन क्षेत्रको रियालिटी सो हो जसलाई नेपाली ढाँचा अनुसार प्रस्तुत गरिन्छ । वल्र्डलिंक कम्युनिकेशन्स् लिमिटेड लगायत यसका भगिनी कम्पनीहरु नेटटिभी र नेपाली पात्रोले भ्वाइस अफ नेपालको सिजन–३ का सम्पूर्ण कार्यक्रममा साझेदारी गरेको छ ।

सिजन–३ कार्यक्रमका लागि चाहिने इन्टरनेट वल्र्डलिंकले उपलब्ध गराउने छ र नेटटीभीले सम्पूर्ण गतिविधिको साझेदारको रुपमा आवद्ध भएको छ । भ्वाइस अफ नेपाल सिजन–३ को अफिसियल ओटीटी साझेदारको रुपमा नेट टीभी एप्स र सामुदायिक साझेदारका रुपमा नेपाली पात्रो रहेको छ ।

‘हामी हिमालय टीभीले प्रस्तुत गर्न लागेको भ्वाइस अफ नेपाल सिजन–३ को सम्पूर्ण गतिविधिमा आवद्ध हुन पाउँदा खुशी छौ ।’ वल्र्डलिंक कम्युनिकेशन्स् लिमिटेडका निर्देशक मनोज अग्रवालले भने ‘यो कार्यक्रमले हाम्रो देशका गायन क्षेत्रका प्रतिभाहरुलाई खोज्नु तथा अवसर प्रदान गर्नेछ र हाम्रो उद्देश्य हिमालय टीभीले गरेको कार्यक्रमलाई सहायता गर्नु हो ।’

‘नेपाली जनतालाई नेटटीभीले विभिन्न किसिमका मनोरञ्जनात्मक कार्यक्रम प्रदान गर्दै आइरहेकोछ । कार्यक्रम हाम्रो आईपीटीभी सेवा जडान गरेका र नेटटीभी एप्सका ग्राहकहरुले हेर्न सक्नेछन् । असम्पादित विशेष प्रस्तुतीकरणहरुको मनोरञ्जन नेटटीभीको एप्समार्फत पनि लिन सक्नेछन् ।  प्रस्तुतीकरणको कार्यतालिका र यसका अध्यावधिक सूचनाहरु नेपाली पात्रोमार्फत पनि लिन सकिनेछ । शीर्ष प्रतिभाहरुलाई वल्र्डलिंकले बर्षभरि निःशुल्क इन्टरनेट र आइपीटीभी सेवाहरु प्रदान गर्नेछ, यसमा हामी खुशी छौ ।’ निर्देशक अग्रवालले भने ।

समाचार

सञ्चालनमा आयो नेपालकै पहिलो व्यावसायिक सामाजिक सञ्जाल रोलिङ नेक्सस

नेपालकै पहिलो व्यावसायिक सामाजिक सञ्जाल रोलिङ नेक्सस सञ्चालनमा आएको छ । मंगलबार श्…

एमएनएसले खरिद गर्‍यो हाम्रो बजार, नयाँ सीईओमा रोहित तिवारी नियुक्त

नेपालको लोकप्रिय इकमर्स कम्पनी हाम्रो बजारलाई मुभर्स एण्ड सेकर्स (एमएनएस) इन्भेष्टमेन्ट…

महाशिवरात्रीमा ग्यापुको अफर, एपबाट सामान खरिद गर्दा २०० छूट

लोकप्रिय नेपाली ई-कमर्स ग्यापु मार्केटप्लेसले महाशिवरात्रीको अवसरमा छुट तथा सामाजिक…

प्रविधिमा महिलालाई सशक्त बनाउन ह्वावेले शुरू गर्‍यो वुमन डेभलपर्स प्रोग्राम

ह्वावेले आधिकारिक रूपमा ह्वावे वुमन डेभलपर्स प्रोग्राम (एचडब्लुडी) कार्यक्रम शुरू गरे…

८२ प्रतिशत जनताका पहुँचमा इन्टरनेट सेवा

नेपालमा दुई करोड ४७ लाख  ३५ हजार जनसङ्ख्याका पहुँचमा इन्टरनेट सेवा पहुँच पुगेको …

एडभान्सड क्लाउड इन्क्रिप्सनमा काम गर्दै इन्टेल

इन्टेलले डिफेन्स एडभान्सड रिसर्च प्रोजेक्ट एजेन्सीको रुपमा द डेटा प्रोटेकसन इन भर्चुअल…

मकवानपुर प्रहरीले फेला पार्‍यो हराएका २२ थान मोबाइल, सम्बन्धित व्यक्तिलाई हस्तान्तरण

बिभिन्न मितिमा हराएका विभिन्न व्यक्तिहरूका २२ थान मोबाइल जिल्ला प्रहरी कार्यालय मकवा…

इसेवाको आइडी ह्याक गरेर ठगी गर्ने एक युवक पक्राउ

अरुको इसेवाको आइडीमा अनाधिकृत पहुँच कायम (ह्याक) गरी रकम ठगी गर्ने एक जनालाई प्र…

इसेवाको आइडी ह्याक गरेर ठगी गर्ने एक युवक पक्राउ

अरुको इसेवाको आइडीमा अनाधिकृत पहुँच कायम (ह्याक) गरी रकम ठगी गर्ने एक जनालाई प्र…

नेपाल बैंक कर्मचारीकाे विज्ञापन आवेदन शुल्क खल्तीबाटै भुक्तानी गर्न सकिने 

नेपाल बैंकले विभिन्न पदका लागि माग गरेकाे आवेदन अनलाइन भरी त्यसको शुल्क अब खल्ती …

पठाओका महिला राइडरको औसत कमाई मासिक करिब तीस हजार

अन्तरास्ट्रिय नारी दिवसको अवसरमा लोकप्रिय राइड सेयरिङ प्लेटफर्म पठाओले उत्कृष्ट २५ जन…

स्याटेलाइट प्रक्षेपण कार्य अध्ययनका लागि छानिए ५ कम्पनी

नेपालको आफ्नै भू–उपग्रह (स्याटेलाइट) प्रक्षेपण गर्ने कार्यलाई तीव्रता दिइएको छ । प्रक्ष…

‘वित्तिय क्षेत्रमा डिजिटाइजेसन र महिलाको पहुँच’ विषयमा वेबिनार गर्दै नेपाल क्लियरिङ हाउस

‘वित्तिय क्षेत्रमा डिजिटाइजेसन र महिलाको पहुँच’ विषयमा वेबिनार आयोजना हुने भएको …

स्याटेलाइट सम्बन्धि अध्ययन गर्न पाँच कम्पनी छनोट

नेपालको आफ्नै भू–उपग्रह (स्याटेलाइट) राख्न आवश्यक अध्ययनका लागि पाँच कम्पनी छनोट (सर्…

दोलखामा नेपाल टेलिकमको फोरजी विस्तार

दोलखाको नेपाल टेलिकमको सेवा विस्तार भएको सबै ठाउँमा आजबाट फोरजी सेवा सञ्चालनमा …