समाचार
कुमारी बैंकको डिजिटल च्यालेन्ज, आईफोन १२ सँगै सामसङको ट्याब जित्ने मौका
डिजिटल कारोबार प्रवर्द्धन गर्ने उदेश्यले कुमारी बैंकले ‘डिजिटल च्यालेन्ज’ नामक योजना सुरु गरेको छ । यो योजना अन्तर्गत कुमारी बैंकको ‘कुमारी स्मार्ट’ प्रयोग गरी कारोबार गर्ने ग्राहकहरूमध्ये १ जना भाग्यशाली विजेताले आइफोन १२ प्राप्त गर्नेछन् ।
यसका साथै ५ जना भाग्यशाली विजेताले सामसङ ट्याब ए ८.० प्राप्त गर्ने बैंकले जनाएको छ । ग्राहकले कुमारी स्मार्ट मोबाइल एप प्रयोग गरी शुरुमा टप–अप गर्ने, दोस्रोमा फोनपे डिरेक्टको प्रयोग गर्ने र तेस्रोमा फोनपे क्यु आर कोड स्क्यान गरी भुक्तानी गर्ने कार्य सम्पन्न गरेपछि आइफोन १२ प्राप्त गर्ने लक्की ड्रमा सहभागी हुनेछन् ।
यी ३ कार्यहरू सम्पन्न गर्ने ग्राहकहरू मध्ये एकले आइफोन १२ प्राप्त गर्ने बैंकले जनाएको छ । यसका साथै कुमारी स्मार्ट एपबाट पहिलो पटक कारोबार गर्ने ग्राहकहरूमध्ये ५ भाग्यशाली विजेताले सामसङ ट्याब ए ८.० प्राप्त गर्नेछन् ।
यस योजना अन्तर्गत ग्राहकले पहिलो पटक टप–अप, बिल भुक्तानी, क्युआर भुक्तानी (फन्ड ट्रान्सफर र वालेट लोडबाहेक) कुनै एक कारोबार गरे पश्चात सामसङ ट्याब ८.० प्राप्त गर्ने लक्की ड्रमा सहभागी हुनेछन् ।
कुमारी स्मार्ट प्रयोग गर्नका लागि ग्राहकहरूले कुमारी बैंकमा आफ्नो खाता खोलेका वा कायम गरेको पर्ने पनि बैंकले जनाएको छ ।
बैंक–खातासँग जोडिएको कुमारी स्मार्ट एप आफ्नो फोनमा डाउनलोड गरी माथि उल्लेखित कार्यहरू सम्पन्न गरेपछि ग्राहकहरूले यो योजनामा सहभागी हुने अवसर प्राप्त गर्नेछन् ।
एफवान सफ्टको सहकार्यमा यो योजना यही मार्च १ तारिकदेखि मार्च महिनाको अन्तिम दिन ३१ तारिकसम्म मात्र लागू हुनेछ ।
समाचार
टेस्लाले ल्याउँदै फुल सेल्फ ड्राइभिङ मोडमा बेटा अपडेट
टेस्लाले फुल सेल्फ ड्राइभिङ मोडमा बेटा अपडेट ल्याउने भएको छ ।
एनसेल र धुलिखेल अस्पतालको सहकार्यमा टेलिमेडिसिन र स्वास्थ्य सूचना कार्यक्रम शुरु
एनसेल आजियाटा लिमिटेडले आफ्नो व्यवसायिक सामाजिक उत्तरदायित्व अन्तर्गत धुलिखेल अस्पता…
आईप्रोका फिचर फोन नेपालमा
नेपाली बजारमा आईप्रोका फिचर फोन भित्रिएका छन् । भीएस ग्रुपले आईप्रोका फोनहरु आधिका…
चोरीका ५२ थान मोबाइलसहित ४ जना पक्राउ
चोरीका ५२ थान मोबाइल सहित ४ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
सीमा क्षेत्रमा हुने आपराधिक गतिविधि रोक्न सिसिटिभी क्यामरा जडान
सशस्त्र प्रहरी बल नेपाल छिन्नमस्ता बाहिनी मुख्यालय प्रदेश नं २ महोत्तरीले सीमा क्षेत्रम…
ई-ट्रान्सपोर्टेसनको ग्यारेज प्रतिनिधिहरूसँग अन्तरक्रिया
नेपालको ढुवानी व्यवसायलाई स्मार्ट बनाउने अभियान सुरु गरेको ई-ट्रान्सपोर्टेसन सर्भिसल…
टिकटकमा आयो क्यूएनए फिचर
टिकटकमा प्रश्न उत्तर (क्यूएनए) फिचर उपलब्ध भएको छ । सबै प्रयोगकर्ताका लागि क्यूएनए फि…
भिडमा पनि आवाज पत्ता लगाउन सक्ने वेयरेबल निर्माण गर्दै अल्फाबेट
अल्फाबेटको मुन सट फ्याक्ट्रीले भिडमा पनि आवाज पत्ता लगाउन सक्ने वेयरेबल निर्माण गर्ने…
नेपालमा रियलमी सिक्स आईको मूल्य घट्यो
स्मार्टफोनको क्षेत्रमा छोटो समयमै लोकप्रिय मोबाइलफोन रियलमीको ‘मिड–रेन्जर’ फोन रियल…
डिशहोमले मेयर कप २०७७ क्रिकेट प्रत्यक्ष प्रशारण गर्दै
राष्ट्रिय खेलकुद परिषदको कार्यक्रम अनुसार नेपाल क्रिकेट संघ (क्यान) द्धारा आयोजीत मे…
गोरखा डिपार्टमेन्ट स्टोरमा एनआईसी एशिया बैंकको क्युआर भुक्तानी सेवा
एनआईसी एशिया बैंकले पूर्वी नेपालमा विगत दुई दशकदेखि सञ्चालनमा रहेको गोरखा डिपार्…
एक हजार जनालाई रोजगारी दिने देशकै ठुलो आइटी कम्पनी \'एफवानसफ्ट\' १८ औँ वर्षमा प्रवेश
नेपालको सबैभन्दा ठुलो र अग्रणी डिजिटल वित्तीय सेवा कम्पनी एफवान सफ्ट इन्टरनेशनल १८ औँ वर्षमा प्रवेश गरेको छ । सन् २००४ को मार्च ६ गतेबाट कम्पनीले आफ्नो सेवा स…
धार्मिक तथा पर्यटकिय स्थलमा अब वाईफाई सेवा
धार्मिक तथा पर्यटकिय स्थलहरुमा वाईफाई सेवा उपलब्ध हुने भएको छ । बिहिबार आयोजित ने…
अब हाम्रो पात्रोमै अंग्रेजी सिक्न सकिने
नेपालको लोकप्रिय एप हाम्रो पात्रोमा अब अंग्रेजी भाषा समेत सिक्न पाइने भएको छ । हाम्रोपात्रो एपले आफ्नो पोडकास्ट फिचरअन्तर्गत अडियो भर्सनमा अंग्रेजी भाषा सिक…
कमेडी च्याम्पियन सिजन २ को पावरबाई क्याटेगोरीमा डिशहोम
डिशहोम कमेडी च्याम्पियन सिजन २ को पावर्डबाई क्याटोगोरीमा अनुबन्धित भएको छ । नेपालक…