कीवर्डहरू -

समाचार

आदिम \'इन्नोभेसन स्टार्टअप फण्ड\' स्थापना, कलेजका उत्कृष्ट इन्नोभेसनलाई १० लाख

त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धन प्राप्त आदिम कलेजले ‘आदिम इन्नोभेसन स्टार्टअप फण्ड’ स्थापना गरेको छ । आइतबार होटल हिमालयमा एक विशेष कार्यक्रमको आयोजना गर्दै राष्ट्रिय आविश्कार केन्द«का प्रमुख महाविर पुनको विशेष उपस्थितीमा स्टार्टअप फण्डको घोषणा गरिएको हो ।


कलेजले ब्याच्लर्स अफ कम्प्युटर एप्लिकेशन (बिसिए) अन्तिम वर्षका विद्यार्थीहरुलाई लक्षित गरेर १० लाख रूपैयाँ बराबरको आदिम इन्नोभेसन स्टार्टअप फण्ड स्थापना गरेको छ । पत्रकार सम्मेलनमा फण्डको बारेमा जानकारी दिदै कलेजका प्रिन्सिपल शंकर प्रसाद शर्माले विद्यार्थीहरुलाई स्वदेशमै सम्भावना र अवसर सृजना गर्दै उद्यमशिलता फण्डको सुरुवात गरिएको जानकारी दिए ।

\"\"

कार्यक्रममा सम्वोधन गर्दै महाविर पुनले यो सुरुवात नेपालको कलेजहरुमा पहिलोपटक भएको भन्दै यसले अब इन्नोभेसन र उद्यमशिलताको संस्कृती विकास गर्ने बताए । पुनले भने  “१० लाख रुपैया सुरुवात भएपनि यसले अन्य सयँौैलाई यस क्षेत्रमा कृयाशिल हुन प्रोत्साहन गर्नेछ ।”


कार्यक्रममा सम्वोधन गर्दै महाविर पुनले यो सुरुवात नेपालको कलेजहरुमा पहिलोपटक भएको भन्दै यसले अब इन्नोभेसन र उद्यमशिलताको संस्कृती विकास गर्ने बताए । पुनले भने “ १० लाख रुपैया सुरुवात भएपनि यसले अन्य सयँौैलाई यस क्षेत्रमा कृयाशिल हुन प्रोत्साहन गर्नेछ ।”


यसैगरी कार्यक्रमका प्रमुख अतिथी प्रा.डा. शुवर्ण शाक्यले विद्यार्थीले आइडिया र इन्नोभेसनमा काम गर्ने हो, यसर्थ ‘आदिम इन्नोभेसन स्टार्टअप फण्ड’ नेपालको शैक्षिक क्षेत्रमा उद्यमशिलतालाई प्रवद्धन गर्ने नयाँ आयाम हुने कुरामा विश्वास व्यक्त गरे । यो फण्ड पूर्ण वा आंशिक रूपमा विद्यार्थीको उत्कृष्ट इन्नोभेटिभ प्रडक्ट वा प्रोजेक्टलाई प्रदान गरिनेछ । फण्ड आवश्यक डिभाइस, सफ्टवेयर र कार्यालय सेटअपमा खर्च गर्न सकिनेछ भने डेभलपरलाई पारिश्रमिक दिन पनि खर्च गर्न सकिने कलेजले जनाएको छ ।

\"\"

कलेजका अनुसार विद्यार्थीहरु बीचमा उद्यमशीलताको स्किलसेटलाई बढवा दिन र रोजगारी खोज्ने भन्दा पनि रोजगारी दिने माइन्डसेट विकास गर्न यो फण्ड स्थापना गरिएको हो । यो फण्डले अध्ययनसँगै उद्यमशिलताको विकास गर्न महत्वपुर्ण सघाँउ पुग्नेछ । फण्ड घोषणाको विशेष कार्यक्रममा बोल्दै त्रिभुवन विश्वविद्यालयका आइटी कार्यक्रम निर्देशक नवराज पौडेलले ‘आदिम इन्नोभेसन स्टार्टअप फण्ड’ नेपालको शिक्षा क्षेत्रमा उदाहरणिय प्रयास भएको बताए ।


इन्नोभेटिभ आइडिया तथा कन्सेप्टलाई वास्तविकतामा उतार्न फण्डले सहयोग गर्नेछ । फण्डलाई प्रडक्टको ब्राण्डिङ र मार्केटिङमा समेत खर्च गर्न सकिने छ । फण्डले उद्यमशीलताको यात्रा शुरू गर्न विद्यार्थीहरुलाई प्रेरित गर्ने विश्वास लिएको प्रिन्सिपल शर्माले बताए ।

\"\"

कार्यक्रममा आइटी इन्डस्ट्री तथा एकेडेमियाको सहकार्यको विषयमा प्यानल डिस्कसन समेत सञ्चालन भएको थियो । प्यानल सेसनमा योमरी ग्रुपका अध्यक्ष दिपेश प्रधान, गुर्जु टेक्नोलोजिजका सह संस्थापक गणेश कुवर, क्लाउड फ्याक्ट्रीका सिनियर इन्जिनियरिङ म्यानेजर विष्णु सुवेदी र आदिम नेशनल कलेजका प्रिन्सिपल शंकर प्रसाद शर्माको सहभागिता रहेको थियो । कोटिभिटीका सिनियर इन्जिनियरिङ म्यानेजर मुकेश सिंहले सञ्चालन गरेको प्यानल डिस्कसनमा आइटी इन्डस्ट्रीको लागि कलेजहरुको सहकार्यसँगै रिसर्च र इन्नोभेसनमा जोड दिनुपर्ने वक्ताहरुले बताए ।


आदिम कलेजले ब्याचलरमा बीसीए, बीबीएस, बीएसडब्लुका साथसाथै प्लस टु लेभलमा साइन्स, म्यानेजमेन्ट विषय पढाइरहेको छ । चाबहिल काठमाडौंमा रहेको कलेजले विद्यार्थीहरुलाई कोर्सको अध्ययनसँगै व्यवहारिक ज्ञानमा जोड दिएको छ भने र प्रथम समेस्टरदेखि नै प्रोजेक्टहरु समावेश गर्दै आइरहेको छ ।

समाचार

बजेट अभावले चीनमै रोकिए २५ विद्युतीय बस

चीनमा  तयार  भएका  २५  वटा विद्युतीय  बस आर्थिक  अभावका  कारण  नेपाल  ल्याउन सकि…

एनसेल र नेपाल टेलिकमको नाफामा भारी गिरावट

सन् २०१९ मा आफ्नो एक जना ग्राहकबाट औसतमा दुई सय ६९ रुपियाँ आम्दानी गरेको एनसेलको …

शृंखला खतिवडा वल्र्डलिंक कम्युनिकेशन्सको सद्भावना दूत

नेपालकै सबै भन्दा ठूलो ब्रोडव्यान्ड सेवा प्रदायक कम्पनी वल्र्डलिंक कम्युनिकेशन्स लिमिटेडले पुर्व मिस नेपाल शृंखला खतिवड…

गूगलले वेयर ओएसको बग फिक्स गर्ने

गूगलले तीन महिना अघिको वेयर ओएसमा भएको बगको समस्यालाई ठिक गर्ने भएको छ । वेयर ओ…

वैदेशिक रोजगारीमा जानेका लागि एनसेलको ‘सहयात्री सिम’

एनसेल आजियाटा लिमिटेडले वैदेशिक रोजगारीमा जाने योजनामा रहेका नेपाली र उनीहरुक…

पशुपतिनाथमा अब क्यूआर कोड स्क्यान गरेर भेटी दान गर्न सकिने

पशुपतिनाथमा अब ‘क्यूआर कोड’ प्रणालीमार्फत भेटी दान गर्न सकिने भएको छ । पशुपतिनाथ …

अब एक महिनामै चालक अनुमतिपत्र पाइने

नयाँ चालक अनुमतिपत्रका लागि फाराम भर्नेको सङ्ख्या पाँच लाखभन्दा बढी हुँदा यातायात …

सीडीएससीले ल्यायो आईपीओको मात्रै नतिजा हेर्न मिल्ने नयाँ वेबसाइट

आइपीओको मात्रै नतिजा हेर्न सकिने गरी नयाँ वेबसाइट सञ्चालनमा आएको छ । सीडीएस एण्ड …

शिखर इन्स्योरेन्सको च्याटबटबाट सेवा लिने दिनदिनै बढ्दै, यसरी लिनुहोस् सेवा

शिखर इन्स्योरेन्सले गत मंसिर १७ गतेदेखि सुरु गरेको च्याटबटमार्फत कुनैपनि सेवा लिन …

डिजिटल रूपान्तरणको गतिलाई अगाडि बढाउँदै ह्वावे 

ह्वावेले एचएमएस इकोसिस्टमका लागि विकासकर्ता र साझेदारहरुलाई सशक्त बनाउन सिंगापुरक…

ट्वीटरमा सेफ्टी मोड फिचर आउँदै, नराम्रो कमेन्टहरुलाई आफै ब्लक गर्न सक्ने

ट्वीटरले स्वत रुपमा नराम्रो कमेन्टहरुलाई ब्लक गर्न सक्ने सेफ्टी मोड ल्याउन काम गरिरहेक…

आफ्नै प्रोसेसर प्रयोग भएको ल्यापटप ल्याउँदै सामसङ

सामसङले यो वर्ष एएमडी ग्राफिक भएको एक्सीनोस ल्यापटप सार्वजनिक गर्न सक्ने भएको छ । <…

म्यानमारको सैनिक अकाउन्ट माथि फेसबुकको प्रतिबन्ध

फेसबुकले म्यानमारको मिलिटरी (सैनिक) लाई अनिश्चित समयको लागी प्रतिबन्ध गरेको छ । म…

ग्वार्को तरकारी तथा फलफूल बजारमा कुमारी बैङ्कको क्यूआर सेवा शुरु

कुमारी बैङ्क लिमिटेडले ललितपुर स्थित ग्वार्को तरकारी तथा फलफूल बजारमा क्यूआर कोड स…

रुपन्देहीमा १ महिने कम्प्युटर प्रशिक्षण कार्यक्रम सम्पन्न 

रुपन्देहीको कञ्चन गाउँपालिकाले आयोजना गरेको १ महिने कम्प्युटर तालिम सम्पन्न भएको छ …