कीवर्डहरू -

समाचार

इन्फोडेभलर्पसले सुरु गर्‍यो क्युआर कोडमा आधारित स्पट बैंकिङ सेवा

इन्फोडेभलर्पसले स्पट बैंकिङ्ग सेवा पनि सार्वजनिक गरेको छ । सहकारी तथा लघुवित्तका सदस्यहरुले एमडबली मोबाईल बैंकिङ प्लेटर्फम मार्फत यो सेवा प्रयोग गरि बिना झण्झ्ट सजिलै खातामा रकम जम्मा गर्न र निकाल्न सक्ने छन् ।

यो सेवाको प्रयोगबाट खातामा रकम जम्मा गर्न र निकाल्न सहकारी तथा लघुवित्त संस्था सम्म पुग्न नपर्ने र सो कार्य सहकारी तथा लघुवित्त संस्थाहरुले तोकिएको व्यक्ति अर्थात ‘स्पट लिडर’ बाट सजिलै कारोबार गर्न सकिने छ ।

कोभिड-१९ को पहिलो लहरले थिलथिलो बनाएको वित्तिय क्षेत्रलाई कोभिड-१९ को दोस्रो लहरले अझ बढी शिथिल बनाइरहेको सन्दर्भमा सहकारी तथा लघुवित्तहरुले पहिले जस्तो खुला रूपमा सदस्यहरुसंग सम्पर्क गरि बैंकिङ्ग कारोबार गर्न सम्भव छैन ।

यस परिस्थिति ध्यानमा राख्दै इन्फोडेभलर्पसले एमडबली मोबाईल बैंकिङमा स्पट बैंकिङ्ग सर्भिस (घरदैलो बैंकिङ्ग) को सुरुवात गरेको हो । यसको प्रयोग गरी सहकारी तथा लघुवित्त संस्थाहरुले आफ्ना सदस्यहरुलाई ‘स्पट लिडर’ को  नियुक्ति गरी आफ्नो गाउँ-ठाउँमै खातामा रकम राख्ने र निकाल्ने सुविधा उपलब्ध गराउन सक्नेछन् ।

स्पट लिडरहरुले एमडबली एपमा रहेको सहकारी तथा लघुवित्तहरुमा बैंक ट्रान्सफर गर्ने सुविधा प्रयोग गरी वास्तविक समयमा नै कारोबार गरेर त्यसको हिसाब मिलान गर्न सक्नेछन् ।

यसरी संस्था, स्पट लिडर तथा सदस्यहरु एक आपसमा भेट नगरी पूर्ण रुपमा बैंकिङ्ग कारोबार गर्न सक्नेछन् । स्पट बैंकिङ्ग सेवाबाट सहकारी तथा लघुवित्त संस्थाहरुले आफ्ना ग्राहकहरुको आय अभिवृद्धि गर्ने कार्यमा मद्दत गर्नुका साथै स्पट लिडरबाट घरदैलो बैंकिङ्ग सेवा संचालन गर्न सक्ने कम्पनीका प्रमुख कार्यकारी अधिकृत उमेश रघुबंशीले जानकारी दिए।

स्पट बैंकिङ्ग सेवालाई संस्थाहरुले एटीएम सेवाको विकल्पको रूपमा प्रयोग गर्न सक्ने कुरा पनि उनले बताए । इन्फोडेभलर्पसले विकास गरेको एमडबली मोबाइल एपबाट सहकारी र लघुवित्तका सदस्यहरुले आफ्नो खाताको रकम नेपालका विभिन्न बैंक तथा वित्तीय संस्थाको खातामा तुरुन्तै ट्रान्सफर गर्न सक्छन ।

त्यस्तै सदस्यहरुले घरमै बसेर यो सेवाबाट आफ्नो खातामा रहेको व्यालेन्स ट्रान्फर, ब्यालेन्स जानकारी, स्टेटमेन्ट हेर्न,  ऋणको जानकारी लिन र तिर्न, तथा फोन, इन्टरनेट, टिभि रिचार्ज गर्न पनि सक्छन ।

साथै बिजुली तथा खानेपानीको बिल तिर्न, हवाई टिकट काट्न, क्युआर भुक्तानी (फोन पे) गर्न, बिमाको प्रिमियम तिर्न, स्कूल बिल तिर्न आदि कार्य पनि घरबाटै गर्न सक्छन।

विगत १९ वर्षदेखि सूचना तथा संचार प्रविधि क्षेत्रमा कार्य गर्दै आएको इन्फोडेभलर्पस प्रालिले सहकारी तथा लघुवित्तहरुको लागि कोर बैंकिङ्ग सिस्टमका साथै अन्य विभिन्न सेवाहरु पनि प्रदान गर्दै आएको छ ।

हाल इन्फोडेभलर्पसमा झण्डै एक हजार भन्दा बढी सहकारी तथा लघुवित्त संस्थाहरु आवद्ध रहेका छन् । साथै कम्पनीले मोबाईल बैंकिङ, एटिएम, ई-बैंकिङ, ट्याब्लेट बैंकिङ सेवा समेत सुरु गरिसकेको छ ।

देशका अग्रणी भुक्तानी सेवा प्रदायकहरु इसेवा, खल्ती, आईएमई पे, प्रभु पेसँगको सहकार्यबाट एमडबली मोबाईल बैंकिङ प्लेटर्फम मार्फत सहकारी तथा लघुवित्त संस्थाहरुलाई सफलतापूर्वक डिजिटल बैंकिङ्ग सेवा उपलब्ध गराईरहेको छ ।

समाचार

हाम्रो डक्टरबाट अब निःशुल्क कोभिड परामर्श लिन सकिने, यसरी लिनुहोस् परामर्श

हाम्रो डक्टरबाट अब निःशुल्क कोभिड परामर्श लिन सकिने भएको छ । नेपालकै पहिलो अनलाईन…

ग्यापु मार्केप्लेसको मोबाइल एप एक लाखभन्दा बढी डाउनलोड

नेपाली इकमर्स प्लेटफर्म ग्यापुको मोबाइल एप १ लाख भन्दा बढी डाउनलोड भएको छ । गूगल प्…

फेसबुकपछि गूगल विज्ञापनको आधिकारिक रिसेलर बन्दै फिट इन्टरनेशनल

नेपालमा पहिलो फेसबुक विज्ञापनको आधिकारिक रिसेलर बनेको फिट इन्टरनेशनल गूगलको एडक…

क्लबहाउसले अमेरिकामा एन्ड्रोइड एपको बेटा भर्सन परीक्षण गर्दै

क्लबहाउसले अमेरिकामा आफ्नै एन्ड्रोइड एपको बेटा भर्सन जाँच गरिरहेको छ । अब क्लबहाउस …

निषेधाज्ञाको समयमा लुमिसनको इन्भर्टर र ब्याट्रीमा समस्या आए यो नम्बरमा फोन गर्नुहोस्

लुमिनस पावर ब्याकअप सोलुसन र सनवर्थ सोलार प्यानलको लागि नेपालको आधिकारिक बिक्रेता…

स्पेसएक्सले डोजक्वाइनको कोषद्वारा चन्द्रमामा स्याटेलाईट लञ्च गर्ने

स्पेसएक्सले डोगेकोइनको कोषद्वारा चन्द्रमामा स्याटेलाईट लञ्च गर्ने भएको छ । क्यानेडाको …

नेपाल डिडिओएस अट्याक ट्रेण्ड र कसरी प्रतिक्रिया गर्ने विषयमा वेबिनार आयोजना हुँदै

डिजिटल नेटवर्क सोलुसनले नेपाल डिडिओएस अट्याक ट्रेण्ड र कसरी प्रतिक्रिया गर्ने विषयमा…

ईमर्जिङ मार्केटमा ओप्पो दोस्रो स्थानमा पर्न सफल

शन्चनमा गुगल र क्यान्टारद्वारा संयुक्त रुपमा प्रकाशित द टप ५० क्यान्टार ब्रान्डजी चाईनि…

स्मार्ट टेलिकमको रिचार्जमा ४ गुणासम्म बोनस योजना, १ हजार रिचार्ज गर्दा ४ हजार बोनस

स्मार्ट टेलिकमले रिचार्जमा ४ गुणा सम्म बोनस सुविधा योजना ल्याएको छ । ५० देखि १ हजा…

ज्योतिषी, योग र मेडिटेसन सेवा दिने एप ‘स्व अध्याय’

मानिसको जीवनशैली राम्रो बनाउन सहयोग पुर्‍याउने उदेश्यका साथ नेपाल कलेज अफ इन्फरमे…

ब्रोडवे इन्फोसिसले अनलाइनबाट निःशुल्क पाइथन प्रोग्रामिङ सिकाउने

ब्रोडवे इन्फोसिसले अनलाइनबाट निःशुल्क पाईथन प्रोग्रामिङ सिकाउने भएको छ । यो निःशुल्…

चीनको फाइभ बि रकेटको फुटेको भाग हिन्द महासागरमा खस्यो, नासाद्वारा आलोचना

चीनको फाइभ बि रकेटको फुटेको भाग गएर हिन्द महासागरमा खसेको छ । माल्दिभसको पश्चिम …

आईओएस १४.५ मा कुल ४ प्रतिशत प्रयोगकर्ता मात्रै एप ट्रयाकिङ फिचरमा सहमत

आईओएस १४.५ को फिचर आएपछि अमेरिकामा कुल ४ प्रतिशत आईफोन प्रयोगकर्ताले मात्रै एप ट्र…

निषेधाज्ञामा इन्टरनेटको बिल कसरी तिर्ने ? यस्ता छन् सेवा प्रदायकका विकल्प

मुलुकभर लकडाउन भइरहेको बेला इन्टरेनेटको खपत बढिरहेको छ ।

एनसेलको आकर्षक योजना, हरेक दिन स्मार्टफोन जित्ने मौका

एनसेलका ग्राहकले अब यूनाइटेड अरब एमिरेट्स (यूएई) बाट आउने कलमा हरेक दिन स्मार्टफो…