समाचार
गुदपाक र पुस्टकारीको नेपाली रेसिपी पुनर्जीवित गर्दै माक्कुसे, ग्यापु मार्फत होम डेलिभरी
आधुनिक स्वादमा परम्परागत नेपाली रेसिपी पुनर्जीवित गर्ने उद्देश्यले नयाँ नेपाली डेसर्ट ब्राण्ड माक्कुसे बजारमा आएको छ । नेवारी भाषामा माक्कुसेको वर्णन नै गर्न नसकिने अत्यन्तै मिठो भन्ने हुन्छ ।
माक्कुसे ब्राण्डबाट हाल परम्परागत पुष्टकारी, गुलाबजल र पिस्ता सहितको गुदपाक, मोका (कफि मिश्रित) गुदपाक, चकलेट र गुदपाकबाट बनेको कुकिज, ओटमिल र पम्किन सिडबाट बनेको कुकिज उपलब्ध छन् ।
माक्कुसेको सामाजिक संजाल र लोकप्रिय नेपाली ईकमर्स ग्यापु मार्केटप्लेसको मोबाइल एप तथा वेबसाईटमा अर्डर गरि माक्कुसे नेपाल भर घरैमा डेलिभरी मगाउन सकिन्छ।
ग्यापु मार्फत नै विदेशमा रहेका ब्याक्तीले सोही देशको डेबिट/क्रेडिट कार्ड प्रयोग गरेर नेपालमा रहेका आफन्तलाई माक्कुसेका उत्पादन उपहार पठाउने व्यवस्था समेत मिलाइएको छ ।
माक्कुसेका उत्पादनहरू परम्परागत नेपाली डेसर्टबाट प्रेरित छन् । उत्पादनहरू दूधको खुवा प्रयोग गरि बनाइएको छ । पहिलेको स्वाद र नयाँ तरिकाको बनावट रहेका यी उत्पादनहरूले पुराना र नयाँ स्वादलाई सन्तुलन गर्ने बताइएको छ ।
‘गुदपाक, पुष्टकारी मिठो स्वादका लागि मात्रै होइन, पोषणका लागि पनि उत्तिकै महत्त्व बोकेको छ। हामीले यसको ठेट स्वादलाई कायम गरी आधुनिक तरिकाबाट प्रस्तुत गर्न खोजेका छौँ।’ माक्कुसेका सिइओ तथा सह–संस्थापक अनुस्का श्रेष्ठ भन्छिन्, ‘हाम्रो उत्पादनहरु विगतको दायराबाट नवीन र उत्साहजनक भविष्यतर्फ लम्किएको छ।’
गुदपाक जस्तो ठेट नेपाली डेसर्ट पछिल्लो समय लोप हुँदै गैरहेको अवस्थामा कच्चा पदार्थको गुणस्तर र स्वास्थ्य संबेदनसिलतालाई मद्यनजर गर्दै गुणस्तरीय उत्पादनमा जोड दिएको अनुस्काको भनाइ छ । काभ्रेबाट दैनिक ताजा खुवा ल्याएर माक्कुसेको उत्पादन तयार गरिने बताइएको छ ।
मिस वर्ल्ड नेपाल २०१९ को विजेता समेत रहेकी अनुस्का मिस वल्डमा सहभागी भएर फर्केपछि विश्वमाझ नेपाललाई चिनाउने भोक आफूमा जागेको र सोही चाहनालाई पछ्याउँदै माक्कुसेको स्थापना गरेको बताउँछिन् । हाल माकुसेलाई अनुस्काले नै नेतृत्व गरिरहेकी छिन् ।
अस्ट्रेलियामा उच्च शिक्षा अध्ययनपछि नेपाल फर्केर व्यवसायमा लागेकी अनुस्का विदेशमा अर्जन गरेको सीप र ज्ञान स्वदेशमा सदुपयोग गर्नुपर्नेमा विश्वास राखेको बताउँछिन् ।
परम्परागत डेसर्टलाई बजारमा ल्याएर व्यवसायमा जम्न सजिलो थिएन झन् माक्कुसे सुरु गर्नै लाग्दा कोभिड १९ का कारण समय जटिल पनि बन्यो । यो चुनौतीलाई सामना गर्दै विभिन्न क्षेत्रमा सफल युवा तथा महिला उद्यमीहरूको समूहले पोषण तथा सरसफाइ ध्यानमा राखेर गुणस्तरीय उत्पादन गर्न सफल भएको छ ।
‘जब हामी कुनै खास देशको मिठाईहरू सोच्दछौं त अनकौं तस्वीर दिमागमा आउँदछ । नेपाली मिठाईका बारेमा सोच्दा तपाईको दिमागमा कस्तो चित्र आउँछ?' अनुस्का भन्छिन् 'हामी विश्वास गर्दछौं कि माकुसे यसको जवाफ हुन सक्छ ।’
माकुसे, नेपाली डेर्जट ब्राण्ड नेपालमा मात्र नभई विश्वमै नेपालको मिठाईको अद्वितीय पहिचान बनाउन सफल हुने बिश्वास माक्कुसे टिमको रहेको छ ।
समाचार
मेरो कारोबार एप अब निःशुल्क प्रयोग गर्न सकिने, यसरी गर्नुहोस् प्रयोग (भिडियोसहित)
मेरो कारोबार एप अब निःशुल्क प्रयोग गर्न सकिने भएको छ । मोफसलका युवा समिर फुँयाल,…
फाइभजी सेवाका लागि सेवा प्रदायकलाई आवश्यक फ्रिक्वेन्सी उपलब्ध हुने
आगामी वर्ष भित्र फाइभजी सेवाका लागि आवश्यक फ्रिक्वेन्सी उपलब्ध गराउने प्रक्रिया शुरू ह…
नेपाली आकाशमा अब इन्टरनेट सेवा
विदेशी एयरलाइन्सहरुले अब नेपाली आकाशमा इन्टरनेट सेवा प्रयोग गर्न पाउने भएका छन् । …
प्राधिकरणले सार्वजनिक गर्यो इन्फरमेसन सिस्टम अडिटर र क्लाउड अडिटरको सूची
नेपाल दूरसञ्चार प्राधिकरणले साइबर सेक्युरिटी अडिट र क्लाउड अडिटका लागी अडिटर फर्मह…
६७ लाखले फोरजी सेवा प्रयोग गर्दै
नेपाल दूरसञ्चार प्राधिकरणका अध्यक्ष पुरूषोत्तम खनालले करिब ६७ लाख सर्वसाधारणले फोरज…
स्मार्ट सिटी, आईओटी र मसिन टु मसिन कम्युनिकेसनका लागि फ्रिक्वेन्सी व्यवस्था गर्दै प्राधिकरण
नेपाल दूरसञ्चार प्राधिकरणले स्मार्ट सिटी, इन्टरनेट अफ थिङ्स (आईओटी) र मसिन टु मसिन …
३ हजार ७१४ सामुदायिक विद्यालयमा इन्टरनेट पुग्यो
३ हजार ७१४ सामुदायिक विद्यालयमा इन्टरनेट पुगेको छ । नेपाल दूरसञ्चार प्राधिकरणको २…
पूर्वाधार कम्पनी बनाउनु अहिलेको आवश्यकता होः सञ्चारमन्त्री
सञ्चार तथा सूचना प्रविधि मन्त्री पार्वत गुरुङले पूर्वाधार कम्पनी बनाउनु अहिलेको आवश्य…
जेठभित्र मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम कार्यान्वयनमा आउने
आगामी जेठभित्र मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस) कार्यान्वयनमा आउने भएक…
दूरसञ्चार प्राधिकरणका उप निर्देशक सन्दिप अधिकारी वर्षकै उत्कृष्ट कर्मचारी घोषित
नेपाल दूरसञ्चार प्राधिकरणले प्राधिकरणका उप निर्देशक सन्दिप अधिकारीलाई उत्कृष्ट कर्मचा…
२३ औं वार्षिकोत्सव मनाउँदै नेपाल दूरसञ्चार प्राधिकरण
नेपाल दूरसञ्चार प्राधिकरणले आज आफ्नो २३ औं वार्षिकोत्सव मनाउँदै छ । प्राधिकरणले सञ्च…
नेपालको पिकोस्याट प्रोजेक्ट माइक्रोसफ्ट इम्याजिन कपको फाइनलमा
नेपालको पिकोस्याट प्रोजेक्ट माइक्रोसफ्ट इम्याजिन कपको फाइनलमा पुगेको छ। पिकोस्याट ने…
नारी दिवसका दिन महिलाहरुले प्रयोग गर्ने सामानमा ग्यापुले ५० प्रतिशत छुट दिने
अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा ग्यापु मार्केटप्लेसले नेपाली महिलाहरूको गौरवशाली …
अब मोबाइल बैंकिङबाट दैनिक २ लाख सम्म कारोबार गर्न सकिने
नेपाल राष्ट्र बैंकले विद्युतीय भुक्तानीको सीम संशोधन गरेको छ । विद्युतीय माध्यमबाट …
आगामी आइफोनमा यस्ता हुनेछन् फिचरहरु
एप्पलले सन् २०२१ मा चार ओटा आइफोन मोडेल निकाल्ने भएको छ । एप्पलले सन् २०२१ को दोस्र…