समाचार
जुम मार्फत सञ्चालन भएको निफमा चलचित्र उद्योगमा रोजगारको अवसर तथा सामाजिक रुपान्तरण विषयक छलफल
नेपाल अन्तराष्ट्रिय चलचित्र महोत्सव (निफ) को चौथो संस्करणको दोश्रो दिन आज चलचित्र उद्योगले नेपालमा रोजगारको अवसर तथा सामाजिक रुपान्तरण बिषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ ।
जुम मार्फत गरिएको सो कार्यक्रममा नेपाली चलचित्र क्षेत्र तथा यसमा श्रमको अवस्था बारे चलचित्र जगतका हस्तीहरुसँग गहन छलफल गरिएको नेपाल चलचित्र तथा साँस्कृतिक प्रतिष्ठान एवं निफका अध्यक्ष केपी पाठकले बताए ।
कार्यक्रममा वरिष्ठ कलाकार हरिवंश आचार्यले चलचित्र क्षेत्रमा सरकारले बौद्धिक कपी राइटको संरक्षण गर्ने पर्ने बताउदै यस क्षेत्रमा कामगर्न हरुको उचित बिमाको व्यवस्था गर्ने आग्रह गरे । चलचित्र मार्फत रोजगारी एवं सामाजिक रुपान्तरण गर्ने मैलीक कथाहरुको श्रृजना गर्न आवश्यक रहेको बताए ।
कार्यक्रममा वरिष्ठ कलाकार निर शाहले नेपालको चलचित्र क्षेत्रमा रोजगारीको श्रृजना कसरी गर्ने, जनशक्तिको विकास कसरी गर्ने लगायत विषयमा गहन अध्यन बिना शुरु भएको उधोगले थोरौमात्रामा भएपनि चलचित्र जगतमा श्रमशक्ति स्थापित गर्ने सफल भएको बताए ।
डिजिटल उपकरण, प्रविधि, दक्ष जनशक्तीपनि नेपाली चलचित्र उधोगले विकास गरेको र श्रमिकहरुको क्रमिक रुपमा विकास भएको उनी बताउँछन ।
यसै बिच चलचित्र विकास बोर्डका अध्यक्ष दयाराम दाहालले चलचित्र कर्मीहरुलाई दक्ष बनाउन एवं विश्वबजारमा प्रतिस्पर्धा गर्न सिनेमा शिक्षालाई व्यवसायीक बनाउन जरुरी रहेको बताए ।
अध्यक्ष दाहाल भन्छन राज्यलेनै सीने योदाहरु तयार गर्ने पर्छ । चलचित्र निमार्णले मात्र रोजगारी श्रृजना गर्देन तसर्थ सिनेमालाई पर्यटनसँग जोड्नु पर्छ र डिजिटल सिनेमाको अवधारणा अघि बढाउनु पर्छ ।
समाजमा सिनेमा संस्कृतिको विकास गर्नपर्छ, सिनेमाको बारेमा बहस गर्न पर्छ । सिनेमामा नयाँ प्रविधि भित्र्याउने पूर्ण भन्सार छुट गर्नपर्छ ।
चलचित्र विकास बोर्डमा स्टोरी बैंकको अवधारण शुरु भइसकेको छ । यो नीतिगत रुपमा पास भइसको र चलचित्रमा केही समय कथामा लगानी, केही समय, दक्ष प्राविधिक जनशक्तिमा लगानी राज्यले लगानी गर्नपर्ने उनको भनाई छ ।
सेन्सरको झमेलालाई अब अनलाइनमार्फत पनि व्यवस्थित बनाइनुपर्ने । कर्पोरेट हाउसहरुलाई चलचित्रमा आकर्षण गराउनु आवश्यक रहेको अध्यक्ष दाहालको भनाई छ ।
सोही अवसरमा अन्तर्राष्ट्रिय श्रम संगठनका प्रतिनिधि डा. बिन्दा पाण्डेले चलचित्र क्षेत्रमा कृयाशिल संगठनहरुमार्फत नियम, कानुनहरु बाधा भएमा छलफल मार्फत समाधान गर्न आफू तयार रहेको बताए ।
श्रमिकहरुलाई परिचयपत्र देखि करारपत्र प्रदान गराईं राज्यसँग दर्ज गर्ने व्यवस्था मिलाउदै दस्वेजीकरण गराउन गराउदै अन्तर्राष्ट्रिय श्रम महासन्धि अनुसार नेपालमा कार्यान्वयन गर्न पर्ने बताए ।
विधेकमा समेत संशोधन गरि समय अवस्था अनुसार श्रमलाई रोजगारी, उचित पारीश्रमकि, सामाजिक सुरक्षाको दायरामा ल्याउने, सामुहिक सौताबाजी गर्ने, मर्यादीत श्रमसँग जोड्न आवश्यक रहेको पाण्डेको भनाई छ ।
कार्यक्रममा राष्ट्रिय योजना आयोगका सदस्य .डा रामकुमार फुयाँलले निफको यो बहस कार्यक्रम सारैनै अर्थपूर्ण रहेको र चलचित्र उधोगको रुपान्तरणमा विशेष महत्व राख्ने बताए ।
स्वरोजगार, आत्मनिर्भर बनाउनमा चलचित्र उधोग पनि महत्वपूर्ण गन्तव्य रहेको छ । सरकारको लक्ष्य अनुरुप बार्षीक ५ लाख युवालाई नयाँ रोजगारी श्रृजना गर्ने सहयोग हुने तथा बजेट निमार्णको पूर्वसन्ध्यामा गरिएको यो बहसले चलचित्र श्रेत्रमा बजेटीङ्गमा सजिलो हुने बताए ।
कार्यक्रममा कलाकार बसुन्धारा भुषाल,सुरक्षा पन्त,सामाजिक सुरक्षा कोषका निर्देशक कमलमणि ज्ञवाली, वरिष्ठ अर्थशास्त्री डा. विश्व पौडेल, पुर्व सचिव चन्द्र घिमिरे लगायतका व्यक्तिहरुले धारण राखेका थिए ।
समाचार
टिकटक बनाउने क्रममा भीरबाट लडेर उदयपुरमा एक जनाको मृत्यु
टिकटक बनाउने क्रममा उदयपुरमा एक जनाको मृत्यु भएको छ । उदयपुरको कटारी नगरपालिका …
गूगलको पिक्सेल बड ए सिरिजको जानकारी लिक
गूगलले आफ्नो पिक्सेल बड ए सिरिजको बारेमा आफै लिक गरेको छ । आधिकारिक एन्ड्रोइड ट्वी…
लकडाउनमा पनि मोबाइल र ल्यापटपको सोधपुछ उस्तै, आवश्यक ग्राहकलाई होम डेलिभरी
लकडाउनका कारण अत्यावश्यक सामानबाहेकको बजार बन्द छ । यही बेला ‘वर्क फ्रम होम’ र स्कुल कलजेका अनलाइन कक्षा सञ्चालन भइर…
आजदेखि अनलाइनबाट मात्र श्रम स्वीकृति लिन सकिने
वैदेशिक रोजगार विभागले शुक्रबारदेखि अर्को सूचना जारी नभएसम्मका लागि अनलाइनमार्फत …
अनलाइनबाट शुरू भयो निफको चौथो संस्करण, अनुराग कश्यपले सुनाए यस्तो अनुभव
काठमाडौं । ‘विश्वका कथाहरुको उत्सव’ भन्ने नाराका साथ नेपाल अन्तराष्ट्रिय चलचित्र महो…
इसेवा मनि ट्रान्स्फर र पेरू रेमिटबीच सम्झौता, अष्ट्रेलियाबाट इसेवामा पैसा पठाउन सकिने
इसेवा मनि ट्रान्सफर र अष्ट्रेलिया को रेमिट्यान्स कम्पनी पेरू रेमिटबीच…
यी हुन गत वर्ष नेपालमा भएका १० इनोभेटिभ काम
कोरोना भाइरसको डरै डरमा २०७७ साल बित्यो । कोरोनाको जोखिमबीच गत वर्ष सकिएपनि आवि…
स्पेसएक्सको स्टारसीप एसएन फिफ्टिन प्रोटोटाइप सुरक्षित रुपमा ल्याण्ड हुन सफल (भिडियोसहित)
स्पेसएक्सको स्टारसीप एसएन फिफ्टिन प्रोटोटाइप सफलतापूर्वक ल्याण्ड गरेको छ । स्पेसएक्सको …
इन्स्टाग्रामले ल्यायो स्टोरिमा अटो क्यापसन स्टीकरको फिचर, रिल्समा पनि उपलब्ध
इन्स्टाग्रामले स्टोरिमा अटो क्यापसन स्टीकरको फिचर ल्याएको छ । यो फिचर रिल्समा पनि आउन…
कर तिर्ने समय थप्न क्यान महासंघको सरकारलाई अनुरोध
निषेधाज्ञाको कारणले सरकारले तोकेको मितिभित्र कर तिर्न नसक्ने अवस्था सृजना भएकाले भुक्तानी समय थप गर्न कम्प्युट…
पासवर्ड कसरी बलियो र सुरक्षित बनाउने ?
आज विश्व पासवर्ड दिवस । कुनै पनि विद्युतीय खाताको लागि पासवर्ड कति महत्वपूर्ण छ भन्ने कुरा तपाइलाई थाहा नै छ ।
एफवान सफ्टमा १४ जनालाई रोजगारीको अवसर
नेपालको लिडिङ आइटी कम्पनी एफवान सफ्टमा रोजगारीको अवसर खुलेको छ । कम्पनीले विभिन्न…
आइएमई पेबाट मध्य भोटेकोशी जलविद्युतको आईपीओमा आवेदन दिन सकिने
अब आइएमई पे एपबाट मध्य भोटेकोशी जलविद्युत आयोजनाको आईपीओमा आवेदन दिन सकिने भएको…
कोभिड लागेका परिवारलाई होम डेलिभरी रोक्दैनौं– ईबिजनेस एसोसियसन अध्यक्ष सागरदेव भट्ट
कोरोना संक्रमण रोक्नभन्दै उपत्यकाका तीन जिल्ला प्रशासनले बुधबारदेखि थप कडाई गरेका छन् ।
अन्तरिक्ष प्रतिष्ठान नेपाललाई सानिमा बैंकको ५ लाख रुपैयाँ आर्थिक सहयोग
सानिमा बैंकले अन्तरिक्ष प्रतिष्ठान नेपाललाई ५ लाख रुपैयाँ आर्थिक सहयोग गरेको छ । ब…