समाचार
शिक्षालाई व्यावहारिक र प्रविधिमैत्री बनाउँदै डिजिटल रूपान्तरणको रूपमा अघि बढाउन आवश्यक
हरेक वर्ष फेब्रुअरी २५ मा विश्वभर मनाइने डिजिटल लर्निङ डे नेपालमा पनि विविध कार्यक्रम आयोजना गरी मनाइएको छ ।
काठमाडौंको होटेल हिमालयमा आयोजित ‘डिजिटल शिक्षाका लागि सँगै’ कार्यक्रममा डिजिटल शिक्षाको महत्व, आवश्यकता र सरकारी तवरबाट गरिएको प्रयासहरूको बारेमा छलफल भएको थियो ।
‘डिजिटल शिक्षाका लागि सँगै’ कार्यक्रममा वक्ताहरूले सरकारले तयार पार्ने पोलिसी तथा मास्टरप्लान अनुसार कार्यान्वयनमा जोड दिँदै अघि बढ्नुपर्ने बताए ।
कार्यक्रमका प्रमुख अतिथि पूर्वमन्त्री गणेश शाहले अब सरकारी र निजी क्षेत्रको सहकार्यमा डिजिटल वर्ल्डका लागि तयार हुनुपर्ने बताए ।
कोभिड १९ को कारण सरकारले वैकल्पिक शिक्षा सिकाइ कार्यक्रम ल्याएको भए तापनि अब यसलाई शिक्षा रूपान्तरणको रूपमा नै अघि बढाउनुपर्ने उनले बताए । कार्यक्रमका विशेष अतिथि प्रा.डा. सुवर्ण शाक्यले इन्फ्रास्ट्रक्चरको विकासमा विशेष ध्यान दिनुपर्नेमा जोड दिए ।
सरकारले ग्रामीण क्षेत्रसम्म पूर्वाधारको विकास गर्दै आवश्यक कन्टेन्टको लागि निजी क्षेत्रसँग सहकार्य गरी बढ्नुपर्ने शाक्यको भनाई थियो ।
कार्यक्रममा ‘रिइमाजेनिङ डिजिटल एजुकेशन: पोलिसी एण्ड प्लानिङ’ विषयमा पहिलो प्यानल डिस्कसन सञ्चालन भएको थियो भने ‘फ्युचर अफ डिजिटल एजुकेशन’ विषयमा दोस्रो तथा अन्तिम प्यानल डिस्कसन सञ्चालन भएको थियो ।
पहिलो प्यानल सेसनमा बोल्दै शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका उपसचिव आदेश खड्काले सरकारले सन् २०२० देखि २०३० सम्मको रोडम्याप बनाएर शिक्षालाई रूपान्तरण गर्ने अभियानमा अघि बढिरहेको बताए ।
यसैगरी पाठ्यक्रम विकास केन्द्रका निर्देशक गणेश भट्टराईले समयको आवश्यकता अनुसार कन्टेन्ट सामग्रीहरू परिमार्जित र व्यावहारिक बनाउनै जानुपर्ने धारणा राखे ।
यसैगरी नमोबुद्ध नगरपालिकाका शिक्षा विभाग प्रमुख जनार्दन रिजालले स्थानीय निकायमा कनेक्टिभिटी, कन्टेन्ट र सचेतनाको कमीले गर्दा पनि डिजिटल शिक्षालाई प्रभावकारी ढंगले अघि बढाउन नसकेको धारणा राखे ।
प्यानल डिस्कसनमा कार्यपत्र प्रस्तुत गर्दै नेपाल खुल्ला विश्वविद्यालयका प्रोग्राम कोअर्डिनेटर डा. भोजराज घिमिरेले नेपालमा विद्यालयदेखि विश्वविद्यालयसम्म डिजिटल शिक्षालाई प्रभावकारी ढंगले अघि बढाउन सरकारको स्पष्ट योजना र कार्यान्वयन आवश्यक रहेको बताए ।
प्यानलमा चाँदबाघ स्कूलकी प्रिन्सिपल निरा प्रधान र माइक्रोसफ्ट नेपालका दिपेन्द्र वज्राचार्यले पनि आफ्नो विचार व्यक्त गरेका थिए ।
त्यस्तै दोस्रो प्यानल डिस्कसनमा वक्ताको रूपमा बुढानिलकण्ठ स्कूलका प्रिन्सिपल होमनाथ आचार्य, फ्युज मेशिन्सका दक्षिण एशिया निर्देशक पराग श्रेष्ठ, कारखानाका सीईओ पवित्र गौतम, ओरियन्ट कलेज वसुन्धाराकी लेक्चर प्राप्ति थापा र एन प्याब्सनका सचिव सुवास न्यौपाने सहभागी भएका थिए ।
यस सेसनलाई सोसल चेञ्ज मेकरकी प्रोडक्ट म्यानेजर इभा ज्ञवालीले सञ्चालन गरेकी थिइन् । फ्युचर अफ डिजिटल एजुकेशन, कोभिड १९ अघि र पछि शीर्षकमा भएको प्यानल डिस्कसनमा कोभिड १९ ले गर्दा रूपान्तरण गर्न खोजेको डिजिटल शिक्षालाई अब हाइब्रिड मोडलमा प्रभावकारी ढंगले अघि बढाउनुपर्नेमा वक्ताहरूले जोड दिएका थिए ।
डिजिटल नेपाल फ्रेमवर्कमा पनि समावेश गरिएको डिजिटल शिक्षालाई उच्च प्राथमिकताको साथ अघि बढाउन सके नेपालले यो क्षेत्रमा डिजिटल रूपान्तरण गर्न सक्ने वक्ताहरूको भनाइ थियो ।
निमा एकेडेमीको आयोजना तथा लिभिङ विथ आइसिटी र सोचवेयरको सह आयोजनामा डिजिटल लर्निङ डेको अवसरमा कार्यक्रम आयोजना गरिएको थियो । कार्यक्रम निमा एजुकेसन फाउन्डेसनका अध्यक्ष हरिमान प्रधानको सभापतित्वमा शुरू भएको थियो ।
कार्यक्रमको इन एशोशिएसन पार्टनरमा नेपाल दूरसञ्चार प्राधिकरण र जेनस क्लाउड एकेडेमी रहेका थिए । कार्यक्रमको सपोर्ट पार्टनरमा कारखाना, डिजिटल पेमेन्ट पार्टनरमा कनेक्ट आइपीएस, इन्टरनेट पार्टनरमा भायानेट, कम्युनिटी पार्टनरमा सीएसआईटी एशोशिएसन नेपाल, एलइडी पार्टनरमा पिक्सेल टच, एसएमएस पार्टनरमा स्प्यारो एसएमएस, इनर्जी पार्टनरमा लुमिनस र आर्मट्रेड रहेका थिए ।
सबै विद्यार्थीहरूको लागि नवीन डिजिटल शिक्षा र पहुँचको वकालत गर्न फेब्रुअरी, २०१२ देखि डिजिटल लर्निङ दिवस विश्वव्यापी रूपमा मनाउन शुरु गरिएको हो ।
यो दिन शिक्षामा डिजिटल प्रविधिको विशेष प्रयोग गरी कक्षाकोठामा सिकाउने शुरुवातको हिसाबले नवीन र अग्रगामी सोचलाई उजागर गर्ने दिन हो ।
निमा एजुकेशन फाउन्डेशनले दुई वर्षअघि डिजिटल सिकाइ दिवस मनाउन शुरु गरेको थियो । शिक्षाविद्, विकासकर्ता, डिजिटल पूर्वाधारका सरोकारवाला र आविष्कारकहरूका लागि एक महत्वपूर्ण प्लाटफर्म उपलब्ध गराउने लक्ष्यका साथ शुरू गरिएको हो ।
शैक्षिक भविष्यलाई डिजिटल प्रविधिसँग जोड्न, विचारलाई शेयर गर्न र नविन डिजिटल सिकाइमा जागरूकता फैलाउन गरिएको प्रयासलाई डिजिटल लर्निङ डेको रूपमा लिइएको कार्यक्रम संयोजक नेहा जोशीले बताइन् ।
समाचार
साओमी, गूगल र ओप्पोले फोल्डेबल फोनमा सामसङकै ओएलइडी डिस्प्ले प्रयोग गर्न सक्ने
साओमी, गूगल र ओप्पोले फोल्डेबल फोन बनाउन सामसङकै ओएलइडी डिस्प्ले प्रयोग गर्न सक्ने छ…
के हो डिजिटल लर्निङ ? किन छ यसको महत्व ?
डिजिटल लर्निङ भनेको लर्निङको एउटा प्रकार हो । जसमा प्रविधिको प्रभावकारी प्रयोग हुन्छ…
संगीत, खेलकुद र शारीरिक अभ्यासका सामानमा ५० प्रतिशत सम्म छुट दिदै इन्फी
नेपाली इकमर्स प्लाटफर्म इन्फी स्टोरले संगीत, खेल र शारीरिक अभ्यासमा रुचि राख्नेहरुला…
क्लासिक टेकको १०० औं आउटलेट कलंकीमा विस्तार
नेपालको अग्रणी र ठूलो नेटवर्क सेवा प्रदायक कम्पनी क्लासिक टेकले आफ्नो नयाँ आउटलेट क…
नासाले सार्वजनिक गर्याे पर्सिभेरेन्स रोभरले खिचेको भिडियो
नासाले हालैमा मङ्गल ग्रहमा रोभर लञ्च गरेको भिडियो तथा रोभरले खिचेको फोटो सार्वजनि…
दराज हाट बजारः ईएमआई सेवा, खेल एक रुपैयाँको, महा डिल तथा अन्य धेरै अफरहरु
नेपालको सबैभन्दा ठूलो अनलाइन बजार दराजले फागुन ११ देखि दराज हाट बजार सुरु हुने…
भैरहवा कान्छी बजारको तरकारी तथा फलफूल बजारमा नबिल बैङ्कको क्यूआर सेवा
बिलबैङ्कले भैरहवा कान्छी बजारको तरकारी फलफूल बजारमा क्यूआर भुक्तानी सेवाको शुभारम्…
दराज हाट बजारमा १ रुपैयाँमै डिशहोम फाईबर नेट पाइने
फागुन ११गते देखि सुरु भएखओ दराज हाट बजारमा अभ १ रूपैयाँमा नै डिशहोमको फाईबर न…
अब नेपालमा अनलाइनबाटै माटो परिक्षण गर्न सकिने, यसरी लिनुहोस् जानकारी
नेपालको माटोको डिजिटल नक्सा सार्वजनिक भएको छ । नेपालले दक्षिण एशियामै पहिलो पटक …
टेक्नोलोजीको शक्तिमा विश्वास गर्नुहोस्: ह्वावेकी क्याथरिन चेन
कनेक्टेड फर शेयर्ड प्रोस्पेरिटी फोरम जुम…
मालवाहक सवारी साधनको डिजिटल ट्रयाकिङ शुरू
गएको साता भारतबाट झण्डै १० हजार किलो चिनी भन्सार छलेर काठमाडौँ आइपुग्यो । राजश्व …
प्रतिनिधि सभा पुनर्स्थापना गर्ने सर्वोच्चको फैसला
काठमाडौं । सर्वोच्च अदालतले संसद विघटनलाई बदर गरेको छ…
नेपाली बजारमा प्रवेश गर्दै स्पोटीफाई
अडियो स्ट्रीमिङ प्लेटफर्म स्पोटीफाई नेपालमा पनि सार्वजनिक हुने भएको छ । नेपालसँगै स्…
सन् २०२१ मा ह्वावेले फोन निर्माण प्रक्रियालाई ६० प्रतिशत कम गर्ने
ह्वावेले सन् २०२१ मा फोन निर्माण प्रक्रियालाई करिब ६० प्रतिशतले कम गर्ने भएको छ । <…
महावीर पुनले ग्यालेक्सी फोरके टिभीमा ‘आविष्कार’ कार्यक्रम चलाउने
निकट भविष्यमै प्रशारण हुन लागेको ग्यालेक्सी फोरके टिभीमा ‘आविष्कार’ नामक कार्यक्रम स…