कीवर्डहरू -

समाचार

एक लाख ६२ हजारले डाउनलोड गरे ‘नागरिक एप’

‘सञ्चार र सूचना प्रविधिको टेवा, हातहातमै सरकारी सेवा’ भन्ने नाराका साथ शुक्रबार सार्वजनिक गरिएको ‘नागरिक एप’ प्रति प्रयोगकर्ताको आर्कषण देखिएको छ।

उक्त एन्ड्रोइडमा एपमा आज मध्याह्न १२ बजेसम्म एक लाख ६२ हजार ५०० प्रयोगकर्ताले डाउनलोड गरेको पाइएको छ। राष्ट्रिय सूचना प्रविधि केन्द्रका अनुसार एप डाउनलोड गर्नेमध्येबाट हालसम्म ४० हजार बढी प्रयोगकर्ताले एप सञ्चालन गरिसकेका (खाता खोलिसकेका) छन्।

धेरै सङ्ख्यामा नागरिक एप डाउनलोड भए तापनि विभिन्न कारणले गर्दा एक लाख २२ हजार बढीको विवरण प्रमाणीकरण हुन नसकेको केन्द्रका सूचना अधिकारी रमेशप्रसाद पोखरेलले जानकारी दिए।

पोखरेलका अनुसार धेरै प्रयोगकर्ताको आफ्नै नाममा सिमकार्ड नहुनु, गृह मन्त्रालयको तथ्यांकअनुसार नागरिकता नम्बर र राहदानी नम्बर फरक हुँदा विवरण प्रमाणीकरण हुन नसकेको हो।

परीक्षणका क्रममा रहेको उक्त एपमा प्रयोकर्ताको आकर्षण देखिए तापनि विभिन्न कारणले एप सञ्चालनमा कठिनाइ देखिएको उनले बताए।

नागरिकता, राहदानी वा मतदाता परिचयपत्रमा रहेको विवरण मन्त्रालयमा रहेको डाटामा मेल नखाएको तथा अर्काको नामको सिमकार्ड प्रयोग गर्दा प्रमाणीकरण हुन नसकेको राष्ट्रिय सूचना प्रविधि केन्द्रका अधिकारीहरु बताउँछन्।

सरकारद्वारा प्रदान गरिने सबै किसिमका सेवालाई डिजिटलाइज गरी एकीकृत प्लेटफर्मबाट सेवा प्रवाह गर्ने भन्दै शुक्रबारदेखि नागरिक एप सञ्चालनमा ल्याइएको हो।

उक्त एपबाट नागरिकल प्यान कार्डसम्बन्धी आवेदन गरी प्यान नम्बर प्राप्त गर्ने र सरकारलाई तिरेको करको विवरणसमेत मोबाइल सेटमार्फत नै जानकारी लिन सक्नेछन्।

एपमार्फत् नागरिकता, राहदानी, शैक्षिक प्रमाणपत्र र मतदाता परिचयपत्रको विवरण प्राप्त गर्न सक्नेछन् भने नागरिक लगानी कोष, सञ्चयकोष र सामाजिक सुरक्षा कोषको खातामा जम्मा भएका रकम तथा ऋण विवरणको जानकारी लिन सक्नेछन्।

सुरुआती चरणमा गृह मन्त्रालय, निर्वाचन आयोग र राहदानी विभागमा रहेका विवरणलाई प्रयोग गरी उक्त एप्समा नगरिकको डिजिटल परिचय स्थापित गरिएको छ। आगामी दिनमा राष्ट्रिय परिचयपत्रसमेतलाई जोड्ने योजना सरकारको छ। रासस

समाचार

प्रहरीद्वारा भन्सार छली ल्याइएका २३ थान मोबाइल बरामद

भन्सार छलि ल्याइएका विभिन्न कम्पनीका २३ थान मोबाइल चन्द्रागिरि नगरपालिका-२ नागढुंगा…

प्रविधि प्रयोग गरेर पहिलो पटक अन्तरसहकारी कारोबार सुरु

मुलुकमा पहिलोपटक सहकारी संस्थाहरुबीच कारोबार सुरु भएको छ । सहकारी ऐन २०७४ र सह…

आविष्कार केन्द्रले बनायो घाम र बिजुली प्रयोग गरेर कृषिजन्य वस्तुहरु सुकाउन मिल्ने ड्रायर

राष्ट्रिय आविष्कार केन्द्रले घाम र बिजुली प्रयोग गरेर कृषकहरुले उत्पादन गरेको कृषिजन्…

सार्वजनिक भएको एक दिनमै गूगल प्ले स्टोरबाट नागरिक एप ५० हजार भन्दा बढी डाउनलोड

सार्वजनिक भएको एक दिनमै नागरिक एप गूगल प्ले स्टोरबाट ५० हजार भन्दा बढी डाउनलोड भए…

नागरिक एपको प्रयोगबाट सुशासन वृद्धि हुनेछः प्रधानमन्त्री ओली

प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारी सेवा सरल र सहजरुपमा दिन अघि सारिएको ‘नागरिक…

अब लाइनबाट होइन अनलाइनबाटै सरकारी सेवा: सञ्चारमन्त्री

सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले प्रविधिमार्फत नागरिकका हातहातमै सरकार…

नेपाल क्लियरिङ्ग हाउसले शुरू गर्‍यो ‘कर्पोरेट पे’ प्रणाली

नेपाल क्लियरिङ्ग हाउस लिमिटेड (एनसीएचएल) ले ‘कर्पोरेट पे’ प्रणालीको शुरुवात गरेको…

नेपालको सबैभन्दा ठूलो अनलाइन फुड फेस्ट शुरू

फुडमाण्डूले आयोजना गरेको अनलाइन फुड फेस्टिभल आज अर्थात शुक्रबारदेखि शुरू भएको छ ।…

सबै किसिमका सरकारी सेवाहरु एपबाटै प्रदान गर्न सरकारले सार्वजनिक गर्‍यो ‘नागरिक एप’

सरकारले नागरिक एप  सार्वजनिक गरेको छ । सरकारबाट प्रदान गरिने सबै किसिमका सेवाहर…

क्युआर कोड स्क्यान गरी अब कुमारी बैंकबाट पैसा झिक्न सकिने

कुमारी बैंक लिमिटेडले क्यूआर स्क्यान एण्ड विथ ड्र सुविधाको थालनी गरेको छ ।

मोबाइल ब्यालेन्सबाटै सामान खरिद गर्न मिल्ने व्यवस्था हुँदै

मोबाइल ब्यालेन्सबाटै सामान र सेवा खरिद गर्न मिल्ने गरी सञ्चालन हुन लागेको मोबाइल म…

अब एकै क्लिकमा पाइने छ देशभरको माटोबारे जानकारी

अब देशका जुनसुुकै कुनाको माटोबारे जानकारी लिन कम्प्युटरमा एक पटक क्लिक गरे पुुग्न…

एभरेष्ट बैंकले शुरू गर्‍यो अनलाइन आन्तरिक राजस्व कर भुक्तानी प्रणाली 

एभरेष्ट बैंकले फोनपेसँगको प्राविधिक सहकार्यबाट महालेखा नियन्त्रक कार्यालयको साथ एकी…

द भ्वाइस अफ नेपाल सिजन ३ को भोटिङ पार्टनरमा प्रभु पे

द भ्वाइस नेपाल सिजन ३ मा प्रभु पे भोटिङ पार्टनर रुपमा रहने भएको छ । यसका लागि प्र…

कुन रेष्टुरेन्टले कोभिड १९ गाइडलाइन पालना गरेको छैन् भनेर जानकारी दिदैं यल्प

येल्प मोबाइल एपले कुन रेष्टुरेन्टले कोरोना भाइरसबाट बाँच्नको लागी स्वास्थ्य गाइडलाइन…