कीवर्डहरू -

समाचार

अमेजन फायर टिभीमा अब सिनेमाघर एप उपलब्ध हुने

पछिल्लो समय विश्वमा ओभर दि टप (ओटीटी) लोकप्रिय हुँदैछ । सीमित पैसामा घरमै बसेर विश्वमा बनेका जुनसुकै भाषाका फिल्म हेर्न सकिने भएकाले ओटीटी प्लेटफर्मतर्फ दर्शकको आकर्षण बढ्दो छ ।

डिजिटल प्लेटफर्मले निर्मातालाई समेत ठूलो राहत दिएको छ । कोरोना महामारीपछि नेपालमा पनि डिजिटल प्लेटफर्मको विकास भइरहेको छ । यसमध्ये एक हो, ‘सिनेमाघर’ एप । यो नेपालको पहिलो ओटीटी हो ।

अभिनेता खगेन्द्र लामिछाने र सागर खरेलको समुहले शुरु गरेको यो प्लेटफर्ममा ५ सय तिरेर वर्षभरी नेपाली फिल्म, वेव सिरिज, स्ट्यान्ड अप कमेडी, शर्ट मुभिज हेर्न पाइने सुविधा रहेको छ । यसमा विस्तारै अरू चलचित्र पनि थपिदै जाने बताइएको छ ।

सस्तोमा फिल्मसहित अन्य सामाग्री हेर्न पाइने भएकाले सिनेमाघर दर्शकको रोजाई बनेको छ । दिन प्रतिदिन यो एप डाइनलोड गर्ने दर्शकको संख्या बढिरहेको सञ्चालक खरेल बताउँछन् ।

यसैबीच विश्वभर ५ करोडभन्दा बढी डिभाइस रहेको अमेजन फायर टिभीमा पनि ‘सिनेमाघर’ को एप उपलब्ध हुने भएको छ ।

‘अमेजन फायर टिभीको जति पनि स्मार्ट डिभाइसहरु छन् त्यसमा अब ‘सिनेमाघर’ चल्नेछ,’ सञ्चालक खरेलले भने, ‘जसले गर्दा ठूलो स्क्रीनमा फिल्म हेर्न सजिलो हुनेछ । यसबाट हाम्रो ग्राहक बढ्नेमा पनि विश्वस्त छौं ।’

भारतसँगै अमेरिका, यूरोप, अष्ट्रेलिया लगायतका देशमा निकै पपुलर रहेको अमेजनको फायर डिभाइसमा नेपालका थोरै मात्र एप्लिकेशन उपलब्ध छन् । विदेशमा बस्ने धेरै नेपालीले अमेजन टिभीको स्मार्ट डिभाइस प्रयोग गर्ने भएकाले अब ‘सिनेमाघर’ को ग्राहक बढ्ने सञ्चालक खरेलको भनाई छ ।

हाल यो एपमा डमारुको डन्डीबियो, कोहलपुर एक्सप्रेस, सरौतो, मंगलम, बबी, ब्लाइन्ड रक्स, कथा काठमान्डू लगायतका फिल्म हेर्न सकिन्छ ।

यसअघिनै ‘सिनेमाघर’ एन्ड्रोइड टिभी, एन्ड्रोइड फोन तथा आइओएस सिस्टमका मोबाइल र ट्याब्लेट लगायतका स्मार्ट डिभाइसमा उपलब्ध थियो भने क्रोमकास्ट प्रविधिकको प्रयोग गरी विभिन्न डिभाइसहरुमा पनि हेर्न सकिने सुविधा थियो । अब छिटै नै अफलाइन डाउनलोड को सुविधा पनि सुरु हुने बताइएको छ ।

समाचार

राष्ट्र बैंकबाट अनुमति पाउने भुक्तानी सेवा प्रदायक २८ पुगे, अब अरुले नपाउने

नेपाल राष्ट्र बैंकबाट अनुमतिपत्र प्राप्त गर्ने भुक्तानी सेवा प्रदायकको संख्या २८ पुगेको छ। केही दिनअघि राष्ट्र बैंकले स…

मङ्गल ग्रहमा नासाले उडायो हेलिकप्टर

नासाले सफलता पूर्वक मङ्गल ग्रहमा हेलिकप्टर उडाएको छ । हेलिकप्टरको नाम इनजेन्यूटी हो…

एशियाका ३० वर्ष मुनिका ३० प्रभावशाली व्यक्तिको सूचीमा नेपालका २ जना

एशियाका ३० वर्ष मुनिका ३० प्रभावशाली व्यक्तिको सूचीमा नेपालका २ जना युवा पर्न सफल …

अब खल्तीबाटै बुटवल पावर कम्पनीको विद्युत महशुल भुक्तानी गर्न सकिने, यस्तो छ तरिका  

बुटवल पावर कम्पनी (बिपिसी) को ग्रामिण तथा सहरी दुवै क्षेत्रको विद्युत महशुल अब खल्त…

१ वर्षका लागि परीक्षणकालीन लाइसेन्स दिने तयारी

यातायात व्यवस्था विभागले यातायात व्यवस्था ऐनले गरेको व्यवस्था २९ वर्षपछि लागू गर्ने भ…

गूगल क्रोममा नयाँ फिचर, प्रयोगकर्ताहरु सिधै हाईलाईट गरेको पेजमा पुग्न सक्ने

गूगलले क्रोम ९० को लागि नयाँ फिचर ल्याएको छ जसले गर्दा प्रयोगकर्ताहरु सिधै हाईलाईट…

अब अमेजनले ग्राहकको फर्निचर र उपकरण इन्स्टल गर्ने

अमेजनले ग्राहकको फर्निचर र उपकरण इन्स्टल पनि गरिदिने सेवाको जाँच गरिरहेको छ ।

इन्टरनेटमा दशथरि कर, आईस्पान अध्यक्ष पराजुली भन्छन्ः नीति एकातिर व्यवहार अर्कातिर भयो  

सरकारले इन्टरनेटलाई अत्यावश्यक सेवामा राखिसकेको छ । कोरोना भाइरस संक्रमणपछि इन्टरन…

नेपालमा पनि ‘सेल्फी विथ डटर’ अभियान शुरू हुँदै

लैङ्गिक समानताका लागि भारतीय सुनिल जागलनले सुरु गरेको दुई अभियान ‘सेल्फी विथ डट…

पीएमपीएल दक्षिण एशियाको विजेता बन्यो नेपाली पब्जी टिम डीआरएस, जित्यो २० लाख रूपैयाँ

नेपाली पब्जी टिम द रियल सोल्जर्स (डीआरएस) पब्जी मोबाइल प्रो लिग (पीएमपीएल) दक्षिण ए…

जोरपाटीस्थित विश्रान्ति होलसेल तरकारी तथा फलफुल बजारमा क्यूआर कोड सेवा शुरू

मेगा बैंकले काठमाडौंको जोरपाटीस्थित विश्रान्ति होलसेल तरकारी तथा फलफुल बजारमा क्य…

लक्जरी फिटनेस ट्रयाकरमा काम गर्दै फिटबिट

फिटबिट लक्जरी फिटनेस ट्रयाकरमा काम गरिरहेको बताइएको छ । यो पालि कम्पनीले वेयर ओए…

नेपालमा पब्जी मोबाइल च्याम्पियनशिप हुँदै, रजिष्ट्रेसन खुल्ला 

नेपालमा ‘पब्जी मोबाइल च्याम्पियनशिप २०२१’ आयोजना हुने भएको छ । उक्त पब्जी मोबाइल च्…

एप्पलले भन्योः ‘चार्जर बिना आइफोन बेच्न थालेपछि ८ लाख ६१ हजार टन धातु जोगायौँ’

एप्पलले चार्जर बिना आइफोन बेच्न थालेपछि ८ लाख ६१ हजार टन धातु जोगाएको बताएको छ ।…

रमाइलो तरिकाले सामान र सेवा प्रवर्द्धन गर्ने प्लेटफर्मः कबाडी डटकम

रमाइलो र ठट्टा तरिकाले सामान र सेवा प्रवद्र्धन गर्नका लागि सामाजिक कर्मस प्लेटफर्म कब…