समाचार
इसेवा मनि ट्रान्स्फर र इन्स्ट्यान्ट क्यासबीच रेमिट्यान्स् भुक्तानी सम्झौता, इसेवामा क्यासब्याक पाइने
पछिल्ला दिनमा आक्रामक ढंगले बजार विस्तार गरिरहेको इसेवा मनि ट्रान्स्फर र विश्वमा रेमिट्यान्स्को क्षेत्रमा ख्यातीप्राप्त कम्पनी ‘इन्स्ट्यान्ट क्यास’, ग्लोबल मनि ट्रान्स्फरबीच रेमिट्यान्स् भुक्तानी सम्झौता भएको छ ।
यो सँगै युएई कतार, कुवेत लगायतका १० भन्दा बढि मुलुकमा रहेका नेपालीले सहजै रेमिट्यान्स् पठाउन सकिनेछ ।
रेमिट्यान्स् भुक्तानी सम्बन्धी सम्झौता पत्रमा इसेवा मनि ट्रान्स्फरका प्रबन्ध निर्देशक अजेश कोइरााला र इन्स्ट्यान्ट क्यासका प्रमुख कार्यकारी अधिकृत सुल्तान अल महमदले हस्ताक्षर गरेका हुन् ।
युएई कतार, कुवेत लगायतका मुलुकमा रहेका नेपालीले नगदमा तथा कुनै पनि बैंक खातामा र इसेवावालेटमा रकम पठाउन सकिनेछ ।
नगदमा पठाइएको रकम इसेवा मनि ट्रान्स्फरका नेपाल भर रहेका ८ हजार भन्दा धेरै एजेन्ट तथा इसेवावालेट एप मार्फत पनि प्राप्त गर्न सकिनेछ ।
त्यसै गरी बैंक खातामा पठाएइको रकम तुरुन्तै सेवाग्राहीको बैंक खातामा जम्मा हुनेछ । नगदमा पठाइएको रकम इसेवा वालेटमा रिसिभ गर्दा रू ५५ अतिरिक्त क्यासब्याक प्राप्त हुनेछ ।
इन्स्ट्यान्ट क्यासका रूपमा चिनिने ग्लोबल मनि ट्रान्स्फर युएइको इमिरेट्स् पोष्ट गु्रपबाट प्रवद्र्धित एक स्थापित कम्पनी हो । यो कम्पनी विश्व रेमिट्यान्स्को क्षेत्रमा तिब्र रूपमा बजार विस्तार गर्न सफल भएको छ ।
युएइमा प्रधान कार्यालय रहेको यस कम्पनीले कतार, ओमान, बहराइन, भारत, पाकीस्तान, बंलादेश र फिलिपिन्स्मा तिब्र रूपमा बजार विस्तार गरिरहेको छ भने २ लाख ५० हजार एजेन्ट नेटवर्कबाट आफ्नो सेवा प्रदान गरिरहेको छ ।
इसेवा मनि ट्रान्स्फरले डिजिटल र एजेन्ट दुबै माध्यम मार्फत विश्वका विभिन्न मुलुकबाट रेमिट्यान्स् भित्राउँदै आएको छ । इसेवा मनि ट्रान्स्फरले अमेरिका, जापान, युरोपीयन देश लगायत खाडीका थुपै्र मुलुकबाट रेमिट्यान्स् भित्राउँदै आएको छ ।
डिजिटल माध्यमबाट रेमिट्यान्स् भित्राउन प्रोत्साहन गरिरहेको इसेवा मनि ट्रान्स्फर पछिल्लो समय विदेशमा रहेका नेपालीहरुमा रोजाइमा पर्दै गएको छ ।
समाचार
१०० मा फोन गरी ‘ठूलो अपराध गरेर मर्छु’ भन्ने व्यक्ति प्रहरीको नियन्त्रणमा
महानगरीय प्रहरी परिसर ललितपुरको प्रहरी कन्ट्रोलमा फोन गरी अनावश्यक हैरानी दिएको अभ…
डिशहोममा रिलिज भयो चलचित्र टार्गेट नम्बर वान
नेपाली टेलिभिजनमा पहिलोपटक ‘पे पर भ्यू’ (हेरेको आधारमा पैसा) हलिउड तथा बलिउड च…
टेस्लाले चीनमा बनायो विश्वको सबैभन्दा ठूलो सुपरचार्जर स्टेसन
टेस्लाले विश्वकै सबैभन्दा ठूलो सुपरचार्जर स्टेसन साङ्घाई चीनमा सार्वजनिक गरेको छ । य…
लक्ष्मी लघुवित्तको बचत तथा ऋणको किस्ता इसेवाबाट भुक्तानी गर्न सकिने
लक्ष्मी लघुवित्त वित्तीय संस्था लिमिटेडका सदस्यहरूले अबदेखि आफ्नो ऋणको किस्ता तथा बचत…
अमेजनले खरिद गर्यो पोडकास्ट नेटवर्क वन्डरी
अमेजनले अमेरिकामा विश्वकै एउटा ठूलो र स्वतन्त्र वन्डरी नामक पोडकास्ट नेटवर्कलाई खरिद…
खल्तीबाट २० रुपैयाँको रिचार्ज गर्दा आइफोन १२ जित्ने अवसर
खल्ती डिजिटल मोबाइल वालेटले आफ्नो भाइबर समुदायमा जोडिने व्यक्तिहरुका लागि ‘खल्तीमा…
साओमीको एमआई ११ चाँडैनै विश्वव्यापी रुपमा सार्वजनिक हुने
साओमीको एमआई ११ चाँडैनै विश्वव्यापी रुपमा सार्वजनिक हुने भएको छ । हाल भने यो फोन…
पब्जी मोबाइल ग्लोबल च्याम्पियनशिपको फाइनमा प्रवेश गर्यो नेपाली टिम
पब्जी मोबाइल ग्लोबल च्याम्पियनशिप (पीएमजीसी) २०२० को फाइनलमा नेपाली टिम ‘एबरप्ट स्…
साढे ३ सय प्रतिशतले बढ्यो जेनेरेटर आयात
पछिल्लो समय देशका विभिन्न ठाउँमा लोडशेडिङकै झल्को दिने गरी झ्याप्पझ्याप्प बिजुली काट…
सरकार मातहत ल्याइदैं ‘डट एनपी’ डोमेन
डट एनपी डोमेन सरकार मातहत ल्याइने भएको छ । हाल नीजी कम्पनी मर्कन्टायल कम्युनिकेसन …
डीआईजी अर्यालद्वारा भिडियो कन्फेरेन्समार्फत मातहतका कार्यालय प्रमुखलाई निर्देशन
गण्डकी प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक (डीआईजी) घनश्याम अर्यालले प्रदेश म…
जाडो र गर्मी दुबै मौसममा प्रयोग गर्न मिल्ने सीजीका एसीहरु बजारमा
इलेक्ट्रोनिक्स ब्राण्ड सीजीले जाडो र गर्मी दुबै मौसममा प्रयोग गर्न मिल्ने, कम विद्युत ख…
नास्टले प्रकाशित गर्यो नेपाली वैज्ञानिकहरुको प्रोफाइल (सूची सहित)
नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नास्ट) ले विश्वभर रहेका नेपाली वैज्ञानिक…
लाइसेन्स परीक्षाका लागि अनलाइन फाराम सीमित
चालक अनुमतिपत्रको लिखित तथा प्रयोगात्मक परीक्षाको लागि अनलाइन फाराम भर्न प्राविधिक …
सामसङले चाँडै स्मार्ट ट्रयाकिङ डिभाइस सार्वजनिक गर्न सक्ने
सामसङले चाँडैनै स्मार्ट ट्रयाकिङ डिभाइस सार्वजनिक सक्ने भएको छ । यसको नाम ग्यालेक्सी…