कीवर्डहरू -

समाचार

अब डिजिटल माध्यमबाट गाडीभाडा तिर्न सकिने, फागुन १ गतेदेखि सेवा शुरु हुँदैं

नेपाल राष्ट्र बैंकले फिनटेक प्रालिलाई ‘यात्रा कार्ड’ सञ्चालन गर्ने अनुमतिपत्र दिएको छ । सार्वजनिक सवारीको भाडा डिजिटल माध्यमबाट भुक्तानी गर्ने कम्पनीलाई राष्ट्र बैंकले सञ्चालन अनुमति दिएको हो ।

अब कम्पनीले फागुन १ गतेदेखि उपत्यकाका विभिन्न रुटमा चल्ने सवारीसाधनमा स्मार्ट कार्डमार्फत् भाडा तिर्ने व्यवस्थाको सुरुवात गर्ने जनाएको छ । कम्पनीका अनुसार त्यसका लागि सबै तयारी पूरा भइसकेको छ ।

पहिलो चरणमा फागुन १ गतेदेखि उपत्यकामा चल्ने ७ वटा रुटमा इलेक्ट्रोनिक टिकेटिङ मेसिनको माध्यमबाट भाडा तिर्ने व्यवस्थाको सुरुवात हुनेछ ।

सो रुटमा पर्ने ३० वटा स्थानमा सो कम्पनीले अस्थायी बुथ स्थापना गरी कार्डको वितरण गर्ने, रिचार्ज गर्ने र ग्राहक सेवाको सम्बन्धमा जानकारी गराउने व्यवस्था गर्नेछ ।

उपत्यकाभित्र सञ्चालन हुने सवारीमध्ये ६ महिनाभित्र १ हजार र एक वर्षमा ५ हजार बसमा यस्तो सेवा उपलब्ध गराउने लक्ष्य सो कम्पनीले लिएको छ । कम्पनीले सेवा सुरुवात गरेका रुट प्रयोग गर्ने अधिकतम यात्रुलाई ‘यात्रा कार्ड’ वितरण जनाएको छ ।

त्यस्तै ६ महिनाभित्र अनलाइन बस टिकट बुकिङ्ग र बस ट्रयाकिङ वेभ तथा एप तयार गरी सञ्चालनमा ल्याउने कम्पनीको लक्ष्य रहेको छ ।

कार्ड मार्फत भाडा भुक्तानी गर्ने प्रणालीले यातायात क्षेत्रमा नयाँ युगको सुरुवात हुने र प्रविधियुक्त शहरको पहिचान कायम गर्न समेत सफल हुने विश्वास सो कम्पनीको विश्वास छ ।

समाचार

नेपाल यातायातमा मुक्तिनाथ बैंकको क्यूआर सेवा, अब क्यूआर स्क्यान गरेरै पैसा तिर्न सकिने 

अब बस चढ्दा पैसा बोक्नुपर्ने झन्झटबाट मुक्ति मिल्ने भएको छ । मुक्तिनाथ विकास बैंकले …

अमेजनको सीइओ पद त्याग्दै जेफ बेजोस

अमेजनका संस्थापक तथा प्रमुख कार्यकारी अधिकृत जेफ बेजोसले यो वर्ष देखि प्रमुख कार्यक…

ह्वावेद्वारा उद्योगको डिजिटल रूपान्तरण गर्न पाँच प्रमुख चरणको प्रस्ताव

ह्वावेले आफ्नो ग्लोबल कनेक्टिभिटी इन्डेक्स (जीसीआई) २०२० जारी गरेको छ । जुन यस कम्पन…

अब अनलाइनबाटै ट्राफिक जरिवाना तिर्न सकिने

आज देखि ट्राफिक नियम उल्लङ्घन गरेमा अनलाइनबाटै जरिवाना तिर्न सकिने भएको छ ।

विभिन्न क्षेत्रमा रोजगारीको अवसर खुम्चिएको समयमा पठाओमा रोजगारी अवसर बढ्दो 

कोरोना कहरकै कारण अर्थतन्त्रमा परेको असरले विभिन्न क्षेत्रमा रोजगारीका अवसर खुम्चिएक…

बैंक अफ काठमाण्डूका ग्राहकले खल्तीमा आफ्नो खाता लिंक गर्दा सय रुपैयाँ बोनस पाउने

बैंक अफ काठमाण्डू लिमिटेडका ग्राहकहरुले खल्ती डिजिटल वालेटमा आफ्नो बैंक खातालाई ल…

एपीएफद्वारा भन्सार छलीका १० थान मोबाइल सेट बरामद

रुपन्देहीको सिद्धार्थनगर नगरपालिका-११ भुजौलीबाट आइतबार एपीएफ टोलीले करीब दुई लाख…

वर्ल्डलिङ्कको ‘तहल्का अफर’ ७९९ रुपैयाँमै इन्टरनेट र टिभी

नेपालको सबैभन्दा ठूलो इन्टरनेट सेवा प्रदायक कम्पनी वर्ल्डलिङ्कले ‘तहल्का अफर’ ल्याएको …

आफू माथि लागेको भेदभावको आरोप सेटल गर्न ३.८ मिलियन डलर गूगलले  तिर्ने

गूगलले आफू माथि लागेको भेदभावको आरोप सेटल गर्न ३.८ मिलियन डलर तिर्ने भएको छ । य…

आगामी २३ वर्षमा शतप्रतिशत जनसंख्यामा इन्टरनेट पुर्‍याउने सरकारको लक्ष्य

सरकारले आगामी २३ वर्षमा शतप्रतिशत जनसंख्यामा इन्टरनेट पुर्‍याउने लक्ष्य राखेको छ । र…

३१ जिल्लामा पुग्यो ब्रोडब्याण्ड इन्टरनेट

नेपाल दूरसञ्चार प्राधिकरणले ३१ जिल्लामा निःशुल्क रुपमा इन्टरनेट पुर्याएको छ । प्राधि…

टेस्लाले स-सानो मर्मतको काम अब एक घण्टामै गर्ने, एपबाटै अपोइन्टमेन्ट लिन सकिने

टेस्लाको सर्भिस सेन्टरले गाडी ठोक्किए पछि आएका समस्याहरुलाई एक घण्टामै समाधान गर्ने …

राष्ट्रिय वाणिज्य बैंकमा खाता खोल्दा नेपाल टेलिकमको सिम सित्तैमा

राष्ट्रिय वाणिज्य बैंकमा खाता खोल्दा अब नेपाल टेलिकमको सिम सित्तैमा पाइने भएको छ ।…

निजी क्रिप्टोकरेन्सीलाई प्रतिबन्ध लगाउन नयाँ कानून ल्याउँदै भारत, आफ्नै आधिकारिक डिजिटल करेन्सी निकाल्ने तयारी 

भारतले बिटकोइन जस्ता क्रिप्टोकरेन्सीलाई प्रतिबन्ध लगाउन नयाँ कानून ल्याउने भएको छ । …

नेपालमा पनि हाइड्रोजन इन्धन उत्पादन हुने

खेर गइरहेको बिजुली प्रयोग गरी नेपालमा पनि ‘हाइड्रोजन इन्धन’ उत्पादन हुने भएको छ ।…