कीवर्डहरू -

समाचार

फेसबुक ह्याक भएको छ भन्दै नग्न तस्वीर र भिडियो मागेमा सचेत रहन साइबर ब्यूरोको आग्रह

नेपाल प्रहरीको साइबर ब्यूरोले विभिन्न बहाना बनाएर प्रविधिको दुरुपयोग गरी अश्लिल गतिविधि भइरहेकाले सचेत रहन सर्वसाधारणलाई आग्रह गरेको छ ।

पछिल्ला दिनहरुमा विभिन्न समयमा व्यक्तिहरूको ल्याण्डलाईन, मोबाइल फोन नम्बरहरुमा, अननोन, प्राइभेट वा नदेखिने नम्बर तथा सामाजिक सञ्जाल फेसबुकमा फेक अकाउन्ट बनाई मेसेन्जरबाट कल गरेर ‘म साईबर क्राईम डिपार्टमेन्टु बाट बोलेको हो, तपाईको फेसबुक ह्याक भएको छ, अश्लिल फोटो, भिडियोहरु सामाजिक सञ्जालमा भाईरल भैरहेको छ, हामीले एक पटकको लागि त्यसो हुन बाट रोकिदिएका छौं, तर भेरिफिकेसनका लागि तपाइले आफ्नो न्यूड फोटो, भिडियो पठाउनुहोस् भनेर भन्ने गरेको ब्यूरोले जानकारी दिएको छ ।

ईमेल, सामाजिक सञ्जाल, फेसबुकको मेसेन्जरमा पठाउन लगाउने तत्पश्चात् उक्त ई-मेल, फेसबुकको आईडी, मेसेन्जर डिएक्टिभ गर्ने गरेको भन्ने सूचना एवं उजुरीहरु प्राप्त भईरहेको साइबर ब्यूरोका प्रवक्ता एसएसपी नविन्द अर्यालले बताए ।

ब्यूरोले सो सम्बन्धमा प्रविधिको दुरुपयोग गरी गरिएका गैर जिम्मेवारी तथा ऐन कानुन विपरीत कार्य प्रति सजग भई, त्यसरी झुक्यानमा पार्ने खालका क्रियाकलापहरू बाट सचेत रहन, आफ्ना व्यक्तिगत कुनैपनि विवरणहरू उपलब्ध नगराउन आग्रह गरेको छ ।

साथै त्यस्ता कार्यहरू भए गरेको पाईएमा तत्काल आफ्नो अभिभावक, नजिकको प्रहरी कार्यालय वा प्रहरी प्रधान कार्यालय, साईबर ब्यूरोको टेलिफोन नं. ०१-४२१९०४४, ४२१९०४८, मोबाईल नं. ९८५१२८६७७० वा ई-मेल [email protected] मा सूचना वा जानकारी दिन अनुरोध समेत गरेको छ ।

समाचार

डिशहोम र मेरो टिभीमा आजदेखि आईपिएलको लाईभ हेर्न सकिने

डिशहोम र मेरो टिभीमा आज देखि इन्डियन प्रिमियर लिग (आईपीएल) को लाईभ हेर्न सकिने भ…

सर्वेक्षण अनुसार जाभास्क्रीप्ट सबैभन्दा लोकप्रिय प्रोग्रामिङ ल्याङ्वेज

हालै गरिएको एक सर्वेक्षण अनुसार सन् २०२० को तेस्रो त्रैमासमा जाभास्क्रीप्ट सबैभन्दा लो…

क्रोम ओएसमा चाँडैनै डार्क मोड उपलब्ध हुन सक्ने

क्रोम ओएसमा छिट्टै डार्क मोडको फिचर उपलब्ध हुन सक्ने भएको छ । हाल भने प्रयोगकर्ताहरु…

सामसङ र स्ट्यानफोर्डका अन्वेषकहरुले बनाए दश हजार पीपीआईको ओएलईडी डिस्प्ले

सामसङ् र स्ट्यानफोर्डका अन्वेषकहरुले मिलेर दश हजार पीपीआईको ओएलईडी डिस्प्ले बनाएका छ…

यी हुन् नेपालका उत्कृष्ट ५ डिजिटल वालेट 

पछिल्लो समय नेपालमा डिजिटल वालेटको प्रयोग बढिरहेको छ । मानिसहरु रिचार्ज गर्न होस् …

ह्वाट्सएपको वेब भर्सनमा भ्वाइस तथा भिडियो कलको सुविधा आउँदै 

ह्वाट्सएपले चाँडैनै आफ्नो डेक्सटप एपबाट पनि कल गर्न मिल्ने सुविधा उपलब्ध हुने भएको छ…

आईप्याडका लागि सार्वजनिक भयो एडोब इलस्ट्रेटर

फोटोः एडोब


एडोबले आइप्याडको लाग…

दशैंमा बैंकहरुको ‘डिजिटल दक्षिणा’ योजना, कुन बैंकले कति दिदैं छन् क्यासब्याक ?

कोभिड १९ अर्थात कोरोना संक्रमणको जोखिम बढेसँगै नेपालमा सञ्चालित विभिन्न बैंकहरुले…

पेपालले अब बिटक्वाइन तथा अन्य क्रिप्टोकरेन्सीको कोरोबार गर्न अनुमति दिने

पेपालले अब बिटक्वाइन तथा अन्य क्रिप्टोकरेन्सीको कारोबार गर्न अनुमति दिने भएको छ ।  …

२५ हजार भन्दा बढी नेपाली गीतहरु अब ‘गीत’ एपबाट सुन्न सकिने

एनसेल र न्यू आईटी भेन्चरसँगको सहकार्यमा नेपाली गीत संगीतका पारखीहरूका म्युजिक नेप…

हुम्लामा एक महिनादेखि टेलिफोन अवरुद्ध

हुम्लाको तल्लो क्षेत्रमा रहेका चार गाउँपालिकामा एक महिनादेखि टेलिफोनले काम गर्न छा…

सामसङका अध्यक्ष ली कुन हीको निधन

फोटोः रोयटर्स


विश्वको लोकप्रिय इल…

स्न्यापच्याटले अब आइओएस प्रयोगकर्तालाई आफ्नो स्न्यापमा गीत हाल्न मिल्ने फिचर दिने

स्न्यापच्याटले अब आइओएस प्रयोगकर्ताहरुलाई आफ्नो स्न्यापमा गीत हाल्न मिल्ने फिचर दिने भए…

गूगलले नयाँ दिल्लीको राष्ट्रिय संग्रहालयसँग सहकार्य गरेर बनायो पहिलो एआरले चल्ने कला केन्द्र

गूगलले नयाँ दिल्लीको राष्ट्रिय संग्रहालयसँग सहकार्य गरेर पहिलो एआरले चल्ने कला केन्द्…

नयाँ फिचर सहित मोजिला फायरफक्स ब्राउजरको नयाँ भर्सन सार्वजनिक

मोजिला फायरफक्स वेब ब्राउजरको नयाँ भर्सन ८२ सार्वजनिक भएको छ । यो भर्सन सँगै फायरफ…