समाचार
नेपालमै बन्यो भर्खरै जन्मेका बच्चाहरुलाई न्यानो बनाउन प्रयोग गरिने ‘बेबी वार्मर’
राष्ट्रिय आविष्कार केन्द्रले बेबी वार्मर बनाएको छ । राष्ट्रिय आविष्कार केन्द्रले बेबी वार्मरलाई ‘न्यानो नानी’ नाम दिएको छ ।
भर्खरै जन्मेका बच्चाहरुलाई न्यानो बनाउन प्रयोग गरिने यो बेबी वार्मर अन्तराष्ट्रिय इलेक्ट्रोटेक्निकल कमिसनको कोड IEC 60601-2-21 अनुसारको गुणस्तरसँग मिल्ने गरी बनाइएको छ ।
अब न्यानो नानी वितरण गर्न लागेको आविष्कार केन्द्रले जनाएको छ । जसमा पहिलो चरणमा १२ ओटा ‘न्यानो नानी’ ज्योति विकास बैंकले किनेर उनीहरुले नै छानेको स्वास्थ्य चौकीमा वितरण गर्दै छ | त्यसको लागी बैंकले यसअघि आफ्नो सामाजिम उत्तरदायीत्व अन्तरगत १० लाख रुपैंया प्रदान गरिसकेको छ ।
अन्य देशमा बनेको यस्तो किसिमको सामान नेपाली बजारमा पनि पाइन्छ । त्यसमा पनि भारतमा बनेको यो सामान नेपालमा धेरै चलेको र त्यसलाई ७० हजारको वरिपरी पर्ने आविष्कार केन्द्रका संस्थापक तथा अध्यक्ष महावीर पुनले बताएका छन् ।
त्यस्तै युरोप तिर बनेको यस्तो सामानहरु लाई १ लाख ५० हजार भन्दा बढी पर्ने उनले जानकारी दिएका छन् । अहिले यो बनाउँदा यसमा लाग्ने सामानहरुको मात्र करिब ४३ हजार रुपैयाँ लागेको आविष्कार केन्द्रले जनाएको छ । धेरै मात्रामा बनाउँदा यो अझै सस्तो पर्नेछ ।
महावीर पुनका अनुसार यसलाई आविष्कार नभनेर इन्नोभेसन वा रिभर्स इन्जिनियरिङ भनिन्छ । केन्द्रका ईन्जिनियरहरुलाई बजारमा पाइने यस्तै सामानहरु हेरेर यसको डिजाईन गर्न, बनाउन, परीक्षण गर्न र निर्माण गरेर अहिलेको अवस्थामा ल्याउन करिब १८ महिना लागेको छ ।
न्यानो नानी प्रोडक्ट प्रोडक्ट आइसिटी अवार्ड २०२० मा उत्कृष्ट ५ मा पर्न सफल भएको छ । राष्ट्रिय आविष्कार केन्द्रले विज्ञान, प्रविधि, शिक्षा, स्वास्थ्य, कृषि लगायतका अन्य क्षेत्रमा अनुसन्धान तथा विकासको काम गर्दैं आएको छ । यसले शिशु मृत्यु दर घटाउने विश्वास राखिएको छ ।
समाचार
हरेक महिना बरदानको ‘लास्ट थस्डे सेल’ हुने, साथमा विशेष छुट र आकर्षक उपहार
पोखराबाट अनलाइन व्यापार गर्दै आएको बरदान अनलाइन स्टोरले ‘लास्ट थस्डे सेल’ लिएर आएक…
नेपालगंजमा माछापुच्छ्रे बैंकको एटीएम मेसिन तोडफोड गरिरहेको अवस्थामा २ जना पक्राउ
नेपालगंज उपमहानगरपालिका-१८ कारकाँदोस्थित माछापुच्छ्रे बैंकको एटीएम मेसिन तोडफोड …
आईएमई लाइफ इन्स्योरेन्सले सुरु गर्यो च्याटबट सेवा
आईएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले नेपालमै पहिलो पटक च्याटबट सेवा संचालनमा ल्…
हाई इण्ड म्याकका लागि एआरएममा आधारित ३२ कोर प्रोसेसरमा काम गर्दै एप्पल
एप्पलले गुणस्तरीय म्याकहरुका लागी एआरएममा आधारित ३२ कोर प्रोसेसरमा काम गरिरहेको छ…
शिक्षा तथा मानव स्रोत विकास केन्द्रले सञ्चालनमा ल्यायो इक्लास नेपाल मोबाइल एप
शिक्षा तथा मानव स्रोत विकास केन्द्रले ‘इक्लास नेपाल’ नामक मोबाइल एप सञ्चालनमा आएको …
भिभोको सेल्स कार्निभलमा स्मार्टफोन खरिद गर्दा भारी छूट र बम्पर उपहार
भिभो नेपाली बजारमा प्रवेश गरेको तीन वर्ष पुरा भएको छ । साथै भिभोको फेसबुक पेजमा…
अनधिकृत सोसल मिडिया पेजमा आफ्नो विवरण उपलब्ध नगराउन ग्राहकलाई टेलिकमको आग्रह
नेपाल टेलिकमले ग्राहकहरुलाई अनधिकृत पेजमा आफ्नो विवरण तथा सूचना उपलब्ध नगराउन अन…
सगरमाथाको नयाँ उचाइ आज सार्वजनिक हुँदैं
नेपालले आफ्नै साधन, स्रोत र जनशक्ति प्रयोग गरी पहिलो पटक मापन गरिएको सगरमाथाको नय…
खोप ल्याउने सरकारको तयारी फितलो, मात्र सुविधाको खोपको आशा
विकसित मुलुकहरुले आफ्ना नागरिकका लागि कोरोनाविरुद्धको खोप खरिद गर्न उत्पादक कम्पनी…
सूचना प्रणालीमा अनधिकृत पहुँच बनाई भ्रामक सन्देश फैलाउने ३ जना पक्राउ
नेपाल प्रहरीको साइबर ब्यूरोले सूचना प्रणालीमा अनधिकृत पहुँच बनाई भ्रामक सन्देश फैल…
विन्डोज टेन प्रयोगकर्ताले अब बोलेरै फाइल खोल्न सक्ने
विन्डोज टेन प्रयोगकर्ताले अब बोलेरै फाइल खोल्न वा सर्च गर्न सक्ने भएका छन् । माइक्रोसफ्…
६०० मेगापिक्सेल क्यामेरा सेन्सर निर्माणमा काम गर्दै सामसङ
सामसङले ६०० मेगापिक्सेल क्यामेरा सेन्सर निर्माणमा काम गरिरहेको छ । टीपस्टरले यो कु…
मनकामना केबलकारको टिकट अब खल्तीबाटै खरिद गर्न सकिने
मनकामना दर्शन गर्न जाने भक्तजनहरूले मनकामना केबुलकारको टिकट ‘खल्ती’ डिजिटल वालेटब…
नेपालको आफ्नै स्याटेलाइट राख्न चारवर्ष अघि शुरु गरेको प्रक्रिया रद्द, अब नयाँ ढंगबाट अगाडी बढ्ने
अन्तरिक्षमा नेपालको आफ्नै स्याटेलाइट राख्न ४ वर्षअघि शुरु गरेको प्रक्रिया नेपाल दूरसञ्…
काठमाडौंमा एटीएम मेसिन फुटाउँदै गरेका अवस्थामा एकजना पक्राउ
काठमाडौं महानगरपालिका-३२ मुनिभैरवस्थित एनआइसी एसिया बैंकको एटिएम मेशिन फुटाउँद…