कीवर्डहरू -

समाचार

नेपालको आफ्नै स्याटेलाइट राख्न नयाँ प्रक्रिया शुरू, प्राधिकरणले माग्यो आशयपत्र

नेपालको आफ्नै स्याटेलाइट राख्न नेपाल दूरसञ्चार प्राधिकरणले पुनः नयाँ प्रक्रिया अगाडी बढाएको छ । स्याटेलाइट राख्न चारवर्ष अघि शुरू गरेको पुरानो प्रक्रिया रद्द गरेपछि प्राधिकरणले नयाँ प्रक्रिया अगाडी बढाएको हो ।

दूरसञ्चार प्राधिकरणले बुधबार सूचना प्रकाशित गर्दैं स्याटेलाइटको नियमन तथा सुरक्षा, व्यवसायिक मोडालिटी र सञ्चालनको मोडालिटी नीति तयार गर्न अन्तर्राष्ट्रिय परामर्श माग गरेको छ ।

परामर्शको लागि नेपाल सरकारले छुट्टै रकम विनियोजन गरेको भन्दै दूरसञ्चार प्राधिकरणले इच्छुक परामर्शदाताबाट आशयपत्र माग गरेको हो ।


यो पनि पढ्नुहोस्ः नेपालको आफ्नै स्याटेलाइट राख्न चारवर्ष अघि शुरु गरेको प्रक्रिया रद्द


इच्छुक परामर्शदाताले आशयपत्रसँग सम्बन्धित डकुमेन्ट निःशूल्क लिन सक्ने प्राधिकरणले जनाएको छ । प्राधिकरणका अनुसार परामर्शदाताले यो प्रक्रियाको लागि अन्य परामर्शदातासँग सहकार्य गर्न सक्नेछन् ।

परामर्शदाताले आगामी डिसेम्बर ३१ भित्र आफ्नो आशयपत्र दर्ता गरिसक्नुपर्नेछ । आशयपत्रको मुल्याङ्कन ४० प्रतिशत योग्यता, ५० प्रतिशत अनुभव र १० प्रतिशत क्षमताका आधारमा गरिने छ ।

आशयपत्र मुल्याङ्कनको आधारमा सर्टलिस्टेड फर्महरुलाई मात्र प्राविधिक र वित्तिय प्रस्ताव पेश गर्न इन्भाइट गरिनेछ । आशयपत्र पास हुनलाई न्युन्तम ६० स्कोर प्राप्त गर्नुपर्ने छ ।

समाचार

एनआईसी एशिया बैंकका संस्थागत ग्राहकले अनलाइनबाटै तलब तथा राजस्व भुक्तानी गर्न सक्ने

एनआईसी एशिया बैंक लिमिटेडले आफ्ना संस्थागत ग्राहकहरूका निम्ति बैंक खाताबाटै विद्यु…

गूगलका कर्मचारीले आगामी सेप्टेम्बरसम्म घरबाटै काम गर्न सक्ने

गूगलले सन् २०२१ को सेप्टेम्बर सम्म आफ्नो कर्मचारीलाई घरबाटै काम गर्न दिने भएको छ । ग…

टेलिकमको पोस्टपेड प्रयोगकर्ताले रेन्टल चार्ज वापतको रकम प्याक खरिदमा उपयोग गर्न सक्ने

पोस्टपेड मोबाइल प्रयोगकर्ताले प्रत्येक महिना न्यूनतम ३८३.०७ रुपैयाँ रेण्टल शुल्क तिर्न…

टिकटकको दुरूपयोग बढ्दैं

नेपालमा भिडियो सेयरिङ प्लेटफर्म टिकटक (सामाजिक सञ्जाल) का प्रयोगकर्ता बढेसँगै यसको…

सहुलियतको खोपले हानि गरे कम्पनीलाई मुद्दा हाल्न नपाइने

कोभ्याक्स सुविधाअन्तरगत कोभिड–१९ विरुद्धको खोप प्राप्त गर्न उत्पादक कम्पनीलाई मुद्दा हा…

इसेवासँगको सहकार्यमा कोजेन्ट हेल्थले शुरू गर्‍यो अनलाइन अपोइन्टमेन्ट सेवा 

ईसेवासँगको सहकार्यमा कोजेन्ट हेल्थले अनलाइनबाटै अपोइन्टमेन्ट लिन सकिने सेवा सुरु ग…

सेलपेका ग्राहकले अब फोनपेको क्युआर मार्फत भुक्तानी  गर्न सक्ने

भुक्तानी सेवा सञ्चालक फोनपे र भुक्तानी सेवा प्रदायक संस्था सेलपेबीच सहकार्य भएको छ …

युट्युब तथा जिमेल लगायत गूगलका अन्य सेवा डाउन

विश्वभर गूगलका सम्पूर्ण सेवाहरु डाउन भएका छन् । डाउन डिटेक्टरका अनुसार युट्युब, जिम…

नेपाल फ्लाइङ ल्याब्सले जित्यो अन्तर्राष्ट्रिय अवार्ड, पायो ११ लाख बढी रुपैयाँ

नेपाल फ्लाइङ ल्याब्सले १० हजार अमेरिकी डलर सहितको अन्तर्राष्ट्रिय पुरस्कार जितेको छ ।…

नेपाल बंगलादेश बैंकका संस्थागत ग्राहकले अनलाइनबाटै तलब तथा राजस्व भुक्तानी गर्न सक्ने

नेपाल बङ्गलादेश बैंक लिमिटेडले आफ्नो संस्थागत ग्राहकहरुका निम्ति बैंक खाताबाटै डिज…

सानिमा बैंकका ग्राहकलाई एनसेलको निःशुल्क सीम कार्ड र डेटा प्याकेज

सानिमा बैंक र एनसेल आजियाटा लिमिटेडबीच सानिमा बैंकको मोबाइल एप (सानिमा सजिलो …

प्रविधिमैत्री बन्दैं नयाँ बसपार्क, अब कम्प्युटर प्रणाली मार्फट बसको टिकट 

शनिबार दिउँसो ४ः०० बजे ना ६ ख ६३०१ नं को बसमा दाङ जानका लागि गोँगबुको नयाँ बस…

भिभोको सेल्स कार्निभल शुरू, स्मार्टफोन खरिदमा आकर्षक छूट र उपहार

स्मार्टफोन ब्राण्ड भिभोले नेपालमा आफ्नो तेस्रो वार्षिकोत्सवको अवसरमा यस वर्षको सबैभन्दा…

खोप लगाउन कोही नागरिक वञ्चित नहुने

स्वास्थ्य मन्त्रालयले सबै नागरिकले कोरोनाविरुद्धको खोप पाउने बताएको छ । स्वास्थ्य मन्त्र…

निजी क्षेत्रले कोरोना खोप आयात गर्न नपाउने !

सरकारले कोरोनाभाइरसको खोप तत्काल निजी क्षेत्रलाई ल्याउन दिन नहुने स्वास्थ्य मन्त्रालयद्…