समाचार
फ्युचर आइफोनका लागि आफ्नै सेलुलर मोडेम विकास गर्दैं एप्पल
एप्पलले फ्युचर आइफोनका लागी आफ्नै सेलुलर मोडेमको विकास गरिरहेको छ । ब्लुमवर्गका अनुसार एप्पल हार्डवयेर टेक्नोलोजीजको एसभीपी जोनी स्राउजीको अनुसार यो इन्टर्नल सेलुलर मोडेमको कारणले अर्को रणनीतिक विचार ल्याउनमा मद्दत पुर्याउँछ ।
यसले एप्पलको भविष्यलाई पनि सुनिश्चित पार्ने कम्पनीको अनुमान रहेको छ । यसले लामो समयसम्म कम्पनीलाई सहयोग पुर्याउनेछ । कम्पनीले अहिले सम्मको आइफोन १२ मा क्वालकमको सेलुलर मोडेलको प्रयोग गर्ने गरेको छ ।
एप्पल र क्वालकम चीपमेकरले गत साल ६ वर्षको सम्झौतामा साइन गरेका थिए र ६ वर्ष सम्म क्वालकमले एप्पललाई आफ्नो चीप दिइरहने छ । सन् २०१९ मा एप्पलले इन्टेलको धेरैजसो स्मार्टफोन मोडेम व्यवसाय १ बिलियन अमेरिकी डलरमा किनेको थियो ।
कम्पनीले क्वालकमबाट पनि समयसमयमा इन्जिनियर झिकाइरहेको छ । कम्पनीले बिस्तारै अरु कम्पनीहरुमा भरपर्नु पर्ने बानीलाई हटाउँदै गइरहेको छ र आत्मनिर्भर बन्ने यात्रामा लागीपरेको छ ।
एप्पलले एक दशक अघिदेखि नै आफै प्रोसेसर बनाउन थालिसकेको छ । एप्पलले यही नोभेम्बरमा पनि म्याकबुक प्रो, म्याकबुक एयर र म्याकबुक मिनी आफ्नै म्याक प्रोसेसरले पावर गरेको थियो ।
एप्पलले आफ्नै सामाग्री प्रयोग गर्न थालेकाले इन्टेल र क्वालकमलाई भने असर पर्न सक्छ । एप्पलले इन्टेलको बिक्रीको लगभग ७ प्रतिशत र क्वालकमको ११ प्रतिशत राजस्वमा असर पर्न सक्छ ।
समाचार
आविष्कार केन्द्रले बनायो हेलिकोप्टरमा कोरोनाका बिरामी बोक्न मिल्ने आइसोलेसन च्याम्बर
राष्ट्रिय आविष्कार केन्द्रले हेलिकोप्टरमा सुरक्षित तरिकारले कोरोनाका बिरामीहरु बोक्न …
उपत्यकामा पनि खुल्न थाले शिक्षण संस्था
पछिल्लो समय नेपालमा कोरोनाको संक्रमणको दर कम भएसँगै अरु क्षेत्रसंगै शैक्षिक संस्थाह…
‘सबै नेपालीलाई कोरोना खोप’
अर्थ मन्त्री विष्णुप्रसाद पौडेलले सरकार नागरिकको जीवन र जीविका रक्षा दुवैलाई उच्च प्र…
दरबारमार्गमा एटीएम मेसिन तोडफोड गरिरहेको अवस्थामा एकजना पक्राउ
काठमाडौं महानगरपालिका-१ दरबारमार्गस्थित नेपाल इन्भेष्टमेन्ट बैंकको एटीएम मेसिन तोड…
ओपोद्वारा ‘ओ फ्यान्स फेस्टिभल’ को घोषणा
स्मार्टफोन ब्राण्ड ओपोले ‘ओ फ्यान्स फेस्टिभल’ एसएमएस क्याम्पेनको घोषणा गरेको छ । सुरुव…
अब कनेक्ट आइपीएसबाटै मेटलाइफको प्रिमियम तिर्न सकिने
अब कनेक्ट आइपीएसबाटै मेटलाइफको प्रिमियम तिर्न सकिने भएको छ । ग्राहकहरुको सहजताका …
ग्यालेक्सी एस २१ सिरिज सार्वजनिक गर्दैं सामसङ
सामसङले जनवरी १४ मा ग्यालेक्सी एस २१ लाइनअपलाई सार्वजनिक गर्न सक्ने भएको छ । एन्ड्रो…
सामसङले सार्वजनिक गर्यो ११० इन्चको माइक्रोएलइडी टिभी
विश्वको लोकप्रिय इलेक्ट्रोनिक्स ब्राण्ड सामसङले ११० इन्च माइक्रो एलइडी टिभी सार्वजनिक ग…
माछापुच्छ्रे बैंकले पनि शुरू गर्यो ‘कर्पोरेट पे’ प्रणाली
माछापुच्छ्रे बैंक लिमिटेडले आफ्नो संस्थागत ग्राहकहरुका निम्ति बैंक खाताबाटै डिजिटल …
महालक्ष्मी विकास बैंकले ‘कर्पोरेट पे’ प्रणाली सञ्चालन गर्ने
महालक्ष्मी विकास बैंक लिमिटेडले आफ्नो संस्थागत ग्राहकहरुका निम्ति बैंक खाताबाटै डिज…
कोरोना भाइरसविरुद्ध भारतमा बन्दै गरेका खोप किन्न सस्तो पर्नेे
सरकारले कोरोना भाइरसविरुद्ध भारतमा बन्दै गरेका खोप किन्न सस्तो पर्नेे प्रारम्भिक अनु…
इसेवाको ‘उत्सवको बहार, हप्तै पिच्छे उपहार’ योजनामा प्युठानका मनोजले पाए टिभिएस बाइक
नेपालको पहिलो भुक्तानी सेवा प्रदायक इसेवाले दशैँ,तिहार र छठलाई लक्षित गर्दै सार्वज…
एन्ड्रोइड प्रयोगकर्ताहरुले गतवर्षको तुलनामा यो वर्ष २५ प्रतिशत बढी समय फोनमा खर्च गरे
कोरोना महामारीले गर्दा एन्ड्रोइड प्रयोगकर्ताहरुले गत साल भन्दा यो वर्ष २५ प्रतिशत बढी…
भोली ग्यापुको १२:१२ लाइभ सेल, हरेक घण्टा छुट्टा छुट्टै क्याटागोरीमा सेल
ग्यापु मार्केटप्लेसले भोली शनिबार १२ः १२ लाइभ सेलको आयोजना गरेको छ । शनिबार दिउँ…
सबैभन्दा धेरै डाउनलोड हुने एपमा टिकटक, टप १० मा कुन कुन परे ?
भिडियो शेयरिङ एप टिकटक सन् २०२० मा विश्वको सबैभन्दा धेरै डाउनलोड गरिएको एप बन्न स…