समाचार
वालिङ्ग नगरपालिकाको राजस्व अब खल्ती डिजिटल वालेटबाट तिर्न सकिने
स्याङ्जाको वालिड्ग नगरपालिकाका बासिन्दाले खल्तीबाटै राजस्व बुझाउन सक्ने भएका छन् । खल्ती डिजिटल वालेटले वालिंङ नगरपालिकासँग सो सम्बन्धि सम्झौता गरेको छ ।
नगरपालिकाका बासिन्दाले सम्पत्तिलगायतका विभिन्न प्रकारका राजस्व तथा सेवा लिए वापत सेवा शुल्क भुक्तानी गर्नुपर्छ ।
सो शुल्क ‘खल्ती’ का ग्राहकले खल्तीको वेबसाइट वा मोबाइल एपमा रहेको सरकारी सेवा मेनुमा गइ वालिंङ नगरपालिका ट्याप गरेर शुल्क भुक्तानी गर्न सक्नेछन् ।
सेवाग्राहीको भिड भइरहने नगरपालिकामा मोबाइलमा रहेको खल्ती एपबाटै शुल्क भुक्तानी गर्न सकिने भएपछि वालिंङ नगरपालिकाका बासिन्दालाई निकै सहज हुने नगरपालिकाको अपेक्षा गरेको छ ।
खल्तीका संस्थापक तथा निर्देशक अमित अग्रवालले यस सम्झौताले डिजिटल नेपालको सपना पुरा गर्ने तर्फ खल्ती एक पाइला अझ नजिक पुगेको विश्वास बताए ।
खल्ती वालेटको प्रयोग गरी ६० भन्दा बढी बैंकमा पैसा पठाउन सकिन्छ । साथै मोबाइल रिचार्ज, बिजुली, पानी, इन्टरनेट तथा डीटीएचको बिल भुक्तानी, फिल्म, प्लेन, इभेन्ट्स को टिकट खरिद, होटेल रुम बुकिङ गर्ने, इ–कमर्समार्फत किनिएको सामानको भुक्तानी गर्ने, दैनिक पत्रिकाहरुको ग्राहक–शुल्क तिर्ने, सरकारी कर तथा सेवा शुल्क तिर्ने जस्ता धेरै सेवाहरु लिन सकिन्छ ।
समाचार
डेढ करोड जनतालाई भुक्तानी सेवा दिदैं ईसेवा
ईसेवाले हाल ४० लाख ग्राहकलाई प्रत्यक्ष सेवा र एक लाख एजेन्ट नेटवर्कबाट डेढ करोड जनत…
सामाजिक सञ्जालमा अमर्यादित भिडियो बनाउनेलाई प्रहरीले कारबाही गर्ने
प्रचलित कानुन विपरीत हुने अश्लील भिडियोहरु लगायतका सामग्री बनाउने र प्रसारण गर्ने …
स्टार्टअपले दुई प्रतिशत ब्याजदरमा ५० लाख रुपैयाँसम्म ऋण पाउने
नवीनतम ज्ञान, सीप र क्षमता भएको आविस्कारकर्ता, उद्यमी वा व्यवसायीलाई नवप्रवर्तनकारी उ…
ह्याकरले कम्प्युटर सिस्टममा हानी पुर्याएर वैज्ञानिकलाई भाइरस वा टक्सीन बनाउन लगाउन सक्ने
बेन गुईरन विश्वविद्यालयका साइबर सुरक्षा अन्वेषकहरुले हालै ह्याकरहरुले कम्प्यूटर सिस्ट…
नेपाल क्लियरिङ हाउस मार्फत ४ महिनामा करिब १५५ अर्ब रुपैयाँ डिजिटल कारोबार
नेपाल क्लियरिङ हाउस लिमिटेड (एनसीएचएल) ले चालु आर्थिक वर्षको कात्तिक मसान्तसम्म डिज…
लकडाउनपछि फष्टाउदै अनलाइन व्यापार
पछिल्लो समय मुलुकमा अनलाईन व्यापार तिव्रगतिमा फष्टाउदै गएको छ । कोरोना भाइरस (कोभ…
ट्राफिक नियम उल्लंघन गर्नेलाई अनलाइन कक्षा लिदैं ट्राफिक प्रहरी
महानगरीय ट्राफिक प्रहरी महाशाखाले सोमबार देखी ट्राफिक लाईट उल्लंघन गर्ने चालकहरुला…
फेसबुक अकाउन्ट ह्याक गरी ३० हजार रुपैयाँ ठगी गर्ने २ जना पक्राउ
फेसबुक अकाउन्ट ह्याक गरी ३० हजार रुपैयाँ ठगी गरेको अभियोगमा २ जनालाई प्रहरीले पक्…
सबै जिल्लामा पुग्याे नेपाल टेलिकमको फोरजी सेवा
नेपाल टेलिकमको फोरजी सेवा ७७ वटै जिल्लामा पुगेको छ । नेपालमै पहिलोपटक २०७३ साल…
माइक्रोसफ्ट टिम्सले पनि ईन्टरनेट एक्सपलोरर ११ लाई सपोर्ट नगर्ने
अहिले पनि ईन्टरनेट एक्सपलोरर ११ प्रयोग गरिरहने प्रयोगकर्ताहरुका लागी माइक्रोसफ्टले फ…
ई लर्निङका लागि पूर्वाधारमा लगानी गर्नुपर्ने
ई लर्निङका लागि शिक्षाको पूर्वाधारमा लगानी गर्नुपर्नेमा सरोकारवालाहरुले जोड दिएका …
टेलिकमको फोरजी सेवा निरन्तर प्रयोग गर्न ग्राहकले थाहा पाउनु पर्ने जानकारी
मुलुकका ७७ जिल्लामा नेपाल टेलिकमको फोरजी मोबाइल सेवाको पहुँच पुगेको छ । मोबाइल…
अब बीस मिनेटमै कोरोना परीक्षण !
सरकारले सोमबारबाट कोरोना भाइरस (कोभिड–१९) परीक्षणमा एन्टिजेन परीक्षण सुरु गरेको …
कृषि विकास बैंक ह्याकिङ प्रकरणमा थप एक जना पक्राउ
कृषि विकास बैंकको सूचना प्रणालीमा अनाधिकृत पहुँच राखी रकम रकमान्तर गरी भुक्तानी …