समाचार
चन्द्रागिरी नगरपालिकाद्वारा प्रहरीलाई ६८ वटा सिसिटिभी हस्तान्तरण
त्रिभुवन राजपथ अन्तर्गत कलंकी-नागढुंगा सडकखण्डको कलंकी ढुंगेअड्डादेखि नागढुंगा पिपला मोडसम्म चन्द्रागिरि नगरपालिकाको करिब १ करोड रुपैयाँको लागतमा जडान गरिएका अत्याधुनिक ६८ वटा सिसिटिभी हस्तान्तरण गरिएको छ ।
उक्त सिसिटिभि चन्द्रागिरि नगरपालिकाका मेयर घनश्याम गिरिले शुक्रबार आयोजित एक कार्यक्रमबीच महानगरीय प्रहरी कार्यालय रानीपोखरीका प्रमुख प्रहरी नायव महानिरीक्षक विश्वराज पोखरेल मार्फत महानगरीय प्रहरी वृत्त थानकोटलाई हस्तान्तरण गरेका हुन् ।
सो अवसरमा प्रहरी नायव महानिरीक्षक पोखरेलले सिसिटिभी जडान आम नागरिकको विकास, समृद्धि र सुरक्षाको आकांक्षा पूरा गर्ने एउटा माध्यम भएको बताए ।
हरेक नागरिकको हर्कतलाई निग्रानी गरी चोरी, लुटपाट लगायतका सम्भाव्य अपराध न्यूनीकरण गर्न सिसिटिभी जडानले महत्वपूर्ण योगदान पुर्याउने उनले चर्चा गरे ।
हस्तान्तरण कार्यक्रममा चन्द्रागिरी नगरपालिकाका मेयर घनश्याम गिरिले सिसिटिभी जडानले सवारी दुर्घटना न्यूनीकरण गर्न मद्दत पुर्याउनुका साथै सुरक्षा व्यवस्थापनलाई थप मजबुद बनाउने विश्वास व्यक्त गरे ।
चन्द्रागिरि नगरपालिकाद्वारा आयोजित उक्त कार्यक्रममा वडा अध्यक्षहरु, प्रहरी अधिकृतहरु, संचारकर्मी लगायत स्थानीयको उपस्थिति रहेको थियो ।
समाचार
मुक्तिनाथ विकास बैंकले शुरु गर्यो अनलाइन कर्जा आवेदन सेवा
मुक्तिनाथ विकास बैंकले ग्राहकहरुको समयको महत्वलाई ध्यानमा राखि र कोरोनाको महामारी…
डिशहोमको ‘द स्ट्रिङ्स शो’ को फाइनल प्रतियोगिता हुँदै
डिशहोमले सुरु गरेको डिजिटल रेट्रो इंगलिस सांगीतिक प्रतियोगिता द स्ट्रिङ्गसको फाईनल…
बाग्मती प्रदेश सरकारले आफ्नै विद्युतीय सवारी साधन चलाउने
वाग्मती प्रदेश सरकारले सङ्घीय राजधानी काठमाडौँलगायत विभिन्न शहरलाई प्रदेशको राजधान…
एनआईसी एशिया बैंकको ‘फोटो पात्रो २०७८’ प्रतियोगितामा फोटो पठाई नगद पुरस्कार जित्न सकिने
एनआईसी एशिया बैंकले सम्पूर्ण नेपाली नागरिकहरूका लागि ‘फोटो पात्रो २०७८’ नामक फोट…
स्पटलाईटले प्रयोगकर्ताहरुलाई भिडियो भाइरल बनाएमा दिनको १० लाख रुपैयाँ दिने
स्न्यापच्याटको स्पटलाईटले प्रयोगकर्तालाई भिडियो भाइरल बनाएमा एक दिनको १ मिलियन अमेर…
एफटीटीएच सेवामा विद्युत नहुँदा राउटर यूपीएस वा एडप्टर प्रयोग गर्न टेलिकमको सुझाब
नेपाल टेलिकमले परम्परागत तामाको तारबाट चल्ने ल्याण्डलाइन टेलिफोनलाई एफटीटीएच अर्था…
ज्योति विकास बैंकको खाता खल्तीसँग लिङ्क गर्दा १०० रुपैयाँ बोनस पाइने
ज्योति विकास बैंकका ग्राहकले ‘खल्ती’ डिजिटल वालेटमा आफ्नो बैंक खातालाई लिंक गर्दा …
फेसबुकले सार्वजनिक गर्यो ड्राइभस फिचर, आवश्यक खानेकुरा तथा कपडा संकलन गर्न सहयोग गर्ने
फेसबुकले ‘ड्राइभस’ नामक नयाँ फिचर सार्वजनिक गरेको छ । यो फिचरले चाहिएको मान्छेहर…
बिना सूचना बत्ती जाँदा जुमबाट अध्ययन गर्ने विद्यार्थी प्रभावित
सडक विस्तारका क्रममा पोल सार्न बिना सूचना बत्ती जाँदा जुमका माध्यमबाट अध्ययन गरिरहे…
ग्यापुको मंसिर १२ गते ब्ल्याक फ्राइडे सेल, ६० प्रतिशतसम्म छुट पाइने
लोकप्रिय नेपाली इ कमर्श ग्यापु मार्केटप्लेसले मंसिर १२ गते शुक्रबार ब्ल्याक फ्राईडे घो…
सुरुमा ९ लाख नेपालीलाई कोरोना खोप
नेपालमा कोरोना भाइरस संक्रमणविरुद्धको खोप प्राप्त भएपछि सुरुमा ३ प्रतिशत जनसंख्याला…
फेसबुकमा प्रहरीलाई गाली गर्ने युवक पक्राउ
सामाजिक सञ्जाल फेसबुकमा प्रहरीलाई गाली गर्ने एक जना युवकलाई प्रहरीले पक्राउ गरेको …
फेसबुकमा प्रहरीलाई गाली गर्ने युवक पक्राउ
सामाजिक सन्जाल फेसबुकमा प्रहरीलाई गाली गर्ने एक जना युवकलाई प्रहरीले पक्राउ गरेको …
राष्ट्रिय परिचय पत्र सबैका लागि महत्वपूर्ण छ: प्रजिअ भटराई
राष्ट्रिय परिचयपत्र सबै तह र तप्काका नागरिकहरुको लागि उतीकै महत्वपूर्ण रहेको डोटीका…
कोरोनाको खोपबारे गलत जानकारी रोक्न यस्तो छ फेसबुक, ट्वीटर र गूगलको तयारी
फेसबुक, ट्वीटर र गूगलले कोभिड–१९ खोपको बारेमा गलत जानकारीसँग लड्नका लागी तयारी …