समाचार
कुबेतमा पनि अब इसेवामनि ट्रान्सफरको रेमिट्यान्स सेवा
इसेवा मनि ट्रान्सफर र कुबेतको ख्यातिप्राप्त रेमिट्यान्स् कम्पनी युएई एक्स्चेञ्जबीच रेमिट्यान्स् सेवा सुरू भएको छ ।
यो सेवा सुरू भएसँगै कुबेतमा रहेका नेपालीहरूले युएई एक्स्चेञ्जका २३ वटा शाखाबाट नगदमा तथा कुनै पनि बैंक खातामा र इसेवा वालेटमा पैसा पठाउन सक्ने छन् ।
नगदमा पठाइएको रकम नेपाल भर रहेक ८ हजार भन्दा धेरै इसेवामनि ट्रान्सफरका एजेन्ट तथा इसेवावालेट एप मार्फत पनि प्राप्त गर्न सकिनेछ ।
साथै इसेवा वालेटमा पैसा पठाउदा ७५० फिल्स मात्र सेवा शूल्क लाग्ने छ । त्यसै गरी बैंक खातामा पठाएइको रकम तत्कालै तुरुन्तै सेवाग्राहीको बैंक खातामा जम्मा हुनेछ । युएई एक्स्चेञ्जले छिट्टै नै इसेवामनि ट्रान्सफरको सेवा आफ्नो अनलाइन मोबाइल एप मार्फत पनि सुरु गर्ने छ ।
रेमिट्यान्स् सम्बन्धी सम्झौता पत्रमा इसेवा मनि ट्रान्सफरको तर्फबाट प्रबन्ध निर्देशक अजेश कोइराला र युएई एक्स्चेञ्जका तर्फबाट कार्यकारी प्रमुख कृष्ण कुमार यछारथले हस्ताक्षर गरेका हुन् ।
सेवामनि ट्रान्सफरले डिजिटल रेमिट्यान्सका साथै एजेन्ट बेस रेमिट्यान्स् सेवामार्फत नेपालमा रेमिट्यान्स् भित्र्याउदै आएको छ ।
हालको विषम परिस्थितिलाई मध्यनजर गर्दै इसेवाले डिजिटल माध्यमबाट समयको बचत, आर्थिक फाइदा र प्राविधिको प्रयोगबाट सुरक्षित ढंगबाट रेमिट्यान्स् भित्र्याउँदै आएको छ ।
इसेवा मनि ट्रान्सफरलाई रेमिट्यान्सको विश्वबजारमा छुटै नाम, सेवा र प्रविधिको पूर्ण प्रयोग गर्ने कम्पनीको रुपमा स्थापना गर्नु आफुहरुको उदेश्य रहेको इसेवा मनि ट्रान्सफरका प्रबन्ध निर्देशक अजेश कोइरालाले बताए ।
समाचार
एप्पलले सार्वजनिक गर्यो आफ्नै प्रोसेसर प्रयोग भएको नयाँ म्याकबुक
मंगलबार एप्पलले आयोजना गरेको ‘वान मोर थिङ्ग’ ईभेन्टमा म्याकबुक एयर र म्याकबुक प्रो …
दराजको ११.११ सेल डेमा डिशहोम खरिद गर्दा २० प्रतिशतसम्म छुट
अनलाइन सपिङ साइट दराजबाट डिशहोम खरिद गर्दा विशेष छुट पाउन सकिने भएको छ । दराजल…
भन्सार छलि ल्याइएका मोबाइलको व्याट्री र डिस्प्लेसहित दुई जना पक्राउ
सिद्धार्थनगर नगरपालिका-१२ आवरोडबाट भन्सार छलि भारतबाट ल्याउँदै गरेको करिब १ लाख २…
विद्यार्थीलाई निःशुल्क सिमकार्ड वितरण गर्न सञ्चारमन्त्री गुरुङको निर्देशन
सरकारका प्रवक्ता तथा सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले नेपाल दूरसञ्चार प्…
प्रहरीद्वारा नागढुंगाबाट ५६ थान मोबाइल बरामद
काठमाडौं चन्द्रागिरी नगरपालिका २ नागढुंगाबाट बिल तथा कागजात नभएको विभिन्न कम्पनीक…
अब क्युआर कोड स्क्यान गरेरै प्रभु बैंकबाट पैसा निकाल्न सकिने
अब क्युआर कोड स्क्यान गरेरै प्रभु बैंकबाट नगद निकाल्न सकिने भएको छ । प्रभु बैंकले ए…
भैरहवामा एनसेलको नयाँ सेन्टर, सिम कार्ड खरिदमा १ जीबी डाटा निःशूल्क
मोबाइल सेवा प्रदायक कम्पनी एनसेल आफ्नो ग्राहक सेवालाई थप सहज तथा परिस्कृत बनाउँदै …
इलेक्ट्रोनिक्स सामानमा ग्यापुको इलेभेन इलेभेन सेलः उपहारमा टुनुवाल स्कुटर जित्ने मौका
लोकप्रिय नेपाली ई कमर्स कम्पनी ग्यापु मार्केटप्लेसले सबै इलेक्ट्रोनिक्स सामानमा सेल उप…
म्याक्सिस र हुवावे मलेसियाले फाइभजी नेटवर्क विस्तारका लागि तयारी थाले
यसै बर्ष औपचारिक रूपमा शुरु भएको टेकसिटी साझेदारी पश्चात म्याक्सिस र हुवावे मलेसि…
कोरोना सङ्क्रमितको उपचारमा नर्सिङ रोबोट
मध्यपुर थिमि नगरपालिकाले नगरपालिकाद्वारा सञ्चालित नेपाल कोरियामैत्री नगरपालिका अस्…
विश्व विज्ञान दिवसको अवसरमा भर्चुअल रुपमा विज्ञान संवाद आयोजना गर्दैं नाष्ट
नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नाष्ट) ले विश्व विज्ञान दिवसको अवसरमा का…
अब ‘हाम्रोपात्रो’ बाटै विदेशमा रहेका नेपालीले नेपालमा गिफ्ट पठाउन सक्ने
अब लोकप्रिय नेपाली एप ‘हाम्रो पात्रो’बाटै गिफ्ट पठाउन सकिने भएको छ । कम्पनीले विदे…
पब्जी खेलेर नेपाली युवाहरुले जिते ७१ लाख रुपैयाँ
नेपाली युवाहरुले पब्जी मोबाइल प्रो लिग साउथ एशियाको उपाधि जितेका छन् । युवाहरु म…