समाचार
३ महिनामा टिकटकले हटायो कम्युनिटी गाइडलाइन्स उल्लंघन गर्ने १८ लाख बढी नेपाली भिडियो
टिकटकले ३ महिनामा १८ लाख बढी नेपाली भिडियोहरू हटाएको छ । २०२५ को पहिलो त्रैमासिकमा कम्युनिटी गाइडलाइन्स उल्लंघन गर्ने नेपालका १८ लाख ७६ हजार ५६३ वटा भिडियोहरू हटाएको हो ।
टिकटकले आफ्ना प्रयोगकर्ताका लागि सुरक्षित डिजिटल वातावरण बनाउन गरेको निरन्तरको प्रतिबद्धता अनुरुप २०२५ को पहिलो त्रैमासिकको कम्युनिटी गाइडलाइन्स इन्फोर्समेन्ट प्रतिवेदनमा गत जनवरीदेखि मार्चसम्म आफ्नो कम्युनिटी गाइडलाइन्स उल्लंघन गर्ने कन्टेन्टहरू पत्ता लगाएर त्यसलाई हटाएको जानकारी दिएको छ ।
यसले प्रयोगकर्ताहरूलाई सकारात्मक अनुभव दिलाउन मद्दत गर्ने टिकटकको अपेक्षा छ । नेपालमा सक्रिय रूपमा हटाइएका भिडियोको दर ९९.६ प्रतिशत रह्यो, जसमा ९७.८ प्रतिशत भिडियोहरू २४ घण्टाभित्रै हटाइएका थिए ।
विश्वव्यापी रूपमा, टिकटकले यो त्रैमासिकमा २११ मिलियन भिडियोहरू हटाएको छ, जुन यस प्लेटफर्ममा अपलोड गरिएको कुल कन्टेन्टको करिब ०.९ प्रतिशत हो । हटाइएका भिडियोमध्ये १८ करोड ४३ लाख ७८ हजार ९८७ वटा भिडियो अटोमेटेड डिटेक्सन प्रविधि प्रयोग गरेर हटाइएका थिए, जबकि ७५ लाख २५ हजार १८४ भिडियो थप समीक्षा गरेपछि पुनःस्थापित गरिएका थिए। सक्रिय रूपमा हटाइएका भिडियोहरूको दर ९९.० प्रतिशत रह्यो, जसमा ९४.३ प्रतिशत फ्ल्याग गरिएका कन्टेन्टहरू पोस्ट भएको २४ घण्टाभित्रै हटाइएका थिए।
हटाइएका भिडियोहरूको ३०.१ प्रतिशत कन्टेन्ट टिकटकको कन्टेन्ट पोलिसीसँग मेल नखाने संवेदनशील वा वयष्क विषयवस्तु भएका थिए भन्ने यस प्रतिवेदनले देखाउँछ। थप ११.५ प्रतिशत भिडियोहरूले प्लेटफर्मको सुरक्षा र नैतिक मापदण्ड उल्लंघन गरेका थिए, जबकि १५.६ प्रतिशत भिडियोहरूले गोपनीयता र सुरक्षा नियमहरू तोडेका थिए। यसका साथै, हटाइएका भिडियोहरूको ४५.५ प्रतिशत गलत सूचनाका रूपमा फ्ल्याग गरिएका थिए र १३.८ प्रतिशत भिडियोहरू एडिट गरिएका वा एआईले बनाइएको भनेर फ्ल्याग गरिएका कारण हटाइएका थिए।
टिकटकले कम्युनिटी गाइडलाइन्स इन्फोर्समेन्ट रिपोर्ट नियमित रूपमा प्रकाशित गर्दै आएको छ जसले कन्टेन्ट र अकाउन्ट सम्बन्धी कारबाही बारे स्पष्ट जानकारी दिन्छ र यसले टिकटकको ट्रान्सपेरेन्सी पनि देखाउँछ। २०२५ को पहिलो त्रैमासिक विस्तृत रिपोर्ट तथा टिकटकका कन्टेन्ट गाइडलाइन्स, टुल्स र नीतिहरूबारे थप जानकारीका लागि टिकटकको ट्रान्सपेरेन्सी सेन्टरमा जान सकिन्छ।
समाचार
मेटाले पुनः सुरू गर्यो क्यामेरा स्मार्टवाचको विकास , सेप्टेम्बरमा हुन सक्छ सार्वजनिक
मेटाले एकपटक फेरि आफ्नो क्यामेरा युक्त स्मार्टवाच प्रोजेक्टमा काम सुरु गरेको छ । यो प्रोजेक्टको सुरुवात २०२१ मा गरिएको थियो तर क…
ग्रोकमा आउँदैछ टेक्स्ट-टु-भिडियो जेनेरेशन फिचर
गूगलले हालै आफ्नो टेक्स्ट-टू-भिडियो जेनेरेशन टूलको नयाँ भेर्सन भेओ ३ (भीओ ३) ल्याएको थियो । अब एलन मस्कको ग्रोक पनि आफ्ना करोडौ…
टिगको बैंक फिड इन्टिग्रेसन सुविधा: बैंकिङ कारोबार म्यानुअल रूपमा राख्नु पर्ने बाध्यता हट्दै
केही समय अगाडिसम्म बैंक खातामा भएको व्यवसायको कारोबार म्यानुअल रूपमा अकाउन्टिङ सफ्टवेयरमा राख्नुपर्थ्यो । सफ्टवेयरले कागजी काम घ…
नयाँ नेपाली क्यालेन्डर वेब एप नेपक्यालेण्डर सार्वजनिक, लोड हुन धेरै समय नलाग्ने
नेपाली क्यालेन्डर वेब एप ‘नेपक्यालेण्डर’ सञ्चालनमा आएको छ…
९ लाख ९९ हजार डाउन पेमेन्टमै इलेक्ट्रिक पिकअप रिड्डारा आरडीसिक्स किन्न सकिने
सीजी मोटर्सले चीनको प्रतिष्ठित अटो ब्रान्ड गिलिसँगको सहकार्यमा इलेक्ट्रिक पिकअप रिड्डारा आरडीसिक्सका लागि नयाँ अफर सार्वजनिक गरेको…
ओपनएआईका सीईओ स्याम अल्टम्यानः अनियन्त्रित एआई शक्तिले डर, निजी डेटा सुरक्षामा खतरा
लोकप्रिय च्याटजीपीटी बनाउने कम्पनी ओपनएआईका सीईओ सैम अल्टम्यानलाई एआईको अनियन्त्रित शक्तिले नै खतरा महसुस हुन थालेको छ।
…राष्ट्रियस्तरको तीनदिने ह्याकाथन डीएभी कोडफेस्ट २०२५ सम्पन्न, को को भए विजेता ?
ललितपुरको जावलाखेलस्थित डीएभी कलेजमा आयोजना गरिएको राष्ट्रियस्तरको तीन दिने कार्यक्रम ‘डीएभी कोडफेस्ट २०२५’ साउन ९…
डिजिटल नेपाल कन्क्लेभ २०२५ का लागि कार्यपत्र आह्वान, यस्तो छ पठाउने तरिका
आइसिटी फाउन्डेसन नेपालले डिजिटल नेपाल कन्क्लेभ २०२५ का लागि कार्यपत्र (पेपर) आह्वान गरेको छ ।
हाम्रो पात्रोले प्राप्त गर्यो अस्ट्रेलियाको रेमिट्यान्स लाइसेन्स, पहिलो ५ हजार प्रयोगकर्तालाई विशेष अफर
नेपालको लोकप्रिय डिजिटल प्लेटफर्म ‘हाम्रो पात्रो’ले अस्ट्रेलियामा रेमिट्यान्स सेवा प्रदान गर्न आवश्यक पर्ने AUSTRAC अन्तर्…
सानिमा बैंकको अन्तर बैंक टेलर क्युआर कारोबार सेवा सञ्चालनमा
डिजिटल बैंकिङ्ग प्रबिधिको नयाँ अनुभव महसुस गरी ग्राहकहरुलाई सहज र सरल रुपमा सुबिधा दिने उद्देश्य लिई सानिमा बैंकले फोनपेसंगक…
जथाभावी वाईफाई हटस्पट सञ्चालन नगर्न सेवा प्रदायकलाई दूरसञ्चार प्राधिकरणको निर्देशन
नेपाल दूरसञ्चार प्राधिकरणले जथाभावी वाईफाई हटस्पट सञ्चालन नगर्न सेवा प्रदायकलाई निर्देशन दिएको छ ।
‘Girls in ICT Nepal’ expands young women’s access to emerging technologies; three‑day training completed in Surkhet and Itahari
Under the collaboration of the Nepal Telecommunications Authority and the International Telecommunication Union (ITU), …
नेपालका लागि एआई विलासिता होइन, समानता, रूपान्तरण र न्यायको साधन हो: सञ्चारमन्त्री
चीनको सांघाईमा भइरहेको वर्ल्ड आर्टिफिसियल इन्टेलिजेन्स (एआई) सम्मेलन २०२५ लाई सम्बोधन गर्दै सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वीस…
अब वाईफाईलेनै तपाई कोठा भित्र के गर्दैहुनुहुन्छ भनेर जानकारी दिन सक्ने
कल्पना गरौँ यदि तपाईंलाई थाहा भयो कि वाईफाईको माध्यमबाट तपाईं कोठामा के गर्दै हुनुहुन्छ सबै थाहा हुने गर्दछ । यो कुनै हलिवुड…
रिप्लिट एआई एजेन्टको असफलता : कम्पनीको सबै डेटा मेटायो, सीईओले मागे माफी
आर्टिफिशियल इन्टेलिजेन्स (एआई) आजकल हरेक ठाउँमा प्रयोग हुँदैछ। एआई एजेन्टहरू त झनै अगाडि छन्। एआईले काम जति सजिलो बनाइरहेको छ…