समाचार
नेपाली बजारमा इन्फिनिक्सको नयाँ स्मार्टफोन हट ६० आई सार्वजनिक
इन्फिनिक्स नेपालले नेपाली बजारमा आफ्नो नयाँ स्मार्टफोन हट ६० आई सार्वजनिक गरेको छ । हट ६० आईमा रहेको ४५ वाट फास्ट चार्जिङ र ५१६० एमएएचको पाँच वर्ष टिक्ने ब्याट्री यसका मुख्य आकर्षण हुन् ।
फोनमा हेलियो जी८१ अल्टिमेट चिपसेट, वान ट्याप इन्फिनिक्स एआई, जाइरोप्रो नेभिगेसन, र स्टाइलिस ट्रिपल क्यामेरा सेटअप जस्ता विशेषताहरू रहेका छन्। ७.७ एमएको स्लिम बडी र रंगीन डिजाइनले फोनलाई हेर्दा झन् आकर्षक बनाएको छ।
हट ६० आई दुई फरक भेरियन्टमा उपलब्ध छ । ६ जीबी र्याम प्लस १२८ जीबी स्टोरेज भएको फोनको मूल्य १५ हजार ९९९ रूपैयाँ र ४ जीबी र्याम प्लस १२८ जीबी स्टोरेज भएको फोनको मूल्य १४ हजार ९९९ रूपैयाँ तोकिएको छ ।
फोनसँगै १८ महिनाको वारेन्टी र १०० दिनभित्र एकपल्ट स्क्रिन फ्री चेन्ज (पानी क्षति बाहेक) को सुविधा पनि उपलब्ध गराइएको छ।
समाचार
एआई र रोबोटिक्सले २०४५ सम्म मानव रोजगारी समाप्त गर्ने जोखिम छ: एडम डोरको चेतावनी
रिथिंकएक्सका अनुसन्धान निर्देशक एडम डोरले सन् २०४५ सम्ममा एआई र रोबोटिक्सले अधिकांश मानवद्वारा गरिने कामहरू समाप्त हु…
सुर्खेतका ७० जना स्थानीय युवाहरूलाई जेनेस सोलुसनको १० दिने आईटी तालिम
जेनेस सोलुसनले जुन ३० देखि जुलाई ९ सम्म भेरीगंगा नगरपालिकामा १० दिने आईटी तालिम सम्पन्न गरेको छ। तालिममा ३४ जना…
शार्क ट्यांक नेपालको मनोरञ्जन पार्टनरमा टिकटक
टिकटकले शार्क ट्यांक नेपालसँग साझेदारी गरेको छ । शार्क ट्यांक नेपालको पहिलो सिजनमा टिकटक एक्सक्लुसिभ मनोरञ्जन पार्टनर भएको छ ।&…
सार्वजनिक निकायमा अब अनलाइनबाटै सूचना माग गर्न सकिने
अब अनलाइनबाटै सार्वजनिक निकायमा सूचना माग गर्न सकिने भएको छ ।
राष्ट्रिय सूचना आयोगले सार्वजनिक निकायमा सूचना माग गर्न सकिने
सूचना तथा सञ्चार प्रविधि क्षेत्रको प्रतिष्ठित प्रविधि अवार्डको रूपमा परिचित आइसिटी अवार्डको १०औं संस्करणको लागि अनलाइन नोमिनेसन (…
१० औं संस्करणको आइसिटी अवार्डको अनलाइन नोमिनेसन खुला, १५ विधामा आवेदन दिन सकिने
दूरसञ्चार प्राधिकरणद्वारा अनधिकृत अन्तर्राष्ट्रिय एसएमएसमा कारबाही गर्न निर्देशन
दूरसञ्चार ऐन, २०५३ बमोजिम नेपाल दूरसञ्चार प्राधिकरणले देशका सरकारी मान्यता प्राप्त सेवा प्रदायक बाहेकका संस्थाहरूले अन्तर्राष्ट्रिय आगमन एप्लिकेसन टू पर्सन (एटू…
आईएमई पे र खल्तीको एकीकृत कारोबार सुरू, विनय खड्का बने सीईओ
आईएमई पे र खल्तीले एकीकृत कारोबार सुरू गरेका छन् । साउन १ गतेदेखि आईएमई पे र खल्तीले आईएमई खल्ती लिमिटेडको नामबाट एकीकृत कारोबार सुरू गरेका हुन् । …
रोबोटिक्समा काम गरिरहेको गुडविस इन्जिनियरिङले शार्क ट्यांक नेपालबाट पायो २ करोड लगानी
एआई र रोबोटिक्सको क्षेत्रमा काम गर्दै आएको कम्पनी गुडविस इन्जिनियरिङले शार्क ट्यांक नेपालबाट २ करोड लगानी पाएको छ ।
…बेलायतमा विस्तार भयो नेपाली आईटी कम्पनी पेरिविन सोलुसन
सूचना प्रविधि (आईटी) कम्पनी पेरिविन सोलुसन (Periwin.com) ले बेलायत …
आजदेखि खल्ती र आईएमई पेको एकीकृत कारोबार, कस्तो लाग्यो नयाँ लोगो ?
खल्ती र आईएमई पेबीच आजदेखि एकीकृत कारोबार हुने भएको छ । बिहीबार एक विशेष समारोह आयोजना गर्दै खल्ती र आईएमई पेले यसको औपचार…
मेटाले फेसबुकमा डुप्लिकेट कन्टेन्टविरुद्ध कडा नीति ल्यायो: मोनेटाइजेशन र रिच घटाइने
युट्युबपछि अब मेटाले पनि फेसबुकमा बारम्बार अरूको कन्टेन्ट सेयर गर्ने अकाउन्ट्सविरुद्ध कडा कदम चाल्ने घोषणा गरेको छ। कम्पनीले जुन …
एनपीएल टिम काठमाडौं गोर्खाजको शीर्ष प्रायोजनमा वर्ल्डलिंक
नेपालकै अग्रणी इन्टरनेट सेवा प्रदायक संस्था वर्ल्डलिंक कम्युनिकेशन्स लिमिटेड दोस्रो सिजनको नेपाल प्रिमियर लिग (NPL) का लागि काठमा…
एनसेल ‘लीग अफ क्रिएटर्स’: अमनले जिते १० लाखको ब्रान्ड डिल
एनसेलले अपट्रेन्डलीसँगको सहकार्यमा आयोजना गरेको ‘लीग अफ क्रिएटर्स’ प्रतियोगितामा ललितपुरका अमन महर्जनले १० लाख रुप…
नेपाल इन्भेष्टमेन्ट मेगा बैंक नेपालपे कार्डमा आबद्ध
नेपाल इन्भेष्टमेन्ट मेगा बैंक र नेपाल क्लियरिङ हाउस लिमिटेड (एनसीएचएल) बीच ‘एनपीएस–एनसीएस तथा डोमेस्टिक कार्ड स्किम नेपाल पे कार्ड’ को प्…
मोबाइल फोनको चार्जर छुटाउने क्रममा करेन्ट लागेर एकजनाको मृत्यु
खोटाङको बराहापोखरी गाउँपालिका–४ फाक्टाङकी २५ वर्षीया इन्द्रा राईको करेन्ट लागेर मृत्यु भएको छ।