कीवर्डहरू -

समाचार

एनएमबि बैंकका ग्राहकहरूलाई याडिया इलेक्ट्रिक स्कुटर किन्दा विशेष छुट

चाडपर्वको अवसर पारेर आफ्ना ग्राहकहरूलाई थप सुविधा प्रदान गर्ने उद्देश्यका साथ एनएमबि बैंक लिमिटेडले नेपालको याडिया इलेक्ट्रिक स्कुटरको आधिकारिक वितरक कुजु नेपालसँग विशेष सहकार्य गरेको छ । 

उक्त सहकार्य अन्तर्गत एनएमबि बैंकका ग्राहकहरूले याडिया ब्रान्डका स्कुटर खरिद गर्दा बैंकको कार्ड, मोबाइल बैंकिङ वा क्युआर मार्फत भुक्तानी गर्दा रु ५,००० को छुट प्राप्त गर्न सक्नेछन् ।

उक्त छुट कुजु नेपालद्वारा सञ्चालित याडिया शो–रुमहरूमा उपलब्ध हुने छ भने यो छुट चाडपर्वको समयमा मात्र लागु हुने बैंकले जनाएको छ । 

 यस छुटले वातावरणमैत्री सवारीसाधनतर्फ ग्राहकको आकर्षणलाई बढावा दिने अपेक्षा गरिएको छ । छुट प्राप्त गर्नको लागी ग्राहकले भुक्तानी गर्नु अघि शो–रुमलाई जानकारी गराउनुपर्नेछ र एनएमबि बैंकको डिजिटल भुक्तानी माध्यम प्रयोग गर्नुपर्ने छ ।

एनएमबि बैंकले यस सहकार्यबाट आफ्ना ग्राहकहरूलाई थप लाभ प्रदान हुनुका साथै देशमा हरित ऊर्जा र दिगो सवारी प्रवद्र्र्धनमा टेवा पुग्ने विश्वास लिएको छ । साथै, बैंकले नगदरहित कारोबारलाई प्रवद्र्धन गर्न यस्ता ग्राहकमैत्री योजनाहरू निरन्तर ल्याउँदै आएको छ ।

एनएमबि बैंकले हाल देशभर २०२ शाखा, १८७ एटिएम र ९ विस्तारित काउन्टर मार्फत आफ्ना ग्राहकहरूलाई पहुँचयुक्त र नवीन वित्तीय सेवा प्रदान गरिरहेको छ ।

समाचार

डिजिटल ब्ल्याकआउट: म्युज सफ्टवेयर ह्याक हुँदा यूरोपका ठूला एयरपोर्ट ठप्प

विश्वभरका एयरपोर्टहरूमा कामलाई नियमन गर्न विभिन्न प्रकारका सफ्टवेयरहरू प्रयोग गरिन्छ। यी सफ्टवेयरहरूले मेसिनहरू चलाउँछन् जसले काम…

महावीर पुन भन्छन् – मन्त्री नभन्नुहोला, रहर लागे ‘कवाडी वैज्ञानिक मन्त्री’ भन्नु होला

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रीमा सिफारिस भएका राष्ट्रिय आविष्कार केन्द्रका संस्थापक महावीर पुनले बधाईका लागि फोन नगर्न र खादा …

भोजमाण्डुको नक्कली वेबसाइट र टेलिग्राम च्यानल बनाएर ठगी, कम्पनीद्वारा साइबर ब्यूरोमा उजुरी

अनलाइन फुड डेलिभरी कम्पनी भोजमाण्डुको नाममा नक्कली वेबसाइट र टेलिग्राम च्यानल बनाएर ग्राहकहरूलाई ठगी गर्ने गरेको पाइएको छ ।&nb…

एनभिडिया चीनमा बन्द भएपछि हुवावेले घोषणा गर्‍यो नयाँ एआई इन्फ्रास्ट्रक्चर

चीनमा एनभिडियाको हार्डवेयर खरिदमा प्रतिबन्ध लगाइएपछि, चिनियाँ प्रविधि कम्पनी हुवावेले आफ्नै एआई इन्फ्रास्ट्रक्चर सार्वजनिक गरेको छ …

अमेरिकामा टिकटक: बहुमत स्वामित्व अमेरिकी लगानीकर्ताको हुने, सम्झौतामा कहिले होला हस्ताक्षर ?

ह्वाइट हाउस प्रेस सेक्रेटरी क्यारोलिन लेभिटले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र चिनियाँ राष्ट्रपति सी जिनपिङबीचको टेलिफोन वार्ताप…

मन्त्री बन्दै महावीर पुन

राष्ट्रिय आविष्कार केन्द्रका संस्थापक तथा वैज्ञानिक महावीर पुन मन्त्री बन्ने भएका छन् । प्रधानमन्त्री सुशीला कार्की नेतृत्वको अन्तरिम सर…

नासाको सुरक्षा कमजोरी फेला पार्ने नेपाली अनुसन्धानकर्तालाई सम्मान

‍अमेरिकी अन्तरिक्ष संस्था नासाले आफ्नो सुरक्षा कमजोरी पत्ता लगाउने नेपाली सुरक्षा अनुसन्धानकर्ता फिरोज शाहलाई सम्मान गरेको छ …

एनभिडियाले इन्टेलमा ५ अर्ब डलरको लगानी गर्ने, एआई चिप विकासमा सहकार्य हुने

विश्वकै सबैभन्दा ठूला चिप निर्मातामध्ये एक एनभिडियाले अमेरिकी सेमीकन्डक्टर कम्पनी इन्टेलमा ५ अर्ब डलर बराबरको सेयर किन्न सहमति गर…

गूगल क्रोम ब्राउजरमै अब जेमिनाई प्रयोग गर्न सकिने

अब गूगल क्रोम ब्राउजरमै जेमिनाई प्रयोग गर्न सकिने भएको छ । एआई प्रो र अल्ट्रा सब्सक्रिप्सन लिएका विन्डोज र म्याक प्रयोगकर्ताहरूले अहि…

माइक्रोसफ्टको गेमिङ कोपाइलट अब विन्डोज पीसी र एक्सबक्स मोबाइल एपमा

माइक्रोसफ्टले आफ्नो गेमिङ एआई असिस्टेन्ट गेमिङ कोपाइलट औपचारिक रूपमा विन्डोज पीसी र एक्सबक्स मोबाइल एपमा ल्याउने घोषणा गरेको छ। …

नेपालको फिनटेक क्षेत्रमा क्रान्ति ल्याउने विश्वास ढकाल युएईको कम्पनी फिल्प्सको सीईओमा नियुक्त

नेपालको फिनटेक क्षेत्रमा क्रान्ति ल्याएका विश्वास ढकाल युएईको बहुराष्ट्रिय फिनटेक कम्पनी फिल्प्स लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा नियुक्त भएका छन् ।&n…

डिस्कोर्डले मेटा क्वेस्टका लागि नेटिभ एप विकास गर्दै, सन् २०२६ भित्र उपलब्ध हुने

मेटाले आफ्नो मेटा कनेक्ट २०२५ सम्मेलनमार्फत नयाँ हार्डवेयरसँगै सफ्टवेयरसम्बन्धी घोषणा गरेको छ । कम्पनीले लोकप्रिय गेमिङ…

जेनजी आन्दोलनपछि आईटी उद्योग: सरकारसँग मिलेर काम गर्न प्रतिबद्ध

गत भदौ २४ गते भ्रष्टाचार, बेथिति र सामाजिक सञ्जाल प्रतिबन्धविरूद्ध जेनजीहरूले आन्दोलन सुरू गरे । डिस्कोर्ड लगायतका डिजिटल माध्यमब…

‘अप्टिकल फाइबर’ तार चोरेर भारततर्फ लैजाँदै गर्दा पाँच जना पक्राउ

झापाको मेचिनगर नगरपालिका–५ नकलबन्दाबाट पाँच बोरा ‘अप्टिकल फाइबर’ टेलिफोन तार भारततर्फ लैजाँदै गरेको अवस्थ…

एनभिडियाको नयाँ एआई चिप खरिदमा चीनको प्रतिबन्ध

चीनको साइबरस्पेस प्रशासन (सीएसी) ले देशका प्रविधि कम्पनीहरूलाई एनभिडियाको नयाँ एआई चिप RTX Pro 6000D खरिद तथा परीक्षण नगर्न न…