समाचार
एप परमिशन स्वीकार गर्नु अघि सोच्नुहोस्, तपाईको डाटा कसरी दुरुपयोग भइरहेको छ?
तपाईंले प्रायः महसुस गर्नुभएको होला कि जब तपाईं कुनै प्रोडक्ट किन्नेबारे सोच्नुहुन्छ, त्यसको केही समयपछि त्यो प्रोडक्टको विज्ञापन तपाईंको मोबाइलमा देखिन थाल्छ । तपाईं सोशल मिडिया स्क्रोल गरिरहनुभएको होस् वा कुनै अर्को एप प्रयोग गरिरहनुभएको होस्, त्यो प्रोडक्टसँग सम्बन्धित विज्ञापनहरू बारम्बार देखा पर्न थाल्छन् । के तपाईंले कहिल्यै सोच्नुभएको छ — यस्तो किन हुन्छ?
साँचो कुरा के हो भने तपाईंको स्मार्टफोन, विशेषगरी एन्ड्रोइड डिभाइस, तपाईंका कुरा सुन्छन् र त्यसकै आधारमा विज्ञापन देखाउँछन् । यसको पछाडि गुगलको एक फिचर काम गरिरहेको हुन्छ, जसले तपाईंको फोनको माइक्रोफोन प्रयोग गरेर तपाईंका कुराकानी सुन्छ । यदि तपाईंले यो सेटिङ बन्द गर्नुभएन भने, तपाईंका व्यक्तिगत कुराहरू पनि कम्पनीहरूमा पुग्न सक्छन्, जसले तपाईंको गोपनीयतालाई खतरा पु¥याउन सक्छ ।
धेरैजसो मानिसहरू एप इन्स्टल गर्दा ध्यान नदिएर सबै परमिशन स्वीकार गरिहाल्छन् । डेभलपर्सले तपाईंको लोकेशन, माइक्रोफोन, क्यामेरा र कन्ट्याक्ट्स पहुँचको अनुमति लिएर तपाईंको व्यक्तिगत जानकारीको दुरुपयोग गर्न सक्छन् । त्यसैले कुन एपलाई कुन अनुमति दिइँदैछ भन्ने कुरा ध्यानपूर्वक हेर्नु अत्यन्तै जरुरी हुन्छ — के त्यो अनुमति साँच्चै आवश्यक छ वा छैन् भनेर ।
एन्ड्रोइड फोनमा माइक्रोफोनको सहयोगले गुगल तपाईंको कुराकानी सुन्छ, तर सुखद कुरा के छ भने तपाईंले सेटिङ्समा गएर यो फिचर बन्द गर्न सक्नुहुन्छ । यसरी गर्दा तपाईंको प्राइवेसी धेरै हदसम्म सुरक्षित राख्न सकिन्छ ।
सेटिङ्समा यस्ता परिवर्तन गर्नुहोस् :
सबैभन्दा पहिले तपाईंको फोनको सेटिङ्समा जानुहोस् । त्यहाँबाट गुगलमा ट्याप गर्नुहोस् । यति गरेपछि म्यानेज योर गुगल एकाउन्टमा क्लिक गर्नुहोस् ।
अब डेटा एन्ड प्राइवेसी सेसनमा जानुहोस् । त्यसपछि वेब एन्ड एप एक्टिभिटीमा क्लिक गर्नुहोस् ।
त्यहाँ तपाईंलाई भ्वाइस एन्ड अडियो एक्टिभिटीको विकल्प देखिनेछ । त्यस विकल्पको छेउमा रहेको बक्स अनचेक गर्नुहोस् ।
जति नै तपाईंले यी सेटिङ परिवर्तन गर्नुहुन्छ, तपाईंको फोनले तपाईंको कुराकानी सुन्न बन्द गर्नेछ र तपाईंको गोपनीयता थप सुरक्षित हुनेछ ।
समाचार
ई-गभर्नेन्स ब्लुप्रिन्ट: क्यान महासंघ, सीएसआरआई र एनपीसर्टले दिए डिजिटल सेवा सुधारमा सुझाव
नेपाल सरकारको सार्वजनिक सेवा प्रणालीलाई डिजिटल, पारदर्शी र प्रभावकारी बनाउने उद्देश्यले तयार गरिएको ‘ई-गभर्नेन्स ब्लुप्रिन्ट…
लिङ्कडइनले ल्यायो एआई-सञ्चालित जागिर खोज्ने सेवा, कीवर्डको झन्झट बिना सिधै परिणाम
प्रोफेशनल नेटवर्किङ प्लेटफर्म लिङ्कडइनले नयाँ एआई-सञ्चालित जागिर खोज्ने उपकरण सार्वजनिक गरेको छ, जसले प्रयोगकर्ताहरूलाई नेचुरल ल्याङ्ग्वेज जागिर खोज्न सक्ने सुवि…
थाइल्यान्डमा सेरेस ३ को लन्चसँगै विश्वभरि बिस्तार
चिनियाँ विद्युतीय सवारी निर्माता सेरेसले आफ्नो सेरेस ३ ईभी एसयुभीसँगै थाई बजारमा औपचारिक प्रवेश गरेको छ। चीनबाट पूर्ण रूपमा आयात गरिएको यो गाडीलाई एडिस…
अब संसारकै सबैभन्दा ठूलो फ्याक्ट्रीमा आईफोन रोबोटले बनाउने, मानवको आवश्यकता समाप्त हुँदै
फक्सकन, जुन संसारकै सबैभन्दा ठूलो कन्ट्र्याक्ट इलेक्ट्रोनिक्स निर्माता र एपलको प्रमुख आईफोन आपूर्तिकर्ता हो, अब पूर्ण रूपमा अटोमेशनतर्…
अन्तर्राष्ट्रिय गर्ल्स इन आइसिटी दिवस २०२५: डिजिटल रुपान्तरणमा किशोरीहरूको सहभागिताको सशक्त अभियान
हरेक वर्ष अप्रिल महिनाको चौथो बिहीबार विश्वभर अन्तर्राष्ट्रिय गर्ल्स इन आइसिटी दिवस मनाइन्छ । अन्तर्राष्ट्रिय दूरसञ्चार संघ (आईटीयु) क…
कर्णालीका केही टेलिकम सेवा प्रभावित, हावाहुरीले विद्युत लाइन अवरुद्ध
कर्णाली प्रदेशअन्तर्गत विभिन्न जिल्लामा सञ्चालित नेपाल टेलिकमका केही सेवा केन्द्रहरूमा विद्युत आपूर्ति नहुँदा वायरलेस (2G/3G/4G) तथा वायरलाइन (FTTH) सेवाहरू …
सन् २०२५ को सबैभन्दा खतरनाक मालवेयर 'लुम्मा स्टिलर' नियन्त्रणमा
माइक्रोसफ्टले एक खतरनाक मालवेयरको बारेमा चेतावनी दिएको छ, जुन अत्यन्तै जोखिमपूर्ण छ। कम्पनीले एक ठूलो साइबर सुरक्षा अभियान सञ्च…
स्टारलिंकलाई टक्कर : चीनको ५जी स्याटेलाइट परीक्षण सफल, अमेरिका चिन्तित
चिनियाँ वैज्ञानिकहरूले ५जी स्याटेलाइटको मद्दतले सिधै स्मार्टफोनमा ब्रोडब्यान्ड भिडियो कल गरेर इतिहास रचेका छन् । विश्वमै यस्तो पहि…
आईफोन डिजाइन गर्ने जोनी आइभ अब ओपनएआईमा डिजाइन नेतृत्व लिँदै, एआई हार्डवेयरको नयाँ सम्भावना
आईफोन जस्ता प्रतिष्ठित एप्पल डिभाइसहरू डिजाइन गरेका जोनी आइभ अब ओपनएआईका नयाँ डिजाइन लिड बन्न गइरहेका छन् ।
‘गल्र्स इन आईसीटी’ इनिसिएटिभ काठमाडौंमा सुरु हुँदै, दक्षिण एशियाली किशोरीहरूलाई सशक्त बनाउने लक्ष्य
अन्तर्राष्ट्रिय दूरसञ्चार संघ (आईटीयू) अन्तर्गतको दक्षिण एशियाको लागि क्षेत्रीय कार्यालय तथा नवप्रवर्तन केन्द्र, दिल्लीले नेपाल दूरसञ्चा…
गूगलद्वारा फ्लो सार्वजनिक : चलचित्रस्तरको एआई भिडियो उत्पादन गर्ने प्लेटफर्म
गूगलले आफ्नो वार्षिक डेभलपर्स कन्फरेन्स गूगल आइ/ओ २०२५ मा एक नयाँ र शक्तिशाली एआई भिडियो जेनेरेटर फ्लो सार्वजनिक गरेको छ। यो वि…
१२ इन्च डिस्प्ले र ९००० एमएएच ब्याट्रीसहित ब्ल्याकभ्यू ट्याब मेगा २ सार्वजनिक
प्रविधि कम्पनी ब्ल्याकभ्यूले आफ्नो नयाँ ट्याब्लेट ब्ल्याकभ्यू ट्याब मेगा २, नेपाली बजारमा सार्वजनिक गरेको छ । यस ट्याब्लेटले आधुनिक सु…
गुगलद्वारा जेमिनाई २.५ मा 'डिप थिङ्क' सहित शक्तिशाली एआई फिचरहरू सार्वजनिक
गुगलले मंगलवार राति आयोजना गरेको गूगल आइओ २०२५ इभेन्टमा आफ्नो कृत्रिम बुद्धिमत्ता मोडल जेमिनाई २.५ का लागि थुप्रै शक्तिशाली फि…
गुगलले 'बीम' सार्वजनिक गर्दै भिडियो कन्फरेन्सिङलाई बनायो थ्रीडी र वास्तविक
गुगल आईओ २०२५ मा कम्पनीले बीमलाई औपचारिक रूपमा लञ्च गर्यो, जुन एउटा नयाँ थ्रीडी भिडियो कन्फरेन्सिङ् प्रणाली हो । यसले भर्चु…
युए ह्याकाथन सम्पन्न, पहिलो पटक नेपाली भाषाको डोमेनयुक्त वेबसाइट सार्वजनिक
नेपाली भाषामा डोमेन प्रयोग गरिएको पहिलो वेबसाइट ‘क्यान.संगठन’ सार्वजनिक गर्दै युनिभर्सल एक्सेप्टेन्स (यूए) ह्याकाथन …